‘रासन खाऊ, ग्याँस लैजाऊ’

‘रासन खाऊ, ग्याँस लैजाऊ’

LP Gas

रञ्जन अधिकारी पोखरा, २६ मंसिर / ‘साहुजी ग्याँस दिनुस् न’, ‘छैन, आएकै छैन । नभएको ग्याँस के दिनु ?’, ‘अझै आएन ? ग्याँस सर्टेज भाको हो र ?’ … पोखरा नयाँबजारकी सरिता थापाले किराना पसलमा पुगेर यसरी ग्याँस दिन भनेको हप्ता नाघिसक्यो। प्रदर्शनी केन्द्र गेट अगाडिको मुख्य सडकको पसलमा श्रीमान्–श्रीमती जो बसेपनि एउटै जवाफ यसरी दोहोरिरह्यो । तर यसो भन्नुको भेद बल्ल बुझिन् । कारण हो, सरिताले अहिले अर्कै पसलबाट रासन ल्याउने गर्छिन् । त्यही पसलबाट छिमेकीले भने सोहि दिन ग्याँस साटेर ल्याईन् ।

‘शक्ति ग्याँस थियो । त्यही पसलबाट साटफेर गर्दा भानु कम्पनीको हात लागेको छ’ – सरिताले भनिन्– ‘नयाँ पसलेले शक्ति र गृहलक्ष्मी मात्र साट्छ । भानु ग्याँस नदिँदा यो समस्या आयो । त्यही भएर त्यहाँ भनेको ।’ यो हैरानीबाट भुक्तभोगी सरिता मात्रै होईन अधिकांश गृहिणी पीडित छन् । पसलेले सरितालाई सिधै राशन नखाएकोले दिन्न भन्न सकेनन् तर कति किराना पसलेले राशन नखाई ग्याँस साटिन्न भन्न पछि पर्दैनन् ।  यसरी पसलेले चामलसँग ग्यास साटेर उपभोक्ता ठगिरहेका छन् ।

नाकाबन्दीको समयमा विभिन्न थरी कम्पनीका ग्याँस बजारमा छाए । अहिले सिलिण्डर साटफेरमा समेत धेरै पैसा तिर्नुपर्ने उपभोक्ताको गुनासो छ । १३ सय २५ रुपैंया प्रति सिलिण्डर मूल्य रहेपनि कतै १४ सय ५० लिएर पसलेले खुलेआम उपभोक्ता ठगिरहेका छन् । यहाँ ग्याँस उद्योगीले डिलरलाई दोष देखाउँछ, डिस्ट्रिब्युटर्सले उद्योगलाई ।

ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष नारायण पौडेल किराना पसलबाट ग्याँस बेच्नेहरुलाई ‘धमिलो पानीमा माछा मार्ने जमात्’ भन्छन् । ‘म आफै बजार अनुगमनमा हिँडे । १३ सय २५ को ग्याँसलाई १४ सय ५० समेत भने ।’ पौडेलले भने– ‘यो सब ग्याँसको विक्री च्यानलवाईज तरिकाले नभएर हो । दुई÷चार वटा ग्याँस लिएर बस्ने अनि उपभोक्तालाई मारमा पार्ने ।’ कम्पनीबाट १२ सय ९३ मा किनेर ढुवानी खर्च कटाई नाफा सहित १३ सय २५ मूल्यमा अहिले ग्याँस पाईने भएकाले उपभोक्ता सचेत रहन उनले आग्रह गरे ।

भैरहवामा केहि दिन अवरोध भएकाले थोरै समस्या आएपनि अहिले ग्याँस भित्रिन कुनै अवरोध नभएकाले अभाव नभएको पौडेलले बताए । ‘सरकारको नीति कमजोर भएर जे गरेपनि हुने अवस्था आयो । ग्याँस पाएन भने सिधै वितरककहाँ गएर तोकिएकै मूल्यमा पाउन सकिनेछ ।’– पौडेलले भने– ‘किराना पसलमा पठाईसक्यौं भनेर डिस्ट्रिब्युटरहरुले दिएनन् भने सिधै प्रहरी, प्रशासन वा हामीलाई उजुरी गर्नुस् ।’ उद्योगले सिधै किराना पसललाई ग्याँस दिने र नयाँ सिलिण्डर बेच्ने गरेकाले समस्या आएको उनको जिकिर छ ।

तर पौडेलको यो भनाईलाई गृहलक्ष्मी ग्याँस उद्योगका धर्मराज बर्तौलाले ठाडै अस्विकार गरे । ‘हामी सिधै उपभोक्तालाई बेच्दैनौं । हाम्रो डिलर हुन्छ । डिस्ट्रिब्युटर्स भन्ने छैन’– उनले भने– ‘सिधै किराना पसलमा जाँदैन । डिलरले अर्को डिलर बनाउने होईन । प्रक्रिया पुरा गरेको खण्डमा जति पनि डिलर बन्न सक्छन् ।’ पोखरामा मात्रै तीन सय डिलर रहेको उनले जनाए ।

गोरखा जिल्ला बाहेक गण्डकी–धौलागिरीका सबै जिल्लामा गृहलक्ष्मी ग्याँस पुग्ने जनाउँदै उनले पौने तीन लाख सिलिण्डर मार्केटमा रहेको बताए । यसमध्ये मासिक ५० हजार सिलिण्डर ग्याँस खपत हुनेमा ६० प्रतिशत ग्याँस कास्कीमा हुने उनले बताए ।

शक्ति ग्यास कम्पनीका कार्यकारी प्रमुख मेघराज पौडेल भने जिम्मेवार ढंगले प्रस्तुत भए । ‘हामीले डिलरलाई दिन्छौं । डिलरले सब डिलर बनाउलान् ।’– उनले भने– ‘तर उनीहरुले धेरै पैसा लिने, ग्याँस हुँदा हुँदै छैन भन्ने ,किराना पसलेले रासन नखानेलाई फर्काउन कृत्रिम अभावको सृजना गर्छ भने सिधै उजुरी गर्नुहोला । जिम्मेवार उपभोक्ता बन्न सक्नुपर्छ ।’ सधैं अनुगमन गर्न सम्भव नभएको तर उजुरी र गुनासोको आधारमा आफू चल्ने पौडेलले बताए । उनले पोखरामा १०९ डिलर रहेको जनाउँदै पोखराको कुल मागको ३५ प्रतिशत हिस्सा शक्तिको रहेको जनाए ।

अहिले पोखरामा गृहलक्ष्मी, शक्ति, बाबा, भानु, साईबाबा, जानकी, राजधानी, लुम्बिनी, श्रीमाया लगायतका कम्पनीका ग्याँस रहेका छन् । एकलाखदेखि जाडोमा एक लाख २५ हजार सिलिण्डर ग्याँस मासिक खपत हुने गरेको छ । कास्कीको ७० प्रतिशत बढि बजार हिस्सा  गृहलक्ष्मी र शक्ति ग्याँसले ओगटेको छ ।

ग्याँस विक्रेताले ग्याँस बेच्दा वापतको कमिशन अत्यन्त कम भईरहेको बताईरहँदा किराना पसलेले ग्याँस विक्री र मूल्यमा मनखुशी गरेको अवस्था छ । ग्याँस सहज रुपमा उपलब्ध हुँदा त उपभोक्ताले ग्याँसका लागि खेपेको सास्तीको हिसाब गरेर साध्य छैन । चर्काे अभाव हुँदा  कति महिना सर्वसाधारणको चुल्होमा खाना नपाक्ला ? डिलर र डिस्ट्रिब्युटर्सले थोरै कमिशनको लागि सबडिलर वा किराना पसलेलाई ग्याँसको जिम्मा लगाउने, पसलेले राशन नखाई नदिने अवस्थाले सर्वसाधारणले यसरी सास्ती खेपेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
08 Dec · Rastra · USD/EUR
https://zorangepharmacy.com/pharmacy-services Nepal Rastra bank
Buy Klonopin Without A Prescription Check: 08 Dec 2025 00:20 UTC
go here Latest change: 07 Dec 2025 18:19 UTC
Ambien Online Overnight API: CurrencyRate
follow Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: https://fiddleandpick.com/private-lessons/ Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.32
US Dollar 
US Dollar
1
08 Dec · FX SourceRastra 
Buy Ambien Online Without Prescription Nepal Rastra bank
Ambien Without Rx Check: 08 Dec 2025 00:20 UTC
here Latest change: 07 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀