पोखरा सेरोफेरो – Page newspali.com|category|pokhara|feed| – Newspali https://www.newspali.com Newspali.com Thu, 31 Jul 2025 04:57:31 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.7 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 पोखरा सेरोफेरो – Page newspali.com|category|pokhara|feed| – Newspali https://www.newspali.com 32 32 222214484 लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन https://www.newspali.com/2025/07/21562/ Thu, 31 Jul 2025 04:53:56 +0000 https://www.newspali.com/?p=21562 पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी हुन् ।

उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।

“अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ । विदेशमा जसरी मेहनत गर्छौँ, यदि यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने सोच सकारात्मक छ ।”, उनले भनिन् ।

उनले बगैंचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् । “सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैंचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउनेछ”, उनले भनिन् ।

उनका अनुसार पछिल्ला केही महिनामा सरकारले लगानीको वातावरण बनाउन महत्वपूर्ण कामहरू अघि बढाएको छ । पछिल्लो ६ महिनामा सरकारले गरेको काम प्रशंसायोग्य भएको र पर्यटनलगायतका क्षेत्रलाई अघि बढाउन यस्ता वातावरण बनाउँदै जानुपर्ने विषयमा उनले जोड दिइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैंचा रिर्सोट एण्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे ।

अंशुवरा ग्रुपका चेयरमेन एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बगैंचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गरे ।

उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएको उल्लेख गरे । उनले मन्त्री देउवामार्फत भारत, चीनलगायत देशहरूबाट सिधा उडान र द्विपक्षीय सहकार्यका लागि पहल गर्न अनुरोध गरेका छन् ।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट संचालक सौगात थापाले बगैँचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको बताए । “यहाँको हरेक सामग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ”- उनले भने।

बगैँचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण भएको भनाई उनको छ । आफ्ना बुवा विन्दु कुमार थापाको समर्थन र मार्गदर्शनले नै सपना साकार भएको उल्लेख उनले गरे । अंशुुवरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यवसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको उनले जानकारी गराए ।

बगैँचा रिसोर्ट एण्ड स्पामा १ सय ५० डलर देखि ३ सय ५० डलर सम्मको रुमको व्यवस्था गरिएको छ । जहाँ ३२ वटा कोठा, ४ किसिमका लक्जरी सुइटहरू (स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैँचा सुइट) छन्, सबैमा निजी बाल्कोनीसहित हरियाली दृश्यको अनुभव लिन सकिन्छ ।

रिसोर्टभित्र रहेको ‘टारो पूलसाइड बार’ र ‘मरिच इन्डो–चाइनीज रेष्टुरेण्ट’ तथा ‘उमामी प्यान–एशियन रेष्टुरेण्ट’ ले स्वादमा समेत बहुराष्ट्रिय विविधता ल्याउने बताइएको छ । यहाँ प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्गानिक फार्म बाट ल्याइनेछ ।

बगैँचाको अर्को विशेषता भनेको यसको शून्य प्लास्टिक नीति हो । काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिइएको छ । एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगजस्ता तत्वहरूले यसलाई सांस्कृतिक संरक्षणको जीवित थलो बनाएको छ ।

रिसोर्टमा जलवायु सचेतता अनुरूप वर्षातको पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको छ ।

स्पा सेवामा पारम्परिक नेपाली उपचार विधि, योग अभ्यास, सिङ्गिङ बाउल थेरापी र साउन्ड हेलिङजस्ता ध्यानात्मक कार्यक्रम बगैँचाको विशिष्टता भएको संचालक सौगात थापाले जानकारी दिए । साथै, स्थानीय जडीबुटीबाट तयार पारिएको ‘बगैँचा विशेष चिया’ पाहुनाका लागि एक विशेष अनुभव हुने विश्वास समेत गरिएको छ ।

]]>
21562
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते https://www.newspali.com/2025/07/21554/ Thu, 31 Jul 2025 04:48:35 +0000 https://www.newspali.com/?p=21554 पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । एक शिक्षक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी धादिङ स्थायी वतन भई पोखरा महानगरपालिका–२५, हेम्जा निवासी २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

घाचोकको लस्तीखोला स्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खस्दा तेजबहादुरको मृत्यु भएको  डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।

बंगुर फार्मका लागि डोकोमा दाना लिएर जाँदै गर्दा गुरुङ पहिरोमा परेका थिए। उनी सम्पर्कविहीन भएपछि स्थानीयले खोजी सुरु गरेको थियो । सडकमा माथिबाट खसेको पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।

सोही पहिरोमा परेर घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्।

पोखराबाट मोटरसाइकल चढेर विद्यालयतर्फ जाँदै गर्दा उनलाई पनि पहिरोले भेटेको थियो। स्थानीयले तत्काल उद्धार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याए । अस्पतालमा पोखरेलको उपचार भइरहेको छ।

]]>
21554
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद https://www.newspali.com/2025/07/21548/ Mon, 28 Jul 2025 17:22:44 +0000 https://www.newspali.com/?p=21548 पोखरामा मनी चेन्जर र रेष्टरेण्ट व्यवसाय चलाइरहेका तीन जना व्यवसायी अमेरिकी डलर र युरो अवैध कारोबार आरोपमा शनिबार पक्राउ परेका छन् ।

उनीहरूका साथबाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल लेकसाइडमा हिलारी मनी चेन्जर कम्पनी चलाएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा–१९ पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेन्जर चलाएका ४३ वर्षीय खेमराज पौडेल र रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ हाटबजार घर भई रूपन्देही र पोखरामा रेष्टुरेण्ट चलाएका ४५ वर्षीय महुमुद्धिन एम अहमद रहेका छन्।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार मनी चेन्जर सञ्चालकद्वय राजकुमार र खेमराजले रेष्टुरेण्ट सञ्चालक महुमुद्धिनलाई कमिसन लिएर अमेरिकी डलर र युरो बिक्री गरिरहेका थिए।

राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जर कम्पनीले मुद्रा सटही गर्दा प्राप्त विदेशी मुद्रा बैंकिङ कारोबारमार्फत जम्मा गर्नुपर्ने भए पनि अर्को व्यक्तिलाई बिक्री गरिरहेको भेटिएको एसपी ओलियाले बताए ।

‘राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जरले आफ्नै खातामा लगेर विदेशी मुद्रा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘गैरकानूनी रूपमा अर्को व्यक्तिलाई बिक्री गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं।’

पोखराको विरौटामा अवैध कारोबार भएको सूचना पाएपछि उनीहरूका साथबाट अमेरिकी डलर, युरो र नेपाली रूपैयाँ प्रहरीले बरामद गरेको हो।

विदेशी मुद्रा यसरी अवैध कारोबार गर्दा कति कमिसन लिए र महुमुद्धिनले कहाँ लैजान खोजेका थिए भन्नेबारे खुल्न बाँकी रहेको एसपी ओलियाले बताए।

उनीहरूलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि ७ म्याद थपेको छ।

राष्ट्र बैंक ऐन २०५८ विरूद्ध विदेशी मुद्रा कारोबार गरेकाले सोही ऐन अनुसार अनुसन्धान गरेर कारबाही अघि बढाउने एसपी ओलियाले बताए।

]]>
21548
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो https://www.newspali.com/2025/07/21542/ Sun, 27 Jul 2025 17:51:34 +0000 https://www.newspali.com/?p=21542 जग्गा बेच्ने विषयमा वादविवाद भएपछि आफ्नै श्रीमतीलाई मुक्का प्रहरी गरी हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार गत साउन आठ गते भएको घटनाको विषयमा ५८ वर्षीय जङ्गे सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ।

वादविवादकाबीच जङ्गे आवेशमा आई श्रीमती ५३ वर्षीया छुनु भन्ने जमुना नेपाली सार्कीलाई दुई मुक्का प्रहार गरेको र भित्ता तर्फ ठोक्काएको तथा सोही कारणले जमुनाको मृत्यु भएको कास्की प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

साउन ६ गते राती करिब १० बजेको समयमा पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीमा जमुना आफ्नै घरको आफू सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना कास्की प्रहरीमा आयो। लगत्तै घटनाको छानबिन र शङ्कास्पद व्यक्तिहरूलाई निगरानी र सोधपुछमा लागेको प्रहरीले मृतक जमुनाका श्रीमान् जङ्गेलाई नै साउन आठ गते नियन्त्रणमा लियो।

प्रारम्भिक अनुसन्धानका क्रममा खाना खाएपछि एक गिलास मदिरा सेवन गरेका जङ्गेले साउन छ गते श्रीमती जमुनामाथि जाइलागेको तथ्य खुल्यो। जग्गा बेच्ने विषयमा वादविवाद हुँदा जङ्गेले श्रीमतीमाथि दुई मुक्का प्रहार गरेको भित्तातर्फ ठोक्काएको खुलेको कास्की प्रहरीले बताएको छ। जमुनाको शवको ‘पोस्टमार्टम रिपोर्ट’ मा समेत टाउको जबरजस्ती परेको जोडका कारण मृत्यु भएको प्रहरीको भनाइ छ।

घटना लगत्तै जङ्गे आफ्नो घर बाहिर रहेको आफ्नै टिनको टहरामा सुत्न गए। भोलिपल्ट साउन सात गते बिहान उठेर  छिमेकीको घरमा चिया खान गए। त्यतैबाट ठेकेदारलाई भेटेर पैसा लिन भनी सिसुवातर्फ लागे। दिनभर ठेकेदारलाई भेट्न नसकेपछि साँझ घरमा आई खाना बनाए, आफूले खाए तर श्रीमतीको बारेमा कुनै खोजी गरेनन्।

साउन आठ गते पनि बिहान उठेर छिमेकी मामा पर्नेको घरमा गई चिया खाएर ठेकेदारलाई भेट्ने भन्दै पुनः शिसुवातर्फ लागे। घटना भएको तेस्रो दिनसम्म पनि अभियुक्तले आफ्नी श्रीमतीको बारेमा खोजी गरेनन्। उक्त दिन साँझ करिब सवा पाँच बजेको समयमा जङ्गेको घरबाट केही फरक गन्ध आएपछि भने स्थानीयले प्रहरीमा गन्धको बारेमा जानकारी गराए। त्यो बेलासम्म मृत शरीर सडे गलेको अवस्थामा पुगेर दुर्गन्ध फैलिएको थियो।

पक्राउ परेका सार्कीलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी थप अनुसन्धान चलिरहेको छ।

कास्कीकै माछापुच्छ्रे गाउँपालिका–५ रिमान स्थायी घर भएको सार्की दम्पती करिब २० वर्षअघिदेखि पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी शान्ति खहरे टोल स्थित सुकुम्वासी टोलमा अस्थायी छाप्रोमा बस्दै आएको थियो।

करिब ३५ वर्ष अगाडी पहिलो श्रीमतीले एक वर्षको छोरा छोडेर अन्तै विवाह गरेपछि जङ्गेले जमुनासँग दोस्रो विवाह गरेको प्रहरीले बताएको छ। श्रीमानले ज्यामी काम गर्ने र श्रीमतीले घरायसी काम गरेर न्यून स्तरको जीवनयापन गरी उनीहरू बस्दै आएको पनि कास्की प्रहरीले बताएको छ। पहिलो श्रीमतीतर्फको एक मात्र छोरालाई जमुनाले नै पालन पोषण गरी हुर्काएकी थिइन्। छोरा बुहारी भने हाल माछापुच्छ्रे गाउँपालिकाको रिमानमा नै बस्दै आएका छन्।

]]>
21542
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान https://www.newspali.com/2025/07/21510/ Wed, 23 Jul 2025 05:23:34 +0000 https://www.newspali.com/?p=21510 पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे औपचारिकरुपमा साताव्यापी चीन भ्रमणमा निस्केका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा भाग लिन मुख्यमन्त्री पाण्डेसहित प्रतिनिधिमण्डल मंगलबार पोखराबाटै सिधैँ हिमालयन एयरलायन्समार्फत चीन प्रस्थान गरेको हो ।

टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक मुख्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूले बिदाइ गरेका थिए । मुख्यमन्त्रीको अनुपस्थितिमा कावा मुख्यमन्त्री जिम्मेवारी मन्त्री श्रेष्ठले पाएकी हुन् ।

६ देखि १२ साउनसम्म हुने भ्रमणलाई गत २३ असारमा संघीय मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो ।

भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले ल्हासामा तिब्बत स्वायत्त क्षेत्रीय कमिटीका पार्टी सचिव वाङ जुनझेङसँग र लिन्झीमा नगर कमिटीका पार्टी सचिव आओ लिउछ्वान तथा उपसचिव एवं नगर प्रमुख बातासँग द्विपक्षीय भेटघाट गर्नेछन् ।

मुख्यमन्त्री पाण्डेले पनि आफ्नो भ्रमणमा कोरला नाका, पोखरा विमानस्थल सञ्चालन र दुई देशबीचको व्यापारिक सहजीकरण गरी मुख्य चारवटा एजेण्डामा केन्द्रित रहने बताएका छन् ।

]]>
21510
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति https://www.newspali.com/2025/07/21487/ Sun, 20 Jul 2025 16:13:56 +0000 https://www.newspali.com/?p=21487 पोखरा । निरन्तर वर्षाका कारण काहुँखोलाको बहाव बढ्दा खोलाले बस्तीतर्फ कटान गरेको छ ।

पोखरा महानगरपालिका–२० भलाम र पोखरा महानगरपालिका–१३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ ।

पर्खाल भत्काएर खोला काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदो पसेको छ । काहुँखोलाको बाँध फुटेपछी घट्टेखोला पुल र वरपरको बस्ती खतरामा परेको छ ।

पोखरा–२० भलाम स्थित सूर्यबहादुर बास्तोलाको टिनले छाएको एक तले भवनका सात कोठाहरु मध्ये तीनवटा कोठा पूर्णरूपमा क्षति पुगेको कास्की प्रहरीले जानकारी दिएको छ । यस्तै, ढल्के पुलकी दीपा लामाको दुई कोठाको एक तले कच्ची घर खोलाले कटान गरेर क्षति हुन पुगेको पोखरा–१३ का वडाध्यक्ष किरण बरालले बताए ।

उनका अनुसार खोलाले पर्खाल भत्काउँदा कटान गरेर ढल्के पुलको एउटा घरमा क्षति पुगेको हो । खोलाको धारलाई पूर्वास्थामै फर्काउने काम भइरहेको उनले जनाए । क्षती भएको घर नजिकै जाली लगाउने काम भइरहेको उनको भनाई छ । रामबजार वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवप्रसाद कँडेल, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवाल सहितको टोली रातिदेखि नै उद्धार कार्यमा खटिएको छ ।

शुभकामना टोलबाट काहुँखोला दुईतिर बग्छ । त्यहाँबाट खोला पूर्वतिर नहरमार्फत विजयपुर खोलामा मिसिन्छ भने दक्षिणतिर सिँचाइ नहरमा जान्छ । यहाँ कांग्रेसका नेता दीपक गुरुङ माइला र उनका आफन्तले प्लटिङ गरेका छन् । जसको रिटेनिङ पर्खालले सिँचाइ नहर साँघुरिएको छ ।

सिँचाइ नहर साँघुरो हुँदा पानीले निकास नपाएर शुभकामना टोलका घर शनिबार राति डुबानमा परेका थिए । पानीले निकास नपाएपछि र बहाब थेग्न नसकेपछि ०३८ सालतिर निर्माण गरिएको पर्खाल भत्किएको हो । त्यसपछि दुईतिर जाने पानी एकैतिर बग्दा खोलाको बहाब बढ्यो । जसले नहर आसपासका घरमा बाढी पसेको हो । यसअघि काहुँखोला अहिले पर्खाल भत्किएभन्दा बायाँतर्फबाट नहरमा मिसिन्थ्यो ।

पोखराको वडा नं. १८ र २० का साथै अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति भएको कास्की प्रहरीले जनाएको छ । कस्की जिल्लाभर भएका बाढी–पहिरोका घटनामा मानवीय क्षति भने भएको छैन ।

]]>
21487
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध https://www.newspali.com/2025/07/21477/ Sun, 20 Jul 2025 13:22:53 +0000 https://www.newspali.com/?p=21477 पोखरा । लक्ष्मी ग्रुप अन्तर्गतको दूध तथा दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी ब्राण्ड सुजल डेरी प्रा.लि.ले आफ्ना उपभोक्ताहरूका लागि सफल फ्रेश पनिरलाई नयाँ थर्मोफर्मिङ प्याकमा उपलब्ध गराएको छ।

सफल फ्रेश पनिर गुणस्तर र स्वच्छताको उच्चतम स्तर सुनिश्चित गर्दै आधुनिक प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ।

‘यसमा प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम र भिटामिन जस्ता पौष्टिक तत्वहरू भरिपूर्ण छन्, जसले स्वास्थ्यका लागि फाइदाजनक र स्वादमा पनि उत्कृष्टता दिन्छ। शुद्धता, स्वाद र स्वास्थ्यका लागि परिचित सुजल डेरीले सफल फ्रेश पनिरलाई उपभोक्ताको भान्सामा अझ स्वादिष्टता र पौष्टिकता थप गर्ने उद्देश्यले “अझै SOFT, अझै FRESH बनाएको छ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

नेपालमै पहिलोपटक ल्याइएको यस अत्याधुनिक थर्मोफर्मिङ प्याकले सफल फ्रेश पनिरलाई अझै SOFT, अझै FRESH रख्नुको साथै सफा र स्वस्थ पनि राख्ने कम्पनीको भनाइ छ ।

एउटै आकार र ढिक्कामा भ्याकुम प्याक गरिएको सफल फ्रेश पनिरले स्वाद र पौष्टिकता सुरक्षित राख्ने, स्पष्ट देखिने र बलियो थर्मोफर्मिङ प्याकले सफल फ्रेश पनिरलाई सजिलै खरिद गर्न, भण्डारण गर्न र प्रयोग गर्न मिल्ने बनाएको छ, जसले उपभोक्तामा स्वाद र सन्तुष्टि दुबै जगाउनेमा कम्पनी विश्वस्त छ ।

‘सफल फ्रेश पनिरले तपाईंको खाना बनाउने अनुभवलाई रमणीय बनाउँछ। तपाईं खाना बनाउन मन पराउनु हुन्छ वा राम्रो पकवान बनाउने जानकार हुनुहुन्छ, सफल पनिरले हरेक परिकारलाई स्वादिष्ट बनाउँछ। धेरै प्रकारका परिकारका लागि मिल्ने सफल फ्रेश पनिरले स्वाद मात्र होइन, पोषण पनि दिन्छ। तपाईं यसबाट बटर पनिर मसला, पनिर तावा, मटर पनिर, पनिर चिल्ली जस्ता स्वादिष्ट परिकारहरू सजिलै बनाउन सक्नुहुन्छ।’ कम्पनीले उपभोक्तालाई विश्वस्त बनाएको छ ।

सफल फ्रेश पनिर बजारका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा २०० ग्रामको लागि रु. २०० र ५०० ग्रामको लागि रु. ४८० मा उपलब्ध छ।

]]>
21477
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला https://www.newspali.com/2025/06/21462/ Fri, 20 Jun 2025 15:45:13 +0000 https://www.newspali.com/?p=21462 पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।

बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँवरले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् ।

यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरु शान्ति गुरुङ्ग, शोभाकान्त सिग्देल र केशव शरण लामिछनेले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए ।

पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहनुभएका पत्रकारहरुबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी साजिदा खातुनले बताइन् ।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ ।

हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरू बीबीए, बीबीए फाइनान्स र बीसीएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

]]>
21462
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै https://www.newspali.com/2024/07/21305/ Sat, 27 Jul 2024 00:53:21 +0000 https://www.newspali.com/?p=21305

रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्केपछि हाल उनि घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन । छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसे । ड्रागनफ्रुट खेतीबाट आफनै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनि खुशी छन । ड्रागनफ्रुट खेतीबाट सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बुढाको भनाइ छ । बजारीकरणको समस्या नहुँदा खेतीतर्फ आकर्षण बढ्दै गएको उनले बताए ।

“ड्रागनफ्रुट रातो प्रतिकिलो चार सय तथा सेतो चार सय ५० का दरले घरबाटै बिक्री हुने गरेको छ”, उनले भने, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग आइरहन्छ, माग आए काठमाडौ समेत पठाउने गरेको छु ।” परम्परागत कृषि कर्मबाट उपलब्धी हासिल नभएपछि ड्रागनफ्रुट खेती रोजेको बुढाले बताए । करिब ८० लाख खर्च गरेर ६ जनाको समूहले ‘दङ्गाली ड्रागनपु्रट फर्म’ दर्ता गरेर विगत छ वर्षदेखि दुई विघा जमिनमा व्यवसायिक रुपमा खेती गर्दै आएको छ ।

“वार्षिक २० लाखदेखि २५ लाखसम्म कारोवार हुन्छ”,  भने, ‘दुई बिघामा करिब एक हजार तीन सयभन्दा बढी विरुवा रहेका छन्, प्रति विरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुन्छ ।” वार्षिक वचत १५ लाखसम्म हुने गरेको छ ।’

ड्रागनफ्रुट खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा धेरै किसान त्यसतर्फ आकर्षित भएका छन् । तीन/चार वर्षअघिसम्म प्रतिकिलो आठ सय ५० मा बिक्री हुने गरेको ड्रागनफ्रुटको वर्षेनि मूल्य घट्दै गएको बुढा बताउछन । उनि भन्छन,– “चार वर्षअघिको जस्तै ड्रागनफ्रुट बिक्री हुन्थ्यो भने कमाउन विदेश जानुपर्ने थिएन् । विगतको तुलनामा दोब्बरले मुल्यमा कमी आएको छ ।”

धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने बुढा उदाहरण बनेका छन । अन्य तरकारी, पशुपालन लगायतका कृषि व्यवसायमा मेहनत अनुसारको लगानी हुन नसकेको गुनासो आउने गरेको छ । ड्रागनफ्रुट खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी लालप्रकाश बुढा बताउछन । उनि पनि लामो समय वैदेशिक रोजगारमा थिए । सधैँ विदेशमा बस्नुभन्दा स्वदेशमा केही गर्ने सोचका साथ सामूहिकरुपमा साथिहरुसँग यो व्यवसाय गरेको उनले बताए ।

बुढाले भने, “दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।” फर्ममा उत्पादन पनि राम्रो भएको र विक्रीका लागि घोराही बजारपनि नजिकै रहेकाले आफुलाई विक्रीका लागि समस्या नभएको उनले बताए । बुढाले भने,‘ अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पान हुन थालेको छ । एकै पटक रोपेपछि लामो समयम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागनफ्रुटको खेतीमा व्यवसायिक रुपमा लागेका थिए ।

सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसान पछिल्लो समय ड्रागनखेतीमा लागेका छन् । दुई बिघा जग्गाको भाडा वार्षिक ६० हजार तीर्ने गरेको उनले बताए ।

]]>
21305
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन https://www.newspali.com/2024/06/21261/ Sun, 30 Jun 2024 15:36:30 +0000 https://www.newspali.com/?p=21261 पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।

बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् ।

यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए ।

पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी सन्दीप श्रेष्ठले बताए ।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

]]>
21261