अन्तर्राष्ट्रिय – Page newspali.com|category|world|international|feed| – Newspali https://www.newspali.com Newspali.com Wed, 23 Jul 2025 05:30:59 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 अन्तर्राष्ट्रिय – Page newspali.com|category|world|international|feed| – Newspali https://www.newspali.com 32 32 222214484 बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु https://www.newspali.com/2025/07/21496/ Mon, 21 Jul 2025 16:49:51 +0000 https://www.newspali.com/?p=21496 काठमाडौँ — बंगलादेशको राजधानी ढाकामा बंगलादेशी वायु सेनाको एफ-सेभेन जेट विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन क्याम्पस परिसरमा बंगलादेशी सेनाको जेट विमान खसेको हो ।

बंगलादेशी सञ्चार माध्यम द डेली स्टारका अनुसार दुर्घटनामा कम्तीमा १ सय ६४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसो १:०६ मा उडेको उक्त विमान साढे १ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा उक्त विमानका पाइलट फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरको समेत मृत्यु भएको छ ।

सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स(आईएसपीआर) का अनुसार प्रशिक्षणका क्रममा क्याम्पस परिसरमा जहाज दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूमा अधिकांश क्याम्पसका विद्यार्थी रहेका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । छुट्टी हुने बेलामा विमान खसेको माइलस्टोन क्याम्सका प्राध्यापकहरूले जनाएका छन् ।

उक्त जहाज दुर्घटनापछि बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । मंगलबार सबै सरकारी, अर्धसरकारी, स्वायत्त संस्थान र शैक्षिक संस्थाहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारले जनाएको छ ।

]]>
21496
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु https://www.newspali.com/2025/01/21423/ Sat, 25 Jan 2025 02:05:09 +0000 https://www.newspali.com/?p=21423 भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै, दुर्घटनामा सात नेपालीले ज्यान गुमाएको जानकारी दिएको छ। दुर्घटनामा कैलालीका दुई जना, अछामका चार जना र बाँकेका एक जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयको बिज्ञप्तीमा जनाइएको छ ।

मृत्यु हुनेमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मौसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राधेछन् ।

यस्तै दुर्घटनामा ४ जना नेपाली घाइते भएका छन् । तीमध्ये ३ जनाको स्थानीय अस्पतालमा र गम्भीर घाइते भएका १ जनालाई जलगाउँको गोदावरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा १३ जनाको मृत्यु भएको हो ।

रेलमा आगो लागेको हल्ला फैलिएपछि यात्रुहरू अतालिएर रेलको लिकमा हाम फालेको बताइन्छ । त्यो लिकमा बेंगलुरुबाट नयाँदिल्लीका लागि कर्नाटक एक्सप्रेस रेल आउँदै थियो। सोही कारण बीचमा हामफाल्दा यात्रुहरूको लिकमा किचिएर मृत्यु भएको जानकारी दिइएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउनका लागि र घाइतेहरूको शीघ्र उपचारका लागि नेपाल सरकारले काठमाडौंंस्थित भारतीय दूतावासमार्फत भारतलाई आग्रह गरिसकेको जानकारी दिइएको छ ।

]]>
21423
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै https://www.newspali.com/2024/08/21317/ Fri, 09 Aug 2024 18:23:48 +0000 https://www.newspali.com/?p=21317 भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले शुक्रबार छुट्टा छुट्टै विज्ञप्ति जारी गरी विदेशसचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउने जनाएका हुन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

भारतीय विदेश सचिवको नेपाल भ्रमण नियमित भएको भारतको विदेश मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्रीको भ्रमणले दुई देशबीच द्विपक्षीय सहकार्य र सम्बन्धलाई अघि बढाउन मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ। उनी सोमबार स्वदेश फर्किनेछन्।

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा आरजु राणा देउवालाई भेट्नेछन्। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको छ।

उनी गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो। ​​​​​​विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री भारतीय विदेश सचिवमा नियुक्त भएका हुन्।

]]>
21317
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार https://www.newspali.com/2024/07/21297/ Fri, 26 Jul 2024 16:03:23 +0000 https://www.newspali.com/?p=21297

भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिएका छन । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरुलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

बिहीबार साँझ नेपाल ल्याइएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो । उनीहरु मजदुरीका लागि बिचौलिया मार्फत भारत पुगेको र पाँच महिनादेखि सम्पर्कमा नभएको जनाइएको छ ।

]]>
21297
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट https://www.newspali.com/2024/07/21275/ Fri, 19 Jul 2024 23:49:07 +0000 https://www.newspali.com/?p=21275 परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनिहरूबीच नेपाल अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

]]>
21275
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी https://www.newspali.com/2024/03/21034/ Wed, 20 Mar 2024 01:49:08 +0000 https://www.newspali.com/?p=21034 पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ । गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले बताएको छ । यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो । सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए ।

“सन् २०२४ ले सन् २०२३ को रेकर्ड तोड्ने उच्च सम्भावना छ”, डब्ल्युएमओका जलवायु अनुगमन प्रमुख ओमान बद्दुरले भनेका छन । प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरेका छन । “पृथ्वी सङ्कटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदैछ जसले गर्दा द्रुत गतिमा परिवर्तन भइरहेको छ”, एक भिडियोमार्फत महासचिवले चेतावनी दिए ।

डब्ल्युएमओका अनुसार गत वर्षको औसत तापमान १.४५ डिग्री सेल्सियस थियो । हामी पेरिस सम्झौताको एक दशमलव पाँच डिग्री सेल्सियसको यति नजिक कहिल्यै थिएनौँ, २०२३ ले प्रत्येक जलवायु सूचकका लागि नयाँ रेकर्ड बनायो”, डब्ल्युएमओ प्रमुख सेलेस्टे साउलोले भने, “हामीले २०२३ मा विशेषगरी अभूतपूर्व समुद्रको तातोपन र समुद्री बरफको कमीको अनुभुति गरयौँ, यो नै समस्याको विशेष कारण हो ।”

डब्ल्युएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।

जलवायु परिवर्तनले बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता चरम मौसमी घटना तथा समस्याहरू निम्तिरहेका छन् । विश्वभर खाद्य असुरक्षित मानिसको सङ्ख्या दोब्बरले बढ्दै गइरहेको छ, यो सङ्ख्या कोभिड–१९ अघि १४ करोड १९ लाख रहेको थियो भने सन् २०२३ को अन्त्यमा ३३ करोड ३० लाख पुगेको डब्ल्युएमओले जनाएको छ ।

डब्ल्युएमओले बढ्दै गरेको नवीकरणीय ऊर्जा उत्पादनलाई भने आशाको किरणका रूपमा प्रस्तुत गरेको छ । सन् २०२२ को तुलनामा गत वर्ष नवीकरणीय ऊर्जा उत्पादन क्षमता– विशेषतः सौर्य, वायु र जलविद्युत्मा ५० प्रतिशतले वृद्धि भएको थियो । अझै पनि सङ्कटबाट बच्न सक्ने समय रहेकामा महासचिव गुटेरेसले जोड दिए । “हामीसँग अझै पनि पृथ्वीको तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम राख्ने र जलवायु परिवर्तनको समस्याबाट बच्ने समय छ”, उनले भने ।

]]>
21034
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता https://www.newspali.com/2024/02/20783/ Fri, 23 Feb 2024 21:41:53 +0000 https://www.newspali.com/?p=20783 परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता भएको हो ।

विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन । साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्स मार्फत उल्लेख गरेका छन ।

यही फागुन ९ गते नयाँदिल्ली प्रस्थान गर्नुभएका मन्त्री साउदले उक्त मञ्चलाई सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

]]>
20783
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण https://www.newspali.com/2023/12/20210/ Fri, 22 Dec 2023 17:58:24 +0000 https://www.newspali.com/?p=20210 करिब तीन सय जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ ।

पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो । यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

]]>
20210
भाजपा चारमध्ये तीनमा बिजयी, कांग्रेस एक राज्यमा सीमित https://www.newspali.com/2023/12/19939/ Tue, 05 Dec 2023 00:26:56 +0000 https://www.newspali.com/?p=19939 भारतको सत्तारूढ दल हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा०ले आइतबार सम्पन्न मतदानबाट प्राप्त परिणामअनुसार चार राज्यमध्ये तीनमा जित हासिल गरेको छ । निर्वाचन आयोगको वेबसाइटअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले भारतीय राष्ट्रिय कांग्रेसबाट छत्तीसगढ र राजस्थान राज्यको नियन्त्रण खोसेको छ र कीर्तिमानी पाँचौँ कार्यकालका लागि मध्यप्रदेशमा पुनः विजय हासिल गरेको छ ।

कांग्रेसले तेलङ्गना राज्यमा सजिलै जित हासिल गरेको छ । तेलङ्गनामा भाजपको विरोध गर्ने पार्टीका रूपमा चिनिएको बलियो तेलङ्गना राष्ट्र समितिको शासन छ । पाँचौँ राज्य मिजोरममा सोमबार मतगणना हुनेछ । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेसनल फ्रन्ट सत्तामा छ ।

यी पाँच राज्यमा गत महिना मतदान भएको थियो र १६ करोडभन्दा बढी मानिस मतदान गर्न योग्य थिए । भारतमा मतदान सामान्यतया ठूलो जनसङ्ख्याका कारण चरणबद्ध रूपमा गरिन्छ । प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’ का लागि मतदाताहरूलाई धन्यवाद भनेका छन । “छत्तीसगढ, मध्यप्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने सङ्केत गर्दछ, सुशासन र विकासका लागि भाजपा खडा छ”, मोदीले सामाजिक सञ्जालमा लेखेका छन ।

कांग्रेस नेता राहुल गान्धीले तीन राज्यमा हार स्वीकार गरेका छन । “विचारको लडाइँ जारी रहने छ”, तेलङ्गनाका जनतालाई धन्यवाद दिँदै उनले एक्समा भनेका छन । विजयी भएको खुशीयालीमा भाजपाका कार्यकर्ताहरू केहीले मोदीको मुखुन्डो लगाएर नाचेका थिए भने मिठाइ बाँड्दै खुशीको प्रतीकका रूपमा एकआपसमा रङ दलेका थिए ।

नयाँ दिल्ली पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदी भाजपा कार्यकर्ताहरूबीच पुगेका छन । सम्बोधनमा उनले इमानदारी, पारदर्शिता र सुशासनको जित भएको बताए। करिब एक दशक सत्तामा रहेका मोदी र उनको पार्टी राष्ट्रियस्तरमा लोकप्रिय भएको छ । उनले सन् २०२४ मा लगातार तेस्रो पटक जित हासिल गर्ने सर्वेक्षणहरूले देखाएका छन् ।

यद्यपि इन्डिया भनिने २८ विपक्षी दलहरूको नयाँ गठबन्धनबाट मोदीको पार्टीलाई राष्ट्रियस्तरमा चुनौती हुने अपेक्षा गरिएको छ । इन्डियाको नेतृत्व कांग्रेसले गरेको छ । निर्वाचनअघि मतदाताहरूलाई आकर्षित गर्नका लागि मोदी र गान्धी दुवैजना पाँचै राज्यमा पुगेका थिए । उत्साहपूर्ण निर्वाचन अभियानमा दुवै नेताले मतदाताहरूलाई अनुदान, ऋण मिनाहा र रोजगारीको प्रत्याभूति दिएका थिए ।

]]>
19939
भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु https://www.newspali.com/2023/12/19933/ Tue, 05 Dec 2023 00:09:27 +0000 https://www.newspali.com/?p=19933 उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो ।

“सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ । सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्,” एक अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ । गैर–आदिवासी मेइतीसमुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको जनजातीय प्रदर्शनका क्रममा राज्यमा मे ३ देखि ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बनेको छ ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण यो बर्ष ६० हजार विस्थापित भएका छन् । राज्यमा प्रदर्शनकारीले घर र पसलहरूलाई लक्षित गरी तोडफोड र आगजनीसमेत गरेका थिए । प्रहरीले गत भदौ १५ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १५ गतेदेखि हालसम्म यस क्षेत्रमा १७५ जनाको मृत्यु भएको छ । तथ्याङ्कअनुसार यो अवधिमा एक हजार ११८ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।

]]>
19933