विज्ञान/प्रविधि – Page newspali.com|category|science-technology|feed| – Newspali https://www.newspali.com Newspali.com Thu, 24 Aug 2023 00:49:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.7 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 विज्ञान/प्रविधि – Page newspali.com|category|science-technology|feed| – Newspali https://www.newspali.com 32 32 222214484 चन्द्रयान-३ सफलतापूर्वक अवतरण https://www.newspali.com/2023/08/17981/ Thu, 24 Aug 2023 00:49:46 +0000 https://www.newspali.com/?p=17981 नयाँ दिल्ली  । भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराउन सफल भएको छ । भारतले बुधवार चन्द्रमाको दक्षिणध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गराएको हो । चन्द्रमाको सतहमा अहिलेसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन्, भारत नयाँ विश्व रेकर्ड राख्न सफल भएको छ ।

यसलाई भारले एतिहासिक सफलता भनेको छ । चन्द्रमाको सतहमा भने यसअघि अमेरिका, रुस र चीनले सफलतापूर्वक अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन इसरोले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो । भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट कक्षमा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।

चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको थियो । भारतले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान गरिएको छ । मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ।

नेपालका प्रधानमन्त्री सहित शिर्ष नेताद्धारा भारतलाई बधाई ज्ञापन

यसैक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले ट्वीट मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था आइएसआरओका सम्पूर्ण वैज्ञानिकलाई बधाई लेखेका छन् ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्द्रयान ३ को सफलताका लागि भारत सरकार त्यहाँका जनतालाई बधाई दिएका छन्। त्यस्तै परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी एस जयशंकरलाई बधाई दिँदै छिमेकी मित्रले प्रविधिमा गरेको सफलतालाई तारिफ गरेका छन्।

यता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिँदै भनेका छन्, यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई, पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं, ट्वीटरमा उनले लेखेका छन्।

]]>
17981
पश्चिमाञ्चल गौरव पुरस्कार महावीर पुनलाई, राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख https://www.newspali.com/2018/12/6153/ Sun, 16 Dec 2018 05:05:53 +0000 http://rastranews.com/?p=6153 पोखरा, मंसिर २९ । गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

त्यस्तै विद्यालयले हरेक दुई–दुईवर्षमा प्रदान गर्ने पश्चिमाञ्चल गौरव पुरस्कार केन्द्रका अभियन्ता महावीर पुनलाई प्रदान गरेको छ । आविष्कार केन्द्र स्थापनामा थोरै भएपनि योगदान दिनका लागि सहयोग गरेको विद्यालयले बताएको छ ।

विज्ञान र प्रविधिमा विशेष योगदान दिएको भन्दै आविष्कार केन्द्रका अभियन्ता पुनलाई १ लाख २५ (२५ हजार पुस्कार राशी र एकलाख सहयोग) हजार रुपैयाँको संयुक्त चेक हस्तान्तरण गरिएको हो ।

विद्यालयको २७ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशकी सांसद मित्रकुमारी सुवेदी, पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, पुरस्कार छनोट समितिका संयोजक प्राडा विश्वकल्याण पराजुली, प्राचार्य ताराबहादुर घिमिरे लगायतले पुरस्कार र सहयोग प्रदान गरेका थिए ।

पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नका लागि व्यक्तिगत रुपमा जग्गा दिएर आर्थिक सहयोग जुटाउन थालेका थिए । सुचना प्रविधिका अभियन्ता पुन म्यासेसे पुरस्कार विजेता पनि हुन् । दुर्गम गाउँमा सुचना प्रविधि बिस्तारमा उनले विषेश योगदान दिएका थिए ।

पुरस्कार छनोट समिति संयोजक प्राडा विश्वकल्याण पराजुलीले पुनले सुचना प्राविधिका लागि विश्वकै लागि योगदान दिएको बताए । त्यही योगदान स्वरुप ३० जना व्यक्तिमध्येबाट पुन छनोटमा परेको उनले बताए ।

विद्यालयले दुईवर्ष अघि पहिलोपटक यो पुरस्कार विज्ञान क्षेत्रमा अनुसन्धान गरेको भन्दै डा. कपील अधिकारीलाई प्रदान गरेको थियो । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई २ वर्षको फरकमा विद्यालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले पुनको योगदानबाट सबैले सिको गर्नुपर्ने बताए ।
‘दुर्गम गाउँले पुनबाट धेरै लाभ पाएका छन् । यो सिकाई अरुका लागि पनि हुनुपर्छ,’ घिमिरेले भने । प्रदेशसभा सदस्य सुवेदीले पुनबाट राष्ट्रले नै पुनबाट लाभ लिनुपर्ने बताइन ।

राज्यले पुन जस्ता व्यक्तिबाट धेरै कुरा सिक्नुपर्ने उनले बताइन । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष कोइरालाले पुनको सिको अरुले पनि गर्न सके राष्ट्रका लागि महत्वपूर्ण योगदान हुने बताए ।

विद्यालयले वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रमका उत्कृष्ट विद्यार्थीलाई सोही अवसरमा पुरस्कृत पनि गरेको थियो ।

विद्यालयले वार्षिकोत्सवका अवसरमा शुक्रबार खुला रक्तदान आयोजना गर्दा ६० जनाले रक्तदान गरेका थिए । विद्यालयमा १२ कक्षासम्म अध्यापन हुन्छ ।

]]>
6153
विद्यार्थीले बनाए मिष्टर स्क्यान https://www.newspali.com/2018/03/4726/ Wed, 07 Mar 2018 02:15:34 +0000 http://rastranews.com/?p=4726 पोखरा, २३ फागुन । पोखरा इन्जिनियरिङ्ग कलेज पोखरा – ८ फिर्केका चार जना विद्यार्थीले मिष्टर स्क्यान (एन्ड्रोइड एप) को विकास गरेका छन्।

सो कलेजका विद्यार्थीहरु बाबुराम नेपाली, कृष्ण श्रेष्ठ, सुदीप भण्डारी र सूर्य पौडेलले त्यस्तो एपको विकास गरेका हुन्। एक वर्षको सामुहिक प्रयासपछि उनीहरुले सो एप विकास गर्न सफल भएका छन्।

कुनै पनि संस्थाको परिचयपत्र दुरुपयोग हुनबाट रोक्नका लागि यो प्रविधि विकास गरेको उनीहरुको भनाइ छ।

यो एपमात्र नभएर यससँग जोडिएका सवै खाले प्लेटफर्म, सफ्टवयर र क्लाउड प्रविधि समेत विकास गरिएको छ प्रोजेक्ट म्यानेजर बाबुराम नेपालीले भने –‘जसले गर्दा यो एपलाई सजिलैसँग प्रयोगमा ल्याउन सकिन्छ।’

यो प्रविधि बस व्यवसाय समिति, परिचयपत्रका आधारमा सहुलियत दिइने संस्था र भोटिङमा प्रयोग गरिने कार्डहरुका लागि उपयोगी रहेको छ।

यसमा प्रयोग गरिएको क्यूआर प्रविधि पछिल्लो समय सूचना तथा प्रविधिको क्षेत्रमा अत्याधुनिक मानिन्छ ।

यो प्रविधि प्रयोग गर्नका लागि कार्ड बनाउन सफ्टवयर आवश्यक पर्छ। यो सफ्टवयरबाट कार्ड बनाइ सकेपछि सबै कार्डहरुमा स्वतः क्यूआर कोड प्रिन्ट हुने छ , जुन कोडलाई प्रयोग गरेर मिष्टर स्क्यान एपले कार्ड सक्कली, नक्कली वा कार्डको म्याद अवधि बारे जानकारी दिने छ।

यो सफ्टवयरबाट बनाइएको कार्ड स्वयं पोखरा इन्जिनियरिङ कलेज सहित विन्ध्यबासिनी मावि बाटुलेचौर र नोवल माविले प्रयोगमा ल्याइसकेका छन्।

]]>
4726
पोखरामा लाइट हेलिकप्टरको ट्याक्सी सुविधा भाडादर कति ? https://www.newspali.com/2017/10/1904/ Tue, 24 Oct 2017 14:30:21 +0000 http://www.gandaknews.com/?p=1904 पोखरा/ नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियो। ठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रमा केही वर्षदेखि उपलब्ध छ। अब भने नेपालमा ‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने ‘लाइट हेलिकप्टर’को सेवा पनि सुरु भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘लाइट हेलिकप्टर’को व्यावसायिक उडानका लागि अनुमति दिएपछि यो कस्तो हेलिकप्टर हो, यसले कस्तो सेवा दिन्छ, कति पैसा लाग्छ भन्ने चासो सुरु भएको छ। प्राधिकरणबाट उडान अनुमति पाएको हेली एयर नेपालले भदौ तेस्रो साताबाट व्यावसायिक उडान गर्ने तयारी गरिरहेको छ।

हेली एयरले फ्रान्सबाट ल्याएका दुई वटा ‘जेरोकप्टर’ हेलिकप्टरबाट उडान सुरु गर्नेछ। अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यस्तो हेलीकप्टरको सेवा दक्षिण एसियामै पहिलो भएको सञ्चालक धर्मराज बर्तौलाले बताए।पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ।

अरु हेलिकप्टर वा विमानलाई असर गर्ने हावाहुरीको समयमा पनि यो हेलिकप्टर सामन्य अवस्थामा उडान पार गर्ने सफल हुनु नै यसको मुख्य विशेषता भएको हेली एयरका प्रमुख कार्यकारी अधिकृत रोनन लामिछानेले बताए। चालकसहित दुई जना यात्रा गर्न मिल्ने यसको मुख्य विशेषता भनेको दृष्यावलोकन हो जहाँ यात्रुले सतहको नजिकबाट चारैतिरको स्पष्ट दृष्यावलोकन गर्न सक्छन्।

चालकसहित दुईजना मात्र यात्रा गर्न मिल्ने लाइट हेलिकप्टरले जमिनबाट ५०० मिटरको उचाई देखि १२,००० फिटको उचाइसम्म उड्न सक्छ। आपतकालिन अवस्थामा जहाँजस्तो ठाउँमा अवतरण गर्न सक्ने यो हेलिकप्टरको लागि उड्नको लागि भने ९० मिटरको खाली ठाउँ चाहिन्छ। तर सामान्य हावा लागेको स्थानमा भने यसलाई उक्त ठाउँ नचाहिने प्राइभेट पाइलट समेत रहेका लामिछानेले बताए।हेली एयरको मुख्य उद्देश्य पोखरा तथा हिमालको दृष्यावलोकन गराउनु रहेको छ।

पर्यटकीय गतिविधि बढाउन यो सेवा सुरु गरिए पनि यसबाट सम्भव अन्य सबै सेवा दिन आफूहरु तयार रहेको हेली एयरका प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए।

यो हेलिकप्टरबाट भन्दै ३६० डिग्रीमा दृष्य देख्न सकिने र सतहको पाँच सय फिटसम्मको दुरीबाट पनि अवलोकन गर्न सकिने भएकोले हेलिकप्टर र ‘अल्ट्रा लाइट’ बाट भन्दा पर्यटकहरुलाई आफूहरुले राम्रो सेवा दिन सक्ने दाबी लामिछानेले गरे।

‘नेपालमा थुप्रै सुन्दर सम्पदा छन्, तर हामीसँग त्यो देखाउने राम्रो पूर्वाधार भएन’ उनले सेतोपाटीसँग भने,’ लाइट हेलिकप्टरबाट ३६० डिग्रीको भ्यू देखिने हुनाले अब त्यो आवश्यकता पुरा हुन्छ।’

कतिपय व्यक्तिहरु एक्लै यात्रा गर्न बढी रुचाउँछन्। उनीहरुलाई हेलीकप्टर चार्टर गर्दा महंगो शुल्क लाग्छ, अल्ट्रा लाइटले लामो यात्रा तय गर्न सक्दैन, त्यस्ता पर्यटकका लागि हेली एयरको सेवा लाभदायी हुने उनको विश्वास छ।

अबको छ महिनाभित्र नेपाली पाइलट तयार गर्ने लक्ष्य लिएको हेली एयरले हाल भने फ्रेन्च, स्वीस र दक्षिण अफ्रिकाबाट पाइलट ल्याएर उडान गर्ने लामिछानेले जानकारी दिए।

एयर ट्याक्सीको सुविधा!

जसरी काठमाडौंको कुनै एक ठाउँबाट अर्को ठाउँमा जान हामीले ट्याक्सी प्रयोग गर्छौं, त्यसैगरी यदि कसैलाई अावश्यक परे तत्काल पोखरा, बलेवा (बाग्लुङ) बाट नेपालको कुनै पनि ठाउँमा जान परेमा चार्टर गरेर जान सक्छन्।

तर तत्कालको लागि हेली एयरको प्राथमिकतामा भने पोखराको दृष्यावलोकन र माउन्टेन उडान हो। थप दुई हेलिकप्टर अाएपछि भने यो कम्पनीले एयर ट्याक्सीको पनि सुविधा दिनेछ।‘तत्कालको लागि साइट सिनको लागि सेवा दिन्छौं पछि हामी एउटा निश्चित एरिया निर्धारण गरेर दुई वटा हेलिकप्टर ल्याएर सेवा दिन्छौं अनि लाइट हेलिकप्टरलाई एयर ट्याक्सीमा रूपान्तरण गर्छौ’ लामिछानेले भने।

बलेवा विमानस्थललाई आधार र पोखरा विमानस्थललाई सहायक आधार बनाएको एयरले यो सुविधा विस्तार गरेपछि नेपालका कुनै पनि विमानस्थलमा एयर ट्याक्सीको सुविधा दिनसक्ने लामिछानेको भनाइ छ।जस्तो पोखरा–काठमाडौं हवाई दुरी १४७ किलोमिटर छ भने पोखरा–विराटनगरको ३२० किलोमिटर रहेको छ।

कति समय उड्दा कति रुपैयाँ लाग्छ?

हेली एयरले तत्कालको लागि पाँचवटा प्याकेज ल्याएको छ। विदेशी र नेपालीको लागि एउटै दर निर्धारण गरेको एयरले १५, ३०, ६०, ९० र १२० मिनेटको प्याकेज ल्याएको छ।

पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा , लेखसाइड र रानीवनको दृष्यावलोकनकोमा १५ मिनेटको प्याकेज रहेको छ। जसको भाडा १५ हजार रुपैयाँ तोकिएको छ।

पोखराको प्याकेज, फिस्टेयल हिमाल, अन्नपुर्ण श्रृखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्पको दृष्यावलोकन हुने यसमा ३० मिनेटको समय छ जसको भाडा २५ हजार रुपैयाँ रहेको छ।

अर्को छ एक घण्टाको प्याकेज जसमा अघिल्लो ३० मिनेटको प्याकेजसँगै सिक्लेस गाउँ, अन्नपुर्ण श्रृखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहितको भाडा ४० हजार रुपैयाँ रहेको छ।

९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक जोडेर गरिन्छ जसको भाडा ५५ हजार रुपैयाँ रहेको छ।

अल्पाइन टुर नामको प्याकेजमा दुई घण्टाको समय निर्धारण गरेको हेली एयरले माउन्टेन उडासँगै बलेवा एयरपोर्टमा माउन्टेन कफी र आकाशबाट गाउँको दृष्यावलोकन गराउने जनाएको छ। जसको भाडा ६ सय ९८ अमेरिकी डलर रहेको छ।

यी सबै भाडाहरु सुरुअाती रहेका र पछि यात्रुहरूको प्रतिक्रियासँगै पुनर्विचार हुँदै जाने सिइओ लामिछानेले जानकारी दिए। अन्य हेलिकप्टर टुरमा ९० मिनेटको समयमा २ हजार अमेरिकी डलरभन्दा बढी लाग्छ। त्यस्तै अन्य चार्टरको फरक भाडा निर्धारण गर्ने गरिएको छ।

(श्रोत:-नेपाल खबर)

]]>
1904
टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने https://www.newspali.com/2017/10/1901/ Tue, 24 Oct 2017 14:28:35 +0000 http://www.gandaknews.com/?p=1901 काठमाडौं, असोज ३ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् ।

यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम एप्स’ मंगलबारबाट सन्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सन्चालनमा आएको हो ।

उक्त एप्समार्फत लाइभ टीभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको संख्या आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।

नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेड/पोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

हाललाई दशँै–तिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स उपयोग गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको समेत टेलिकमले जनाएको छ ।

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स ‘गुगल प्ले स्टोर’ तथा ‘एप्पल एप स्टोर’बाट डाउनलोड गर्न सकिन्छ । मोबाइलमा ‘मोबाइल एप्स डाउनलोड’ गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई प्रमाणित गरी रजिस्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ । रासस

]]>
1901
होसियार ! अण्डा पनि नक्कली, यसरी बन्दो रहेछ… https://www.newspali.com/2017/10/2407/ Tue, 24 Oct 2017 14:28:16 +0000 http://www.gandaknews.com/?p=1898 यतिबेला भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी देखिएको छ । नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् । खुल्ला सीमा भएकाले नेपाली पनि सचेत बन्नुपर्ने देखिएको छ ।

झट्ट हेर्दा उस्तै देखिने भएकाले हेरेकै भरमा कुन सक्कली अण्डा र कुन नक्कली भनेर छुट्याउन गाह्रो पर्छ । अण्डा नक्कली हो भनेर यी तरिकाबाट चिन्न सकिन्छ:

– सक्कलीको तुलनामा नक्कली अण्डाको बोक्रा केही कडा हुन्छ । बोक्राको भित्री भागमा रबर जस्तो लाइनिङ हुन्छ ।

– नक्कली अण्डालाई औंलाले बिस्तारै हिर्काउँदा ट्वाकट्वाक आवाज सुनिन्छ, जुन आवाज सक्कलीको तुलनामा सानो हुन्छ ।

– अण्डालाई फुटाएर केही समयको लागि छोडिदिनुभयो भने अण्डाको सेतो र पहेँलो भाग केही समयमै मिल्न थाल्छन् । त्यसो भएमा त्यो नक्कली अण्डा हो ।

– नक्कली अण्डा उसिनेर पाकेपछि पनि पानीमा डुब्दैन । यसलाई कैयौं दिनसम्म बाहिर राख्दा पनि न यसमा झिँगा बस्छ, न त कमिला नै लाग्छ ।

– यदि त्यो नक्कली अण्डा हो भने अम्लेट बनाउन प्यानमा हाल्नासाथ पहेँलो भाग प्यानको वरिपरि फैलिन थाल्छ । जबकि सक्कली अण्डालाई प्यानमा हालेपछि नचलाउँदासम्म पहेँलो भाग एक ढिक्का भएर बसिरहन्छ ।

के हो नक्कली अण्डा ? कसरी बनाइन्छ ?

नक्कली अण्डा चीनबाट आयातीत हुने गरेको धेरैको विश्वास छ, त्यसैले यसलाई कतिपयले ‘चिनियाँ अण्डा’ समेत भन्ने गर्छन् । यस्ता अण्डा सोडियम अल्जिनेटलाई तातोपानीमा मिसाएर त्यो मिश्रणमा जिलेटिन, ऐलम तथा बेन्जोइक नामक तत्व मिसाएर बनाइन्छ ।

अण्डाको भित्रको पहेंलो भाग तथा बाहिरको सेतो भाग तयार गर्न पनि यही मिश्रणको प्रयोग गरिन्छ । पहेंलो भाग बनाउन मिश्रणमा पहेलो रंगको प्रयोग बढी गरिन्छ । अण्डाको बोक्रा बनाउन भने क्याल्सियम क्लोराइडको प्रयोग गरिन्छ ।

]]>
2407
आहा ! १२ सय मेगावाटको बुढीगण्डकी ! भिडियोमा हेर्नुहोस् https://www.newspali.com/2017/10/1891/ Tue, 24 Oct 2017 14:27:14 +0000 http://www.gandaknews.com/?p=1891 गोर्खा र धादिङमा मुलुकको विकासको ढोका खोल्ने १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बन्दैछ । आजसम्म देशभित्र हामीले नदेखेको यति ठूलो आयोजना कस्तो होला ? हेर्नुहोस् बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले तयार पारेको थ्री डी मोडल भिडियो-

यस्ता छन् आयोजनाका ६ विशेषता

१. फेवाभन्दा १४ गुणा ठूलो तालः यो आयोजना निर्माण गर्दा २६३ मिटर अग्लो बाँध बाँधिने छ । बाँध बाँधेपछि बन्ने ताल पोखराको फेवातालभन्दा १४ गुणा ठूलो हुने आयोजनाका कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए । तालमा पानीको गहिराइ ५४० मिटरको हुन्छ । यति ठूलो ताल बन्ने भएपछि यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

२. दुई सय किलोमिटरको रिङरोडः विकास समितिले आयोजना प्रभावित क्षेत्रमा रिङरोड बनाउन प्रस्ताव गरेको छ । समितिका कार्यकारी निर्देशक बस्नेतका अनुसार अहिले आयोजना प्रभावित क्षेत्रमा २ सय मिलोमिटर लामो रिङरोड निर्माण गर्न सर्भेक्षणको काम भइरहेको छ । रिङरोड धादिङ र गोर्खाका २७ गाविसमा हुनेछ । रिङरोड बनिसकेपछि त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पुग्ने उनले बताए ।

३. विस्थापित परिवारको संख्या ४५ हजारः यो आयोजना बन्दा ४५ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाले व्यक्तिको नामममा रहेको ५८ हजार रोपनी र बाँकी सरकारी स्वामित्वमा रहेको गरी डेढ लाख रोपनी जमिन ओगट्ने छ ।

४. एक लाख ३० हजार रोपनी जमीन डुब्नेः आयोजनाबाट गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दा प्रभावित हुनेछन् । भौतिकरुपमा भने आयोजनाबाट ३५ सय ६० घर परिवार र १९ हजार ५ सय ९० जनसंख्या विस्थापित हुनेछन् भने आर्थिकरुपमा ४५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्या विस्थावित हुनेछन् ।

आयोजनबाट धादिङको ३५ हजार २ सय ७ रोपनी जमिन र गोरखाको ३१ हजार ९ सय रोपनी जमिन डुबानमा पर्नेछ । कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पर्ने छ । तर सरकारले मुआब्जा वितरण गर्नुपर्ने निजी जमिन भने ६७ हजार १ सय ७ रोपनी रहेको छ ।

गोरखाका घ्यालचोक, दरबुङ, भुल्मीचोक, फुजेल, नामजुङ, बुङकोट, बोरलाङ, धावा, तान्द्राङ, आरुचनौटे, आरु आर्बाङ, थुमी र धादिङका सलाङ, मैदी, खरी, चैनपुर, ज्यामरुङ, मारपाक, त्रिपुरा, अग्निचोक, सल्यानटार, मुलपानी, बुढाथुम र बसेरी गरी १३ गाविसको जमिन प्रभावित हुनेछन् ।

५. मुआब्जा र पुनस्थापनामा मात्रै ६० अर्बः आयोजनाको वातावरणीय मूल्यांङकनका लागि सरकारले नियुक्ति गरेको फ्रान्सेली परामर्शदाता कम्पनी ट्रयाकबेलले जग्गा अधिकरण, मुअब्जा वितरण, पुनस्थापना तथा पुनर्वासका लागि ६० अर्ब रुपैयाँ लाग्ने प्रतिवेदन वातावरण मन्त्रालय र विकास समितिलाई बुझाइसकेको छ । मुआब्जामा मात्रै ४३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

जुनसुकै हालतमा भए पनि चालू आर्थिक वर्षमा मुआब्जा वितरणको कार्य सुरु गर्ने बस्नेतले बताए । मुआब्जा वितरणको मोडालिटी तयार नभएकाले अहिलेसम्म विकास समितिले जग्गा अधिकरण तथा मुआब्जा वितरण गर्न सकेको छैन । आयोजनाले अहिले मुआब्जा वितरणका लागि जग्गाको क्षेत्रफलको यकिन गर्नुका साथै स्वामित्व र जग्गा वर्गीकरणको काम भइरहेको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए ।

मुआब्जा वितरणका लागि सरकारले चालू आर्थिक वर्षका लागि १२ अर्ब रुपैयाँ जुटाउने घोषणा गरिसकेको छ । सरकारले पेट्रोलियम पद्धार्थको आयातमा गर्दा भन्सार विन्दूमै प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर उठाउँदै आएको छ । यस्तो करबाट ५ अर्ब रुपैयाँ उठ्ने सरकारको लक्ष्य छ ।

६. कुल लागत २ खर्ब ५० अर्बः बुढीगण्डकीमा सरकारले आर्थिक वर्ष २०६९/७० मा आयोजनाको विकासका लागि विकास समिति गठन गरेर आयोजनाको काम अघि बढाएको हो । हालसम्म विकास समितिले नै आयोजना विकासको गतिविधि अघि बढाइरहेको छ ।

आयोजना निर्माणका लागि चट्टानको अवस्था के छ भनेर विकास समितिले १८ मिटर डि्रलिङ गर्ने लक्ष्य लिएको थियो । जसअनुसार कामा गर्दै जाँदा १८३६ मिटर डि्रलिङ गरिसकिएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए । ‘डि्रलिङ गरेपछि यहाँको ढुंगाको गुणस्तर राम्रो पाइएको छ, त्यसैले यो आयोजना संभव छ,’ उनले भने ।

सुरुमा ६ सय मेगावाट बनाउने भनिए पनि अहिले १२ मेगावाट बनाउने गरी क्षमता वृद्धि गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) अनुसार आयोजना बनाउन २ खर्ब ५० अर्ब रुपैयाँ लाग्नेछ ।

मोडालिटीमा अझै अन्योल

अहिलेसम्म कुन मोडालिटीमा बुढीगण्डकी आयोजना निर्माण गर्ने भन्ने टुंगो लागिसकेको छैन । यसअघि केपी ओली नेतृत्वको सरकारले स्वदेशी लगानीमै आयोजना निर्माण गर्ने घोषणा गरेको थियो । सरकार छाड्ने चाइनिज कम्पनी चाइना गेजुवालाई निर्माणको जिम्मा दिने तयारी पनि गरिएको थियो ।

उर्जा मन्त्रालयले आयोजना कुन मोडलमा बनाउने भनेर प्रारम्भिक छलफल भने गरिरहेको छ । सरकारले गत फागुनमा सार्वजनिक गरेको विद्युत संकट निवारण तथा विद्युत विकास दशकमा बुढीगण्डकीजस्ता ठूला आयोजनाहरु कम्पनी मोडलमार्फत विकास गर्न सकिने नीतिगत व्यवस्था गरेको छ ।

कम्पनी मोडलबाट विकास गर्नु भनेको सर्वसाधारणबाट पैसा उठाएर उनीहरुलाई सेयर दिनु हो । पछिल्लो समय आहृवान गरिएका आइपीओ अत्यधीक बढी आवेदन पर्ने गरेको दृष्टान्तले यो आयोजना सर्वसाधारणबाट रकम उठाएर बनाउन सकिने सम्भावना छ ।

  • OnlineKhabar
]]>
1891
जलकुम्भी झार हटाउने नमुना मेशिन यस्तो https://www.newspali.com/2017/10/1894/ Tue, 24 Oct 2017 14:25:55 +0000 http://www.gandaknews.com/?p=1894 पोखरा/ फेवा ताललाई कुरुप बनाउने जलकुम्भी झारबाट मुक्ति पाउने उपाय स्वरुप त्यस्तो झार हटाउने ब्यबहारिक मेशिन निर्माण पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका विद्यार्थीहरु जुटेका छन् । बर्खाको समयमा जलकुम्भीले फेवा ताल नै ढाक्दा ताल कुरुप भई पोखराकै आकर्षणमा धक्का लागेको भन्दै विद्यार्थीहरु जलकुम्भी झार हटाउने उपकरण निर्माणमा जुटेका हुन् ।

त्यस्तो मेशिनको नमुना भने यसअघि नै निर्माण गरी इञ्जिनियरिङ अध्ययन गर्दै गरेका विद्यार्थीले परीक्षण समेत गरिसकेका छन् । पोखरामा आइतबार आयोजित कार्यक्रममा उनीहरुले उक्त मेशिनको भिडियो प्रोजेक्टर मार्फत देखाएका थिए । त्यस्तो मेशिन निर्माण गर्न ३७ लाख देखि ४२ लाख रुपैयाँ सम्म पर्ने निर्माणकर्ता टोलीका प्रमुख अशोक लम्सालले बताए । सौर्य प्रणाली, जेनेरेटर वा एसी ग्रिड कुन प्रणालीमार्फत उत्पादित इन्धनले उक्त मेशिन चलाउने भन्ने विषय अनुसार त्यस्तो लागत निर्धारण हुने उनले सुनाए ।

बीई अध्ययन गर्दै गरेका १० जना विद्यार्थीको टिमले पोखराका पर्यटन व्यवसायी सामू उक्त मेशिन आफूहरुले निर्माण गर्न सक्ने तर लागतको अभाव भएको भन्दै त्यस्तो लागत उपलब्ध गराउन आग्रह गरे । यो मेशिनले एक घण्टामा १२ हजार किलो जलकुम्भी झार संकलन गर्न सक्ने दाबी विद्यार्थीहरुको रहेको छ ।

सफा लेक नाम दिइएको उक्त उपकरणलाई प्याडल ह्वील, कटर, फ्ल्यापर, कन्भेयर, कन्टेनर र हलको मद्दतले निर्माण गर्न सकिने कार्यक्रममा प्रस्तुती गरिएको थियो । ताल माथिको पानीमा तैरिएको उपकरणलाई चालकले चलाउने, अगाडीको जलकुम्भीलाई कटरले काटेर फ्यापरको मद्दतले त्यसलाई कन्भेयर मार्फत उपकरणमा रहने दुई हजार किलो अटाउने कन्टेनरमा पुर्याउने प्रणाली विद्यार्थीहरुले देखाएका थिए ।

डब्लू आर सी का चीफ एसोसिएटेड प्रोफेसर नारायणप्रसाद गौतमले कलेजले यस्तो ब्यबहारिक उपकरण बनाउन विद्यार्थीलाई आबश्यक सहयोग गर्दै आएको र रकम उपलब्ध भए कलेजकै अगुवाईमा जलकुम्भी लगायतको झार हटाउने उपकरण केही महिनामा बन्न सक्ने बताए । पुल्चोक इजिनियरिंग कलेजका पूर्व डिन इन्जिनियर भरतराज पहारीले विद्यार्थीले सराहनीय काम गर्न लागेको बताउँदै त्यसका लागि आबश्यक बजेट जुटाउन आफूले पनि सहयोग गर्ने बताए । डब्लू आर सी मेकानिकल विभागका एसोशिएटेड प्रोफेसर रामप्रसाद पौडेलले झार फाल्ने उपकरण बन्न सके पोखराका अन्य तालमा भएको जलकुम्भी पनि हटाउन सकिने बताए ।

हरेक वर्ष हिउँदमा केही कम जस्तो देखिए पनि बर्खा याममा बढी देखिने जलकुम्भी झारले तालको स्वरुप विगार्दै लगेको छ । फेवा ताल संरक्षणको नाममा दुई दर्जन बढी संस्थाहरु गठन गरिए पनि तालबाट जलकुम्भी झार हट्न नसक्नु दुर्भाग्य भएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले बताए । झार हटाउने उक्त उपकरण निर्माणमा आफूहरुले पुनः छलफल गरी सघाउने दिशामा अगाडि बढ्ने पनि उनले बताए । विद्यार्थीलाई हौसला प्रदान हुने र ब्यवहारिक रुपमै मेशिन निर्माण गर्न सके त्यो निकै फलदायी हुने भनाई उनको थियो ।

]]>
1894