खेलकुद – Page newspali.com|category|sports|feed| – Newspali https://www.newspali.com Newspali.com Thu, 28 Mar 2024 02:44:03 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 खेलकुद – Page newspali.com|category|sports|feed| – Newspali https://www.newspali.com 32 32 222214484 इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा https://www.newspali.com/2024/03/21110/ Thu, 28 Mar 2024 02:44:03 +0000 https://www.newspali.com/?p=21110 इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २–१ गोल अन्तरले विजयी भएको हो ।

पेनाल्टि सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरी मात्र गोल गर्न सफल भए । बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे । उनलाई नगद १० हजार प्रदान गरिएको थियो । गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।

]]>
21110
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ https://www.newspali.com/2024/03/21095/ Sun, 24 Mar 2024 22:55:52 +0000 https://www.newspali.com/?p=21095 युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताएका छन । सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे । पोखरा रङ्गशालाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गरेका हुन ।

“खेल क्षेत्रमा राजनीति बन्द गरौँ । खेलकुद संरचना बनाउने, खेलाडीको भविष्य उज्ज्वल बनाउने राजनीति मात्र गरौँ ।” उनले भने । खेलकुदमन्त्री श्रेष्ठले पोखरा रङ्गशालाभित्रका खेल पूर्वाधारको अवलोकनपछि आफू उत्साहितसँगै पूर्वाधार संरक्षणलाई लिएर भने चिन्तित बनेको बताए ।

राज्य र जनताको करबाट निर्मित संरचना अधिकतम टिकाउनुपर्ने चुनौती रहेको उल्लेख गरे । उनले भने, “सरकारबाहेक पनि कतिपय संरचना खेलाडी, प्रशिक्षक र खेलाडीका परिवारबाट समेत बनेका रहेछन् । खेल पूर्वाधार संरक्षण भएन भने छिट्टै बिग्रन्छ । राम्रा संरचना संरक्षण नुहुन चिन्ताको विषय रहेको छ ।”

मन्त्रालयले आगामी वर्ष खेल पूर्वाधार संरक्षणका लागि बजेट विनियोजन गर्ने तयारी गरेको जानकारी दिएका छन । खेलकुदमा लगायनी गर्नका लागि पछिल्लो समय नीजि क्षेत्र उत्साहित रहेकाले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट खेलकुद विकास गरिने उनले बताए । खेलकूदमन्त्री श्रेष्ठले पोखरा रङ्गशालाभित्र रहेका अन्तर्राष्ट्रिय फुटबल स्टेडियम, क्रिकेट मैदान, टेनिस कोर्ट, भलिबल कोर्ट, स्क्वास लगायतका खेलका पूर्वाधारको अवलोकन गरेका थिए ।

खेलकुदमन्त्री श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले खेल पूर्वाधार र खेलकुद क्षेत्रका समस्याका बारेमा जानकारी गराएका थिए ।

]]>
21095
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु https://www.newspali.com/2024/03/21089/ Sun, 24 Mar 2024 22:43:48 +0000 https://www.newspali.com/?p=21089 पर्यटन राजधानी पोखराको बेगनास तालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–३१ स्थित तालमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस आयोजना गरिएको हो । देशका विभिन्न स्थानबाट १४ वटा समूहको सहभागिता रहेको प्रतियोगिता भोलिसम्म चल्नेछ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गदै खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्ने बताए । खेलकुदमा राजनीति हुन नहुने उल्लेख गर्दै उनले त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन । खेलकुद पछिल्लो समय कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बनेको उनको भनाइ छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालमा गरिएको यस प्रतियोगिताले यहाँको पर्यटकीय विकासका लागि विशिष्ट योगदान पुराउने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बेगनास ताललाई पर्यटकीय रुपमा उपयोग, पर्यटकीय गतिविधि विस्तारका साथै स्थानको विविधीकरणका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास लिइएको बताए ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता सञ्चालन गरिएको बताए । प्रतियोगिताअन्तर्गत पाँच सय र दुई सय मिटर गरी दुई समूहका खेल आयोजना गरिएको छ ।

प्रतियोगिताको दुई सय मिटरमा प्रथम हुँदै नारा पोखराले एक लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसिएसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार नगद जितेका छन् । पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने आयोजकले जनाएको छ । पाँच सय मिटरका खेल भोलि हुने जनाइएको छ ।

]]>
21089
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता https://www.newspali.com/2024/03/21028/ Wed, 20 Mar 2024 01:39:27 +0000 https://www.newspali.com/?p=21028 अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गर्दै आइसिसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै, नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

राखेप सदस्य–सचिव घिसिङले अध्यक्ष बारक्लेसँगको भेटवार्तामा खेल पूर्वाधारका विषयमा चासो व्यक्त गरे । भेटका अवसरमा उनिहरुबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो ।

सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताए ।

सदस्य सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रङ्गशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको आइसिसी अध्यक्ष बारक्लेलाई अवगत गराए ।

उनले नेपाल र बङ्गलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी–२० विश्वकपका लागि आइसिसीबाट सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बारक्लेमार्फत आइसिसीलाई धन्यवाद दिएका छन ।

सदस्य सचिव घिसिङले ‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आइसिसीले राम्रै सहयोग गरेको आफुले जानकारी पाएको उल्लेख गर्दै नेपालले पनि आइसिसीबाट यु–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेको बताए । नेपलको तर्फबाट प्रतियोगिता आयोजनाको तयारीमा कुनै कसर बाँकी नराख्ने सदस्य–सचिव घिसिङको भनाइ थियो ।

सदस्य–सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहने गरेको स्मरण गराउँदै धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइ दिन आइसिसी अध्यक्ष बारक्लेसँग आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गरे । भेटका अवसरमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्कालगायत सहभागी थिए । रासस

]]>
21028
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि https://www.newspali.com/2024/03/20990/ Sat, 16 Mar 2024 21:09:34 +0000 https://www.newspali.com/?p=20990 चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी) ले जितेको छ । धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो ।

विसं २०६४ मा आयोजित १०औँ संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १४ वर्षपछि दोस्रोपटक उपाधि जितेको हो । जितसँगै एनआरटीले नगद १० लाख, ट्रफी तथा मेडल पायो भने मोरङले उपविजेतामा चित्त बुझायो । उसले नगद पाँच लाख पायो ।

फाइनलमा एनआरटीका अफिज ओलावालेले खेलको सातौँ मिनेटमै गोल गरेका थिए । साथै ४४औँ मिनेटमा मोरङका लागि उमेश कार्कीले गोल गर्दै खेल बराबरीमा पुर्याए । खेलको ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गरेको गोल निर्णायक बन्यो ।

प्रतियोगीताभरको सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बू घोषित हुँदै एक लाख प्राप्त पारे । एनआरटी ओफिज ओलावा र सरोज तामाङसँगै मोरङका उमेश कार्की होइस्कोरर घोषित भए । उनीहरूले जनही १२ हजार प्राप्त गरे ।

यस्तै उत्कृष्ट डिफेन्डर मोरङका महेन्द्र कार्की, उत्कृष्ट स्टाइकर एनआरटीका शिशिर लेखी, उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पुजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित हुँदै जनही २५ हजार प्राप्त गरे । खेलको प्लेयर अफ दी म्याच एनआरटीका पदम भट्टराई घोषित भए । उनले १० हजार प्राप्त गरे ।

धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गते सुरु भएको प्रतियोगिताको समापनका अवसरमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेलकुदको विकासका लागि ऐन, नीति बनाएर कार्यान्वयन गर्ने जानकारी दिएका छन । कार्यक्रममा पत्रकार वसन्त बान्तवालाई उत्कृष्ट पत्रकारको रूपमा नगद १० हजारसहित सम्मान गरियो ।

]]>
20990
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा https://www.newspali.com/2024/03/20964/ Thu, 14 Mar 2024 02:28:32 +0000 https://www.newspali.com/?p=20964 मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए । धरानका लागि दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले मात्र गोल गरेका थिए । मिलन लिम्बूले भने गोल गर्न सकेनन् ।

खेलको म्यान अफ दी म्याच मोरङका गोलरक्षक पूर्ण चेम्जोङ घोषित भइ १० हजार पुरस्कार प्राप्त गरे । बिहीबार अर्को सेमिफाइनल खेल एनआरटी क्लब, काठमाडौ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन ।

]]>
20964
बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेल तालिका सार्वजनिक https://www.newspali.com/2024/03/20928/ Thu, 07 Mar 2024 18:00:15 +0000 https://www.newspali.com/?p=20928 बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुनेछभने फागुन २७ मा एनआरटी र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । फागुन २८ गते नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब र फागुन २९ गते काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाईज युनियनबीच स्पर्धा हुनेछ ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार विजेता टिमले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित पदक तथा पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरका साथै उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद ३५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चानका लागि ७७ लाख ६० हजार आम्दानी र ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । रासस

]]>
20928
नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ? https://www.newspali.com/2024/03/20913/ Wed, 06 Mar 2024 04:02:35 +0000 https://www.newspali.com/?p=20913
घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिएका छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । विजेता नेदरल्याण्ड्सलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गरेका थिए ।
खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक भएको बताए । “टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक थियो”, उनले भने, “पहिलो पारीमा विकेट राम्रो देखिएको थियो भने दोस्रो पारीमा विकेट ‘स्लो’ थियो ।”
कप्तान पौडेलले सुरुआत राम्रो भए पनि योजनाअनुसार ‘फिनिसिङ’ गर्नबाट चुकेको बताए । “जुन तरिकाले हामीले सुरुआत पाएका थियौँ, त्यसअनुसार दुई सय रन बनाउने योजना थियो तर हामीले १०/१५ रन कम बनायौँ”, उनले भने, “मध्यम ओभरमा रनको गति कम भयो भने विकेट पतन पनि चाँडो भयो ।” उनले ‘पावरप्ले’ र ‘डेथओभर’मा कमजोरी सुधार हुन नसकेको पनि बताए । “यस प्रतियोगिताबाट धेरै कुरा सिकेका छौँ । ‘पावर प्ले’ र ‘डेथओभर’ राम्रो प्रदर्शन गर्न सकेनौँ तर विश्वकपसम्म त्यसमा सुधार गर्नेछौँ ।”
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले प्रतियोगिताले आगामी दिनमा योजना कार्यान्वयन गर्नका लागि धेरै कुरा सिकाएको बताए । “नेदरल्याण्ड्स पनि ठूला टोलीलाई हराएको टिम हो, हामीले दबाबमा राम्रो प्रदर्शन गर्नबाट चुक्यौँ”, उनले भने, “यसअघि पनि धेरै ‘क्लोज गेम’हरु खेलेका छौँ । प्रतियोगिताले विश्वकपको तयारीका लागि फाइदा पुगेको छ ।”
उनले यही मार्च ९ देखि सुरु हुने हङकङविरुद्धको खेल ‘बेञ्च’ बलियो बनाउनका लागि सहयोगी हुने बताए । “विश्वकपको तयारीका लागि अहिले धेरै प्रयोग भइरहेका छन् । यसले हामीलाई आगामी दिनमा राम्रो नतिजा दिन सहयोग पु¥याउनेछ ।” उनले फाइनल खेलमा अभिनास बोहोरालाई मौका दिइएको विषयमा नामिबियासँग राम्रो गरेकाले टीममा सहभागी गराइएको बताए ।
शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुछारमा रह्यो । शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको थियो ।
चौथो खेलमा नेपालले नामिबियाविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो ।
]]>
20913
सावित्रा भण्डारीले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने https://www.newspali.com/2024/02/20833/ Wed, 28 Feb 2024 14:08:20 +0000 https://www.newspali.com/?p=20833 काठमाडौँ, १६ फागुन : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् ।

यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

]]>
20833
पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’ https://www.newspali.com/2024/02/20772/ Tue, 20 Feb 2024 17:59:19 +0000 https://www.newspali.com/?p=20772 गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौथो संस्करण पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ सङ्घले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फ सङ्घका महासचिव दीपक आचार्यले जानकारी दिएका छन । उनका अनुसार प्रतियोगिताको विजेताले एक लाख ४० हजार पुरस्कार पाउनेछन् ।

उपविजेताले ९६ हजार, तृतीय हुनेले ७२ हजार तथा चौथो र पाँचौ स्थान प्राप्त गर्नेले क्रमश ५९ हजार र ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ भित्र पर्न सफल अन्य गल्फरले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको साविक विजेता शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यसपटक सहभागी नहुने महासचिव आचार्यले जानकारी दिएका छन । गत महिना धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर राई भारतीय गल्फ टुरमा सहभागी हुन भारत गएका छन् ।

प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने र ५४ होलको हुने बताइएको छ । महासचिव आचार्यका अनुसार ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ शीर्ष व्यावसायिक खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्ने मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने सङ्घले जनाएको छ ।

सूर्य नेपाल गल्फ टुुुर २०२३/२४ अन्तर्गत कूल आठ आठ प्रतियोगिता सञ्चालन हुनेछन् । काठमाडौँ बाहिर हुने दुई प्रतियोगितामध्ये एउटा पोखरामा हुन लागेको हो । सबै प्रतियोगितामा गरी ६५ लाख नगद पुरस्कार रहेको छ । गण्डकी प्रदेश गल्फ सङ्घका अध्यक्ष इन्द्रधारा विष्टले गल्फ खेल धनीले मात्र खेल्ने खेल नभई इच्छाशक्ति हुने हुँदा सबैले खेल्न सक्ने बताए । उनले प्रतियोगिताले पोखराको प्रवद्र्धनसहित खेल पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गरेका छन ।

]]>
20772