प्रवास – Page newspali.com|category|world|diaspora|feed| – Newspali https://www.newspali.com Newspali.com Sun, 04 Feb 2024 20:56:01 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 प्रवास – Page newspali.com|category|world|diaspora|feed| – Newspali https://www.newspali.com 32 32 222214484 मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ https://www.newspali.com/2024/02/20605/ Sun, 04 Feb 2024 20:49:16 +0000 https://www.newspali.com/?p=20605 गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सहायक निर्देशक बन्दना शर्माको आरोप खण्डन गर्दै, ककटेल डिनरमा संस्थाको रकम खर्च नभएको र प्रायोजकको रकम खर्च गरिएको जनाएको छ ।

संघका अध्यक्ष बद्रि केसीको अध्यक्षतमा बसेको बैठकले संस्थाका राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनहरुमा ककटेल डिनर हुने गरेको भन्दै त्यस्ता कार्यक्रमहरुमा संस्थाको पैसा खर्च नगरी प्रायोजकको पैसा खर्च गर्ने गरिएको बताएको छ ।

बैठकले संघको केन्द्रिय सचिवालयमा कार्यरत सहायक निर्देशक शर्माले कार्यकारी निर्देशकलाई सम्बोधन गरी पठाएको इमेल संस्थागत तथा व्यक्तिगत लान्छना लगाइएको र आरोपमा सत्यता नभएको भनि बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

सहायक निर्देशक शर्माले इमले मार्फत भूकम्प पिडितलाई राहत बितरण गर्न जाजरकोट र रुकुक पश्चिम जाँदा मदिरा शिर्षकमा संस्थाको रकम खर्च भएको जानकारी गराएकी थिईन् ।

संस्थाका प्रवक्ता फडिन्द्र पन्तले जारी गरेको बिज्ञप्ती यस प्रकार छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले जारी गरेको बिज्ञप्ती ]]>
20605
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले https://www.newspali.com/2023/12/20114/ Sun, 17 Dec 2023 14:27:19 +0000 https://www.newspali.com/?p=20114 नेपाली समाज, टेक्ससको अध्यक्षमा पुनः राजेन्द्र वाग्ले निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अत्यधिक मतका साथ उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइतबार बिहान प्रकाशित नतिजा अनुसार अध्यक्षमा विजयी वाग्लेले ८८५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज सत्यालले ६११ मत पाए । २७४ मतान्तरले वाग्ले विजयी भए ।

नेपाली समाज टेक्ससमा दुई हजार पाँच सय १२ सदस्य आवद्ध छन् । शनिबारको निर्वाचनमा एक हजार पाँच सय ६४ जना मतदानमा सहभागी थिए ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल, सचिवमा पुण्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादव, सहकोषाध्यक्षमा गोविन्दराज जोशी निर्वाचित भए ।

युवा संयोजकमा प्रविश श्रेष्ठ, स्पोर्टस् संयोजकमा निलेश श्रेष्ठ निर्वाचित भए । यसअघिनै महिला उपाध्यक्षमा साबित्री भण्डारी र महिला संयोजकमा शान्ता कुमारी गिरी निर्विरोध भैसकेका छन् ।

कार्यसमितिका पाँच सदस्यहरुमा राधिका खराल, राधा अधिकारी पौडेल, रमेश अधिकारी, जीवलाल भुसाल र मनोज धिताल निर्वाचित भएका छन् ।

निर्वाचन सौहाद्रपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति निर्वाचन प्रमुख बैकुण्ठ बिक्रम थापाले धन्यवाद व्यक्त गरे । सन् १९९७ मा स्थापना भएको नेपाली समाज टेक्सस अमेरिकाका नेपालीहरुको पुरानो संस्थाहरु मध्यको एक हो ।

]]>
20114
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग https://www.newspali.com/2023/11/19825/ Tue, 28 Nov 2023 21:54:24 +0000 https://www.newspali.com/?p=19825 गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ । एनआरएनए आरके समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ ।

सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले एनआरएनएको एकता,विश्वसनियता, तटस्थता र सुदृढीकरणका पक्षमा जस्तोसुकै त्याग गर्न आफू तयार रहेको स्पष्ट गर्दै निर्वाचनपछि उत्पन्न विवादका सन्दर्भमा सम्बद्ध सरकारी निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भनी गुनासो गरे ।

यो समूहका महासचिव बुद्धिसागर सुवेदीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको सङ्घलाई अझ विश्वसनीय र सुदृढ तुल्याउन पुनः निर्वाचन हुनुपर्ने धारणा व्यक्त गरेका छन। सो समूहले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद दिँदै पहिलो पुस्ताका नेपालीलाई बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ । जाजरकोट भूकम्पका पीडितलाई यथासक्य राहत सहयोग उपलब्ध गराएको उल्लेख गर्दै एनआरएनएले आगामी दुई वर्षभित्र १० करोड राशीकोआपत्कालीन राहत तथा उद्धार कोष बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

]]>
19825
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत https://www.newspali.com/2023/11/19371/ Wed, 08 Nov 2023 02:15:50 +0000 https://www.newspali.com/?p=19371 जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कात्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितलाई गैरआवासीय नेपाली सङ्घले राहत सामग्री हस्तान्तरण गरेको छ । भूकम्पपीडित घरपरिवारका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । सङ्घले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल दुई सय थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल चार सय जोर, चामल चार सय बोरा, दाल सय केजी, एक हजार लिटर तेल, पाँच सय केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो ।

यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामग्री वितरण गरिएको सङ्घले जनाएको छ । विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीको गाँस काटेर सङ्कलन भएको सहयोग भूकम्पपीडित समक्ष वितरण गर्न पाउँदा सन्तोष मिलेको सङ्घले जनाएको छ ।

सन् २०१५ मा गएको गोरखा भूकम्पमा समेत गैरआवासीय नेपाली सङ्घले पाँच सयभन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको थियो । जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा विदेशमा बस्ने नेपालीले सहयोग गर्ने सङ्घको प्रतिबद्धता छ । रासस

]]>
19371
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो https://www.newspali.com/2023/10/19001/ Fri, 20 Oct 2023 23:48:12 +0000 https://www.newspali.com/?p=19001 पछिल्ला बर्षहरुमा गैरआवासीय नेपाली संघ नेतृत्व विवादमा चुर्लुम्म डुबेको छ । १० औं महाअधिवेशनका बखत नेतृत्वमै विवाद भएपछि तीनजना अध्यक्ष र दुई जना महासचिव रहने गरी जम्बो कार्यसमिति बनाइएको थियो ।

यस पटक पनि नेतृत्व चयनका बेला प्राप्त मत साटफेर भएको भनेर विवाद छ । निर्वाचन समिति र कार्यसमितिले सिस्टममा समस्या आएको भन्दै विवादबाट उम्किन खोजेको देखिन्छ । अमेरिका निवासी एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा एनसीसीका हालका महासचिव डाक्टर केशव पौडेल यस पटकको निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार थिए । पौडेललाई चुनाव स्थलमा शुन्य मत प्राप्त भएको भनिएको थियो । तर चौतर्फी बिरोध भएपछि सिस्टम लगत देखाउँदै पुन उनलाई बिजयी भएको भनिएको छ ।

डाक्टर पौडेलको नाम ग्लोबल भोटिङमा र बुथमा गलत टाइप भएको भनिएको छ । श्रोतका अनुसार यो झुठ लुकाउने प्रयास मात्रै हो । ग्लोबल भोटिङमा उनको Keshab रहेको र काठमाण्डौंस्थित होटलमा उनको नाम Keshav रहेको बताइन्छ । सिस्टममा गलत भएको भन्दै अहिले उनलाई निर्वाचित भएको भनेर घोषणा गरिएको छ । तर चुनावमा उनको नाम Keshab नै रहेको स्किृन सामाजिक संजालमा देख्न पाइन्छ ।

]]>
19001
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’ https://www.newspali.com/2023/10/18955/ Wed, 18 Oct 2023 17:46:36 +0000 https://www.newspali.com/?p=18955 काठमाडौँ, १ कात्तिक : नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सङ्ख्यात्मक भन्दा गुणत्मक पत्रकारिता गर्न आग्रह गनुभयो । “थोरै समाचार प्रकाशन गर्नुस् र मौलिक पत्रकारितालाई विशेष ध्यान दिनुहोस्”, उहाँले भन्नुभयो, “समाचार कति धेरै प्रकाशित गरे भन्नु भन्दा पनि कति महत्वपूर्ण प्रकाशित गरे भन्ने बारे सोच्नुहोला ।”

पत्रकार भागिरथ योगीले प्रवासमा रहेका पत्रकारहरुको ‘एक पत्रकार एक अनलाइन’ रहेको भन्दै अधिकांशले समाचार हुबहु (कपी पेष्ट) गर्ने गरेका बताउनुभयो । “विदेशमा रहेर कलम चलाउनेहरुको आफ्नै अनलाइन हुन्छ”, उहाँले भन्नुभयो, “समाचार पनि ‘कपी पेस्ट’ गर्ने बाहेक अरु केही छैन । यसलाई व्यवस्थित गरी व्यावसायिक रुपमा अगाडि बढ्नुपर्छ ।”

पत्रकार शरदचन्द्र वस्तीले भविष्यको पत्रकारिताबारे सोच्न जरुरी रहेको बताउनुभयो । अहिलेको भन्दा अबको १० वर्षपछि कस्तो पत्रकारिता गर्ने भन्नेबारे सबैले सोच्न आवश्यक रहेको भन्दै उहाँले प्रविधिको विकाससँगै पत्रकारिताको संरचना पनि परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले परदेशमा रहेर पत्रकारिताको माध्यमबाट नेपाललाई चिनाउन आग्रह गर्नुभयो । “विदेशमा सञ्चालित सञ्चार माध्यमले नेपाली समाजका वास्तविकता समाचारमार्फत सम्प्रेषण गर्नुपर्छ”, उहाँले भन्नुभयो, विदेशी भूमिमा समस्या परेकालाई सञ्चारका माध्यमबाट सहयोग गर्नुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विदेशी भूमिमा रहेर पत्रकारिता पेसा गर्ने पत्रकारले राजनीतिकमा धेरै चासो नराख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक चर्चा भन्दा विभिन्न स्थानका नेपालीलाई एकजुट बनाउनु सहयोग गर्नुपर्छ ।”

]]>
18955
इजरायलबाट देश फर्किन पाउँ भनि निवेदन दिनेहरुको संख्या दुई सय पुग्यो https://www.newspali.com/2023/10/18825/ Mon, 09 Oct 2023 17:51:08 +0000 https://www.newspali.com/?p=18825 इजरायलमा जारी युद्धमा परेका नेपालीहरुले यथासीघ्र देश फर्किन पाउँ भनि सरकारसँग आग्रह गरेका छन् । इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएको त्यहाँ स्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

तेलअविवस्थित नेपाली दूतावासले सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएको जानकारी गराएको छ । शनिबार सम्म प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी दस जना नेपालीको मृत्यु भईसकेको छ । हाल सम्म लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना घाइते भएका छन्।

यता नेपाल सरकारले दूतावासमार्फत् नेपालीहरूलाई नेपाल फर्काउने तयारी गरिरहेको जानकारी गराएको छ । तेल अविवस्थित नेपाली दूतावासले उद्धार तथा स्वदेश फर्किन चाहनेहरुका लागि अनलाइन मार्फत रजिष्ट्रेशन समेत शुरु गरेको छ । दूतावासले सामाजिक सञ्जाल र वेवसाइटमार्फत् त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि विवरण संकलन सुरु गरेको हो।

इजरायलस्थित दूतावासले भनेको छ, ‘स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूले दूतावासको वेवसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नुहुन हामी सार्वजनिक आह्वान गर्दछौं ।’

]]>
18825
इजरायलमा हमासले गरेको आक्रमणमा परी कम्तिमा १० नेपालीको मृत्यु पुष्टि https://www.newspali.com/2023/10/18805/ Sun, 08 Oct 2023 14:36:43 +0000 https://www.newspali.com/?p=18805 प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

]]>
18805
गैरआवासीय नेपाली संघको अध्यक्षमा डाक्टर केसीको उम्मेदवारी https://www.newspali.com/2023/10/18767/ Thu, 05 Oct 2023 00:37:34 +0000 https://www.newspali.com/?p=18767 गैरआवासीय नेपाली संघको यही अक्टोबर १७ तारिखदेखी काठमाण्डौंमा हुने ११ औ महाधिवेशनका लागि अध्यक्षमा डाक्टर बद्रि केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल केन्द्रिय उपाध्यक्ष रहेका रसिया निवासी डाक्टर केसीले संस्थागत सुधार तथा प्रवासी नेपालीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषण गरेका हुन् ।

केसीले बिहिवार गैरआवासीय नेपाली संघलाई संयुक्त राष्ट्रसंघ अन्र्तगतको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ र अन्तर्राष्ट्रिय आप्रवासी संगठनसँग सम्झौता कार्यन्वयन सहित विश्व समुदायसँग काम गर्ने महत्वकांक्षी लक्ष्य राखेका छन् ।

यस्तै डाक्टर केसीले नेपाल फर्किएका नेपालीहरुलाई अन्तर्राष्ट्रिय संघ सस्थााहरुसँग सहकार्य गरि स्वदेशमै स्वरोजगार बनाउन कार्यक्रम ल्याईने योजना बनाएका छन् । डाक्टर केसीले सुरक्षित, व्यवस्थित र मर्यादित बैदेशिक रोजगारी, नेपालमा लगानी एनआरएनए फण्ड, संस्थागत पूर्नसंरचना एवं सुदृढीकरण, ज्ञान सिप सहितको एनआरएनए लगायतका बिषय समेटेर घोषणा पत्र तयार गरेका छन् ।

राष्ट्रसंघ अन्र्तगतको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ र अन्तर्राष्ट्रिय आप्रवासी संगठनसँग सम्झौता कार्यन्वयन सहित विश्व समुदायसँग काम गर्ने महत्वकांक्षी लक्ष्य

डाक्टर केसीसँग एनसीसी रसियाको अध्यक्ष हुँदै आइसीसी सहकोषाध्यक्ष, कोषाध्यक्ष, महासविच, उपाध्यक्ष भएर काम गरेको अनुभव छ । नेपालमा हाईड्रो पावर र बैकिङ क्षेत्रमा लगानी गरेका डाक्टर केसी अनुभवी ब्यापारीमा गनिन्छन् । केसी सँगै अन्य तीन जनाले समेत अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । जापान निवासी वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ, कतार निवासी राजेन्द्रकुमार शर्मा र अमेरिका निवासी वर्तमान केन्द्रिय अध्यक्ष रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । मुख्य त केसी र श्रेष्ठका बीचमा प्रतिस्पर्धा हुने बताइन्छ ।

डाक्टर केसीले घोषणा गरेको प्रतिवद्धता पत्र यस अनुसार छ ।

Badri-KC-Declaration ]]>
18767
एनआरएनए महाधिवेशनमा सहभागि हुनेहरुको अन्तिम नामावली प्रकाशित https://www.newspali.com/2023/10/18754/ Wed, 04 Oct 2023 02:40:16 +0000 https://www.newspali.com/?p=18754 गैरआवासीय नेपाली संघको अक्टोबर १७ तारिखदेखी हुने चुनावका लागि निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । यही अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागि हुने ४ हजार २ सय २७ जनाको नामवली प्रकाशित गरिएको छ ।

निर्वाचन अधिकृत यादवप्रसाद ढुङगानाले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार, दावी बिरोधको समयावधि सकिएपछि अन्तिम महाधिवेशनमा सहभाािग हुने मतदाताहरुको नामवली प्रकाशित गरिएको छ ।

निर्वाचन समितिका अनुसार बिभिन्न देशहरुमा ४ हजार २ सय ६ जना प्रतिनिधिहरुको नाम समावेश छ भने प्रत्येक अध्यक्षहरुले मनोनित गरेका ७ जना गरि २१ जना प्रतिनिधिहरुको नामवली प्रकाशित गरिएको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको प्रतिनिधिहरुको अन्तिम नामावली हेर्नुस ।

Voters_list_final_3_oct_2023 ]]>
18754