घुमन्ते – Page newspali.com|category|traveler|feed| – Newspali https://www.newspali.com Newspali.com Tue, 27 Feb 2024 03:19:09 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.7 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 घुमन्ते – Page newspali.com|category|traveler|feed| – Newspali https://www.newspali.com 32 32 222214484 पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र https://www.newspali.com/2024/02/20809/ Tue, 27 Feb 2024 03:19:09 +0000 https://www.newspali.com/?p=20809 धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् ।

जिल्लाको छथर जोरपाटी,सहिदभूमि,साँगुरीगढी, चौबिसे गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एशोसिएसन भेडेटारको तथ्याङ्कानुसार भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् ।

तर पूर्वकै पर्यटकीय नगरी भेडेटार र झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा पर्यटकको आगमन ज्यादै न्यून छ । स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटक विहीन बनेको धनकुटा नगरपालिका वडा नं १० मूलघाटका होटल व्यवसायी मोहन बान्तावाको भनाइ छ ।

पचास लाखको लागतमा गएको एक दशकअघिबाट तमोर नदी क्षेत्रमा आउने पर्यटकलाई लक्षित रिसोर्ट सञ्चालन गर्दै आएका उनले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको जानकारी दिए । साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राई पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको बताए ।

अहिले भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन रहेको छ । यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने चौबिसेका अध्यक्ष राजकुमार लिम्बूको भनाइ छ ।

तमोर क्षेत्रलक्षित पालिकाको कुनै ठोस योजना नभए पनि तमोर करिडोर भएर आउने पर्यटकलाई लक्षित गरेर सो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पालिकाले लगानी गरिरहेको उनले जानकारी दिए । तमोर नदी क्षेत्रमा पर्यटक आएर घुम्ने उचित सडक सञ्जाल नहुँदा पनि पर्यटकको आवागमनमा कमी आएको सहिदभूमिका अध्यक्ष मनोज राईले जानकारी दिएका छन । पर्यटक आइहाले पनि नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि यहाँ हुनुपर्ने आन्तरिक व्यवस्थापन गर्न नसक्दा तमोर नदी क्षेत्रमा पर्यटक भित्र्याउन नसकिएको उनले बताए। रासस

]]>
20809
पातीहाल्नेमा हिउँ खेल्नेको भीड https://www.newspali.com/2024/02/20596/ Sun, 04 Feb 2024 20:07:13 +0000 https://www.newspali.com/?p=20596 २१ माघः बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो ।

बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन् । भारी हिमपातका कारण तीनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन । हिउँ खेल्न पातीहाल्ने हिँडेका सबै पर्यटक अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न सकेका छैन ।

निसीखोला गाउँपालिकाले शुक्रबार र शनिबार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि केही पर्यटक पातीहाल्ने पुग्न पाए । पर्यटकहरु पातीहाल्नेसँगै तिलाचन र रिगतालसम्म पुगेका छन् । पातीहाल्नेबाट करिब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटको पैदल यात्रामा रिगताल पुग्न सकिने निसीखोला–६ का स्थानीय वीरबहादुर विकको भनाइ छ । शुक्रबारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटकहरु पातीहाल्नेतर्फ लागेको विकले जानकारी दिएका छन ।

“पोहोर परारतिर यतिको मान्छे आउँदैनथे, अहिले त टाढा–टाढाबाट गाडी लिएर आएका छन्”, उनले भने, “ विहानदेखि पातीहाल्नेमा हिउँ खेल्नेको भिड छ ।” गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आएका अभय घिमिरेले पहिलो पटक यही आएर हिउँ देखेको बताए । “बुटवलबाट घर आएको बेलामा साथीहरुसँग पातीहाल्नेमा आउने मौका जुर्यो”, उनले भने, “हामी आउँदा सडक सजिलो भएकाले समस्या भने भएन ।”

घिमिरेले पहिलो पटक हिउँमा खेल्न पाउँदा निकै रमाइलो लागको अनुभव सुनाए । “बागलुङ र रुकुमको सिमानामा धेरै मान्छेहरु घुम्न जान्छन् भन्ने सुनेको थिए तर यसपाली यहाँ आउने सपना पूरा भयो, त्यसमाथि हिउँसँग रमाउँदा निकै मज्जा लाग्यो”, उनले भने ।

बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ । पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करिब ४० मिनेट लाग्छ । हिमपातपछि पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आएका महेश बुढाथोकीले बताए । आफू यसभन्दा पहिले पनि पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको स्मरण गर्दै उनले हिमपातले यहाँको सुन्दरता बढाएको बताए ।

]]>
20596
माछा खान माझीकुना https://www.newspali.com/2024/02/20565/ Wed, 31 Jan 2024 19:05:06 +0000 https://www.newspali.com/?p=20565 बेगनास आफैमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । पन्ध्र वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ ।

बस्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारीको भनाई छ ।

“माझीकुनाले बढी चर्चा पाएको यस्तै पाँच÷छ वर्षजति भयो”, ५२ वर्षीय जलारीले भने, “मुख्य रुपमा यहाँको पोलेको माछा ग्राहक र पर्यटकमाझ प्रख्यात छ ।” युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका माध्यमबाट पनि माझीकुनाको व्यापक प्रचार भएको उनले जानकारी दिए ।

माझीकुनाको पोलेको माछा र अरु परिकारबारे नेपाली खाना प्रवर्द्धन गर्ने टिकटिक प्रयोगकर्ताले बनाएका भिडिओ सामग्री अहिले पनि सामाजिक सञ्जालतिर भेटिन्छन् । विशेषगरी आन्तरिक पर्यटक त्यसमा पनि युवा पुस्तामाझ माझीकुना माछाका परिकारको स्वादसँगै घुमफिर गर्ने गन्तव्यका रूपमा लोकप्रिय बनेको हो ।

“यहाँ धेरै आउने भनेको आन्तरिक पर्यटक नै हो, पर्यटकीय याममा विदेशी पाहुना पनि आइरहनुहुन्छ”, दी फिसरम्यान रेष्टुराँका सञ्चालक जलारीले भने, “चाडबाड, नयाँ वर्ष र बिदाका समयमा त पर्यटकको भीड नै लाग्छ, रेष्टुराँमा भ्याइनभ्याइ हुन्छ ।” जलारीले विसं २०७२ को गोरखा भूकम्पपछि रेष्टुराँ व्यवसाय थालेका थिए ।

उनको रेष्टुराँमा पनि पोलेको माछा नै मुख्य परिकार हो । तिलापिया जातको माछालाई आगोमा पोलेर स्थानीय स्वादमा पाहुनालाई चखाउने गरेको जलारीले सुनाए । “मरमसला, च्याउ, धनिया, लसुन आदि राखेर मेरिनेट गरिएको माछालाई आगोमा सेकेपछि परिकार तयार हुन्छ”, उनले भने, “पाहुनाले पोलेको माछा नै बढी रुचाउनुहुन्छ ।”

पोलेको माछालाई स्वादिष्ट बनाउन घरेलु छोप र ससको प्रयोग गर्ने गरिएको जलारीले बताए । तिलापियाबाहेक अरु जातको माछा भने पोल्न नमिल्ने उनको भनाइ छ । “बगेनास, रुपालगायत तालमा पाइने कमन, ग्राफ, राहु आदि जातका माछाको झोल, करी, फ्राइड, साँधेर पाहुनालाई खुवाउने गर्छौँ, माग भएमा कुखुराका परिकार पनि उपलब्ध गराउँछौँ”, जलारीले भने ।

तीस वर्षसम्म बेगनास तालमै माछा मारेर परिवार चलाएका उनि माझीकुनाको सफल रेष्टुराँ व्यवसायीका रूपमा चिनिएका छन । माझीकुनामा २५ भन्दा बढी रेष्टुराँ तथा होटल खुलेका छन् । तिनमा करोडौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । जलारीको रेष्टुराँमा काम गर्ने पाँच जना छन् ।

बेगनासमा रहेको जलारी समुदायले माछाबाटै आर्थिक उपार्जन गर्ने गरेको उनले बताए । “मत्स्य अनुसन्धान केन्द्रबाट अनुमतिपत्र लिएर मात्र माछा मार्न पाइन्छ, वार्षिकरूपमा शुल्क तिर्नुपर्छ”, उनले भने, “मैले पनि पहिला माछा मारेर बेच्ने काम गर्थे, अहिले रेष्टुराँ व्यवसातिर लागेँ, यसमै सन्तुष्ट छु ।”

कोभिड–१९ महामारीले सुस्ताएको व्यापारले पछिल्लो समय गति लिएपछि माझीकुनाका व्यवसायी खुसी छन् । मुलुकले झेलिरहेको आर्थिक मन्दीको प्रभाव छिटो अन्त्य भए व्यवसायले अझ फड्को लिनेमा उनीहरु आशावादी छन् ।माझीकुना नजिकैको सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले माझीकुना बेगनास क्षेत्रको आकर्षक गन्तव्यस्थलका रुपमा विकास भएको बताए । पहिले खासै चर्चामा नआएको सो क्षेत्र अहिले आगन्तुकको रोजाइमा पर्ने गरेको उनले सुनाए ।

विशेषगरी सप्ताहन्तमा परिवारजन, जोडी र साथी मिलेर माझीकुना आउने बढी हुने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । तालतिर टहल्दै माछाको स्वाद लिन पाहुना पर्यटक माझीकुनामा लोभिने गरेका हुन् । कास्कीको पोखरा महानगरपालिका–३१ मा अवस्थित बेगनास ताल पोखराको पृथ्वीचोकदेखि १४ किमी र लेखनाथको तालचोकबाट साढे तीन किमी यात्रामा पुगिन्छ ।

सात तालको वाटिका भनेरसमेत चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । सहरको कोलाहल र व्यस्तता छलेर छिनमै पुग्न सकिने मनोरम गन्तव्य बेगनास क्षेत्र हो । बेगनास पुग्दा डुङ्गा सयर, पदयात्रालगायत पर्यटकीय गतिविधिले पनि आगन्तुकलाई आकर्षित गर्ने गर्छ । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले पर्यटकको आउजाउमा केही कठिनाइ उत्पन्न भइरहको पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए ।

प्रकृतिले सिँगारेको बेगनास पर्यटन पूर्वाधार र प्रवर्द्धनका दृष्टिले भने अझै पनि पछाडि परेको उनको भनाइ छ । वडाध्यक्ष कँडेलले पोखराको पर्यटन भनेपछि फेवाताललाई केन्द्रित गर्ने मानसिकताबाट सबै उम्कनुपर्ने धारणा राखे । “सरकार र पर्यटनका संस्थाको नजर पोखराका अरु तालमा पनि जानुपर्यो, पूर्वाधारमा लगानी बढाउनुपर्यो”, उनले भने, “प्रदेश सरकार र पोखरा महानगरले नै यसमा प्राथमिकतामा दिनुपर्छ ।”

प्रकृतिको वैभव, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनासलाई चिनारी दिएको वडाध्यक्ष कँडेलले बताए । “प्रकृतिको अनुपम देन बेगनास ताल नै यहाँको मुख्य आकर्षण हो”, उनले भने, “धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ, ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् ।” रासस

]]>
20565
हराउँदैछन् मनाङका ताल https://www.newspali.com/2024/01/20469/ Thu, 18 Jan 2024 02:57:20 +0000 https://www.newspali.com/?p=20469 मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन । पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल सीमित भएको छ ।

माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बगेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झँदै छन । उनि भन्छन, “अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले यहाँ पर्यटक तान्न सकिएला भन्ने लागेको थियो । अहिले यो ताल पनि मैदानझैँ बनिसकेको छ ।” उनका अनुसार अरू पनि यहाँका सानातिना तालहरु सुक्दै वा हराउँदै गएका छन् ।

घले भन्छन, “स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गङ्गापूर्ण तालको तस्बिर प्रचारमा ल्याएपछि यो ताललाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ ।” झन्डै नौ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।

अनुसन्धान समूहका एक अनुसन्धानकर्ता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ । यस्तो त्रासकै बीच मनाङ ङिस्याङ गाउँपालिका भने गङ्गापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ । “अहिले अस्तित्व नै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले तीन करोड पाँच लाख बजेट छुट्याएको छ”, गङ्गापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङ भन्छन, “टेन्डर पनि भइसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु गर्ने तयारीमा छौँ ।”

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो (४९१९ मिटर) भन्दा झन्डै दुई सय मिटर अग्लो स्थानमा रहेको भनेर प्रचारमा आए पनि काजिनसारा तालको स्वतन्त्र पुष्टि भएको छैन । मनाङ ङिस्याङ–६ का वडाध्यक्ष सोनाम गुरुङका अनुसार, गङ्गापूर्ण संरक्षणमा तीन दशमलव पाँच मिटर उचाइ र एक सय ९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१ दशमलव आठ हेक्टर क्षेत्रफलमा गंगापूर्णलाई सुरक्षित राखिने योजना छ ।

भिजिट–मनाङ अभियानका अगुवा फुर्वा लामा गङ्गापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गङ्गापूर्णजस्ता हिमतालको संरक्षण सबैभन्दा प्राथमिकतामा रहनुपर्ने बताउँछन । फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा सिङ्गर लेक काजिनसारा ताल फेला परेको थियो ।

उनि भन्छन, “अर्को वर्ष आउँदा गङ्गापूर्ण ताल पहिलेको जस्तै देख्न पाउनुहुनेछ ।” प्राकृतिक ताल संरक्षण गर्न आवश्यक रहेको स्थानीय तथा अनुसन्धानकर्ताहरुको सुझाव छ । मनाङ्मा रहेका पुराना हिमताल तथा ग्लेसियरहरु पनि पछिल्लो समय मेटिँदै गएका छन् । कतिपय ताल मैदानमा परिणत भएका छन् । जलवायु विज्ञहरुले मनाङमा अनुसन्धान गरेर तालहरु घट्दै गएका देखिएको सुझाव दिने गरेका छन् । ती सुझावहरुलाई कार्यान्वयनमा ल्याउन तीनै तहका सरकार एक भएर लाग्नुपर्ने आवश्यक छ । रासस

]]>
20469
साढे तीन हजार पर्यटकले उपल्लो मुुस्ताङ घुमे https://www.newspali.com/2024/01/20466/ Thu, 18 Jan 2024 02:46:48 +0000 https://www.newspali.com/?p=20466 अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यसबाट सरकारलाई २२ करोड ९९ लाख ४४ हजार आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

एक्याप जोमसोम शाखाका प्रमुख प्रमोदराज रेग्मीले सन् २०२३ मा तीन हजार चार सय ८७ पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेको जानकारी दिएका छन । “सन् २०२१ मा ६ सय दुई र २०२२ मा तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका थिए,” उनले भने, “सडक यातायातको सहजता, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यक्रमले उपल्लो मुुस्ताङमा पर्यटकको आगमन बढेको हो ।”

गत जनवरीमा सात विदेशी पर्यटकले भ्रमण गरेको उपल्लो मुस्ताङमा फेबु्रअरीमा २३, मार्चमा एक सय ६२, अप्रिलमा चार सय २५, मेमा सात सय १२, जुनमा एक सय ४९, जुलाईमा एक सय आठ, अगस्टमा दुई सय ७८, सेप्टेम्बरमा चार सय सात, अक्टोबरमा आठ सय ३०, नोभेम्बरमा दुई सय ८० र डिसेम्बरमा २३ विदेशी पर्यटक पुगेका थिए ।

मुस्ताङको कागबेनीदेखि उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई अध्यागमन विभागले प्रवेश शुल्कबापत पाँच सय अमेरिकी डलर तोकेको छ । शुल्क तिरेर उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले दश दिनको प्रवेश अनुमति पाउँछन् । दश दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई राजश्व बुझाउनुपर्ने हुन्छ । उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका–२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन् ।

सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल हुने किसिमको शुल्क निर्धारण र प्रक्रिया बनाउन आवश्यक रहेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले जानकारी दिए । गत भदौ र कात्तिकमा मुस्ताङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट मुक्त गराउन माग गरेका थिए ।

कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भौगोलिक बनावट र माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् ।

]]>
20466
चिचर र घोगी घरबासका पहिचान https://www.newspali.com/2024/01/20410/ Mon, 15 Jan 2024 02:36:06 +0000 https://www.newspali.com/?p=20410 नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ ।

नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबास लगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ । “हाम्रो घरबासमा आउने पाहुना आफैँले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो चिचर पकाउने गरेका छौँ”, अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भने, “थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेका छन् ।”

चिचरसँगै नुमैचा (भुटेर तयार पारिएको नुन खुर्सानीको धुलो) समेत घरबासमा आउने पाहुनाको रोजाइमा पर्ने गरेको महतोको भनाई छ । घरबासमा पर्यटकलाई बिहानको खाजामा सधैँजसो चिचर, नुमैचा र माछा पस्किने गरिएको छ ।

“अमलटारी घरबास भन्ने बित्तिकै पाहुना चिचर, घोगी र माछा सम्झिन्छन्”, अमलटारी घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनिया थारुले भने । थारू समुदायको प्रचलित परिकार घरबासको समेत पहिचान बनेको उनले बताए । नेपाल घरबास एसोसिएसनका केन्द्रीय अध्यक्षसमेत रहेका मर्दनिया थारूका अनुसार स्थानीय परिकारको संरक्षण र बजारीकरणमा घरबासले सहयोग पुराएको छ । साथै ती घरबासलाई स्थानीय परिकारले समेत चिनाउन भूमिका निर्वाह गरेको छ ।

“घरबासले स्थानीय रहनसहन र खानपानलाई बजारीकरण त गर्यो नै, बजारीकरण कै क्रममा नवलपुरका घरबासको पहिचान चिचर, घोगी र माछा बन्यो”, मर्दनियाले भने, “घरबासलाई थारू परिकारले समेत चिनाएको छ ।” चिलाहा रतवल घरबासका अध्यक्ष नन्दप्रसाद महतोका अनुसार घरबासमा आउने सबैजसो पर्यटकले स्वादका लागि समेत नयाँ परिकार मानेर चिचर खाने गरेका छन् । थारू समुदायले सञ्चालन गरेका घरबासमा मात्रै प्रायः चिचर, नुमैचा, घोगीजस्ता परिकार पाइने हुँदा अन्यत्रबाट आउने पाहुनाका लागि फरक स्वाद हुने उनले भने ।

“थारू समुदायले मात्रै विशेषरुपमा पकाउने परिकार भएकाले अन्यत्र सजिलै पाइँदैन, धेरैका लागि नयाँ परिकार हुन्छ, हामीले त्यही नयाँ स्वाद पाहुनालाई पस्किन्छौँ”, अध्यक्ष महतोले भने । घरबासमा चिचर, घोगी, माछासँगै सोझुवा रोटी, गुन्द्रुकको चटनी, स्थानीय हाँस, कुखुराको मासुलगायतका परिकार तयार पार्ने गरिएको उनले बताए । अमलटारी घरबासमा मकवानपुरबाट आउनुभएका चिरञ्जीवी अर्यालले चिचर नौलो परिकार लागेको बताए । हेर्दा भातजस्तै भए पनि विशेषरुपले पकाएकाले फरक लागेको उनले बताए । “चिचरसँगै माछा र घोगी मिसाएर खाँदा फरक स्वाद लाग्यो”, अर्यालले भने ।

थारू समुदायले पहिला तागत दिने खानाका रुपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताए । अनदीको चामलको तयार पारिने हुँदा पोषिलो हुने र यसले शरीरमा तागत दिने, जिउ दुखेको सञ्चो गराउने भएकाले चिचर खाने गरिएको उनले बताए । “पहिले पहिले बढी श्रममूलक काम गर्नुपर्ने हुँदा आडिलो भोजनको रुपमा साथै जिउ दुखेको सञ्चो हुन्छ भनेर अनदिको चामल उसिनेर खाने गरिन्थ्यो”, अध्यक्ष महतोले भने ।

शरीरमा उर्जा बढाउने हुँदासमेत जाडो मौसममा चिचर खाने चलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको छ । मुख्य गरी माघी पर्वमा अघिल्लो दिन पकाउने र माघ १ गते यो परिकार खाने गरिएको छ । यसलाई पुसको अन्तिम दिन पकाउने तथा केराको पातमा डल्लो पारेर परालले बाँधेर धानको भुसको मन्द आगोमा राख्ने गरिन्छ । अनी माघीको दिन चिचर निकालेर खाने गरिन्छ । रासस

]]>
20410
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक https://www.newspali.com/2024/01/20344/ Tue, 02 Jan 2024 23:50:15 +0000 https://www.newspali.com/?p=20344 पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।

“अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ”, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले भने, “पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन्, अन्य देशका पर्यटक भने घटेको पाइएको छ ।” सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकामा गत वर्ष ९७ हजार पाँच सय ५४ जना उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

अन्य देशका पर्यटक भने पहिलेको तुलनामा घटेको ‘एक्याप’को तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा ‘सार्क’ क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकामा गत वर्ष जम्मा ९४ हजार चार जनाले सो क्षेत्र घुमेको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए ।

उनका अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सो अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्याङ्क छ ।

कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्तयसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानैलय समातेको हो । महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

आयोजना प्रमुख डा कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको बताए । “सडक मार्ग विस्तारले अन्नपूर्ण क्षेत्रमा पदमार्गको अस्तित्व सङ्कटमा परेको छ, जसले गर्दा पदयात्रामा आकर्षण घट्दै गएको पाइएको छ, विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक छ, पर्यटन सम्बद्ध सबैको यसतर्फ ध्यान जानु जरुरी छ ।”

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । “आन्तरिक पर्यटकको सङ्ख्या त एकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य रहेको हुन्छ”, प्रमुख डा कडरियाले भने, “असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा पर्यटकको चाप बढी हुन्छ ।” सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।

तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दस गन्तव्य सूचीमा राखेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्व थप चुलिएको थियो ।

त्यस बखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताए । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।

“कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ”, उनले भने, “आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।” रासस

]]>
20344
घुम्दै, घुमाउँदै…… https://www.newspali.com/2023/12/20286/ Wed, 27 Dec 2023 12:08:11 +0000 https://www.newspali.com/?p=20286
  • रामबहादुर थापा/रासस
  • मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुगेका थिए । पदयात्रामा उनि एक्लै भने थिएनन् । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे ।

    गलैँचा ओछ्याएर तीनैजना टुक्रुक–टुक्रुक बसे । सुरुमा भेरोनिकाले गुरुङको निधारमा सप्तरङ्गी टीकासहित ढाकाटोपी र सयपत्री माला पहिराइदिए । गुरुङपछि भेरोनिकाले उसैगरी रिकार्डोलाई पनि टीका, माला र टोपी लगाइदिए । गुरुङ र रिकार्डोले भेरोनिकालाई मिठाइ र फलफूल दिए । यसरी पदयात्राका क्रममा बाटैमा उनीहरूले रमाइलोसँग तिहार मनाए ।

    “हिँड्दाहिँड्दै भाइटीकाका दिन जहाँ पुगिन्छ त्यही तिहार मनाउने भनेर टीका र सामग्री म आफैँले बोकेर गएको थिएँ”, गुरुङले सुनाए, “रिकार्डो र भेरोनिका स्कुले साथी हुन्, धेरैपछि नेपाल आउँदा दुई जनाबीच भेट भएको थियो, उनीहरूसँगै पदयात्रा गर्दा र भाइटीका लगाउन पाउँदा एकदमै रमाइलो अनुभूति भएको थियो ।”

    देशभर तिहारको उल्लास छाइरहँदा गुरुङ भने रिकार्डो र भेरोनिकालाई लिएर गणेश हिमालको आधारशिविरतर्फ जाँदै थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेका गुरुङलाई चाडबाडमा घरपरिवार र आफन्तसँग नहुनु नौलो कुरा भने थिएन । गुरुङले यसपालिको दसैँ पनि पदयात्राकै क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा बेलायती पर्यटकसँग मनाएका थिए ।

    गत वर्षको दसैँ–तिहारमा त उनि झनै टाढा कर्णाली क्षेत्रको पदयात्रामा निस्कएका थिए । “पदयात्राको मुख्य याम पर्ने भएकाले दसैँ–तिहारका बेला प्रायः घमफिरमै रमाइरहेको हुन्छ”, गुरुङले भने, “कहिले एक्लै घुम्छु, कहिले पदयात्री पर्यटकलाई लिएर हिँडिरहेको हुन्छु ।” पथप्रदर्शक भएपछि चाडपर्व नै बिर्सेर यात्रामा जानुपर्ने उनको भनाई छ ।

    आर्थिक उपार्जनमा जोडिन पथप्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाए । सोख र देश बुझ्ने भोकले एक्लै घुम्न निस्कने गुरुङ पर्यटक पथप्रदर्शकको काम भने परिवारको जीविकाका लागि गर्ने गरेको बताउँछन । “घुम्ने र घुमाउने नै मेरो मुख्य पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न अझ धरै बाँकी छ”, उनले भने, “प्रचारमा नआएका गन्तव्यस्थल घुम्ने र तिनको प्रवर्द्धनमा सक्दो सहयोग पुर्याउने प्रयास गर्नेछु ।” सन् २०१८ मा पदयात्रासम्बन्धी तालिम लिएपछि सन् २०१९ देखि उनिले पर्यटक पथप्रदर्शकको काम गर्न थालेका हुन ।

    “पहिलोपटक पोल्याण्डको एक जोडीलाई अन्नपूर्ण आधार शिविर पुर्याएको थिएँ, त्यसयता पर्यटक पथप्रदर्शकको काममा निरन्तर छु, कहिले कम्पनीमार्फत त कहिले व्यक्तिगत सम्पर्कका आधारमा पर्यटकलाई विभिन्न गन्तव्यमा घुमाउन लैजाने गरेको छु”, गुरुङले भने, “वन विज्ञानमा स्नातक पढ्दापढ्दै पर्यटन क्षेत्रतिर लागेँ, अहिले यसैमा सन्तुष्टी र आनन्द लिइरहेको छु ।”

    गुरुङले नयाँ–नयाँ ठाउँमा पुग्दाका रोचकयात्रा विवरण र श्रव्यदृश्य सामग्रीलाई युट्युबलगायत माध्यमबाट सम्प्रेषण गर्दै आएका छन । उनले पर्यटकीय गन्तव्यस्थलबारे अखबारमा पनि लेखिरहन्छन । घुमफिर भनेपछि उनि सबैथोक बिर्सन्छन । उनान्तीस वर्षीय गुरुङ बेफिक्री घुम्न रुचाउछन । जतिसुकै कठिन र लामो यात्रामा पनि एक्लै निस्कन्छन । लाग्छ गुरुङ एक घुमन्तेको परिचय लिएर बाँचिरहेका छन । “नयाँनयाँ गन्तव्य, भूगोल, संस्कृति, रहनसहन आदि देख्न र बुझन् पाइने भएकाले म घुम्न अधिक रुचाउँछु”, उनले भने, “पैदल र साइकलमा गरी विगत आठ वर्षदेखि देश घुमिरहेको छु ।”

    विसं २०७२ को गोरखा भूकम्पपछि देश घुम्ने भोक जागेको उनि बताउछन । त्यो बेला गुरुङ पोखराको वन विज्ञान अध्ययन संस्थानमा स्नातक तहमा अध्ययनरत थिए । “क्याम्पसका साथी मिलेर भूकम्प प्रभावितका लागि राहत लिएर गोरखा पुगेका थियौँ”, उनले विगत कोट्याउँदै भने, “पहिलोपटक गोरखा टेक्दा देशभित्रै घुम्नुपर्ने ठाउँ धेरै रहेछन्, पोखराबाहिर पनि यति सुन्दर ठाउँमा रहेछ भन्ने लाग्यो ।”

    त्यसपछि उहाँमा घुमफिर गर्ने सोच झाँगिदै गयो । विसं २०७२ को भूकम्पलगत्तै देशले भारतीय नाकाबन्दी सामना गरिरहेको थियो । इन्धन अभावले गाडी कमै गुड्थे । गुरुङलाई दैनिक क्याम्पस आउजाउको सकस थियो । समयमा सवारी नपाउँदा क्याम्पस पुग्नै ढिलो हुन्थ्यो । दस हजार जोरजाम पारेर ‘सेकेण्डहेण्ड’ साइकल किन्नुभयो ।

    लामाचौरबाट क्याम्पससम्म साइकलमै ओहोरदोहोर गर्न थाले। “विस्तारै साइकिलिङमा मेरो मोह बस्यो, क्याम्पस मात्र नभएर टाढा–टाढासम्म साइकलमै घुम्न निस्किएँ”, गुरुङले भने, “साइकिलिङ र पदयात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ, खास यात्रा भनेको यही हो भन्ने लाग्छ ।” पोखरा आसपास साइकलमा कुँद्दाकुँद्दै गुरुङले साइकल संस्कृतिबारे सिके । देशभरका साइकलप्रेमीको सञ्जालमा जोडिए । ‘टुर दि पोखरा’का अवसरमा उनले विश्व साइकलयात्री पुष्कर शाहलगायतसँग भेट् भयो । “चर्चित साइकल राइडरलाई देखेपछि साइकलबाटै पनि देशविदेश घुम्न सकिनेरहेछ भन्ने लाग्यो”, गुरुङले सुनाए, “२०७४ को मङ्सिरतिर ६० हजार खर्चेर राम्रो खाले साइकल किनेँ र घुम्न थालेँ ।”

    यात्राका लागि चाहिने पैसादेखि सबै बन्दोबस्ती उनि आफ्नै खर्चमा जोहो गर्छन । “म कसैको स्पोन्सर्ड यात्रामा गर्दिन, म आफ्नै खर्चमा घुम्छु, साइकल पनि ट्युसन पढाएर बसेको पैसाले किनेको हुँ”, उनले भने, “एकल यात्रामा स्वतन्त्रता हुन्छ, अरुसँग बाँधिएर हिँड्नु पर्दैन, फेरि पदयात्रा भनेको हतारिएर गर्ने कुरा पनि होइन ।”

    पहिलोपटकको उनको टाढाको साइकलयात्रा भनेको पोखराबाट पर्यटकीय गाउँ सिक्लेससम्मको थियो । दुई दिन लगाएर उनि सिक्लेस पुगेका थिए । पछि उनि एकजना साथी लिएर साइकलमै गोरखाको बारपाक पनि पुगे । ‘टुर दि लुम्बिनी’, ‘टुर दि सिन्धुलीगढी’लगायत साइकलयात्रामा सहभागी बनेको गुरुङले सुनाए ।

    “टुर दि लुम्बिनीका क्रममा काठमाडौँबाट चार दिन लगाएर लुम्बिनी पुगेका थियौँ, सन् २०१७ र २०१८ को टुर दि लुम्बिनीमा मैले भाग लिएँ”, उनले भने, “सन् २०१८ मै पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गरेँ, दसैँअघि गएर छठपछि बल्ल घर फर्केको थिएँ ।” गुरुङले सोलुखुम्बुबाहेक कोशी प्रदेशका १२ र तराईका सबै जिल्ला साइकलमा घुमेर महेन्द्रनगरमा यात्रालाई बिट मारेका थिए । त्यो उनको हालसम्मको सबैभन्दा लामो साइकलयात्रा हो । हिमाल, पहाड, तराईबीचको एकता, भाइचारा र पर्यटन प्रवर्द्धनको सन्देश लिएर उक्त साइकलयात्रा गरेको गुरुङ बताउँछन ।

    बन्दीपुर, भुजुुङ, घलेगाउँ, ढोरपाटनसहित गण्डकी प्रदेशका कैयन पर्यटकीय गन्तव्यस्थलको भ्रमणमा पनि उनि साइकलबाटै पुगेका छन । “साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो”, गुरुङ थप्छन, “म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।” गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए । मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उनले पदयात्रामा कटाएका थिए । मुस्ताङबाट डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उनको स्मृतिमा अहिले पनि ताजै छ ।

    “हिमपातका कारण मुस्ताङ र डोल्पाको बीचमा पर्ने याकखर्कमा सम्पर्कविहीन भएर बस्नुपर्यो, पाँच दिनसम्म धर्मशालामा टेण्ट हालेर रात बिताएँ”, गुरुङले भने, “प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।”

    आफूलाई चाहिने सबै बन्दोबस्तीसहित उनि पदयात्रामा निस्कन्छन । टेण्ट, लुगाफाटा, खानेकुरा, भाँडाकुँडा, पकाउने ग्यास, औषधिलगायत सामग्री साथमै बोक्छन । हिँड्दै जाँदा जहाँ रात पर्यो त्यही रात बिताउँछन । भरसक होटलमा नबसी गाउँलेकहाँ बस्छन । बस्ती नै नभेटिए सुरक्षित ठाउँ खोजेर टेण्ट हालेर सुत्छन । गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन हिँडेका थिए । घोषणा भएको वर्षौँ बितिसक्दा पनि ओझेलमा परेको उक्त पदमार्गको अनुभव बटुल्न एकल यात्रा गरेको उनले सुनाए ।

    “मोओवादी जनुयुद्धकाताका छापामारले प्रयोग गर्ने मार्गलाई गुरिल्ला टे«लका रूपमा घोषणा गरिए पनि पूर्वाधार र प्रचारप्रसार अभावमा उक्त ट्रेल पछाडि परेको छ”, गुरुङले भने, “भौगोलिक विशिष्टता, प्राकृतिक सौन्दर्य, जनजातिको सघन बसोबास र तिनका संस्कृति, रहनसहन तथा स्थानीय उत्पादन गुरिल्ला ट्रेलका विशेषता हुन् ।”

    बागलुङको बुर्तिबाट सुरु भएको उनको ‘गुरिल्ला ट्रेल’को पदयात्रा ढोरपाटन, रुकुमपूर्वको पेल्मा, मैकोट, लुकुम हुँदै रोल्पाको थवाङ, जेलवाङलगायत ठाउँमा पुगेर सकिएको थियो । सडकको अतिक्रमणका कारण सङ्कटमा परेका पदमार्गको अवस्था देख्दा भने उनको मन पनि खिन्न हुन्छ । उनले वैकल्पिक पदमार्ग बनाउनुपर्ने धारणा राख्छन । “नेपालमा आउनेमध्ये धेरै पर्यटक हिमाल आरोहण र पदयात्राका लागि आउँछन्”, गुरुङले भने, “पदमार्ग जोगाउन सकिएन भने पर्यटन पनि खस्कँदै जान्छ, विश्वमै चर्चित पदमार्ग पनि नामेट भएर जाने अवस्था आउँछ ।”

    उनले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाउँछन् । “थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ”, गुरुङ भन्छन, “आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।” पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने उनले बताए ।

    “पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ”, उनले भने, “आराम लिँदै हिँड्नुपर्छ, तलदेखि एकैपटकमा हिमाल र उच्च पहाडतिर जाँदा स्वास्थ्यमा जटिलता आउन सक्छ ।”

    ]]>
    20286
    पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे https://www.newspali.com/2023/12/20111/ Fri, 15 Dec 2023 18:34:21 +0000 https://www.newspali.com/?p=20111 कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् ।

    पर्यटकीय राजधानी पोखराबाट नजिकै रहे पनि सहज सडक पूर्वाधार तथा पदमार्गको अभावमा पपर्यटक पुग्न सकेका छैनन् । समुद्री सतहबाट दुई हजार पाँच सय १७ मिटरको उचाइमा अवस्थित पञ्चासे डाँडामा पुग्नेहरू पञ्चासेमा रमाउने गरेका छन् । यहाँ मुख्यगरी बालाचतुर्दशीका दिन हजारौँ भक्तजनको भीड हुने गर्दछ । शतबीज छर्नका लागि नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । यहाँ आउनेहरूले सडकमार्ग छाडेपछि पञ्चासेको मुख्य मन्दिर र तालसम्म उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मन्त्रमुग्ध हुने गर्दछन् ।

    समुद्र सतहदेखि दुई हजार पाँच सय नौ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ एक सय १० मिटर र चौडाइ २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जङ्गलले घेरिएको छ । जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पञ्चकोशी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो ।

    तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने, जङ्गलको छेवैमा रहेको तालमा पातपतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय सुशीलादेवी गुरुङले बताए । पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर डाँडा र तराईका फाँट देखिन्छन् । पञ्चासेको ‘भ्यूटावर’बाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवातालमात्रै होइन, दक्षिण–पश्चिमतर्फ नजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधीखोलालगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौँ मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक रोमाञ्चित हुने गरेको पाइन्छ ।

    गुरुङ समुदायको बसोबास रहेको पञ्चासे ग्रामीण पदयात्राका हिसाबले गण्डकी प्रदेशकै सीमित ठाउँमध्ये पर्दछ । पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा तथा त्यसपछि तीन–चार घण्टा पैदल हिँडेर आउन पनि सकिन्छ । कास्कीकै लुम्ले, काँडे, भदौरे र देउराली हुँदै तीन घण्टा तथा पर्वतको कुश्मा, डिमुवा, चित्रे, आर्थर हुँदै दुई घण्टा पैदल हिँडेर पनि पञ्चासे पुग्न सकिन्छ ।

    हिउँदमा पर्वतको डिमुवाबाट चित्रे हुँदै तथा स्याङ्जाको फेदीखोला, आरुखर्क हुँदै पञ्चासे भञ्ञ्याङसम्मै गाडी पुग्छ । अहिले कैयौँ स्वदेशी तथा विदेशी पर्यटक हिँडैरे पञ्चासे पुग्ने गर्दछन् । पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डव गुप्तवासमा रहँदा बसोबास गरेका, बाइसे–चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीयस्थल हुन् । पञ्चासेमा बालाचतुर्दशीमा शतबीज छर्नेहरूको घुइँचो लाग्छ ।

    पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न पाँच हजार पाँच सय हेक्टर वन क्षेत्रमध्ये एक हजार सात सय हेक्टर वन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा पाँच सय ८९ किसिमका फूल, एक सय ५० औषधिजन्य जडीबुटी, ९८ प्रकारका उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका चराचुरुङ्गी र दुर्लभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्कसमेत रहेका छन् ।

    सात सय सय ८४ मिटरदेखि दुई हजार पाँच सय १७ मिटरसम्मको उचाइमा पर्ने पञ्चासे लोपोन्मुख सुनाखरीको राजधानी नै मानिन्छ । सूर्योदय र सूर्यास्त हेर्ने रहर पनि पञ्चासेले नै पूरा गरिदिन्छ । पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले पञ्चासे क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको बताए ।

    उनले बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइएको र पर्वतले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गुरुयोजना बनाएको बताए । उनले तीन जिल्लाको साझा बिन्दुमा रहेकाले सबै मिलेर यसको प्रवर्द्धन गर्न सके वार्षिक लाखौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए । रासस

    ]]>
    20111
    पुुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी https://www.newspali.com/2023/12/19930/ Mon, 04 Dec 2023 18:52:47 +0000 https://www.newspali.com/?p=19930 हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

    यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन। पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमङ्गको महसुुस भएको कास्कीको पोखराका सुुमन गिरीको प्रतिकृया छ ।

    घोडेपानीमा बास बसेका पर्यटक एका बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुुनहिलमा दृष्य अवलोकन गर्न पुुग्छन् । घोडेपानी पुुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुुल, उल्लेरी भएर एकै दिन र घान्द्रुुक भएर दुई दिनमा घोेडेपानी पुुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूूर्ण गाउँपालिकाको पोखरेबगर हुुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ ।

    चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

    साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए । उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ ।

    पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकले समेत भ्रमण गर्छन् । घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी जुली ठकुरी पुनले जानकारी दिएका छन ।

    “अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ”, होटल व्यवसायी समेत रहनुुभएका अन्नपूूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुुर पुुनले भने, “केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ ।”

    पुुनहिल जानका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति १५० र नेपालीले ५० प्रवेश शुल्क तिर्नुुपर्छ । अन्नपूूर्ण गाउँपालिकाले यस वर्ष पुुनहिल प्रवेश शुल्क सङ्कलन र पुुनहिलमा चिया पसल सञ्चालन गर्न यस वर्ष ६३ लाखमा ठेक्का लगाएको छ । त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ । प्याकेजमा प्रतिव्यक्ति एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।

    घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूूलो मानिन्छ । नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइने अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रतिवेदनमा उल्लेख छ । बसन्त ऋतृमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले यस क्षेत्र मनमोहक देखिन्छ । घोडेपानीबाट मोहरेडाडा, फुुलबारी, करबाकेली, खोपारालगायत सहायक गन्तव्य जान सकिन्छ । घोडेपानीमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्काउने सङ्ग्रहालयल पनि रहेको छ । हिँड्न नसक्ने पर्यटकका लागि घोडाको सुविधा छ ।

    देशका सबैजसो जिल्लाका विद्यालय, कलेज, कार्यालय, बैंक वित्तीय संस्था, आमा समूूह र सहकारी संस्थाबाट घोडेपानी पुुनहिलमा आउँछन् । सभा, सम्मेलन, तालिम, गोष्ठीका लागि पनि घोडेपानी रोजाइमा पर्न थालेको छ । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले शनिबार घोडेपानीमा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र प्रथम चौमासिकको समीक्षा कार्यक्रम आयोजना गरेको थियो ।

    गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटासहित मन्त्रालयका सचिव, निर्देशक, महाशाखा प्रमुख, ११ वटै जिल्लाका पूूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुख लगायत एक सय जनाभन्दा बढी कर्मचारी घोडेपानी पुगेका थिए ।

    पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले बताए । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उनको भनाई छ ।

    मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महशुुस गराउन सरकारको ध्यानाकर्षण गराउन सहयोग पुुगेको पुुनहिल घोडेपानी अवस्थित अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडाका अध्यक्ष रामबहादुुर खड्काले बताए । सरकारी तवरबाट घोडेपानीमा हालसम्मकै ठूलो कार्यक्रम भएको पनि उनले बताए । रासस

    ]]>
    19930