दुर्घटना – Page newspali.com|tag|%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE|feed| – Newspali https://www.newspali.com Newspali.com Mon, 23 Oct 2017 15:58:50 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 दुर्घटना – Page newspali.com|tag|%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE|feed| – Newspali https://www.newspali.com 32 32 222214484 पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान https://www.newspali.com/2017/10/1666/ Mon, 23 Oct 2017 15:58:50 +0000 http://www.gandaknews.com/?p=1666 पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट उछिटिन्छन् । त्यतिमात्र होईन, अगाडिको सवारीले एक्कासी ब्रेक लगाउँदा पछाडीको सवारी ठोक्किएर पनि दुर्घटना हुन्छ । यसका लागि सवारी चालकले आफूभन्दा पछाडीको सवारी समेत हेरेर सावधानीपूर्वक गति सीमित गर्नुपर्दछ ।

तनहुँमा बस एक्कासी स्पीड कम गर्दा स्कुटर बस मुनि छिर्न पुगेको छ । हेल्मेटका कारण टाउको सोझै बसको पछाडी भागमा ठोक्किन पाएन र भाग्यवश ज्यान जोगिएको छ ।

तनहुँ शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा ग५प २३१७ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक ठूलो दुर्घटनाबाट जोगिएका छन् ।

रुपन्देहको लुम्बिनी गाउँपालिका वडा नंं ७ का १९ वर्षिय विवेक काफ्ले तिहार मनाएर पोखरा फर्कदैं गर्दा ग १ ख ५२४७ नम्वरको मिनिबसको पछाडी पट्टि ठक्कर खान पुगे । प्रहरीका अनुसार उनको गाला र नाकमा चोट लागेको छ ।

गालामा टाका लगाइएको तनहुँ सेवा हस्पिटलले जनाएको छ । इलाका प्रहरी कार्यालबाट ट्राफिक प्रहरी प्रसाद ढकालको नेतृत्वमा तत्काल दुर्घटनास्थलमा प्रहरी पुगेको थियो ।

घाईतेको दुलेगौडाको तनहुँ सेवा हस्पिटलमा उपचार गरिएको थियो ।

]]>
1666