अमेरिका विशेष – Page newspali.com|category|us-special|feed| – Newspali https://www.newspali.com Newspali.com Thu, 31 Jul 2025 04:57:37 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.7 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 अमेरिका विशेष – Page newspali.com|category|us-special|feed| – Newspali https://www.newspali.com 32 32 222214484 अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र https://www.newspali.com/2025/07/21551/ Mon, 28 Jul 2025 17:26:52 +0000 https://www.newspali.com/?p=21551 रूकुम पश्चिमको बाफीकोट गाउँपालिका – ३ नेपानेका २० वर्षीय ओपेन्द्र बोहराको अमेरिकामा गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।

शनिबार राति करिब १० बजेतिर कोठामा आउँदै गर्दा बाटो काट्ने क्रममा बोहरालाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर अस्पतालमा मृत्यु भएको भन्ने खबर अमेरिकाबाट चिनजानका साथीहरूमार्फत् परिवारले पाएका छन् ।

टेक्ससको राजधानी अस्टिनमा उनलाई गाडीले ठक्कर दिएको थियो। ओपेन्द्रले दुई दिन अगाडि मात्रै अमेरिकाको ग्रीन कार्ड पाएको बुझिएको छ ।

रूकुममा छँदा ओपेन्द्रले मोटरसाइकल बनाउने मिस्त्रीको रूपमा काम गर्थे।।

परिवारका तीन बहिनी छोरी मध्ये कान्छीको ५ वर्षअघि मृत्यु भएको, दुई छोरी विवाह गरी गइसकेका हुँदा घरमा मुक्ति बोहराका बुढाबुढी मात्रै बस्दै आएका छन्। उनीहरूका जेठो छोरा पनि अमेरिकामा छन्।

]]>
21551
अमेरिकामा प्राकृतिक ग्यास भण्डारणमा उल्लेखनीय वृद्धि https://www.newspali.com/2025/07/21527/ Fri, 25 Jul 2025 14:57:01 +0000 https://www.newspali.com/?p=21527 अमेरिकाका ४८ राज्यमा प्रयोगका लागि राखिएको ‘प्राकृतिक ग्यासको भण्डारण’ जुलाई १८ सम्म तीन हजार ७५ अर्ब क्युबिक फिट पुगेको छ।

प्राकृतिक ग्यास भण्डारण भन्नाले जमिनमुनि राखिएको र आवश्यक पर्दा निकालेर प्रयोग गर्न सकिने ग्यासलाई बुझिन्छ। यसको भण्डारण क्षमता दुई किसिमले नापिन्छ।

यो संख्या अघिल्लो हप्ताभन्दा २३ अर्ब क्युबिक फिटले बढी भएको अमेरिकी ऊर्जा सूचना प्रशासनले जानकारी दिएको छ।

यस वर्षको यो समयसँग तुलना गर्दा भण्डारणमा ४.७ प्रतिशत कमी देखिए पनि विगत पाँच वर्षको औसतभन्दा ५.९ प्रतिशत बढी छ। सामान्यतया, अमेरिकामा प्राकृतिक ग्यासको भण्डारण नोभेम्बरदेखि अप्रिलसम्म क्रमिक रूपमा घट्छ। सिन्ह्वा

]]>
21527
अमेरिका युनेस्कोबाट बाहिरिँदै https://www.newspali.com/2025/07/21523/ Thu, 24 Jul 2025 04:10:49 +0000 https://www.newspali.com/?p=21523 अमेरिका । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।

उसले सन् २०२६ को अन्त्यसम्ममा बाहिरिने निर्णय गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार युनेस्कोले सामाजिक र सांस्कृतिक विषयमा ‘विवाद सिर्जना गर्न सक्ने’ नीतिहरू अघि बढाएको भन्दै चिन्ता व्यक्त गरेको छ । विशेषतः प्यालेस्टाइनलाई सदस्यता प्रदान गरिएको निर्णयले अमेरिकाको आधिकारिक नीतिसँग असामञ्जस्य देखिएको ट्रम्प प्रशासनको भनाइ छ ।

ह्वाइट हाउसका प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको चाहनालाई ध्यानमा राख्दै सबै अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहभागिता पुनरावलोकन गरिरहेको बताए । उनले यस्ता निर्णयहरूमा अमेरिकाको राष्ट्रिय हितलाई सधैं प्राथमिकता दिइने बताए ।

युनेस्कोका महानिर्देशक औड्रे अजोउले अमेरिकी निर्णयलाई ‘दुःखद’ भने । संस्थाले यस किसिमको परिस्थितिका लागि आवश्यक तयारी गरिसकेको बताए ।

बहुपक्षीयता, सहकार्य र सांस्कृतिक संरक्षणका क्षेत्रमा युनेस्कोको भूमिकालाई दोहोर्‍याउँदै उनले विगत केही वर्षमा संस्थाले संरचनात्मक सुधार र विविध वित्तीय स्रोतहरू विकास गरेको दाबी गरे । साथै, अमेरिकी निर्णयले युनेस्कोका अमेरिकी साझेदार संस्थाहरूमा प्रत्यक्ष असर पार्न सक्ने चेतावनी पनि महानिर्देशक अजोउले दिए ।

 (एजेन्सी)

]]>
21523
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल https://www.newspali.com/2025/01/21407/ Wed, 08 Jan 2025 02:10:56 +0000 https://www.newspali.com/?p=21407 पेशागत पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना भएको छ । अमेरिकामा दर्ता भई सर्वसम्मत रूपमा पहिलो कार्यसमिति समेत गठन भएको महासंघले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । अमेरिकाको कानुन अनुसार स्थापित अन्तर्राष्ट्रिय पत्रकार महासंघ पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने र सस्थाले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको अध्यक्ष रामप्रसाद खनालले बिज्ञप्ती मार्फत जानकारी दिएका छन ।

संस्थाको प्रधान कार्यालय अमेरिकामा रहने र विभिन्न देशहरूमा देशस्तरीय शाखाहरू स्थापना गर्ने तयारी जानकारी दिईएको छ । महासंघमा बिभिन्न संचारमाध्यममा काम गरेका पुराना अनुभवी तथा वरिष्ठ पत्रकारहरु रहेको र भविश्यमा आवश्यकता अनुसार विस्तार गरिँदै लगिने महासंघका महासचिव टंक दाहालले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

महासंघको सल्लाहकारमा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधानसम्पादक योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका पूर्व प्रधानसम्पादक पुरुषोत्तम दाहाल, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, पुरु घिमिरे, कान्तिपुर दैनिकका पूर्व आर्थिक ब्यूरो प्रमुख विजय घिमिरे महासंघको सल्लाहकार चयन भएका छन् ।

महासंघको अध्यक्षमा नेपाल मदर डटकमका प्रधान सम्पादक तथा एभिन्यूज टेलिभिजनका अमेरिका सम्पादक, रामप्रसाद खनाल चयन भएका छन् । यसैगरी महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारी, एभिन्यूज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला, नेपाल समाचार पत्रका पूर्व सम्पादक टंक पन्त र नेप्लिज डायस्पोराका प्रधानसम्पादक सतिश चापागाईँ चयन भएका छन् ।

यसैगरी महासंघको महासचिवमा खोज पत्रकार, माइक्रोसफ्ट इन्जिनियर टंक दाहाल छानिएका छन् । भने सचिवमा न्यूजपाली डटकमका प्रकाशक तथा सम्पादक अनिल अधिकारी चयन भएका छन् । यस्तै कोषाध्यक्षमा डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिएका छन् । यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघको बोर्ड अफ डाइरेक्टरमा इनेप्लिज डटकमका प्रधानसम्पादक विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्धसम्पादक नवराज कुँवर, क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रका पूर्व सहसम्पादकका कृष्णराज खनाल चयन भएका छन् ।

यस्तै क्यानडाबाट नमस्ते रेडियोका पत्रकार अनिल थापा, चलचित्र पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तरका पत्रकार सुरेन्द्र सापकोटा बोर्ड अफ डाइरेक्टर छानिएका छन् । सबै महादेशहरूबाट प्रतिनिधित्व हुनेगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई पूर्णता दिइने जनाइएको छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने अध्यक्ष खनालले न्यूजपाली डटकमलाई जानकारी दिए ।

पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता संगठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाले काम गर्ने जानकारी दिइएको छ । नेपाली पत्रकारहरूलाई मात्र नभई विभिन्न देशबाट समेत पत्रकारहरूलाई समेट्दै जाने लक्ष्य महासंघले लिएको छ ।

]]>
21407
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा https://www.newspali.com/2024/10/21376/ Sat, 12 Oct 2024 04:03:08 +0000 https://www.newspali.com/?p=21376 आज शनिवार विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालको समय अनुसार बिहान ११ बजेर ३६ बजे उत्तम साइत रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता समेत रहेको छ। बिहान ८:३३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। दसैंमा वाचन गरिने आशीर्वादका मन्त्रहरू एवं श्लोकहरूभित्र पौराणिक इतिहास छ, भूगोल छ, भगवत् प्रेम छ । यस्ता विविध अर्थले निहित भएको प्रसिद्ध श्लोकहरू आयुद्रोणसूते, जयन्ती मंगलाकाली, सर्व मंगलमांगल्ये शिवे सर्वार्थसाधिके । आदि हुन् । पूरा श्लोक यसप्रकार रहेका छन्

आयुद्रोणसूते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्चपवने, मानंचदुर्योधने ।।
सौर्यं शान्तनवे, बलं हलधरे, सत्यञ्च कुन्तीसुते।
विज्ञानंविदुरेभवन्तु भवतां, कीर्तिश्चनारायणे।।

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी।
दुर्गा–क्षमा–शिवा–धात्री स्वाहा स्वधानमोऽस्तुते।।

सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तुते।।

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोहस्तिधनधान्यसमृद्धिरस्तु।
ऐश्वर्यमस्तुविजयोऽस्तुरिपुक्षयोस्तु सन्तानवृद्धिसहिता हरिभक्तिरस्तु।।

मन्त्रार्थाः सफलाः सन्तुपूर्णाः सन्तु मनोरथाः।
शत्रूणां बुद्धिनाशोस्तुमित्राणामुदयस्तव।।

श्रीवर्चस्वमायुष्यमारोग्यभाभिधात् पवमानं महियते।
धनं धान्यं पशं बहुपुत्रलाभं शतसम्बत्सरं दीर्घमायुः।।

आव्याधिना शरीरेणमनसा च निराधिना।
पूरयन्र्थिनामाशास्त्वं जीव शरदां शतम्।

आयुद्रोर्णसुते आदि श्लोकहरूको अर्थ यस प्रकार छ । टीका लगाइदिने मान्यजनले टीका ग्रहण गर्ने पुत्र, पुत्रवधू आदिलाई आशीर्वाद दिँदा द्रोणाचार्यपुत्र अश्वत्थामाको जस्तो आयु होस्। गरगहना, चल–अचल, लौकिक सम्पत्तिमा दशरथको जस्तो वैभव शत्रु दमनमा श्रीरामचन्द्रको जस्तो क्षमता, पारलौकिक धर्मादि आर्जनलाई ऐश्वर्य भनिन्छ।

त्यस प्रकारको (ईश्वरस्य भावः) आर्जनमा नहुषको जस्तो आर्जन क्षमता, गतिमा पवन अर्थात् हावाको जस्तो तीव्र गति, मानमर्यादा दुर्योधनको जस्तो ओजस्वीपरक मानसम्मान, पराक्रममा शन्तनुपुत्र भीष्मको जस्तो, पराक्रम बलमा हली अर्थात् बलरामको जस्तो बल, सत्यनिष्ठामा युधिष्ठिरको जस्तो सत्यवादिता, धर्माधर्मको विचार ज्ञानमा विदुरको जस्तो ज्ञान र कीर्तिमा भगवान् नारायणको जस्तो स्थिर कीर्तिहोस् भन्ने यस श्लोकको अर्थ भएकाले सन्ततिहरूलाई पनि यस्तै होस् भनी आशीर्वाद दिइने गरेको हो ।

नेपाली परम्परामा नारीहरूलाई आशीर्वाद दिने श्लोक यस प्रकार रहेको छ ।

हे देवी गजगामिनी शशीमुखी प्यारी पतिकी हुनू ।
सिउँदो सिन्दूरले सुशोभित सधैं शौभाग्यशाली हुनू ।।
ज्ञानीमानीधनी गुणी सूत हुँदा ती वीरमाता भनून्।
जामाता पुरुषार्थी प्रेमीतनया आनन्दमा दिन् बितून् ।।१।।

नेपाली परम्परामा पुरुषलाई आशीर्वाद दिने श्लोक यस प्रकार रहेको छ

लक्ष्मीले घरमा सधै अचल भै डेरा जमाई दिऊन् ।
लक्ष्मीनाथ हरि मुकुन्द रघुनाथ मन्ले सधैं सम्झिऊन् ।।
भक्तिका रसको प्रवाह बहँदा प्रेम्मा भुलेका हरि ।
लैजाऊन् भवको यो जाल परिधि काटी सुमार्गै गरी ।।२।।

अमेरिकामा स्थानिय समय अनुसार शनिवार दसैको टीका जमरा लगाउने शुभ साइत छ । अमेरिकामा बिभिन्न समय अनुसार फरक फरक समयमा टीका जमरा लगाउने साइत छ । न्यूयोर्क निवासी ज्योतिष पण्डित उद्धव शास्त्रीका अनुसार न्यूयोर्क समय अनुसार शनिवार बिहान १० बजेर १ मिनेटमा पहिलो शुभ मुहुर्तमा साइत छ । पण्डित शास्त्रीका अनुसार दोश्रो साइत १ बजेर ४ मिनेटमा शुभ साइत छ । यस्तै ३ बजेर १६ मिनेटमा बिजय मुहुर्त हुन सक्छ । ज्योतिष पण्डित शास्त्रीका अनुसार काम बिशेषले नभ्याउनेहरुका लागि साँझ ६ बजेर २५ मिनेटमा गोधुली मुहुर्त छ । यस्तै अझै ढिला हुनेहरुका लागि साँझ ७ बजेर ५१ मिनेटमा अर्को शुभ साइत छ ।

यस्तै टेक्सास क्षेत्रमा बस्नेहरुका लागि पहिलो साइत १० बजेर ५ मिनेटमा छ । भने दोश्रो साइत १ बजेर १६ मिनेटमा अभिजित मुहुर्त ३ बजेर ५१ मिनेटमा बिजय मुहुर्त र साँझ ६ बजेर ५७ मा शुभ साइत छ । यस्तै साँझ ८ बजेर २५ मिनेटमा अर्को साइत छ ।

यसैगरी क्यालिफोर्निया समय अनुसार ९ बजेर ३९ मिनेटमा पहिलो शुभ साइत छ । भने १२ बजेर ५५ मिनेटमा दोश्रो साइत छ । यसैगरी २ बजेर ५७ मिनेटमा, ६ बजेर २२ मिनेटमा र ७ बजेर ५४ मिनेटमा अर्को शुभ साइत छ ।

]]>
21376
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता https://www.newspali.com/2024/09/21370/ Sat, 28 Sep 2024 02:42:46 +0000 https://www.newspali.com/?p=21370 प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्न न्यूयोर्क आईपुगेका बखत नेपालीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सबै अधिकार सहितको नागरिकता दिनका लागि आफु प्रतिवद्ध रहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बिदेशमा रहँदा राजनीतिक अधिकार कटौती हुने तर अरु सबै अधिकार पाउने तथा यदी कुनै व्यक्ति नेपाल फर्केमा राजनीतिक अधिकार सहित सबै अधिकार प्राप्त हुने नागरिकताका लागि आफु सचेत रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले हाल प्राप्त भएको गैरआवासीय नागरिकतालाई लौरो न हतियार भनेका छन् ।

मैले गैरआवासीय नागरिकता दिँदाका बखत पनि भनेको थिएँ, साथीहरु उत्साहित हुनु भयो तर त्यो बाँदरको पुच्छर लौरो न हतियार भने जस्तै हो । प्रधानमन्त्री ओलीले एक पटकको नेपाली सँधैको नेपाली हुनका लागि नागरिकताको निरन्तरता हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नागरिकतामा खुसी हुनेहरु प्रति लक्षित गर्दै भने, त्यो गैरआवासीय नेपाली भनेको त, नेपालप्रति माया नहुनेहरुको कुरा हो । प्रधानमन्त्री ओलीले गैरआवासीय नागरिकता भन्नेहरु आफुलाई नेपाली नागरिक भन्न नचाहनेहरुको कुरा हो भनेका छन् । प्रधानमन्त्री ओलीलाई बंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता अभियानका अभियान्ता संजय थापाले विश्वभरबाट हस्ताक्षर अभियान चरिहेको समेत जानकारी दिएका छन् ।

]]>
21370
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण https://www.newspali.com/2024/09/21366/ Wed, 25 Sep 2024 02:34:46 +0000 https://www.newspali.com/?p=21366 नेपाली महाबाणिज्यदूतावासको माग गर्दै टेक्सस र क्यालिर्फोनिया बस्ने नेपालीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको टेक्सस राज्य र क्यालिर्फोनिया राज्यमा महाबाणिज्य दूतावासको माग गर्दै यस क्षेत्रका सामाजिक तथा राजनीतिक संघ सस्थाहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

राहदानी, नागरिकता लगायतका काम गर्न वासिङटन डिसी, न्यूयोर्क जानु पर्ने बाध्यता र नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र भएकाले महाबाणिज्यदूतावास कार्यालयको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । टेक्सास नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेले सबै भन्दा धेरै नेपाली बिद्यार्थी र नेपालीहरुको बस्ती रहेको टेक्सस क्षेत्रमा बाणिज्यदूतावास अनिवार्य रहेको बताए ।

न्यूजपालीसँग कुराकानी गर्दै वाग्लेले भने, हाम्रा साथीहरुले प्रधानमन्त्रीलाई बुझाउ सक्नु भएको थिएन्, हामीले यस पटक कार्यालय आवश्यकता बारे बुझाएका छौं । अध्यक्ष वाग्लेले भने, हामीलाई यहाँ महाबाणिज्यदूतावास दिइयोस हामीले कार्यालय नाफामा चलाउँछौं ।

उनले थपे, हेर्नुस सबै भन्दा धेरै नेपाली बिद्यार्थी यतै छन्, अन डकुमेन्ट नेपालीहरु पनि यस क्षेत्रमा बढीनै छन् । नेपालीहरुले राहदानी बनाउन न्यूयोर्क वासिङटन डिसी जानु पर्ने बाध्यता हामीसँग छ । वाग्लेले भने, कन्सुलेटका लागि हामीले कार्यालय फ्रि दिन्छौं, यस क्षेत्रमा रहेका सामाजिक संघ सस्थाहरुबाट पनि हामीले सामुहिक ऐक्यवद्धता लिएका छौं, यसर्थ हामीलाई कार्यालय दिइयोस । उनले नेपाली समाजको बृहत्तर हितका लागि सबैलाई एक जुट हुन आग्रह गर्दै जानु पर्ने र यस बिषयमा प्रधानमन्त्री सकारात्मक रहेको बताए ।

यस्तै क्यालिर्फोनिया क्षेत्रमा पनि महाबाणिज्यदूतावास अत्यन्तै आवश्यक रहेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईको छ । जनसम्पर्क समिति नर्दन क्यालिर्फोनिया च्याप्टरका तर्फबाट ज्ञापन पत्र बुझाइएको छ । च्याप्टरका नारायण खनालले भने, सम्माननीय प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, उनले यो बिषयमा काम अगाडि बढाउने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको बताए ।

खनालले परराष्ट्रमन्त्री डाक्टर आरजु देउवा राणलाई समेत यस बिषयमा जानकारी गराइएको र परराष्ट्रमन्त्रीबाट दूतावास खोल्ने बिषयमा सकारात्मक प्रतिकृया पाएको बताए । उनका अनुसार परराष्ट्रमन्त्रीले दूतावास खोल्ने कुरा यथाशीघ्र प्रकृया अगाडि बढाउने जानकारी दिएकी छन् ।

]]>
21366
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल https://www.newspali.com/2024/09/21361/ Sun, 15 Sep 2024 14:24:45 +0000 https://www.newspali.com/?p=21361 जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर कार्यसमिति पवन पौडेलको अध्यक्षतामा गठन भएको छ। टाउन हल बैठकले ११ सदस्सीय न्यु ह्याम्पसायर कार्यसमिति गठन गरेको हो । नव गठित कार्यसमितिको उपाध्यक्षमा पविता परियार,महासचिव नवीन शर्मा, सचिव मिङग्मा शेर्पा, कोषाध्यक्ष कमल महर्जन, मिडिया संयोजक शरु सुनार तथा सदस्यहरू शंकर श्रेष्ठ, सुदिप पन्त, प्रदीप कार्की, राहुल खडका र इरिना विष्ट रहेका छन्।

टाउन हल बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष यादव पण्डितले संसारभरि रहेका नेपालीहरूलाई एकजुट गरी उनीहरूको सीप, अनुभव र श्रोत नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको बताए । उनले सबै नेपाली तथा नेपाली मूलका प्रजातान्त्रिक मूल्य तथा मान्यतामा विश्वास राख्ने व्यक्तिहरू यसमा जोडिन सक्ने बताए । वेब पेजमा आफ्नो विवरण भरेर संस्थाको सदस्य बने पछि संस्थाको स्वामित्व पनि हुन्छ र नेपालको विकास अभियानमा समेत सहभागी हुन् सकिने हुँदा सबैलाई सहभागी हुनको लागि उनले अनुरोध गरे ।

अध्यक्ष पवन पौडेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको पूर्व महिला संयोजक सुन्दरी गुरुङले गरेकी थिईन । नव गठित कार्य समितिलाई राजेन्द्र राउतले शुभकामना तथा बधाई दिएका थिए भने कार्यक्रममा फाउन्डेसनका केन्द्रिय प्रवक्ता लाल काफ्ले, फाउन्डेसनका संस्थापक विश्व बराल, प्रोफेसर रुद्र अर्याल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको पूर्व अध्यक्ष शिव राई, हार्वर्ड वैज्ञानिक दिनबन्धु भट्ट, नेपाली जनसम्पर्क समिति न्यु ह्याम्पसायरका अध्यक्ष राज थापा, रामराज पोखरेल, घनश्याम खड्का, समाजसेवी इश्वोरी भट्ट लगायतको उपस्थिति रहेको थियो।

]]>
21361
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे https://www.newspali.com/2024/09/21352/ Thu, 12 Sep 2024 02:06:23 +0000 https://www.newspali.com/?p=21352 बंशजका आधारमा प्राप्त नागरिकताको नेपाली निरन्तरताको पक्षमा अभियान संचालन भईरहेका बेला एनआरएनए अध्यक्ष अर्जुन बन्जाडे भने गैरआवासीय नेपाली नागरिकताकै वकालत गरिहेका छन् । अहिले बिभिन्न समुहले बंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको अभियानमा रहेका बेला एनआरएनए अध्यक्ष बन्जाडे भने बिपक्षमा उभिएका छन् ।

बिभिन्न समुहहरुले प्राप्त गैरआवासीय नागरिकता मात्र नभई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने मागमा राख्दै सामाजिक संजालमा नागरिकता खोई, नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर अभियान लगायतका कार्यक्रम संचालन गरिरहेका बेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका अध्यक्ष बन्जाडेले भने गैरआवासीय नागरिकताकै वकालत गरेका छन् ।

बिदेशमा रहेका नेपाली नागरिकहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपनि नेपाल जाँदा भिसा लगाउनुपर्ने, घर जग्गा खरिद गर्न नपाउने, बैक खाता खोल्दाका समस्या आउने लगायत अनेकन झमेला बेहोरिरहेको र बंशजका आधारमा प्राप्त भएको नेपाली नागरिकता दिईनुपर्ने माग राखिरहेका बेला उनले भने गैरआवासीय नागरिकताकै पक्षमा उभिएर सामाजिक संजाल फेसबुकमा स्टाट्स समेत लेखेका छन् ।

तर उनकै कार्यसमितिमा रहेका अधिकाशं पदाधिकारी, सदस्य तथा बिभिन्न समितिमा रहेकाहरुले भने नागरिकताको निरन्तरताका लागि पक्षमा उभिएर बहस गरिरहेका छन् । संस्थाका वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष लगायत अन्य समितिमा रहेकाहरुले भने हाल प्राप्त भएको गैरआवासीय नागरिकता केबल कागचको खोस्टो भएकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने पक्षमा उभिएका छन् ।

पछिल्लो समय नेपाली नागरिकताको निरन्तरताका लागि विश्वभरबाट हस्ताक्षर संकलन गर्ने, नेपालमा बिभिन्न दवाब मुलुक कार्यक्रम गर्ने अभियानहरु संचालन भईरहेका छन् । सम्वद्ध पक्षहरुले गैरआवासीय नेपाली संघ जस्तो गरिमामय पदमा बसेको व्यक्तिले प्रवासमा रहेका नेपालीहरुको मागको बेवास्ता गर्दै अभियव्यक्ति दिनु आफैमा लज्जास्पद भएको बताएका छन् ।

समाजमा हुने हरेक सामाजिक अभियानहरुमा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सकारात्मक भएर साथ दिनुपर्ने धारणा सार्वजनिक भईरहेका छन् । यसो त अध्यक्ष बन्जाडे बाहेक अन्य पदाधिकारी र सदस्यहरु नेपाली नागरिकताकै पक्षमा उभिएर सार्वजनिक धारणाहरु व्यक्त गरिरहेका छन् । जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्टले नेपाली नागरिकताको निरन्तरताका लागि भएका अभियानहरु सफल हुनुपर्ने धारणा राखेका छन् । उनले सार्वजनिक भएका कार्यक्रमहरुमा सहभागि भएर आफ्ना धारणा राखिरहेका छन्, बिष्टले भने, सामाजिक रुपमा संचालन भईरहेका बिभिन्न अभियानलाई आफुले सकारात्मक ढंगमा हेरेको छु ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका अध्यक्ष तथा नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर अभियानका अभियान्ता संजय थापाले आफुहरुले विश्वभरबाट हस्ताक्षर संकनल गरिरहेको र सांकेतिक रुपमा प्राप्त हुने हस्ताक्षर नेपालका प्रधानमन्त्री लगायत बिभिन्न राजनीतिक दलका प्रमुखहरुलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसंघमा सहभागि हुन आउँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षर संकलन सहितको खाका बुझाउने र नेपाली नागरिकताको निरन्तरताका लागि माग राख्ने जानकारी दिए ।

यस्तै नागरिकता खोई अभियानका अभियान्ता बासु घिमिरेले नेपाली नागरिकताको निरन्तरताका लागि आफुहरुले नेपालमा समेत सभा समारोहहरु गर्ने कार्यक्रम रहेको र नागरिकताको निरन्तरता नभए सम्म अभियान जारी राख्ने बताएका छन् ।

]]>
21352
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने https://www.newspali.com/2024/09/21349/ Sat, 07 Sep 2024 15:45:45 +0000 https://www.newspali.com/?p=21349 नेपाली नागरिकताको निरन्तरता अभियानको बैठकले संसारभरबाट हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । प्रवासमा रहेका राजनीतिक दल निकट र बिभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुहरुको संयुक्त बैठकले विश्वभरबाट नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।

अभियानको शनिवार सम्पन्न बैठकले विश्वभर रहेका बिभिन्न सामाजिक तथा राजनीतिक दल निकटका संघ सस्थालाईहलाई समेत सक्रिय सहभागि गराई हस्ताक्षर संकलन अभियान संचालन गर्ने जानकारी दिइएको छ । संसारभरबाट संकलन हुने हस्ताक्षर प्रधानमन्त्री लगायत नेपालका बिभिन्न राजनीतिक दलका नेताहरुलाई बुझाउने कार्यक्रम छ ।

बिभिन्न कारणले देश बाहिर रहेका र अन्य मुलुकको नागरिकता लिएकाहरुलाई बंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको निरन्तरताका लागि अभियान शुरु गर्न लागिएको जनाइएको छ । अभियानका अभियान्ता संजय थापाले नेपाली नागरिकताको निरन्तरताका लागि साझा अभियान शुरु गरिएको भन्दै सबैलाई जोडिन आग्रह गरेका छन् । थापाले यो अभियान प्रवासमा रहेका नेपालीहरु र नेपालको समृद्धिको साझा अभियान भएकाले सबैको साथ सहयोगका लागि आग्रह समेत गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका महासचिव गौरीराज जोशीले यो साझा अभियान भएकाले एनआरएनए लगायत सबै संघ सस्थाको सक्रिय सहभागिता रहने जनाउँदै, आआफ्नो तर्फबाट नागरिकताको निरन्तरताका लागि अभियानमा जोडिन आग्रह गरेका छन् । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले एक पटकको नेपाली सँधैको नेपाली भएकाले यो अभियानलाई सफल बनाउन विश्वभर रहेका जनसम्पर्क समितिहरु सक्रिय रहने प्रतिवद्धता जनाएका छन् । उनले आफुले नेपाली कांग्रेसका सभापति लगायत सम्वद्ध सबैलाई यस बारेमा कुरा राख्ने जनाएका छन् ।

एनआरएनए आइसीसीका पूर्व सल्लाहकार तथा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले हाल प्राप्त भएको गैरआवासीय नागरिकताका कानुनी जटिलता फुकाउँदै नागरिकताको निरन्तरताका लागि यो अभियान सार्थक हुने प्रतिकृया दिएका छन् । यस्तै जनप्रगतीशिल मञ्च यूरोप अमेरिका सहसंयोजक नारायण कँडेलले जनप्रगतीशिल मञ्च यो अभियानमा सक्रिय भएर लाग्ने जानकारी दिए ।

यस्तै कानुन व्यवसायी तथा गैरआवासीय नागरिकता बिज्ञ खगेन्द्र जिसीले हाल प्राप्त भएको नागरिकताको कानुनी समस्या समाधानका लागि पनि सबै जना लाग्नुपर्ने जानकारी दिए । उनका अनुसार हाल प्राप्त भएको नागरिकतामा रहेका कानुनी समस्या समाधानका लागि नेपाल सरकारले मन्त्री परिषद बैठकले जटिलता फुकाउनु पर्ने बताए । बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सचिवालय सदस्य प्रभु थापा, राप्रपाको प्रवास कमिटि पानसका अध्यक्ष प्रेम श्रेष्ठ, पत्रकार अनिल अधिकारी लगायतले बोलेका थिए ।

]]>
21349