Ranjan Adhikari News – Page newspali.com|tag|ranjan-adhikari-news|feed| – Newspali https://www.newspali.com Newspali.com Tue, 24 Oct 2017 14:22:34 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 Ranjan Adhikari News – Page newspali.com|tag|ranjan-adhikari-news|feed| – Newspali https://www.newspali.com 32 32 222214484 सन्तद्वयका शान्त ‘बुद्ध’ https://www.newspali.com/2017/10/1890/ Tue, 24 Oct 2017 14:22:34 +0000 http://www.gandaknews.com/?p=1890 रञ्जन अधिकारी पोखरा, १० असोज / साँघुरो बाटो । अलिक टाढा टिनको छाना भएका घरहरु लहरै छन् । केहि हुल मानिसहरु बेलाबेलामा भित्र छिरेका देखिन्थे । कसैका मुखहरुमा ‘बुद्धको घर’ शब्द झुन्डिन्थे । अरु दिनभन्दा पोखरा बास्तोलाथरको त्यो भित्री सडक बढि नै व्यस्त थियो । किनकि उही हिजो कमैले चिन्ने, आज कमैले नचिन्ने ‘नेपाल आइडल’ बुद्ध लामाको घर त्यहीं पर्दछ । मध्यरातमा नेपाल आइडल उपाधि जितेको खबरपछि बुद्धको घर मिडिकर्मी मात्र होईन, आफन्त, शुभेच्छुकले घेरिए ।

बुद्धका बाबुआमालाई बधाई दिनेहरु बिहानतिर ओहिरिए । ठाउँ साँघुरो, दुवैतिर टिनका छाना, सुकुम्बासी बस्तीको झल्को दिने त्यो ठाउँमा ढोका बाहिरै केक काटेर बुद्धका गुरु, जिताउ अभियन्ता, समर्थकले खुशीयाली मनाए । उसो त बुद्धको परिवार त्यहाँ भाडामा बस्दै आएका हुन् । २०४६ सालमा धादिङबाट बुद्धका बाबुआमा पोखरा आएका हुन् ।

बुबा सन्तबहादुर, आमा सन्तमाया प्रफुल्लित मुद्रामा देखिन्थे । निमोनियाले अस्वस्थ भएका दाइ दोर्जे कोठाको झ्यालबाटै बाहिर चिहाउँथे । बुद्धकै अनुहार परेको दिदी आँचल आफन्तसँगै ब्यस्त थिईन् । बुद्ध जन्मेदेखि यो उपलब्धिसम्मको फेहरिस्त बताउन परिवारलाई शनिबार दिनभर जसो नै भ्याई नभ्याई थियो । नेपाल आइडल बन्नु अघि नै पोखरामा केहिले चिन्ने नाम बनिसकेको थियो ‘बुद्ध’ । पाँच वर्ष अघि बिग आइकनमा सहभागी हुँदा चौथो बनेका बुद्ध यो ठाउँमा पुग्नेमा निर्णायकहरु ढुक्क थिए । उही बेला सुनिल थापाले बुद्धलाई भनेका थिए ‘बुद्ध लामा सानो पटका, ठूलो धमाका हुन् ।’ आखिर त्यो सानो पटाका अहिले आवाजको ठूलो धमाका बनेर विस्फोट भए । आयोजक बिग एफएमका अध्यक्ष महेश भण्डारीले त्यसैबेला उनको प्रस्तुतिपछि भनेझैं पोखरा बुद्ध लामाको पनि शहर भनेर अहिले चिनिन पुगेको छ ।

आफ्नो छोरो नेपाल आइडल भएको हेर्ने चाहना हरेक आमाबाबुलाई हुने नै भयो । शुक्रबार जब राति हुँदै गयो, सन्तबहादुरको आश मर्दै गयो । किनकि टेलिभिजनमा कतारको स्टेज होईन, केहि दिन अघिको टुँडिखेल देखाईरहेको थियो । ‘टिभीमा पुरानो मात्र देखायो । कता फेसबुकतिर आउँछ भन्थे, सादा मोबाईलमा के हेरौं ? थिएन ।’ निरक्षर उनी थप्छन्– ‘राति पौने दुई बजे बुद्धले नै फोन गरेर बा म जितेँ, नेपाल आइडल भए नि भनेपछि म त यत्ति खुशी त भईनँ ।’

केहि मिनेट ढिलै भएपनि उनीहरुलाई फरक परेन किनकि यति ठूलो खबर आफ्नै छोरोको मुखबाट पहिलोपटक सुन्न पाए । ‘झण्डै बेहोस् हुन लागेको । मन ढुक ढुक भयो । रुन मन लाग्यो । अचम्मै भयो नि ?’ – सन्तबहार शान्त बने– ‘नजितेको भए पनि के गर्ने त ? यति धेरै माया पायो । सबैले चिनेको त अस्ति एक छिन आउँदैमा थाहा थियो ।’

उनले पोखरादेखि धादिङसम्म, तामाङ समाजदेखि क्षेत्री ब्रँह्मण समाज सम्म सम्झिए । ‘आज मृरो छोरोले सबैको कृपाकै कारण जित्या त हो । जितेर आउ भनेर पठाएको थिएँ । हाम्रो त आशिर्वाद मात्र थियो ।’ उनले भने– ‘दुनियाँको भाडा मैले कहिले तिरुँला । पोखरा समाज, मेरो धादिङ समाज, तामाङ समाज, गुरुङ समाज, बाहुन समाज, क्षेत्री समाज सबैलाई धन्यवाद छ ।’

उनले खुशीमा काममा पनि नगएको सुनाए । ‘सबले पार्टी खुलाउनुपर्छ भन्थे । रोपेको फल पहिले फलोस्, पाकेको फल खाम्ला नि भन्थेँ । अब खुलाम्छु नि । ’ खित्का छाडेर हाँसे । पोखरा लेखनाथ महानगरपालिकाको सरसफाई विभागमा रहेर पोखरालाई २५ वर्षदेखि सफा गर्दै आएका सन्तबहादुरको दुःखको दिन अब सकिए जस्तो भान हुन्छ । झण्डै तीन दशक अघि धादिङको लापा ३ कपुरगाउँ (हाल रुबीभ्याली ५) छाडेर आएका उनले दुःख त्याग्न सकेनन् । पोखरामा ओत लगाउने झुप्रो समेत ठड्याउन सकेनन् । उनले थपे – ‘धादिङबाट भोट गर्नेहरुले मन दुखाउनुभाछरे भन्ने सुनेँ । धादिङकै नागरिकता छ बुद्धको पनि । आफ्नो ठाउँ कहाँ बिर्सनु ? धादिङ समाजले पनि सहयोग गरेको छ ।’

आमा सन्तमायालाई छोराछोरी दुःख पाउँछन् कि भनेर सधैं पिर लाग्थ्यो । अब बुद्धको पिर टरेको छ । ‘अब पढाउन नसकेपनि भोकले मर्दैन । पाँच महिना अघि पोखराबाट गयो । कहाँ सुत्यो होला? भोकभोकै छ कि ? अझै पनि लाग्छ । आफू नखाएर हुर्काको छोरो हो । ’ आमाको ममता पोखिन्– ‘बराल गुरुकहाँ बोकेरै पु¥याउँथे । जहाँ गएपनि च्याम्पियन । पढाई पनि राम्रो । कहिले कराँते मा जान्छु, गायक बन्छु भन्छ । जे सोच्छ त्यो पूरा हुन्छ । मेरो कान्छो काखमै छ जस्तो लाग्छ ।’ पाँच महिनामा एक छिन घर आउँदा पनि १० मिनेटमै सरहरुले लिएर हिँडेपछि मन नै कटक्क खाएको उनले सुनाईन् । यतिबेला उनले छोरो काठमाण्डौमै भेटिसकेकी छिन् ।

सन्त दम्पतीलाई जित्न पैसो पेल्नुपर्ने थाहा भएपछि हुँदैन होला जस्तो लागेको थियो । ‘हामी त कहाँ सक्छम् त नि ? गरे सबैले । दिनभर कमाएर बेलुका खानुपर्छ । यस्तो टिनको एउटा कोठा, त्यो पनि भाडामा बस्नुपर्छ । जिन्दगी भाडामै बित्यो जस्तो लाग्थ्यो ।’ सन्तमायाले थपिन्– ‘आशा टुटेको थियो । छोराहरुलाई मैले के गर्ने ? कस्तो जिन्दगी पाएछु जसतो लाग्थ्यो । छोराहरुलाई केहि गर्न नसक्ने भएँ भनेर रुन्थेँ । आशा डुलेको थियो ।’ सन्तमाया अरुका घरमा कपडा धुने, भाँडा माझ्ने गरेर घरको गर्जो टार्थिन् ।

सन्तबहादुर र सन्तमायाका कान्छो छोरो बुद्ध नाम जस्तै शान्त स्वभावका छन् । उनले कसैलाई पिरेनन् । कोहिसँग रिसाएनन् । यही भन्छन्, उनका बुबाआमा, गुरुजन, साथीभाइ । एउटा दाइ विदेश छन् । अर्को दाइ दोर्जे अहिले बिरामीले थलिएका छन् । दिदी धनमाया (आँचल) सँगै छिन् । भिनाजु बुद्धलाई बोकेर हिँड्छन् । बुद्धका हरेक अभावलाई पूर्ति गर्ने उनै भिनाज मनोज बास्तोला हुन् । बुद्धको पहिलो खुसी भिनाजुसँगै कतारमै साटे ।

बुद्धका बाबुआमाले बुद्धभन्दा बढि प्रशंसा आफ्नै ज्वाईं मनोजकै गर्छन् । ‘कहिल्यै केहिमा कमी हुन दिएनन् । सबै ईच्छा पूरा गर्ने भिनाजु नै हो । गितारदेखि खेलकुदका सामानसम्म ।’ बुद्धकी आमा सन्तमायाले भनिन्– ‘दिदी भिनाजुकै कारण बुद्धले खुट्टा टेके । जे पनि भेनाले पु¥याउँथ्यो ।’ रेडक्रसमा लागेर सेवाभावमा समर्पित बुद्ध एसएलसी पास गरेको महेन्द्र उमाविमै पढ्दै आएका छन् ।

बुद्ध बिग आइकनपछि पोखरामै संगीत सिकेरै बसे । पहिले तीन वर्ष त्रिवेणी संगीतालयमा नबराज बरालको प्रशिक्षणमा रहेका बुद्ध पछिल्लो समय गुरुकुल संगीतमा तीर्थराज पोखरेलसँग संगीत सिक्दै थिए । बुद्ध जिताऔं अभियानको नेतृत्व गरेर हिँडेका गुरुद्वय अहिले हर्षविभोर छन् । अहिलेजस्तो खुशी कहिल्यै नमानेको सुनाउँछन् ।

नेपाल आइडलमा सहभागी हुनुपूर्व उनी पोखराकै सबैभन्दा पुरानो दोहोरी साँझ ‘पोखरा दौतरी साँझ’मा ८ हजार मासिक तलबमा गीत गाउँथे । झण्डै दुई वर्ष गीत गाएका उनी कोहिसँग नराम्रो भएनन् । गीत गाउने भएपनि बाद्यवादक नआउँदा सबै प्रकारका बाजा बजाउने क्षमता बुद्धमा छ । सञ्चालकद्वय बीरेन्द्र केसी र निर्मल भण्डारी पनि बुद्धलाई जिताउन उसैगरि तात्तिए ।

नेपाल आइडलमा पहिलो अडिसनदेखि नै निर्णायकहरुको मनमा बसेका बुद्ध टप १८ देखि टप ३ छनौटसम्म एक पटक मात्र डेन्जर जोनमा परे । उनलाई देश विदेशबाट उल्लेख्य भोट आयो । विदेश बस्नेहरुबाट अनलाईन भोटिङमा उनले सबैलाई माथ गरे र ग्राण्ड फिनालेमा कूल प्राप्त भोटमा आधा बढि भोट बुद्धकै नाममा रह्यो र बुद्धले इतिहास रचे ‘पोखराका बुद्ध पहिलो नेपाल आइडल’ ।

]]>
1890
छक्का पञ्जा २ कहाँ चुक्यो ? दीपकको टाउको दुखाई बन्यो एउटै स्टाटस https://www.newspali.com/2017/10/2400/ Tue, 24 Oct 2017 13:24:24 +0000 http://www.gandaknews.com/?p=1804
  • रञ्जन अधिकारी
  • दिपकराज गिरी र दिपाश्री निरौला नाममाथि धेरै लेखिरहनुपरेन । दुई दशक अघिको ‘ट्वाक्कटुक्क’का ‘रामबिलास’ र ‘धनियाँ’देखि ‘तितोसत्य’ हुँदै ‘छक्का पञ्जा २’ सम्म आईपुग्दा किशोरपुस्तादेखि पाको उमेरकाले चिन्ने जोडी हो दिपकदीपा । हाँस्य टेलिसिरियल तितो सत्यको डेढ दशक अनवरत यात्रालाई बिराम दिएर सत्तरी दशकको सुरुवातीसँगै ठूलो पर्दामा हामफालेको यो टीमले त्यसपछि वर्षेनी हिट चलचित्र बनाईरहेको छ ।

    ‘६ एकान ६’ फिल्म सुपरहिट बनेपछि ‘वडा नम्वर ६’ जस्तो सफल चलचित्र पस्केको यो टीम जब ‘छक्का पञ्जा’ तिर पुग्यो । अनेक प्रकरण र विवाद सुरु भयो । चलचित्र ‘छक्का पञ्जा’ लिक गरेको आरोप लागेका नवलपरासी शिवमन्दिर ३ घर भई काठमाण्डौमा अध्ययनरत कृष्ण सुवेदीले सुसाईड नोट लेख्दै आत्महत्या गरेपछि दिपकराज गिरी विवादमा तानिए । उसो त महिला लेखक/समालोचकहरुले महिला निर्देशक दीपा श्री निरौला रहेपनि ‘महिला डोमिनेटेड फिल्म’ भयो भनी खरो रुपमा  कलम चलाए । विदेश जाने बेला आफ्नो श्रीमती चोखै राख्न गाउँभरीका युवकलाई  भाइटीका लगाएर फिल्मले बिट मारेको थियो ।

    सिक्वेल ‘छक्का पञ्जा २’ को पहिलो गीत ‘ए दाजु नसमाउ नाडीमा’ ले चोरीको आरोप धेरै खेप्यो । सर्वत्र आलोचना सेलाउन नपाउँदै आरजु बिष्ट सल्यानीको ‘झ्याम्म झ्याम्म’सँग मिल्ने दोस्रो गीत सार्वजनिक भयो । अहिले फिल्म प्रदर्शनीसँगै कथावस्तुमै सरोकारवालाले गम्भिर प्रश्न चिन्ह उठाएका छन् । फिल्ममा केदार घिमिरे माग्नेबुढोको भूमिका शैक्षिक परामर्शदाताको छ ।

    फिल्मले नकारात्मक सन्देश दिएको भन्दै एजुकेशन कन्सल्ट्यान्टहरुले चर्को विरोध गरेका छन् । पोखराको चर्चित ‘किंग्स इन्स्टिच्युट’ का सञ्चालक महेश भण्डारीले फिल्म हेरेपछि लेखेको स्टाटस अहिले भाइरल भएको छ । जुन स्टाटस दिपकराज गिरीको टाउको दुखाई बनेको छ ।

    यस्तो छ स्टाटस ।

    ‘छक्का पञ्जा’ र यसको टिम यस्तो ब्रान्ड हो जो ‘जे बेचे पनि बिक्छ’ भन्ने मान्यताबाट दिगभ्रमित छ । विश्वास लाग्दैन भने ‘छक्का पञ्जा- २’ हेर्नुस् ।
    छक्का पञ्जा गरेर पैसा कमाउनका लागि बनाईएको झूर फिल्म हो- छक्का पञ्जा- २ । कथामा कुनै तयारी छैन । विषयवस्तुमाथि कुनै अध्ययन छैन । मिहिनेत पोलेर खाइएको छ । रथरुपी फिल्मका नट र पेचहरु हल्लिँदै र फुस्कँदै जान्छन् । ठाउँ कुठाउँमा रथ पल्टे पछि, पात्र लडेपछि हाँसो नलागे अरु के लाग्छ ? एउटा शैक्षिक परामर्श दाताको भूमिकामा माग्ने बूढालाई उभ्याइएको छ ।

    प्रिय दीपक र दीपाजी, शैक्षिक परामर्श दाताको सँगत गर्नुस् एक पटक । उनीहरुलाई नजिकबाट नियाल्नुस् । उनीहरू जोकर होइनन् । उनीहरू करिअर काउन्सलर हुन् । उनीहरूलाई भेट्न विद्धार्थी अभिभावकको लाइन लाग्छ । उनीहरू विद्धार्थीलाई भेट्न कतै दौडी रहनु पर्दैन । शैक्षिक परामर्श दाताको काम सल्लाह दिने हो । एउटा विद्यार्थीको लागि विवाह गराउन पुरेत खोज्न आँफै घाटमा धाउने र गाविसमा घुस खुवाउन आँफै वडा कार्यालय पुग्ने त्यस्तो कुन परामर्श दाता देख्नु भयो यहाँले ? अध्ययन नै नगरी, रिसर्च नै नगरी थाहा नपाएको विषयमाथि फिल्म नै बनाई दिने ! हावा कथा बुनेर कुनै पनि पेशालाई तुच्छ र पेशाकर्मीलाई पंगु बनाउने यो कस्तो तरिका हो ?

    अष्ट्रेलियामा अध्ययन गर्न चाहने बहानामा नक्कली बिहे गर्न खोज्ने जोडीको कथालाई समेट्न खोजिएको छ । अष्ट्रेलियाको भिसा प्याकेटमा आउँदैन । कुरियरबाट आएको प्याकेटबाट पासपोर्ट झिकेर भिसाको थाहा दिइँदैन । यो कुरा फिल्म मेकरलाई थाहा नभएको प्रष्ट देखिन्छ । कति हाँस्नु ? फिल्ममा कन्सल्टेन्सीको मान्छे पासपोर्टको पेज पल्टाउँदै गर्छ, नायिका राम् राम् भनेर फिंगर क्रस गरेर बसेकि हुन्छे । अष्ट्रेलियाको भिसा अप्लाई अनलाईनबाट हुने सिस्टम सुरु भएको वषौँ भयो । भिसा भए/नभएको इ-मेलमार्फत जानकारी आउँछ । पासपोर्टमा कुनै छापसमेत लगाइँदैन । तर जे हुँदै हुँदैन त्यही भएको देखाइएको छ । प्रक्रिया र पद्दतीको सामान्य ज्ञान पनि लिन चुकेको छ । मुख्य कथावस्तुको महत्वपूर्ण दृश्य/संवाद नै हावादारी छ । अब सोच्नुस् फिल्म कस्तो होला?

    कागजी विवाह कागजकै लागि हो, वास्तविक होइन भनेर वकिल पात्र प्रियंकाले गरेको वकालत सबैभन्दा कमजोर छ । अदालतमा गरिने विवाह अदालतको लागि मात्र मात्र हुन्न, सामाजिक विवाह समाजको लागि हुँदैन, चर्चमा गरिने विवाह चर्चको लागि मात्र हुन्न । विवाह विवाह नै हो । अझ कागजमै विवाह भएको प्रमाण पेश भई सकेपछि अदालतले यसको निर्णय एउटै बहसमा टुंग्याउँछ, फिल्ममा जस्तो पटक पटक तारेख थप्दै जाँदैन । तर फिल्ममा बतासे बयान र काइते निर्णय पटक पटक गरेको देखाइएको छ । अझ दर्शकको कन्परो त्यो बेला तात्छ जब न्यायधिशले त्यो केसको जिम्मा प्रहरीलाई लगाउँछ । दीपकजी, तँपाई आँफू हिरो बन्नको लागि कथालाई जता पनि मोडिदिने ? विवाहजस्तो पवित्र कार्यलाई चुरोटको खिल्ली बनाएर सल्काईएको, अदालतजस्तो संस्था र न्यायधिशजस्तो पेशालाई समेत खरानी बनाएर उडाइएको छ ।

    मुख्य कथावस्तुमै चुकेको यो फिल्मको अन्य सहायक कथाका त्रुटीको त कुरै नगरौँ । नसुहाउँदो पात्र, अमिल्दो कथा र उरन्ठ्याउलो अभिनयले फिल्म पिँडालुको पेँडा बनेको छ । फिल्म फिल्म जस्तै हुनु पर्छ । यो टेलिसिरियलभन्दा माथि र कमेडी शोभन्दा फरक हुनु पर्छ । शैक्षिक परामर्श दातालाई खिल्ली उडाउन कस्सिएका दीपक/दीपाको टीमले सायद चिट चोरेर एसएलसी पास गरेको मान्छेलाई कथा लेख्न लगायो, मेट्रीकमा डबल फेल भएको मान्छेलाई क्यारेक्टर सेलेक्सन गर्न लगायो । निर्देशकको नाममात्रै छ, काम केही देखिँदैन । निर्देशक भन्ने कुनै मान्छे अलिकतीमात्रै एक्टिभ थियो भने फिल्म यस्तो विद्रुप बन्थेन । फिल्मको अर्को नाम हजमोला होइन । दर्शकले जे आउँछ, त्यो पचाउँदैन ।

    यही स्टाटसमा दिपकराज गिरीले ४५ मिनेटमै प्रतिक्रिया दिएका छन् । भण्डारी र गिरी फ्रेण्ड लिस्टमा छैनन्, यद्यपी भाइरल बनेपछि कलाकार गिरी आफै भण्डारीको स्टाटसमा कमेन्ट गर्न आईपुगेका छन् । उनको कमेन्ट यस्तो छ ।

    सयौंले लाईक तथा कमेन्ट, शेयर गरेको यो पोष्टमा दुवै तर्फका समर्थक मिसिएका छन् । दिपकराज गिरी फेसबुकको प्रोफाईल मा मोडिएका छन् । भण्डारीको प्रोफाईल पिक्चरमा सुपरहिट चलचित्र प्रेमगीत २ अंकित छ । जबकी स्टाटस विषयबस्तुमा केन्द्रित छ । गिरी भण्डारीको टिप्पणीको एक शब्द पनि प्रष्टीकरण दिएका छैनन् । नजिकका श्रोतका अनुसार कलाकार गिरीले निकटस्थलाई भन्ने गरेका छन् – “प्रेम गीत २ टीममा भण्डारी छन् । अहिले फिल्मक्षेत्रबाटै आक्रमण भएको छ । तपाईंहरु सक्दो खण्डन गर्नुस् । नेपाली चलचित्र राम्रो आफू मात्र बनाउन पाउँ, आफू मात्र चलुँ, अरुले राम्रो नबनाओस् भन्ने प्रवृत्ति हो यो ।”

    भण्डारीको स्टाटसमा आएका केहि कमेन्टहरुमा भण्डारीलाई फिल्म क्षेत्रकै रुपमा बुझिएका छन् । यी कमेन्ट गर्नेहरु लाख कटेका पेजहरु चलाउने एडमिनहरु हुन् । पैसा लिएर कुनै फिल्म उचाल्ने पछार्ने आरोप अहिले पेजका एडमिनलाई लाग्ने गर्छ । केहि साता अघि पेजका एडमिन विरुद्ध निर्देशक/कलाकार निश्चल बस्नेतले स्टाटस मार्फत नै तीतो पोखेका थिए ।

    तर महेश भण्डारी शैक्षिक परामर्शदाता र सञ्चार क्षेत्रसँग मात्र जोडिएका छन् । कुनै चलचित्रमा जोडिएको नाम होईन । हिन्दी, अंग्रेजीदेखि नेपालीसम्म चलेका ब्राण्डबाट बनेका फिल्म सकेसम्म नछुटाउने भण्डारीले छक्का २ को बिरोधकै लागि पूर्वयोजना बनाएर फिल्म हेर्न नगएको उनको स्टाटसबाट देखिन्छ । राम्रा लागेको चलचित्रको राम्रो नै लेख्ने, नराम्रो चलचित्रको नराम्रै लेख्ने उनको बानी छ । भण्डारी भन्छन् – ‘दिपक दिपा आफू मात्र होईन, ब्राण्ड हो । ब्राण्डले व्यापार, व्यवसायका नाममा सोझा दर्शक दिग्भ्रमित पार्नु हुन्न । सही सन्देश दिन सक्नुपर्छ । ‘स्टाटस पोष्ट गर्नु दुई दिन अघि नै उनले फुलपातीकै दिन छक्का पञ्जा २ सपरिवार हेरेको पोष्टमा देखिन्छ । हेर्नुहोस्

    फिल्म टीमको टाउको दुख्ने स्टाटस पोष्ट भएको दुई दिनपछि मात्रै हो । त्यसअघि उनले विषयवस्तुमा केहि तीतो पोखेका छन् । भण्डारीको स्टाटसपछि कलाकार गिरीले दुई वटा पोष्ट गरेका छन् ।

     

    गिरीले भन्ने गरेका छन् – ‘यो फिल्म उहाँहरु जस्ता वर्गको लागि होईन, दर्शकका लागि हो ।’

    अन्य एजुकेशन कन्सल्टेन्सी सञ्चालकले पनि जोकरले बनाएको फिल्म जोककै रुपमा लिनुपर्ने भन्दै व्यंग्य गरिरहेका छन् । कंगारु एजुकेशन फाउण्डेशनका सञ्चालक महेशबाबु तिमिल्सिनाले यस्तो लेखे:

    यो जोडी ब्राण्ड हो । ब्राण्डले समाज परिवर्तन गर्न सक्ने ल्याकत राख्छ । जसरी धुर्मस, सुन्तली हरेक नेपालीको मुटुमा बस्न सफल भईसके । यस्ता नामहरुबाट केहि अपेक्षा रहनु जायज नै हो । तर व्यापार बाहेक अन्त ध्यान नदिँदा समर्थन मात्र होईन, आलोचना पनि हुन्छ । आलोचना गरेमा पचाउन सक्नुपर्छ । पर्सनल म्यासेजमै जाईलाग्ने प्रवृत्तिको खुलेआम आलोचना समेत भईरहेको छ । नेपाली कला क्षेत्रमा दीपक दीपा लगायतको टीम महत्वपूर्ण छ । आफ्नो भूमिका नबिर्सी योगदान दिन सकुन् । नेपाली चलचित्र यसै गरी चल्नुपर्छ तर चलचित्रको ‘दर्शक ठानिएका सोझा नेपाली’ लाई हँसाउने नाममा गलत सन्देश नजाओस् । ‘छक्का पञ्जा ३’ बाट ‘६ एकान ६’ र ‘वडा नं. ६’ जस्तै निरन्तरताको कामना ।

    ]]>
    2400
    गुड्दै, सारंगी रेट्दै https://www.newspali.com/2017/10/1800/ Tue, 24 Oct 2017 13:17:52 +0000 http://www.gandaknews.com/?p=1800 रञ्जन अधिकारी पोखरा, १८ चैत २०७३ / ‘काठमाण्डुबाट पोखरा जानी, बताईराछौं यात्रुका कहानी गोरखा मनकामना …’ आँबुखैरेनीमा बस चढेर कृष्ण गन्धर्वका दाजु भाइ सारङ्गी रेट्न थाले । धुनसँगै भुकम्पपछि बेहाल जनताको पीडा सुनाए । ईच्छुक यात्रुले केहि पैसा दिए ।

    ‘पहिले बा–बााजेहरु गाउँ डुल्थे । घरघरमा गएर गीत सुनाउँथे । जे दिन्छन् ल्याएर पकाएर खाईन्थ्यो ।’ लमजुङ घर भई तनहुँ भन्सारमा बस्दै आएका कृष्णले सम्झिए – ‘अहिले त जमाना त्यो छैन । घरघरमा गएर हामी गाउन पनि सक्दैनौ । न पहिले जस्तो शान नै छ ।’ सारङ्गी भिरेर बाजेको हात समाति गाउँ गएको झल्झली सम्झिन्छन् कृष्ण ।

    गाउँघर डुलेर धान चामल, मकै जस्ता अन्न पाईन्थ्यो । तर अहिले यात्रुबाट पैसा मिल्छ । सारङ्गी बजाएर दैनिक चार हजार सम्म कमाउने कृष्ण दाजुभाइलाई कहिलेकाहीँ भने एक हजारमै चित्त बुझाउनुपर्छ । ‘बाउबाजेले सिकाका पेशा । कतिले खिसि गर्छन् । बसमा कति खलासीले त भाडा पनि माग्छन्’– कृष्णले गुनासो गरे– ‘गाउँ पनि शहर जस्तै भईसक्यो । रमाईलो गर्ने चीज जताततै पुगिसक्यो । गाह्रो भयो । ’ कृष्ण भन्दा पहिलेदेखि नै उनका भाइले सारंगी रेटे । २७ वर्ष पुगेका उनले १७ वर्ष त सारंगी रेटेरै कटाईसके । ‘सानैमा बिहे भयो । दुई छोराछोरी भए । रहरले होईन बाध्यताले हिँडेको । छोरालाई त मरिकाटे सिकाउन्न ।’ कृष्णको भाइको जवाफ भने बेग्लै थियो ।

    धेरैजसो गन्धर्वहरुलाई बसमा सारङ्गी बजाउनु दैनिकी जस्तै भएपनि केहीका लागि भने बैकल्पिक पेशाजस्तो छ । पोखरादेखि काठमाण्डौं गुडेको बसमा अर्का दुई गन्धर्व डुम्रेबाट चढे । अलि तन्नेरीजस्तो देखिने सुब्बा गन्धर्वलाई पुर्खाको संस्कृति जोगाउने मन त छ तर छाक टार्ने समस्याकै कारण उनी सारंगी भिर्न छोडेर ब्यवसायतिर हान्निए । राजधानीक्ँे ठमेलमा ब्यवसाय गर्दै आएका उनी घर फर्किएको बेला भने यसरी बसमै हिँड्ने रहेछन् ।

    ‘के गर्नु मसँग सीप भएर पनि विकल्प पेशा नगरी भएन ।’ सुब्बाले सुनाए –‘अहिले त घर आएको बेला यसो बजाम् भनेर बसमा हिँडेको मात्र हुँ ।’ सुब्बाका तीन छोरा कसैलाई सारङ्गी बजाउनै आउँदैन । मादल मात्र बजाउँछन् । गन्धर्वका नयाँ पुस्ता सारङ्गी भिरेर गाँउ डुल्ने होईन, अरुहरु झैं झोला भिरेर विद्यालय जान थाले । ‘सारङ्गी बोक्न मान्दैनन् । साथीहरुले गिज्याउँछ भन्छन् ।’ सुब्बाले भेद खोले । उनीसँगै भाका मिलाएका ४२ वर्षका मिनबहादुर गन्धर्वको व्यथा पनि उस्तै छ । ३० वर्ष अघिदेखि सारङ्गी रेटेका मिनबहादुरका तीन मध्ये जेठाले मात्र सारङ्गी बजाउँछन् । दुई छोराहरु पढ्छन् ।

    ‘सारङ्गी रेटौंला, मौका मिले फेरि भेटौंला …’ एक दशक अघि कलाकार हरिवंश आचार्यले लक्ष्मी न्यौपानसँग गाएको यो गीत झैं अचेल सारङ्गी रेट्नेहरु मौकाले नै भेटिन्छन् । कुनै समय थियो सारङ्गी रेट्ने गन्धर्वहरु गाउँघरमै आईपुग्थे । अहिले उनीहरुलाई नै खोज्दै हिँड्नुपर्ने अवस्था आयो । गन्धर्व जातिसँग जोडिने एउटै बाजा ‘सारङ्गी’, जसको धुनले संगीत नै पुर्ण भईदिन्छ । ‘गाईने दाइ’हरु यही सारङ्गी काँधमा भिरेर गाउँ पस्थे । शहर देखि विदेशका खबरहरु, कारगिलमा लड्दा लड्दै वीरगति प्राप्त गरेका लाहुरेका वीर गाथाहरु सुनाउँदै हिँड्थे ।

    ‘सबैका आउँछन् नि, सबैका जान्छन्, हाम्रा छोरा आउँदैनन् । कि हाम्रा छोरा नि, धावैमा परे, कि बिदा पाउँदैनन्… ’ ‘के भनौ र खबर आमा भनि साध्य छैन । दशैं तिहार मान्नु पनि पाउने हो कि होईन…’ गीतमा यस्ता व्यथा समेटिन्थे । ढिलै भएपनि खबर आदानप्रदान गर्ने सूचना सम्प्रेषणको माध्यम थिए उनीहरु । साङ्गीतिक समाचार वाचकका रुपमा रहेका गन्धर्वहरु समयक्रमसँगै फेरिए । उनीहरुको गाउँ डुल्ने परम्परा पनि लोप भयो । अझै पनि सारङ्गी रेट्नेहरु नभएका होईनन् । यसरी नै बसमा सवार यात्रुलाई गीत सुनाउँदै केहि पैसा बटुलेर पेट पाल्दै आएकाहरु पनि भेटिन्छन् । बाबुबाजेका सारङ्गीसँग पैठेजोरी खेल्दै हुर्किएपनि भाका र टुक्का भने टिप्न सकेनन् । पुस्तासँगै भाका फेरिए । भाव फेरिए ।

    पछिल्लो जनगणनाअनुसार नेपालमा करीब ५० हजारको हाराहारीमा मात्र गन्धर्व जाति छन् । उनीहरु विभिन्न ५६ जिल्लामा छरिएर रहेका छन् । गन्धर्व जातिमा पुरुषले मात्र सारङ्गी बजाएर हिँडछन् । कास्कीको बाटुलेचौर, हेम्जा लगायतका क्षेत्रमा यो जातिको बसोबास छ । यहँँकै झलकमान गन्धर्व, तनहुँका तिर्थबहादुर गन्धर्वहरु सारङ्गी रेटेरै सम्मानित बने । २०६६ सालमै झलकमान गन्धर्व राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण पाठशाला खोलेर सारङ्गी सिकाउँदै आएका धनबहादुर गायक संस्कृति संरक्षणमा युवा पुस्ता जाग्नुपर्नेमा जोड दिन्छन् । पाठशालाबाट सय बढि बालबालिकाले सारङ्गी सिके । गन्धर्व जाति बाहेकले पनि सिके । विदेशीले पनि सिके । अहिले कोलम्बियका पर्यटकले तीन महिनादेखि गायककै घरमा बसेर सिकिरहेका छन् ‘हाम्रो जातिदेखि विदेशी पाहुनासम्म ईच्छुक छन् । तर सरकारले यसलाई राम्रो संरक्षण नदिँदा पेसा संकटमा पर्ने अवस्थामा छ’ गायक भन्छन् – ‘सरकारले पुराना मठमन्दिरलाई मात्र संरक्षण दिँदा हाम्रो आफ्नै संस्कृतिको संरक्षणमा पनि राज्यले लगानी गर्नुपर्छ भन्ने ध्यान जानुपर्ने हो ।’

    हेम्जाका लालबहादुर गायकलाई पनि पेशा लोप हुने अवस्थामा पुगेकोमा चिन्ता छ । सारङ्गी रेट्दै बाबु बाजेसँग मुक्तिनाथ, चितवन, भैरहवासम्म पुगेका उनी अहिले चाडपर्वमा मालश्री धुन बजाउने गर्छन् । आफै खिर्राको चारतारे सारङ्गी बनाउन सक्ने गायक सारङ्गी संरक्षणको अभियानमा जुटेको बताउँछन् ।

    यो पुस्ताले पुख्र्यौली पेशालाई माया गरेरै धानिरहेका छन् । अहिलेको युवापुस्ता यसबाट टाढिँदै जाँदा चाहेर पनि संस्कृति हस्तान्तरण गर्न यो प्रौढ पुस्तालाई कठिन भईरहेको देखिन्छ । नेपालको लोककला संरक्षण गर्ने प्रमुख गन्धर्व जातिका नयाँ पुस्ताको वितृष्णाले आफ्नो संस्कृतिको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ। सञ्चारमाध्यमको तीब्र विकास र यो जातिका युवा रोजगारीका लागि विदेश पलायन हुने क्रम बढेकाले पनि पेसा संकटमा परेको छ । यसमा राज्यले नै ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । गन्धर्व समाज नेपालले पनि गन्धर्व विकास बोर्डको गठन गर्नुपर्ने माग उठाउँदै आएको छ ।

    आदर्श समाज दैनिकमा प्रकाशित न्युज

    ]]>
    1800
    २० वर्षमा उन्नाईसमा नझरेको दुःख https://www.newspali.com/2017/10/1798/ Tue, 24 Oct 2017 13:11:26 +0000 http://www.gandaknews.com/?p=1798 रञ्जन अधिकारी पोखरा, ११ मंसीर / २० वर्षमा मानिसले धेरै उन्नति गर्न सक्छ। तर मन्सुर रसाइली विकको कथा भने निकै फरक छ। २० वर्षअघि घर छाडेर उनी कामको शिलशिलामा पोखरा आए। बसेर खाएका पनि होइनन् तैपनि उनको दुःख २० वर्षमा पनि बिसको उन्नाइस भएको छैन। विकको दैनिकी पहिले जे थियो अहिले पनि उही छ। यो अवधिमा उनले केही कमाएका छैनन्। पहिले साथमा श्रीमती शारदा मात्रै थिइन्। अहिले थपिएका छन्: एक छोरी र तीन छोरा।

    मन्सुर दिनभर श्रीमतीसँगै घर बनाउने काम गर्छन्। ‘कमाएको पैसाले पाँच जनाको परिवार धान्नै मुस्किल छ। केही सजिलो होला कि भनेर पोखरा आíको, ठिटो थिएँ अब त बुढ्यौली पो लाग्यो’ -४३ वर्षीय मन्सुर भन्छन्- ‘महंगीले आकाश छोयो। हाम्रो काम अनुसारको ज्याला बढेन। ८० रुपैयाँ किलो चामल किनेर खानै धौधौ छ।’ पोखरा ३, नदीपुरको पोखरा कलेज अफ म्यानेजमेन्ट पारिपद्मि ३० मिटरभित्र खुल्ला बारीमा चार वटा लस्करै एकसरो ब्लकले घेरेको टीनको कोठाभित्र सानो घाट, पुराना गुण्टा, भुइँमा बेतको सानो ड्डयाक, स्टोभसमेत छैन।

    ‘के गर्नु, स्टोभ छैन, मद्मितेल किन्न सकिन्न। मजदुरी गर्दा काठको टुक्राटाक्री बटुल्यो, ल्यायो, बाहिर पकायो, खायो’मन्सुर मलिन स्वरमा भन्छन्’अब त जाडो आयो। तीन छोरा, हामी बुढाबुढी यही भुइँमा कोच्चिएर सुत्ने हो।’ दुई साना खाट अट्ने ब्लक र टिनको कोठाकै महिनाकै दुई हजार पाँच सय घरभाडा, बत्ति पानीको छुद्मै तिर्नुपर्ने हुँदा पनि उनी घरपेटीसँग उतिसारो गुनासो गर्दैनन्। ‘के गर्ने हजुर हामी गरिब, साना जातका भन्छन्, सानासाना छोरा छन्। स्टोभसमेत नभएíसी कोठानि पाउँदैन नि। घरपेटी मज्जैको छ। दुःख विमार हुँदा एक महिना ढिलो भए पनि मान्नुहुन्छ’मन्सुर भन्छन्।

    राजनीतिको कुरा पनि अलिअलि बुझ्ने मन्सुरलाई मजदुरलाई सरकारले नहेरेको भन्ने लाग्छ। ‘नारा जुलुस गर्नुपरे हाम्लाई नै उठाउन आउँछन्। गयो, दिनभरको कमाइसमेत गुम्यो’ उनी थप्छन्’ दिनभर काम गरेर बेलुका हातमुख जोर्नेलाई उठाएर लगेपछि त्यही अनुसार व्यवस्था गर्नुपड्डयो नि।’  उनलाई जेठा छोराको पढाइ नै छुटाएर दुई छोराको धरालो राख्नुपर्दा भने चित्त बुझेको छैन। ëअझै दुई वर्ष यसलाई स्कुल पठाउन पाए हिसाबकिताब हेर्न जान्थ्यो र सानोतिनो सुन्तला व्यापार भएíनि राखिदिन्थें यसका लागिí उनीले आ«नो सपनाको खेती सुनाए।

    एक साताअघि, २० नोभेम्वर अर्थात अन्तर्राष्टिय बाल अधिकार दिवस मनाइरहँदा दुई भाइको धरालो भएका बालक जगबहादुरका बाबु हुन् मन्सुर। जगबहादुर तीन वर्षका कान्छा भाइ जीवित रसाइलीलाई खाँबोमा बाँध्दै गर्दा भेटिएका थिए। जगबहादुरले पोखरा गैह्रापाटनको नवीन स्कुलबाट पढाइ सुरु गरेका थिए।  एक कक्षामा पुगेपछि उनीहø मजदुरीकै सिलसिलामा पस्र्या™को धारापानी पुगे। ‘एक सय रुपैयाँमै गुणस्तरीय शिक्षा पाइने’ भन्ने सुनेका उनले पस्र्या™मै रहेको समता स्कुलमा छोरालाई हालिदिए।

    ëसमतामा हुìदा मैले कत्ति पुरस्कार पाउथेँ यहाìभरि (छातीमा देखाउìदै) माला (तक्मा) लगाएको थिएìí जगबहादुर सम्झिन्छन्। मासिक शुल्क एक सय रुपैयाँ भए पनि ट्युसन र अन्य शीर्षकमा आउने खर्च धेरै भएपछि जगबहादु फेरि प्रस्या™कै धर्मस्थलीमा भर्ना गरिए। नदीपुर सरेपछि फेरि नवीन स्कुलमै फर्किएका जगबहादुरको पढाइ गएको वैशाखमा कक्षा तीनको जाìच दिएपछि अहिलेसम्म ठप्प छ। ‘स्कुल किन नगएको ?’ भन्ने प्रश्नमा जगबहादुर ठूला मान्छेझंै उत्तर दिन्छन् ‘के गर्ने दुःख छ, भाइ हेर्नुपर्छ।’

    मन्सुरलाई ëघाटा भयोí भन्दै एकचोटि ठेकेदारले पैसा दिएनछ। त्यसपछि तीन छोरा, एक छोरीसहितको परिवारको खर्च धान्नका लागि उनले श्रीमतीलाई पनि आफूसँगै ज्यामी काम गर्न लाने गरेको बताए। ‘छोरीले आफै बिहे गरेर गई। परिवार मैले एक्लै धान्न सकिनँ र छोरालाई स्कुल छुटाएì। ठूलो छोराले साना दुई छोरा हेरेपछि दुई जनाको ज्यालाले घर चलाउन सजिलो होला भनेर, नत्र त ‘फस'(प्रथम) हुन्थ्यो मेरो छोरो स्कुलमा’ मन्सुर भन्छन्। ëबाबालाई कत्ति भनें स्कुल जान्छु भनेर, मलाई एकदम स्कुल जान मन लाग्छíñबाबुको कुरा काट्दै आँखु खसालेर जगबहादुरले भने।

    नदीपुरको बालमन्दिर चोकदेखि पालिखेचोकसम्मको करीब एक किलोमिटर क्षेत्रभित्रै बालमन्दिर उच्च मावि, ज्ञानभूमि निमावि, श्री सत्यसाई विद्याश्रम, ग्यालेक्सी उच्च मावि र प्रतिभा उच्च मावि गरी पाìच वटा शिक्षण संस्था छन्। ठीक बीचमा उनको डेरा छ।बालमन्दिर र ज्ञानभूमि सरकारी विद्यालय हुन्। सरकारी स्कुलमा मासिक शुल्क त तिर्नुपर्दैन तर जगबहादुर स्कुल जान नपाएको कारण चाहिँ साना भाइहø हेरिदिने कोही नभएर हो।बिहान आठ बजे घर बनाउने काम गर्न बुवाआमा निस्केर गएपछि उनी भाई जीत र जीवितबहादुरलाई हेर्ने, घरको रेखदेख गर्ने र कुचो लगाउने काम गर्छन् र साìझ फर्किने बुबाआमा पर्खिन्छन्।

    दिनभरि भाइहøको पछिपछि दौडिने जगबहादुर बेलाबेला सानो भाइलाई बाìधेर चुप लगाउìछु भन्छन्। ‘दिनभर रोडतिर जान खोज्छ। गाडीले हान्न सक्छ’ जगबहादुर भन्छन्’ पैसा माग्छ, घरको खाजा खान मान्दैन।’ आमा शारदाको भनाइअनुसार काममा जानुअघि बिहान पाìच बजे पकाएर छोडिदिएको भात नै उनीहøको खाजा हो दिनभरिका लागि। उमेर सोध्दा छोराहøको उमेर क्रमश १३, पाँच र तीन बताउने शारदालाई आ«नो उमेर पनि थाहा छैन। साना दुई छोरालाई कसैले दिएको महिलाको स्वेटर लगाइदिएकी उनी छोराहø जन्मेको महिनामात्रै होइन अहिले कुन महिना हो भनेर सोध्दा समेत ‘थाहा छैन’ भन्छिन्।

    नेपालले पनि बालबालिकाका सम्पूर्ण अधिकारको सुनिश्चितताको बाचा गर्दै बालअधिकारसम्बन्धी अन्तर्राष्टिझय महासन्धि (चाइल्ड राइट्स कन्भेन्सन) मा हस्ताक्षर गरेको छ। मन्सुर, जगबहादुरहø त प्रतिनिधि मात्रै हुन्। यस्तै थुप्रै नेपालीको जीवनस्तर नउक्सेसम्म बाल अधिकारको कुरा वीरबलको खिचडी नै हो।

    आदर्श समाज दैनिकमा प्रकाशित न्युज

    2071 08 11

    ]]>
    1798
    सुन्दर ताल, असावधानीले काल https://www.newspali.com/2017/10/1795/ Tue, 24 Oct 2017 13:05:16 +0000 http://www.gandaknews.com/?p=1795 रञ्जन अधिकारी पोखरा, ३० भदौ २०७३। धेरैले रम्ने, घुम्ने, माया लाउने, डुंगा शयर गर्दै मन बहलाउने फेवाताल लापरवाही गर्दा केहीका लागि काल सावित भएको छ। मन चोर्ने फेवातालले कतिको ज्यान नै खोस्ने गरेको छ। कतिले आफै ज्यान फाले, कतिकोे असावधानीले ज्यान गयो।

    बुधबारमात्रै लेखनाथ-२ का १८ वर्षीय सबल पोखरेल फेवातालमा मृत भेटिए। गण्डकी मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत पोखरेलले आवेशमा ज्यान फाले। यस्तै, मंगलबार एक महिलाको शव सडेको अवस्थामा फेवातालमै तैरिरहेको अवस्थामा भेटियो। उनको परिचय अझै खुलिसकेको छैन।

    यसपालिको साउनको अन्तिम सातादेखि भदौ दोस्रो सातासम्म लगातार चार जनाको ज्यान गयो। प्रायः जसो घटना भने मृतक आफै र सरोकारवालाको असावधानीले भएका छन्। लाइफ ज्याकेट नलगाउनु/व्यवस्था नगर्नु, डुंगामा क्षमताबढी चढ्नु/चढाउनु, प्रतिकूल मौसममा डुंगा चढ्नु/चढाउनु मुख्य कारण हुन्। गत साउन २४ गते काठमाण्डौंबाट घुम्न पोखरा आएका विदेशमा पढिरहेका दुर्इ युवकको ज्यान गयो। काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र वसुन्धराका २३ वर्षीय एलिन केसीको शव चौथो दिनमात्रै भेटियो। अन्य छ जनाको उद्धार गरियो।

    Fewatal Dung Durghatana

    सो डुंगा दुर्घटनामा सरोकारवालाकै लापरबाही देखियो। तीन वर्षअघि जिल्ला प्रशासन कार्यालय कास्कीले तालमा शयर गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने निर्णय गरेको थियो। यस्तै, ताल घुम्दा एउटा औसत आकारको डुङ्गामा पाँच जनाबढी सयर गर्न नपाइने नियम बनाइएको थियो। तर नियमविपरीत एउटै डुंगामा आठ जना सवार थिए। कसैले लाइफ ज्याकेट पनि लगाएका थिएनन्। हावा चल्दा फेवातालमा छाल उठयो। डुंगामा पानी पस्न थालेर डुंगा अनियन्त्रित भई दुर्घटना भएको डुंगा चालक गंगा बस्नेतले नै बताएकी छन्।

    लाइफ ज्याकेट नलगाउने, क्षमताबढी चढ्ने, मापसे गरी डुंगा चलाउनेलाई कडा निगरानीमा राखेको पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमले जनाएका छन्। फेवातालमा हप्ताजसो नै ज्यान जाने गरेपछि उनले सार्वजनिक कार्यक्रममै आफूले समेत शनिबारको दिन पारेर फेवाताल शयर गरी अवस्था बुझेको बताएका हुन्।

    २०७१ असोज  २१ गते तालबाराही मन्दिरबाट एक नेपाली यात्रु र दुर्इ पर्यटकलाई लिएर किनारतर्फ र्फकदैं गर्दा दिउँसो साढे १२ बजे डुंगा चालक २२ वर्षीय निशान मगरको डुंगाबाट खसेर ज्यान गयो। पोष्टमार्टममा मापसे गरेको देखिएको रिपोर्ट आएको स्रोतले बताएको छ। ‘बितिसकेको मान्छेको के कुरा गरिरहनु भनेरमात्रै हो तर मगरको रिपोर्टमा मापसे देखियो’-स्रोतले भन्यो।

    डुंगा चालकले पनि सावधानी अपनाउनुपर्ने देखिएको छ। फेवातालमा डुंगा चलाउने चालकहरूले नशालु पदार्थ सेवन गरेको सूचना पाएपछि कडा निगरानीमा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहनमणि अधिकारी बताउँछन्। यही भदौ ११ गतेमात्रै लाइफ ज्याकेट नलगाई यात्रु ओसार्ने तीन डुंगा र मापसे गरी डुंगा चलाउने एक जनालाई नियन्त्रणमा लिइएको थियो।

    यस्तै, फेवातालमा पौडी खेल्ने, माछा मार्ने क्रममा पनि धेरैको ज्यान गएको छ। भदौ ९ गतेमात्रै केदारेश्वर मन्दिरनजिकै पौडी खेल्ने क्रममा पानीमा डुबेर स्याङ्जा टुनीबोट-४ का अमृत मगरको ज्यान गयो। दुर्इ वर्षअघि असारमा सोही स्थानमा मकवानपुर, मनहरी-४ घर भई पोखरा बस्दै आएका विनोद मगरको डुबेर मृत्यु भएको ठाउँ थियो त्यो। यही भदौ २ गते खपौदीमा माछा मार्ने क्रममा रुकुम घर भएका ३६ वर्षीय जीतबहादुर शाहीको मृत्यु भएको थियो।

    File Photo

    गर्मी छल्न फेवातालमा शनिबार तथा बिदाको दिन बढी मात्रामा बालबालिकादेखि युवायुवती पौडन जाने गर्छन्। बालबालिका फेवाताल वारपार गर्ने गर्छन्। अब भने कडाइ गरिएको वडा प्रहरी प्रमुख इन्स्पेक्टर अधिकारीले जनाए। ‘लाइफ ज्याकेट नलगाउने र क्षमताबढी चढ्नेलाई पहिलो पटक नियन्त्रणमा लिई आइन्दा यस्तो नगर्ने शर्तमा सरोकारवाला पक्षलाई समेत राखी छाड्ने गरेका छौं’-अधिकारीले भने-’मापसे गरी डुंगा चलाउने र चढ्नेलाई सार्वजनिक मुद्दा नै चलाउँछौं।’ उनले सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, पर्यटक प्रहरीसँगको समन्वयमा निगरानी गर्ने कार्य भएको र संलग्नलाई कारबाहीसमेत भइरहेको जनाए। फेवाताल जति मनमोहक छ, मान्छे आफ्नै असावधानी र लापरबाहीले उतिकै जोखिम पनि छ।

    आदर्श समाज दैनिकमा प्रकाशित न्युज

    ]]>
    1795
    मृगौलाले पिरेको परिवार https://www.newspali.com/2017/10/1792/ Tue, 24 Oct 2017 13:01:59 +0000 http://www.gandaknews.com/?p=1792 रञ्जन अधिकारी पोखरा, २६ भदौ / परिवारका कोही बिसञ्चो भए परिवारका कसैलाई आनन्द हुँदैन। घरघडेरी बेचेरै उपचार गरिन्छ। ऋण, धन जुटाउन पनि ठूलो कुरा बन्दैन। त्यसबाट पनि नभए एउटैै विकल्प बाँकी रहन्छः सहयोगी मनको खोजी।

    यसपछि, एक ज्यान बचाउन सहयोगको लागि परिवारका सबैका हातअघि बढ्छन्। तर पर्वत कुर्घा–२ को शर्मा (पौडेल) परिवारलाई एउटा ज्यानको लागि सबै हात एकसाथ अघि बढाउने मौकै मिलेन। परिवारमा एकपछि अर्को सदस्य मृगौला रोगी भएपछि अहिले समय आयो ः आफ्नो ज्यान बचाउन आफूमात्रै अघि सर्नुपर्ने।

    कुर्घाको पुख्र्यौली घरघडेरी बेचियो । परिवारमा कसैको नोकरीे छैन । उपाय केहि नभएपछि गाउँबाट उठिबास भयो । घरमुली तिलोचन शर्मालाई संसारमा कसैलाई नपरेको दुःख आफूलाई परेको लाग्छ ।  फागुनदेखि श्रीमतीको समेत दुवै मृगौला फेल भएको थाहा भएपछि उनलाई बाँकी छ जस्तो केहि लाग्दैन । श्रीमती प्रेमकुमारी त रुन पनि छाडिसकिन् । छ महिनाअघिसम्म उनलाई छोराछोरीकै मात्र पिरलो थियो । जेठो छोरो मृगौला रोगकै कारण बिते । कान्छो छोरोलाई पनि चारवर्षदेखि मृगौलाकै उपचार गराईरहनुपरेको छ । माहिली छोरी मृगौला प्रत्यारोपण गरेपछि पनि ठीक नहुँदा चिकित्सककै निगरानीमा छिन् ।

    १० वर्ष अघि जेठो छोरो प्रकाशको भारतको मुम्बईमै ज्यान गएको हो । माहिली छोरी श्यामलाको मृगौला उपचार गरिरहँदा २६ वर्षीय तन्नेरी छोरो एक्कासी बिरामी भए । रोग पत्ता लागेकोे केहि समयमै उपचार गर्न नभ्याउँदै प्रकाश बिते ।  छोरो बितेपछि छोरीको उपचार गर्नु पर्ने नै थियो । तिलोचन शर्माले छोरीलाई एउटा मृगौला दिए । तर, श्यामलाले बाबुबाट मृगौला पाएपनि समस्या देखियो । छोरो गुमाउनु र छोरी बिरामी पर्नुको पीडा त यसै थियो, त्यसमाथि भएको कान्छो छोरोलाई समेत मृगौलाकै समस्या देखियो । जचाउँदा मृगौलाले नै काम नगरेको चिकित्सकले भनेपछि जेठी छोरी शारदा शर्माले भाइ दीपकलाई मृगौला दान गरे । दुई पटकसम्म मुम्बईमा चर्को खर्चमा मृगौला प्रत्यारोपणका लागि चार जनाको शल्यक्रिया गर्नुपर्ने भयो । मुम्बईमै चौकीदारी काम गर्दै आएका त्रिलोचनले ऋणधन गरेर पु¥याए ।

    एक वर्ष अघिदेखि फेरि दीपकको मृगौलाले रँम्रो काम गर्न छाड्यो । तिलोचनलाई १५ वर्षदेखि मृगौला शब्द श्वासकै तालमा बाहिर निस्कने जस्तो लाग्छ । कान्छी छोरी कमला बाहेक सबै जना एकपछि अर्को गरी यही अंगको खराबीले थलिए । शरीर नै माया मारेर दिएको मृगौला न छोरीलाई भयो, न आफैलाई बाँकी रह्यो । उता, न शारदालाई भयो न त दीपकलाई भयो ।

    प्रेमकुमारीको हप्तामा दुई पटक नियमित डायलोसिस तथा दीपक र श्यामलालाई नियमित जाँच गर्दा महिनामै ४० हजार बढि खर्च लाग्छ । अब कसरी पु¥याउने ? एउटै आश कान्छो छोरो समेत एक वर्षदेखि रोग बल्झँदा बज्रपात भएको तिलोचन बताउँछन् । रिन लागेपनि दिन नलागोस् भनेर जसोतसो चित्त बुझाउँदै आएको यो परिवार अहिले पोखरामा भौतारिरहेका छन् । तिलोचन र प्रेमकुमारी २४ वर्षका छोरो दीपकको साथमा पोखरामा छन् । अहिलेसम्म जसोतसो उपचार धानिरहेका छन् । अब त ऋणधनको लागि ठाउँ समेत बाँकी छैन ।

    अब भगवानको भरोषा यो परिवारलाई छैन । एउटै आश छ, कोहि मनकारीको सहयोगले ज्यान बचाउने । नेपाल एसबीआई बैंकमा दीपक शर्माको खाता नम्बर १८९१५२४१४०८२३१ मा यथासक्य रकम सहयोग गर्न सक्नेछन् । सम्पर्क नम्बर ९८४७६२६३२१, ९८६७६९९३९५ रहेको छ ।

    ‘जेठो रहेन, माहिलीलाई बुबाको मृगौला पनि राम्रो काम लागेन । कान्छो छोरोलाई जेठीले दिईन् । छोरीलाई मृगौला दिने श्रीमान पनि रोगी, भाईलाई मृगौला दिने जेठी छोरी पनि रोगी । बाँकी मै थिएँ, मै पनि …’ प्रेमकुमारीको बोली रोकियो । उनी सम्हालिदै बोलिन – ‘खानपिनका कारण यस्तो रोग लाग्ने भए सबैभन्दा सफा र राम्रो खाना खुवाएको हुँ । अरुले खाने नै खाएका हौं । दुई छोरा तीन छोरी राम्रा थिए । श्रीमान् मुम्बईमा चौकीदारी गर्नुहुन्थ्यो । अब सुखका दिन आए भनेको, यस्तो विपत आईप¥यो ।’

    परिवारमा सबैलाई मृगौला रोग लाग्नुमा वंशानुगत कारण हो भन्नेमा तिलोचन सहमत छैनन् । उनको पुस्तासम्म कसैलाई यस्तो भएको उनलाई थाहा छैन न त प्रेमकुमारीको घरपरिवारमै । अब भगवानको भरोषा यो परिवारलाई छैन । एउटै आश छ, कोहि मनकारीको सहयोगले दुई जनाको ज्याँन बचाउने । प्रेमकुमारीलाई भने दान गर्न मिल्ने परिवारमा कोहि छैन । यद्यपी, हालै आएको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐनले आफ्ना परिवार भित्र अंग नमिलेमा वा नभएमा आपसी समझदारीमा दुई परिवारबीच अंग साटासाट गरी प्रत्यारोपण गर्ने व्यवस्था छ । यसअघि, परिवार बाहिर अंग साटासाट गर्नु अवैध ठहरिन्थ्यो ।

    यो परिवारले सरकारबाट एक लाख सहयोग बाहेक केहि पाएको छैन । सरकारले मृगौला रोगीको डायलोसिसको व्यवस्था निःशुल्क भनेको छ । तर, आवश्यक औषधिको लागि प्रेमकुमारीलाई मात्र महिनाको १२ हजार खर्च लाग्छ । दीपक र श्यामलाका लागि महिनामा जनही १५ हजार खर्च हुँदै आएको तिलोचन बताउँछन् । सरकारले यही आर्थिक वर्षदेखि भन्सार छुट अन्तर्गत भन्सार विभागले मृगौला, क्यान्सर र मुटुरोगको उपचार गर्न लाग्ने स्वास्थ्य सामग्री बाहिरबाट ल्याउँदा जम्मा १ प्रतिशत राजश्व लाग्ने व्यवस्था गरेको छ । यसअघि, ५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट लाग्दै आएको थियो । यसले सरकारी, निजी स्वास्थ्यसंस्था त मोटाएको छ । बिरामीलाई सहुलियत उपचार नभएको गुनासो उस्तै छ । जसकारण पीडितहरु उपचारका लागि सडकमा माग्न बाध्य छन् ।

    सरकारद्वारा सूचीकृत निःशुल्क डायलासिस सेवा दिने पोखरा स्थित स्वास्थ्य संस्थाहरूमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल रहेका छन् । सरकारले डायलासिस सेवा दिने सूचीकृत संस्थाहरूलाई हरेक पटकको डायलोसिसबापत २ हजार ५ सय रुपैयाँ गरी २ लाख ६० हजारसम्म बेहोर्छ । त्यति मात्र नभई मुलुकको मेडिकल बोर्डले प्रमाणित गरेपछि विदेशबाट मृगौला प्रत्यारोपण गराएर आउनेहरूले २ लाख रुपैयाँ पाउँछन् । मुलुकभित्रै प्रत्यारोपण हुन नसक्ने अवस्थामा मात्र उक्त रकम दिने व्यवस्था गरिएको छ । सूचीकृत संस्थाहरूमा मृगौला प्रत्यारोपण गराउने क्षमता छ भने त्यो अस्पतालमा त्यसबापत भएको कुल खर्चमध्ये २ लाख रुपैयाँ सरकारले बेहोर्छ । प्रत्यारोपण गरिसकेपछि पनि बिरामीहरूलाई हरेक महिना १५ देखि २० हजारसम्मको औषधि सेवन गर्नुपर्छ । सरकारले प्रत्यारोपण गराइसकेका रोगीहरूलाई जीवनमा एकपटक औषधि खर्चबापत १ लाख नगदसमेत दिने गरेको छ । प्रत्यारोपणपछि निःशुल्क औषधि प्राप्त गर्न निवेदन दिनुपर्ने हुन्छ । नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०६६ (संशोधनसहित) दफा १३ मा रहेको विपन्न नागरिकलाई औषधोपचारबापत आर्थिक सहायता उपलब्ध गराउन सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत एक छुट्टै कोष स्थापना गर्न सक्ने उल्लेख छ । सोहीअनुसार स्वास्थ्य मन्त्रालयमा यसको सचिवालय स्थापना गरिएको छ ।

    नेपालमा करिब ३० लाख कुनै न कुनै किसिमका मृगौला रोगी छन् । प्रत्येक वर्ष ३ हजार व्यक्तिको मृगौला खराब हुने तथ्यांक छ । ८० प्रतिशत काम गर्न छाडेपछि मात्र मृगौला रोग लागेको प्रायःलाई थाहा हुन्छ । तर यतिबेलासम्म ढिलाई भईसक्ने चिकित्सक बताउँछन् । मृगौला रोगबाट बच्न खानपानमा ध्यान दिन, नियमित व्यायाम, तनावबाट मुक्त हुन चिकित्सकको सुझाव छ ।

    ]]>
    1792
    अख्तियारले किन सुम्पियो ‘अख्तियारी’ ? https://www.newspali.com/2017/10/1789/ Tue, 24 Oct 2017 12:59:34 +0000 http://www.gandaknews.com/?p=1789 रञ्जन अधिकारी पोखरा, १४ असोज।

    घटना १ः

    पोखरा उपमहानगरपालिका कार्यालयमा २०७१ चैत २६ गते पहिलो पटक अख्तियार पस्यो । सेवाग्राहीबाट घुस लिएको आरोपमा नायब सुब्बा भरतराज पौडेल पक्राउ परे । पोखरा १० रामबजारका नेपालभुषण थापाको सम्बन्ध विच्छेदको फाइल छिटो अदालत पठाईदिने भन्दै १० हजार रुपैंया लिँदा लिँदै अख्तियार टोलीले रंगेहात पक्राउ ग¥यो । साथमा, छुट्टै ६८ हजार ३५ रुपैंया पनि भेटियो । अख्तियारले विशेष अदालतमा मुद्धा दायर ग¥यो । मुद्धा अदालतमा विचाराधीन छ । पौडेल निलम्बनमा छन् ।

    घटना २ः

    २०७२ असोज ११ गते दिउँसो कार्यालयमा नक्साफाँटमा कार्यरत नायबसुब्बा चन्द्रावती वाग्ले पाँच हजार रुपैंया घुस सहित रंगेहात पक्राउ परेको खबर ढिला सार्वजनिक भयो । पोखरा ८ सृजनाचोकका अख्तियारकै पूर्व कर्मचारी क्षेत्रबहादुर केसीको घरसम्पन्न प्रतिवेदन दिने विषयमा सम्पूर्ण कागजपत्र पूरा भएपनि अनावश्यक झण्झट दिएको र अन्त्यमा रकम नै माग गरेको आरोप वाग्लेमाथि छ । सञ्चारकर्मीलाई अघि लगाएर रंगेहात पक्राउ गर्न जाने अख्तियार टोली यसपटक नगरपालिकालाई नै समस्या सुल्झाउने अख्तियारी सुम्पेर फर्कियो ।

    सर्वाधिक भिडभाड हुनेमध्ये एक पोखरा उपमहानगरपालिका कार्यालयमा छ महिनाभित्रै दुई पटक घुसकाण्ड पर्दाफास भएपछि भ्रष्टाचार प्रवृत्ति उदांगिएको छ । नगरपालिकामा नक्साफाँट सहितका शाखामा काम छिटो छरितो हुनका लागि रकम लेनदेन चल्ने गरेको सेवाग्राहीको गुनासो भएपनि यसअघि स–प्रमाण बाहिर आएको भने थिएन । यी दुई घटनामा दुवै जना नायव सुब्बा अख्तियार फन्दामा परे । फरक यति रह्यो, कर्मचारी महिला र पुरुष पक्रिए, घुस लिएको भनिएको रकम १० हजार र पाँच हजार देखियो । तर, एकै काण्डमा मुछिएका दुई कर्मचारीलाई अख्तियारले गरेको कारवाही कदम फरक भएकोमा कर्मचारी नै अचम्मित छन् । पौडेल जागिरबाटै निलम्बित छन्, मुद्धा विशेष अदालतमा विचाराधिन छ तर वाग्लेलाई नगरपालिकाकै रोहवरमा अख्तियारले छाड्यो । सम्भवतः अख्तियार आयोगले सम्बन्धित कार्यालयलाई नै घुसकाण्डमा मुछिएका व्यक्तिलाई सुम्पिएको यो पहिलो पटक हो ।

    भ्रष्ट्राचारमुक्त, सुशासनयुक्त समाज निर्माण अभियानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो समयमा केहि सक्रिय देखिन्छ । तर, अख्तियार आफैंले रकम नै उपलब्ध गराएर रंगेहात पक्राउ गर्दा निर्दोष कर्मचारी समेत पर्न सक्ने सम्भावना हुनु, आयोगमा कार्यरत कर्मचारी नै घुसकाण्डमा मुछिएको जस्तो घटनाक्रमले आलोचना भईरहँदा अख्तियार फन्दामा परेको कर्मचारीलाई यसै छाँडिदिँदा अख्तियारको स्वच्छ छविप्रति शंका गर्ने ठाउँ प्रष्ट देखिएको छ ।

    विशेष श्रोतले बताए अनुसार वाग्लेको पहुँच धेरै माथिसम्म छ । कार्यालयको प्रशासन फाँटबाट चार महिना अघि मात्रै नक्साफाँटमा सरुवा भएकी वाग्लेले पहुँचकै आधारमा अख्तियारबाट हाईसञ्चो पाएको स्रोतको दाबी छ । ‘केन्द्र तथा सचिव स्तरबाटै दबाब परेकाले पनि क्षेत्रीय कार्यालयले उनको विषयमा सबै छानविन गर्ने अख्तियारी नगरपालिकाकै जिम्मामा छाडिएको हो ।’ श्रोतले भन्यो । यद्यपी, अख्तियार टोली र नगरपालिकाका अधिकारीसँग आरोपी वाग्लेले आफूले घुस नमागेको र नलिएको दाबी गरेको बताएकी छन् ।

    अख्तियार पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख विश्वप्रकाश सुवेदीले माथिको आदेशले अख्तियारले नियन्त्रणमा लिएको हो ? भन्ने प्रश्नमा असहमति जनाए । ‘ए हो ? (हाँस्दै) गज्जबको कुरा आएछ । छैन छैन त्यस्तो छैन । तपाईंले सुन्नुभएको जस्तो होईन, यति भनेपछि अरु कुरा के भनुँ तपाईंलाई’– सुवेदी नरोकि अघि बढे– ‘जुन कुरा हुँदै होईन, त्यसको बारेमा स्पष्टिकरण दिएर हामी झन् कहाँ पुगिएला ? हैन ? मुख्य सचिवसम्म मेरो राम्रो चिनजानी छ, उहाँसँग त झन् राम्रो चिनजान छ । उहाँ यस्तो भ्रष्टाचारको मामलामा किन बोल्नुहुन्थ्यो ? निर्देशन कहिँकतैंबाट आएको छैन ।

    पहिलो घटनामा आफैं सक्रिय अख्तियार यो केसमा किन पछि हटेको ? भन्ने प्रश्नमा सुवेदीले भने– पहिले कारबाही गरेको अख्तियारले अहिले किन गरेको भन्न प्रश्न धेरै आए । हो हुन त तर हामीले पनि यस्तो हुँदै छ भन्ने थाहा भयो । नगरपालिका समेत आफ्ना कर्मचारीलाई कारबाही गर्दै सरसफाई गर्दैछ भन्ने थाहा पाएपछि हस्तक्षेप गर्न उचित ठानेनौं ।’ अख्तियारले घुस रकम सहित फेला पारेपछि यस्तो वहानामा जिम्मेवारीबाट पन्छन मिल्छ भन्ने प्रश्नमा उनले नगरपालिकाले नै सुरुवात गरिसकेकाले हस्तक्षेप गरेर यो केश लिन्छौं भन्न नमिलेको उल्लेख गर्दै एउटै मुद्धामा दुई निकाय लाग्नु उचित नभएको बताए । उनले यो घटनामा अख्तियारले पछि थाहा पाएको र सबै नगरपालिका कार्यालय आफैंले हेरेको भनेर पन्छन खोजे । ‘नगरपालिकाले पहिलो पटक यसरी अघि बढेकाले मिडिया बोलाउनुपर्छ भन्ने थाहा नभएको होला’ उनको कथन थियो – ‘त्यो कुरा उहाँहरुले जान्ने कुरा हो, उहाँहरुबारे मैले उत्तर धेरै नदिउँ होला ।’

    यो घुसकाण्ड थाहा मात्र पाएको तर सबै नगरपालिकाले हेरेको पटक पटक दाबी गर्दै सुवेदीले मिडिया, नागरिक सबै मिलेर भ्रष्टाचार निमिट्यान्न पार्नुपर्नेतर्फ सजग गराए। स्रोतले भने अख्तियारले आफैं पक्राउ गरेको र दबाब नभएको भए मुद्धाको टुंगो उसैले लगाउने बतायो । अख्तियार टोली नै दोस्रो पटक पसेर पक्राउ गरेको विषयमा प्रकाशित समाचार सार्वजनिक रुपमै सुचना पाटीमा टाँस गरेको अख्तियार आफूहरुले पक्राउ नगरेको तथा नगरपालिकाले नै अनुसन्धान गरेको दाबी गर्नु आफैंमा हाँस्यास्पद थियो ।

    यता, पोखरा उपमहानगरपालिकाको भनाई पनि अख्तियारको प्रष्टोक्ति खण्डन गर्ने खालको छ । निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका वरिष्ठ अधिकृत ओमराज पौडेलले सुरुमा यो केश छानविनको क्रममा भएकाले बोल्न नमिल्ने बताए । कार्यकारी अधिकृत उदयबहादुर रानाले समेत तत्काल नबोल्न फोनमै आदेश दिएका थिए भने पौडेलसँग यस विषयमा केरकार गर्दा बोल्न बाध्य भए । पौडेलले सेवाग्राहीले रकम माग गरेको निवेदन दिएको मात्र बताए । जबकि, अख्तियारले पाँच हजार घुस सहित पक्राउ गरेको बताईसकेको छ । एक महिनाका लागि आरोपी वाग्लेलाई निलम्बन गरी छानविन प्रक्रिया अघि बढिसकेको पौडेलले बताए ।

    ‘छानविन समिति मेरै संयोजकत्वमा गठन गरिएको छ । चार सदस्यहरुमा कानुन अधिकृत नारायणप्रसाद शर्मा, प्रहरी निरीक्षक बसन्त चालिसे, वरिष्ठ ईञ्जिनियर पूर्णबहादुर गुरुङ र प्रशासन विभाग प्रमुख अनन्तप्रसाद कोईराला हुनुहुन्छ ।’ उनले भने– ‘हामी सबै प्रमाण जुटाउँदैछौं । छानविन प्रक्रिया त्यसपछि प्रारम्भ हुन्छ ।’ उनले अख्तियारले जिम्मा दिएको स्वीकार गर्दै नगरपालिकामा पटक पटक यस्ता समस्या आईरहने, पब्लिकले रिसईबी साँध्ने, टेबलमा पैसा राखेर कर्मचारी फसाउने र कर्मचारीले दुःख पाउने भएकाले हाललाई नगरपालिकालाई नै यस समस्या समाधान गर्ने जिम्मेवारी दिएको सुनाए ।

    चन्द्रावती वाग्लेको जिम्मा लिएको नगरपालिकाले भरत पौडेलको केश चाहिँ किन नलिएको ? भन्ने प्रश्नमा पौडेलले भने– केशको ग्र्याभिटि अलि फितलो भएको कारणले पनि यो विषय हामीले लिने भन्यौं । अख्तियारले पनि लौ हेर्नुस्, एक्शनमा जानुस् भनेपछि हामीले छानविन समिति बनायौं ।’ आरोपी वाग्लेसँग बयान लिँदा चिन्दै नचिन्ने मान्छेले फसाउने काम गरेको जवाफ दिएको उनले जनाए। अख्तियार क्षेत्रीय प्रमुखले भनेझैं नगरपालिकाले अब कर्मचारी शुद्धिकरण सरसफाईमा कतिको ध्यान दिनेछ त्यो हेर्न बाँकी नै छ । पोखरा उपमहानगरपालिका कार्यालयमा दुई सय ४८ दरबन्दी छ । काज सहित तीन सय जनाले काम गर्ने गर्दछन् ।

    अख्तियार क्षेत्रीय कार्यालय पोखराकै दुई कर्मचारी केहि समयअघि पर्वतमा घुसकाण्डमै पक्रिएका थिए । पश्चिमाञ्चलका १६ जिल्लामा हेर्ने क्षेत्रीय कार्यालयको बुटवलमा रहेको सेवा कार्यालयले लुम्बिनी क्षेत्र हेर्ने गर्छ । मुलुकभर रहेका पाँच क्षेत्रीय कार्यालयमा ५४ जनाका दरले दुई सय ९० दरबन्दी रहेको सुचना अधिकारी विष्णुप्रसाद रेग्मीले जानकारी दिए । यस्तै, पाँच सेवा कार्यालयमा २४ जनाका दरले एक सय २० कार्यरत छन् । गत आर्थिक वर्ष २०७१/७२ मा क्षेत्रीय कार्यालयमा १३३८ उजुरी परेको थियो भने अघिल्लो आर्थिक वर्षमा फछ्र्यौट नभएका ५५५ सहित १८९३ मध्ये १०६२ फछ्र्यौट भए । यस्तै, यो आर्थिक वर्षको दुई महिना साउन र भदौमा २४५ उजुरी परेको कार्यालयका तथ्यांक सहायक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    2072 06 14

    ]]>
    1789
    सन्तान र सम्पतिले लखेटेपछि … https://www.newspali.com/2017/10/1786/ Tue, 24 Oct 2017 12:57:53 +0000 http://www.gandaknews.com/?p=1786
  • रञ्जन अधिकारी, पोखरा
  • ‘…..खूब रिसाउनेछिन्
    आमा
    जब उनले थाहा पाउनेछिन्
    मैले उनको नाममा
    केही अक्षर खिपिरहेको छु
    ममताको प्रचार
    आमालाई मन पर्ने छैन
    झर्को मान्नेछिन् त्यागको लेखाजोखा देखेर
    र आमाले भन्नेछिन् –
    तेरो साँघुरो शब्दको तराजुले मलाई नतौली छोरा
    मलाई तौलिन सक्दैनस्
    जसरी पानीको उत्ताप छाम्न सक्दैनस्
    जसरी धर्तीको आँसु देख्न सक्दैनस्
    जसरी आकाशको खुइय्य सुन्न सक्दैनस् …’

    युवा कवि राजा पुनियानीले ‘आमाको नाममा’ लेखेको कविताको यी हरफहरुमा आमाको त्यागको बारेमा अक्षरले लेखाजोखा गरेको स्वयं आमालाई नै मन पर्दैन । आँशु नदेखाएर, थकानले नगलेर सन्ततिका लागि सदा समर्पित आमाहरु आकाश, धर्ती र पानी जस्तै हुन् । यी महान आमाको त्यागलाई बिर्सेर सन्तानले नै आमा त्यागेपछि सन्तति विरुद्धकै अक्षर खिपाउन आमाहरु बाध्य हुन्छन् ।

    पहिले ‘मर्लान् कि ?’ भनेर डराउने आमाहरु अहिले ‘मार्लान् कि ?’ भनेर रुँदै हिँड्नुपर्ने अवस्था छ । वृद्धावस्थाको सहारा भनेकै सन्तान र  सम्पति हुन् । यी दुवै वैरी बनेपछि बृद्धाश्रममा आश्रय लिएर काल कुर्नु बाहेक अरु के रह्यो र ?  जब बुढाबुढी हुँदै जान्छन् तब आफ्नै रगतबाट पराई बन्दै जाने तीतो यथार्थताको साक्षी बन्दै आएका छौं । सम्पतिकै निहुँमा सन्तानको बैरी बनेपछि अर्मला ६ कास्कीकी सुमित्रा खत्रीलाई बृद्धाश्रम बाहेक जाने ठाउँ कतै रहेन । ‘छोरीहरुले पाल्छु त भन्छन् नि । मर्ने बेला छोरीको परिवारलाई किन दुःख दिउँ ?’– उनले दुःखेसो पोखिन् । ७९ वर्षीया सुमित्रा बल्ल आएर मुख खोल्न बाध्य बनिन् । वात्स्यायन वृद्धाश्रममा जान तयार भएपछि मात्रै सार्वजनिक भएकी सुमित्रा घर र छोरोबुहारीको व्यवहारबारे धेरै खुल्न चाहिनन् ।

    सुमित्रालाई छोराबुहारी, नातिनीको व्यवहार सम्झँदा निधारमा भन्दा बढि गाँठो मुटुमा पर्छ । घरमा सम्पतिको किचलो भएको चार वर्ष अघि नै हो । पटक–पटक घरेलु हिंसाको शिकार बनेकी उनलाई दुई वर्षअघि परिवारमै बोक्सीको आरोप लगाईयो । त्यसपछि पनि छोरोले निधार सुन्निने गरी पिटे, नातिनीले गाला चड्काईन् । जन्मेको एउटै छोरो सुखसाथ पाल्छन् होला भन्ने आश उनलाई थियो । ‘जेठी छोरीपछि तीनतीन जना खेर गए, छोरो पाईयो । ओहो ! अब के चाहियो ? भनेर कत्ति खुशी भएम् नि ।’– सुमित्रा त्यसपछि बोल्न सकिनन् । तर, नेपाली सेनाबाट अवकाशपछि विभिन्न देशमा रोजगारी गरेर फर्केका रामबहादुर केसीले सधैं टोकिरहने श्रीमती, छोरीहरुलाई सम्झाउनुको सट्टा आफै कुट्न अघि सरे । ५३ वर्षका रामबहादुर अहिले पोखराकै एक विद्यालयमा सुरक्षा गार्ड छन् । प्रशस्त सम्पति छ । छोरो भारतीय सैनिकमा कार्यरत छन् ।

    ‘जेठी छोरी पोखरा अमरसिंहमै छिन् । कान्छीको घर घार्मीखोला हो । छोरो यही हो उसको बारे के भनम् ? बुहारीको बारेमा त के भनेर साध्य ?’ सुमित्राले आफूलाई सम्हाल्दै थपिन् । १३ वर्ष अघि श्रीमान् नरबहादुरको शेषपछि छोरो रामबहादुरलाई सारा सम्पति नामसारी भयो तर आमासँग संयुक्त नाममा रहेको डेढ रोपनी जग्गा अहिले नै हत्याउन पाईएन भनेर रामबहादुर र बुहारी बसन्ती आमासँग यसरी चिढिएका रहेछन् ।

    ‘बाँचुन्जेल बचन नलगाई राम्रो गरिदिए त उनीहरुकै हो नि त्यो सम्पति । म लिएर जान्छु र ?’ –सुमित्राले रुँदै भनिन्– ‘अहिल्यै छोरोलाई नामसारी गर्नुपर्ने रे । मलाई कुन हालत बनाएको छ देख्नु भयो नै होला ।’ अहिले नै सम्पति हत्याउन नपाएपछि छोरो, बुहारी, नातिनी सबैको घृणाको पात्र मात्र  उनी बनिनन् । घरै छाडेर वृद्धाश्रम पुग्नुपर्ने अवस्था आयो ।

    Sumitra Khatri (2)

    ७९ वर्षीया बृद्धाले व्यहोरेको पीडा अब सहनै नसकेपछि मात्र यसरी सार्वजनिक भएको हो । तैपनि उनी छोराबुहारीको नराम्रो होस् भन्दिनन् । ‘श्रीमानको निधनपछि डेढ रोपनी बाहेक सबै १७/१८ रोपनी छोरोलाई नामसारी भएको रहेछ ।’ अधिवक्ता शोभा पौडेल पराजुलीले भनिन्– ‘कानुनी उपचार खोज्न पहिलो पटक २०६९ चैत १४ मा हामीकहाँ आउनुभएपछि मिलाउन चार वर्ष प्रयास ग¥यौं । तर त्यही आमा र छोरा दुवैको नाममा रहेको डेढ रोपनी जग्गाकै कारण आमा वृद्धाश्रम जानुपर्नेसम्मको अवस्था आयो ।’

    अधिवक्ता पराजुलीका अनुसार छोराबुहारीको हेला भएका कारण डेढ रोपनी जग्गा आफू बाँचुन्जेल छोरालाई एकलौटी हुन नदिने अडामा आमा छिन् । छोरो रामबहादुर भने त्यो जग्गा कि आफ्नो नाममा बनाउनुपर्ने कि त बेच्नुपर्ने दबाब दिन्छन् । जग्गा बेचेको रकम बैंकमा राख्ने र साँवा नचलाई ब्याज मात्र आमालाई दिने छोरोबुहारीको मनशाय छ । तर आमा सशंकित छिन् । मुद्धा फिर्तीपछि पनि दुई तीन पटकसम्म परिवारमा पुनस्र्थापित गरिएपनि आमालाई घर बस्ने वातावरण भएन । गाह्रोसाह्रो पर्दा नजिकैको जोगीमढिमा रहेको माईती, छोरीहरुको घर, छिमेकमा शरण पर्दै आएकी सुमित्रालाई भएको एउटै नाति कृष्ण पनि छुट्टी सकेर भारत फर्केपछि घर बस्ने वातावरण नै भएन । ‘नातिले त हजुरआमा म पाल्छु भन्थ्यो । आमा बेईमानी छिन् । जानेबेलामा पनि मुख नहेरी जा साईत पर्दैन भनेछन्’ – उनले थपिन्– ‘आमाबाउ जाति नभएर हो । तर पाप बोल्नु हुन्न, नबोलेपनि, बचन लाएपनि खान चाहिँ दिन्थे है ।’

    यसबारे छोरा रामबहादुरसँग प्रतिक्रिया लिँदा नेपालीको घरमा सबैलाई यो पारिवारिक समस्या हुने बताए । ‘पुराना  कुराहरु छाडिदिनुस् । हामीले सधैं राम्रो गरेका छा,ैं छरछिमेकलाई सोध्नुस् । समस्या धनी गरीब सबैको घरमा हुन्छ । तपाईंको पनि घरमा हुन्छ । आमाले जे भनिन् लेखिदिनुस्, मलाई केहि फरक पार्दैन ।’ – रामबहादुरले कुरा टुंगाए ।

    यसैबीच, रेडियो जननी ९०.६ को माध्यमबाट अधिवक्ता शोभा पौडेल पराजुलीले वृद्धा खत्रीलाई पोखरा १८ स्थित वात्स्यायन वृद्धाश्रम पठाएकी छिन् । सो अवसरमा वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले अर्को आमा थपिएको जनाउँदै आमालाई खुशी बनाएर राख्ने बताए । रेडियो जननीका प्रबन्ध निर्देशक लक्की कार्कीले डोकोको कथा स्मरण गर्दै आज आमा मिल्क्याउने छोरोलाई भोलि उसको छोरोले पनि त्यस्तै व्यवहार गर्नेतर्फ सचेत तुल्याईन् । स्टेशन म्यानेजर विमला भण्डारीले जन्म दिने आमा र कर्म दिने आमाप्रतिको दायित्व छोराछोरीले भुल्न नहुने बताईन् । आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नविन सिग्देलले प्रहरी चौकी, वृद्धाश्रम नै आवश्यक नपर्ने सु-सभ्य समाजको निर्माण होस् भनेर सोच्नुपर्ने बेला यस्ता घटनाक्रमको साक्षी बस्दा पीडा हुने बताए । बृद्धाश्रममा हाल १४ जना बृद्धबृद्धा आश्रित छन् । कार्यक्रममा वृद्धाश्रम सचिव ललित बानियाँ, सदस्य बसन्त कार्की लगायतको उपस्थिति थियो ।

    Batsyayan Birdhhashram

    ]]>
    1786
    नेहा हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या, अभियुक्त सतिशसँग सम्बन्ध https://www.newspali.com/2017/10/1779/ Tue, 24 Oct 2017 12:54:55 +0000 http://www.gandaknews.com/?p=1779 रञ्जन अधिकारी पोखरा, २५ माघ  2072/  

    ‘ह्वाट इफ अल द आर्मीज् लुज देयर जब्स् ?’ लेखिएको रातो रंगको हुड, खैरो ट्रयाक, लामो कपाल पालेका, निराश अनुसार । यो हुलिया थियो । ‘सबै सुरक्षाकर्मीहरु जो आफ्नो जिम्मेवारीबाट च्युत हुन्छ अनि के हुन्छ?’ यस्तो मर्मस्पर्शी शब्द छातीमा बोके उनले तर व्यवहारतः चुके । छातिमा टाँसिएको वाक्यांश झैं सुरक्षाकर्मी उनलाई पक्राउ गर्न भने चुकेनन् ।

    सोमबार दिउँसो ठीक साढे १ बजे । जिल्ला प्रहरी कार्यालय, कास्कीको छतमा खचाखत सञ्चारकर्मीमाझ उभ्याईएका थिए सनसनीपुर्ण योरुना हत्या घटनाका अभियुक्त कृतन खड्गी । गत माघ १८ गते राति भएको घटनाको अभियुक्तलाई कास्की प्रहरीले ठ्याक्कै एक हप्तामा सार्वजनिक गरेको हो । अभियुक्त पोखरा ९ नयाँबजारका २१ वर्षीय कृतनलाई सबैलेसतिश नामले चिन्छन्। बाहिरको आवाज चर्को आयो ‘हत्यारालाई फाँसी दे’, ‘हत्यारलाई बाहिर ले’ । घोसेमुण्टो लगाएर प्रहरीमाझ उभिएका सतिश झुलुक्क बाहिर चियाउन प्रयास गरे । बाहिर भिड बाँक्लिँदै थियो । जिप्रका कास्कीको गेट बाहिर प्रहरीको बाक्लो उपस्थितिबीच नाराबाजी चर्को थियो ।

    उनीहरु थिए गत माघ १९ गते बिहान पोखरा नयाँगाउँमा मृत फेला परेकी योरुना पुन (नेहा) का आफन्त तथा न्यायका पक्षधरहरु ।चार वर्ष नपुग्दै बुबाको निधन भयो । सबै जिम्मेवारीको वहन गर्नुपर्ने दायित्व थियो सतिशको । एक्ली आमाको सहारा बन्नुपर्ने सतिश आफ्नै साथीको हत्या गरेर अपराधीको कलंकको टीका लगाउँदै जेलमा रहनेछन् अब । महिला दिवसका दिन मार्च आठमा सतिशले फेसबुकमा स्टाटस लेखे ‘आज नारी दिवस, रेस्पेक्ट देम गाईज, दे मिन्ट अ लट फर अस ।’

    आज त्यहि सतिश एक नारीको हत्या अभियोगमा प्रहरी हिरासतको चिसो छिँडिमा छन् । यौनको भोक जागेका बेला नशाको सुरले सधैं समसाथमा रहने साथीको हत्या गरेपछि रोएर दिन बित्नेछ उनको ।नेहाको हत्या भएको ठीक एक हप्ताअघि सतिशको जन्मदिन थियो । २५ जनवरीमा फेसबुकमा पहिलो बर्थडे विश योरुना पुन मगरको नाममा छ । राति १२ बजेर १९ मिनेटमा उनले लेखेकी छिन् ‘ह्याप्पी बर्थडे प्यारो दाइ । गड ब्लेश यु दाइ ।’ र सतिशले सबेरै जवाफ फर्काएका छन् ‘थ्यांक यु सो मच बहिनी’ ।

    साथीको सम्बन्ध रहेपनि सतिशलाई नेहाले दाई भन्ने गर्थिन् । ओपन हाउसमा बर्थडे सेलेव्रेशन सहितका फोटोहरु पनि सतिशले अपलोड गरेका छन् । उनीहरुबीचको सम्बन्ध कति गाढा थियो भने सतिशका कभर फोटो सहितका प्रायः फोटोहरुमा नेहा नै छिन् । नेहाको कभर फोटोमा समेत सतिश सहितका केटाहरु छन् । नेहाका निकट साथीका अनुसार उनले सतिशलाई मन पराउने थिईनन् । उनले गुरुङ थरका अर्का युवकलाई मन पराउँथिन् । नेहा र सतिश दुवै एल.ए. उच्च माविमा पढेका हुन् । नेपाल भारत मैत्री विद्यालयबाट एसएलसी पास भएपछि नेहा एलएमा पढिन् र हालै प्रकाशित १२ कक्षा नतिजामा उनलाई दुई विषय लागेको छ ।सतिशको गेम हाउस थियो । सबै साथीहरुसँग उनी निकट थिए । नेहा जस्तो निकट साथीको हत्यापछि साथीहरु समेत अचम्मित छन् । सतिश मःमः युजर नेम भएको सतिशको वालमा सीमा लामिछानेले लेखिन्– ओ माई गड । मोमो तैले के गरिस् यस्तो ? आई क्यान्ट विलिभ तैले यस्तो गरिस् भनेर । के सोचेको थिएँ तलाईं । कित यस्तो गिरेको काम गरिस् ?’

    यस्तै, नेवार्नी केटी सपनाले लेखेकी छिन्– ‘मोमो साथी किन गरेउ यस्तो गल्ती तिमीले ? गर्न हुन्थेन तिम्ले यो गल्ती । मैले त सोचेको पनि थिएन यस्तो गल्ती गर्छौ भनेर ।’सानैदेखि घमण्डीका रुपमा छिमेकीले चिन्ने गरेपनि साथीहरुमाझ प्रिय थिए सतिश र सबैले मःमः नामले बोलाउथे । अभियुक्तका रुपमा सार्वजनिक भएपछि सोमबार फेसबुकको सर्च बटनमा सतिशको प्रोफाईल पपुलर सर्चका रुपमा दर्ज गरेको छ ।दिउँसो तीन बजेसम्म उनलाई ६३ हजार बढिले हेर्न खोजेको देखिन्छ ।

    १०६४ जना लिस्टमा रहेको उनलाई कतिले त सुरुदेखि अन्तिमसम्मका पोष्टमा गाली गरेका छन् भने सयौंले ओपन प्रोफाईल रहेको सतिशलाई अश्लिल गालीको वर्षा गरेका छन् ।

    सरी भयो हत्याः

    पोखरा १५ नयाँगाउँ घर भएकी १८ वर्षकी नेहाको पनि सानैमा बुबाको निधन भईसकेको छ । एउटी दिदी नदिपुर बस्छिन् । आमगर भाषाको चलचित्रकी नायिका समेत रहेकी उनी निडर, हक्की स्वभावकी थिईन् । नेहा केटीहरुको साथमा भन्दा केटाहरुको ग्यांगमा हिँड्न रुचाउँथिन् । हत्याको केहि हप्ता अघि उनलाई केहि केटीका समुहले कुटपिट समेत गरेका थिए ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले पत्रकारहरुसँग घटनाको यसरी बेलिविस्तार सुनाए ।

    ‘पोखरा न्युरोड स्थित स्माईल क्याफेमा रिसेप्सनिष्टका रुपमा कार्यरत नेहा हत्या भएको दिन माघ १८ गते सोमबार न्युरोडको ओपन टेबल रेष्टुरेण्टमा नेहा, सतिश सहितका साथीहरु मिलेर ड्रिंक गरेका थिए । राति ९ बजेतिर कृतनले पहिलेझैं योरुनालाई आफ्नो मोटरसाईकलमा राखेर घर पु¥याएन गए । तर, नयाँगाउँ पुग्ने बेलामा सतिशले नेहालाई लेकसाईड घुमौं र त्यतै होटलमा बसेर राति रमाईलो गरौं भने । दाइ भन्दै आएको सतिशले यस्तो प्रस्ताव गरेपछि नेहाले अश्लिल शब्दमा गालि गरिन् ।

    त्यसपछि गाली सुनेर रिस थाम्न नसकी नशाको सुरमा सतिशले हेल्मेटले टाउको पछाडी प्रहार गरे । टाउको अगाडि भागमा पनि प्रहार गरे । नेहा ढलिन् ।’‘सामुहिक बलात्कारपछि हत्या…’ शीर्षकमा समाचारहरु पत्रपत्रिका, रेडियो लगायत सामाजिक सञ्जालमा भाईरल भए । यसैकारण पनि सरस्वती लिम्बुको हत्या घटना सेलाईरहँदा नेहा हत्याको घटनाले पोखरामात्र होईन काठमाण्डौं नै तात्यो । बलात्कार नै हो त?

    अभियुक्तको बयान र पोष्टमार्टम रिपोर्ट आधारमा एसपी पाल थप्छन्– ‘सामुहिक बलात्कार अर्थात् यौनसम्पर्कको कुरा देखिएन । जब राति रमाईलो गर्ने प्रस्ताव नेहाले मानिनन् । मापसेको सुरमा सतिशले नेहालाई हेलमेट प्रहार गरे । ढलेपछि उनको कपडा खोलेर यौन सम्पर्क गर्न खोजेको तर टाउको, कान र नाकबाट रगत बहेकाले डराएर छाडेर घरतर्फ हिँडेको देखिन्छ ।’अर्धनग्न शवको कारण बताएका एसपी पालले कालो कपडकाको बारेमा भने प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यलाई जानकारी गराउन निर्देशन दिए ।

    घटनाको अनुसन्धानका लागि नेतृत्व गरेका बज्राचार्यले कालो कपडा नेहाकै सल भएको बताए । तर, घटनाको प्रत्यक्ष अवलोकन गरेकाहरुले त्यो सल नभएको र अर्कै ठुलो कालो कपडा भएको बताउँछन् । त्यो कालो सल चाहिँ कसले छोपेको ? प्रश्न सोझिएपछि थप अनुसन्धानकै क्रममा रहेको भन्दै बज्राचार्यले भनिहाले– ‘सबै कुरा आज सकिएको भए त भोलि नै फाईल बुझाए भईहाल्यो नि । अझै क्लियर हुनुपर्ने कुरा छन् ।’ प्रहरीको यस भनाईले आशंकाको ठाउँ रहन्छ । सतिशले मात्र हत्या गरेको भएपनि राति पिउने क्रममा अरु साथीहरु पनि रहेका कारण उनीहरुको संलग्नता छ कि छैन ? सतिशले हालसम्म आफु मात्र जिम्मेवार रहेको स्वीकार गरेका छन् र यसै आधारमा हत्यारा सार्वजनिक गर्न चौतर्फी दबाबका बीच प्रहरीले हतार गरेको हो ।

    डिएसपी बज्राचार्यका अनुसार नेहाको मृत्यु अत्यधिक रक्तश्रावबाट भएको हो । थप अनुसन्धानका लागि रिपोर्ट काठमाण्डौं पठाईएको उनले बताए । बज्राचार्यले पनि बलात्कार हुने अवस्थाहरु केहि नदेखिएको प्रष्ट पारे । हत्या भएको दिन सतिशले आफ्नो हङकङ जाने साथीले दिएको पार्टीमा नेहालाई सहभागी गराएका थिए । यही आधारमा हत्यापछि उनी सहितका साथीहरु, स्माईल क्याफेका कर्मचारीहरुलाई निगरानीमा राखेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा प्रहरी निरीक्षकहरु देवी पौडेल, गणेश बम गंगा थापा, बेद जोशी लगायत सहभागी थिए ।

    सरस्वती लिम्बुको हत्या चाहिँ ओझेलमा !

    समयका हिसाबले नेहाको भन्दा सरस्वतीको हत्या अघि भएको थियो । मोरङ घर भएकी लिम्बुको शव पोखरा ५ मालेपाटन शान्तिनगरमा भेटिएको थियो । ४० वर्षीया लिम्बुको मृत्यु पनि टाउकोमा चोट लागेर नै भएको थियो ।

    पोखरा ५ जागृतिमार्गमा डेरामा छोरासँग बस्दै आएकी उनको मृत्यु के कारणले भएको हो भन्ने बारे कास्की प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । एसपी हरिबहादुर पालका अनुसार सरस्वती लेकसाईड खहरे स्थित एक होटलमा काम गर्थिन् ।उनी राति साढे ९ बजेतिर कामबाट फर्कने र सदाझैं घटना भएको दिन माघ १६ गते पनि घर आएर राति सुतेपछि बाहिर निस्किएकी थिईन् । १० वर्षदेखि श्रीमानको पत्तो नभएका लिम्बु मानसिक विमारी रहेको पाल बताउँछन् । माघ १६ गते राति अन्दाजी १० बजेतिर घटनास्थल वरपर लिम्बु हिँड्ने, बर्बराउने गरेकाले उनको मृत्यु कसरी भयो भन्नेबारे यसै भन्न सक्ने अवस्था नभएको पालले बताए ।

    ८–१० वर्षदेखि मानसिक अवस्था ठीक नभएको तर होटलमा काम गर्दै आएकी भनेर पालले बताएपछि यसबारे थप जिज्ञासा राख्दा अनुसन्धानकै क्रममा रहेको र हत्या वा आफैं लडेर मृत्यु भएकोबारे भन्न नसकिने बताए । नेहाको हत्या सम्बन्धमा पोखरादेखि राजधानी नै तातेको बेला सरस्वतीको केशलाई पनि कम नठान्न सुझाव रह्यो

    आदर्श समाज दैनिकमा प्रकाशित न्युज

    2072 10 25

    ]]>
    1779
    सडक लेन नजान्दा, नमान्दा https://www.newspali.com/2017/10/1776/ Tue, 24 Oct 2017 12:36:51 +0000 http://www.gandaknews.com/?p=1776 रञ्जन अधिकारी पोखरा, ६ असोज / ‘आँच्या, न्युरोड जानुपर्ने मान्छेलाई सिर्जनाचोकतिर पो लखेट्यो । ढिला भा’बेला बर्बाद बनायो यो भाइले।’ रातो डिओ स्कुटीमा हुँईकिएकी युवती सडकमै भुत्भुताईन् । ३० वर्ष जतिकी गुरुङ थरकी ति महिलालाई सभागृहचोकमा बुधबार दिउँसो ट्राफिकले गलत साईडतर्फ स्कुटर चलाएपछि न्युरोडतिर जान दिएनन् र सिधै अगाडि जान निर्देशन दिए । त्यसपछि उनी एक्लै भुत्भुताउँदै अघि बढिन् । पृथ्वीचोकबाट न्युरोड जान उनले आफ्नो साईडको दायाँ तर्फको लेनमा चलाउनुपथ्र्यो । तर, न्युरोडतर्फबाट पृथ्वीचोक र सृजनाचोक जाने सवारी चलिरहेकाले दायाँ तर्फको लेनमा सवारी रोकिएका थिए । बायाँतर्फ खाली देख्दा हुँईकिएर सभागृहचोकबाट न्यूरोड मोड्न खोज्दा ट्राफिकले बाटो छेके ।

    सडक लेन सम्बन्धी ज्ञान नहुँदा न्युरोड जानुपर्ने मान्छे यसरी सिर्जनाचोकतर्फ जानुप¥यो । ट्राफिकले लेन सम्बन्धी ज्ञान नभएकोलाई पहिलो पटक सम्झाउने तर विवादमा उत्रनेलाई कारवाही गर्ने गरेको बताएको छ । अटेर गर्नेलाई भने ५०० देखि १५०० सम्म ठाउँको ठाउँ कारवाही गर्छन्। ति महिलाजस्तो सबैले नजानेरै लेन अनुशासन पालना नगरेको भने होईन । कतिले बुझ पचाएरै ट्राफिकलाई अटेर गर्ने गरेको गुनासो प्रहरीको छ ।

    विहीबार मात्रै ग६प १५०१ नम्बरका मोटरसाईकल चालक विमल श्रेष्ठलाई ट्राफिक ईशारा उल्लंघन गरेकै कारण १५०० को जरिवाना लगाईयो । निषेधित ठाउँमा पार्क गर्ने ग१ख ३६९९ का सुकबहादुर सुनारले १ हजार रुपैंया सजाय स्वरुप तिरे । जेब्रा क्रसिङमा रोक्ने ग१ज ४१२७ नम्बर ट्याक्सीका नरप्रसाद सुनारले ५ सय बुझाए । सवारी चलाउँदा मोबाईल फोन प्रयोग गरेको हुँदा ग१व ४०१ नम्बरका माधवराज तिमिल्सिना ५ सय जरिवानामा परे । अरुलाई खतरा हुने गरी सवारी चलाउने ग १ ज ६०७९ नम्बरका ट्याक्सी चालक अर्जुन लामा र ग १ ख ५१४३ नम्बरका ट्रक चालक झ्यामबहादुर सुनारलाई जनही १ हजार तिराएर कारबाही गरियो । यसरी सडकलेनसँगै विभिन्न तरिकाले ट्राफिक नियम उल्लंघन गर्दा चालकहरु कारबाहीमा पर्ने गरेका छन् । कारवाहीमा पर्नेमा मोटरसाईकलको संख्या नै अधिक छ ।

    ‘माछा जस्तो जता खाली ठाउँ उतै’ तरिकाले सवारी चलाउनेको जमात बाक्लो रहेको बताउँछन् प्रहरी सहायक निरीक्षक पूर्णबहादुर अधिकारी । ‘सडक लेन स्पष्ट छ, रेखांकन गरिएको छ ।  त्यतिले पनि भएन भनेर पृथ्वीचोक र सभागृहचोकमा कोन नै ठड्याएर डोरी लगाएर रोड डिभाईड गरिएको छ’– उनले भने– ‘लेन सम्बन्धी ज्ञान नहुनेहरुलाई हामी एकपटक सम्झाउँछौं । अधिकांश चाहिँ जानेरै नियम लत्याउन खोज्छन् ।’

    सडक लेन पालना गराउन मुख्य तीन समस्या जनचेतनाको कमी, सडकको दुरावस्था र अव्यवस्थित पार्किङ नै देख्छन् ट्राफिक प्रहरी । पृथ्वीचोकबाट स्याङ्जा जाने बस छुट्ने ठाउँमा, सभागृहबाट पृथ्वीचोकसम्म जथाभावी पार्किङ हुने गरेका छन् । जसले लेन पालनामा समस्या हुने गरेको सवारी चालकहरुले गुनासो गरेका छन् । सभागृहसम्मै नगरबसले कब्जा गर्दा बायाँ साईड कब्जा गरेपछि लेन पालना गर्न कठिनाई देखिएको उनीहरुको भनाई छ । तीव्र गतिमा दायाँ लेनमा गुडिरहेको सवारी यात्रु हाल्न वा रोक्न एक्कासि बायाँ लेनमा जाने, तीव्र गतिमा गलत लेनमा सवारी चलाउने, जता खाली उतै सवारी घुसाउने गर्दा बढी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

    अधिकांश दुर्घटना सडक लेन अनुशासन पालना नगरेरै भएको छ । काठमाडौंमा हुने गरेका अधिकांश दुर्घटनाको मुख्य कारण नै लेन अनुशासन पालना नगर्नु रहेको प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकको बुझाई छ । दुई वर्षअघि कास्की ट्राफिकमा कार्यरत उनी त्यसपछि काठमाण्डौमा कोटेश्वर, ट्राफिक महाशाखा र स्वयम्भु क्षेत्रमा काम गरेर फेरि कास्की नै आएको १५ दिन जति मात्र भयो । ‘पोखरामा सवारीको चाप अत्यधिक भईसकेको रहेछ । पोखराको मुख्य चोक हेर्ने हो भने काठमाण्डौं भन्दा कम छैन’ – पाठकले भने– ‘सडक लेन पालना नगर्नेहरु अधिकांश छन् । सीमित संख्यामा प्रहरी तर बढ्दो सवारी चापका कारण चुनौति थपिएको छ ।’ पोखराका मुख्य मुख्य चोकहरु पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, महेन्द्रपुल र बिपी चोकलाई लेन अनुशासनतर्फ केन्द्रित गरेको उनले जनाए । सवारी ईजाजत पत्र लिँदा नियम सम्बन्धमा लिखित परीक्षा लिने कारण नै यही अनुशासनका लागि भएको भन्दै उनले पालना नगरे एकछिनको हतारोले ज्यान नै जाने खतरा रहने उल्लेख गरे । सडक रेखा सम्बन्धी ज्ञान हरेक चालकलाई हुनुपर्ने भन्दै उनले ओभरटेक गर्न नहुने, सिधा जाने, दाँया बायाँ जाने रेखाबारे थाहा नहुँदा दुर्घटना हुने गरेको बताए । बायाँ लेन ठूला सवारी साधनलाई तथा स्पीड चलाउने, साना सवारी दायाँ लेनमा गुडाउन पनि आग्रह गरे ।

    कास्की ट्राफिकले दैनिक ५० बढिलाई सडक लेन अनुशासन पालना नगरेकै कारण कारवाही गर्ने गरेको कार्यालयले जनाएको छ । पोखरामा लेन अनुशासन पालनामा कडाई गर्न थालेको भने तीन महिना मात्रै भयो । सुरुसुरुको तुलनामा अहिले चालकहरु सुध्रिदै गएको प्रहरी नायव निरिक्षक शिव थापाले बताए । पोखराका सडकमा ९० प्रतिशत सवारी चलाउनेहरुले ट्राफिक नियमको हेक्का नराख्ने वा वास्ता नगर्ने ट्राफिक प्रहरीको गुनासो छ । सबैभन्दा बढि कलेज पढ्ने युवाहरुले नियम मिच्ने गरेको फिल्डमा खटिने जवान सूर्य जैसीले जनाए । ‘सडकमा ट्राफिक देख्नासाथ इमान्दार देखिने तर ट्राफिकको आँखा छल्नासाथ नियम मिचिहाल्ने समस्या छ’ उनले भने– ‘कतिले त बाईक हुँईकाएर भागिहाल्छन् ।

    अब ट्राफिक नियम सम्बन्धमा विभिन्न स्थानमा सचेतनामूलक कक्षा सञ्चालन गर्दै आएकोमा सडक लेन पालना सम्बन्धमा कक्षा सञ्चालन गर्ने तयारी गरेको सई पाठकले बताए । गत आर्थिक वर्षमा आठ हजार चार सय २० जनालाई ट्राफिक सचेतना कक्षामा सहभागी गराईएको कार्यालयले जनाएको छ ।

    ‘अधिकांश दुर्घटना सडक लेन अनुशासन पालना नगरेरै भएको छ । तीव्र गतिमा दायाँ लेनमा गुडिरहेको सवारी यात्रु हाल्न वा रोक्न एक्कासि बायाँ लेनमा जाने, तीव्र गतिमा गलत लेनमा सवारी चलाउने, जता खाली उतै सवारी घुसाउने गर्दा बढी दुर्घटना हुने गरेका छन् । ट्राफिकले अटेर गर्नेलाई ५०० देखि १५०० सम्म ठाउँको ठाउँ कारवाही गर्ने गर्छन् ।’

    sadak-lane-1

    ]]>
    1776