कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । – Page newspali.com|tag|%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%B0-%E0%A4%89%E0%A4%A8%E0%A5%80%E0%A4%B9%E0%A4%B0|feed| – Newspali https://www.newspali.com Newspali.com Mon, 22 Mar 2021 23:57:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । – Page newspali.com|tag|%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%B0-%E0%A4%89%E0%A4%A8%E0%A5%80%E0%A4%B9%E0%A4%B0|feed| – Newspali https://www.newspali.com 32 32 222214484 कास्कीका पत्रकार र परिवारलाई निःशुल्क स्वास्थ्य बीमा https://www.newspali.com/2021/03/8514/ Mon, 22 Mar 2021 23:57:45 +0000 https://www.rastranews.com/?p=8514 पोखरा, १० चैत । कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम हस्तान्तर गरी अभियान शुरु गरे । कास्कीमा आवद्ध ३ सय भन्दा बढी पत्रकारहरु यो बीमा अभियानमा समेटिने महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

पत्रकारसहित उनका परिवारका ५ जना सदस्यको बीमा गरीने श्रेष्ठले जानकारी दिए । प्रत्येक परिवारका लागि आवश्यक रकम ३ हजार ५ सय पत्रकार महासंघले खर्च गर्ने बताए । ‘प्रत्येक परिवारको बीमा गर्न पत्रकार महासंघले ३५ सय खर्च गर्दछ,’ उनले भने ‘त्यस भन्दा बढी सदस्य भएमा पत्रकार आफैले खर्च व्यहोनु पर्ने छ ।’

उनले स्वास्थ्य बीमाबाट वर्षसम्म १ लाख सम्मको उपचार खर्च पाइने बताए । ५ जना भन्दा बढी भएमा प्रत्येक व्यक्तिको ७ थप लाग्ने उनले बताए ।

थप एक जनाको थपिदा बीमा बापत आउने रकम पनि २० हजारका दरले बढ्दै जाने बताए । उनले पोखरा महानगरपालिका सँगको सहकार्यमा अभियान अगाडि बढाएको बताए । उनले चैत २० गते सम्म अभियान संचालन हुने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार र तीनका परिवारको सुरक्षालाई ध्यान दिदै अभियानमा साथ दिएको बताए । उनले बीमा हाम्रो जीवन भने नाराका यो अभियानलाई सफल पार्ने बताए ।

स्वास्थ्य विमा बोर्ड गण्डकीका संयोजक जिवलाल खरेलले गण्डकी प्रदेशका ९ जिल्ला स्वास्थ्य बीमा अभियान चलेको बताए । गण्डकी प्रदेशमा अहिले सम्म ४ लाख ६६ हजार जनाले बीमा गरी सकेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बद्रिविनोद प्रतीक, सावित्री खनाललाई बिमा कार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनाी माधम शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ, सञ्चारिक समूहकी गण्डकी अध्यक्ष स्मिता अधिकारी, प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठन कास्कीका संयोजक अर्जुन गिरी, प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी र सचिव रामप्रसाद तिमिल्सिनाले बोलेका थिए ।

]]>
8514