पत्रपत्रिका – Page newspali.com|category|papers|feed| – Newspali https://www.newspali.com Newspali.com Mon, 11 Nov 2024 02:11:32 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 पत्रपत्रिका – Page newspali.com|category|papers|feed| – Newspali https://www.newspali.com 32 32 222214484 दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै https://www.newspali.com/2024/11/21392/ Mon, 11 Nov 2024 02:11:32 +0000 https://www.newspali.com/?p=21392 द्वन्द्वका कारण मध्यपूर्व र खाडीमा वैदेशिक रोजगार असुरक्षित बनिरहेका बेला, सरकार सर्वाधिक आकर्षक मानिने दक्षिण कोरियामा दक्ष कामदारको रोजगार बाटो खोल्ने अन्तिम प्रक्रियामा पुगेको छ। यससँगै ईपीएस प्रणालीबाट अदक्ष कामदार पठाइरहेकै खर्चले धान्ने गरी नेपालीले थप गतिलो रोजगारीमा जान पाउने छन्। उनीहरूको मासिक बेसिक तलब कम्तीमा ३ हजार अमेरिकी डलर (सरदर ४ लाख रुपैयाँ) हुनेछ।

ईपीएस प्रणाली (ई ९ भिसा) मा साना तथा मझौला कम्पनीले अदक्ष कामदार लैजाने गर्छन्। त्यसका लागि कोरियाली भाषा परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण गर्नुपर्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार यसअघि भाषा परीक्षा पास गरेर बसेका २ लाख नेपाली रोजगारको पालो कुरिरहेका छन्। ईपीएसबाट अघिल्लो वर्ष सन् २०२३ मा सबैभन्दा धेरै १९ हजार ६ सय ८९ जना कोरिया गएका थिए। यस वर्ष १० हजारको हाराहारी पुग्ने अनुमान छ।

कोरिया जान तयार नेपालीलाई पछिल्लो निर्णयले राहत पुर्‍याउनेछ। ई७ भिसा भने कोरियाको कानुन मन्त्रालयले हेर्ने र व्यवसायी–व्यवसायी (बीटूबी) सम्झौतामा आधारित हुने उनले जानकारी दिए। ईपीएस भने त्यहाँको श्रम मन्त्रालयले हेर्छ। कोरियाले ईपीएस प्रणालीअन्तर्गत १७ देशबाट अदक्ष श्रमिक लैजाने गर्छ। सम्झौता भएका ती देशमध्ये नेपालले मात्र ई७ प्रणालीबाट सीपयुक्त श्रमिक पठाउन बाँकी रहेको र बाँकी सबैले पठाइरहेको मन्त्री भण्डारीले जानकारी दिए। ‘रोजगारीसँगै भविष्यमा सीप, प्रविधि र पुँजी भित्र्याउन सक्ने सुरक्षित गन्तव्य हामीलाई चाहिएको छ’, मन्त्री भण्डारीले भने, ‘ती मुलुक कोरिया र जापान हुन्।’

कोरियाले आफ्नो मुलुकलाई आवश्यक पर्ने २० प्रतिशत मात्र दक्ष जनशक्ति ई७ प्रणालीबाट विश्व बजारबाट आपूर्ति गर्छ। उद्योगधन्दा र निर्माण क्षेत्रको चरम विकाससँगै हरेक वर्ष उसलाई ठूलो संख्यामा विदेश जनशक्ति आवश्यक हुन्छ। त्यसमा नेपालले दक्ष कामदारसमेत पठाउने बाटो खुल्दा रोजगारी नपाइरहेका सीपयुक्त नागरिकलाई राहत पुग्ने मन्त्रीको ठम्याइ छ।

मन्त्री भण्डारीले यसअघि व्यक्तिगत रूपमा दक्षिण कोरियामा रोजगारी खोजेका दक्ष कामदारलाई संस्थागत रूपमा परिचालन गर्न प्रक्रिया अघि बढाइएको बताए। कोरियाले ई–९ भिसा प्रयोग गरी सन् २००७ देखि उत्पादन र कृषि क्षेत्रका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालबाट अदक्ष कामदार लैजाँदै आएको छ। यही अभिलाषामा हरेक वर्ष सरदर १ लाख नेपालीले कोरियन भाषा परीक्षा दिन्छन्। तर, सीमित संख्यामा मात्र श्रमिक लैजाँदा उनीहरूको व्यग्र धैर्य हुँदै आएको छ। यसले नयाँ अवसरको ढोकासमेत खोल्ने मन्त्री भण्डारीले बताए।

उनले ई ७ भिसाअन्तर्गत दक्ष कामदार पठाउँदा ई–९ भिसा अर्थात् ईपीएस प्रणालीअन्तर्गत अदक्ष कामदारको निरन्तरतामा कुनै प्रभाव नपर्ने बताए। ‘१५ वर्षदेखि हामीले दक्षिण कोरियामा अदक्ष कामदार मात्रै पठाइरहेका छौं। अहिले कोरियामा दक्ष कामदारको ठूलो माग छ। यस अवसरलाई सदुपयोग गर्नुपर्छ,’ उनले भने।

मन्त्रालयले कात्तिक ९ गते कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० स्वीकृत गरेको हो। मन्त्री भण्डारीका अनुसार यसबाट ईपीएस प्रणालीमा कुनै असर पर्छ/पर्दैन भन्नेबारे परराष्ट्र र कानुन मन्त्रालयसँग राय मागिएको छ। प्रक्रिया पूरा भएपछि दक्ष कामदार कोरिया पठाउने प्रक्रियालाई व्यवस्थित गर्न मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत छुट्टै शाखा खोल्ने तयारी गरेको छ। (साभार अन्नपूर्ण पोस्ट)

]]>
21392
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च https://www.newspali.com/2021/05/9832/ Tue, 25 May 2021 01:45:43 +0000 https://www.rastranews.com/?p=9832 काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल  आयातमा  देखिएको  छ।  भन्सार  विभागका अनुसार  चालू  आर्थिक  २०७७÷७८  को  वैशाखसम्म  नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ।

तथ्याङ्कअनुसार  १०  महिनाको  अवधिमा  मात्रै  नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल  आयात  गरेको  छ।  मोबाइल  आयातबाटै  नेपालले पाँच  अर्ब  रुपियाँभन्दा  बढी  भन्सार  राजस्व  प्राप्त  गरेको  छ। जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपियाँको मोबाइल आयात भएको थियो।

तुलनात्मक  रूपमा  यसअघि  आव  २०७४÷७५ को  वैशाखसम्म  सबैभन्दा  धेरै  २१  अर्ब १७    करोड    रुपियाँको मोबाइल  आयात  भएको तथ्याङ्क    छ।    चालू आवमा    भने    मोबाइल आयातको   यसअघिको सबै रेकर्ड तोडिएको हो।

जेठ ११ गते मङ्गलबार गोरखापत्र दैनिकमा प्रकाशित समाचारबाट साभार ।

]]>
9832
फेरि होला लकडाउन ? https://www.newspali.com/2021/03/8535/ Wed, 24 Mar 2021 01:29:31 +0000 https://www.rastranews.com/?p=8535 काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन्। ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ’, निर्देशक डा. राजभण्डारी भन्छन्, ‘सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।’ उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ। ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन। संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ’, उनी भन्छन्।

गत वर्ष हवाई मार्ग र स्थल मार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मापदण्ड’ले लकडाउनको अवस्थामा पुर्‍याएको विज्ञको भनाइ छ। तेस्रो र दोस्रो लहरको मार खेपिरहेका मुलुकबाट स्वदेश छिर्नेलाई गत वर्षको गल्ती नदोहोर्‍याई समान मापदण्ड कायम गर्नुपर्ने उनीहरूको सुझाव छ।

‘गत वर्ष विकसित मुलुकबाट स्वदेश फर्कनेको पीसीआर रिपोर्ट अनिवार्य गरियो। भारतबाट घर फर्कनेलाई पीसीआर रिपोर्टबिना हुरुरु छिर्न दिइयो। घर पठाइयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘यही दोहोरो मापदण्डले कोरोना संक्रमण बढ्यो। लकडाउन घोषणाको अवस्था आयो।’

कोरोना संक्रमणको एक वर्ष पूरा भइसक्दा पनि जोखिम उस्तै छ। भारतमा दैनिक ४० हजारभन्दा बढी संक्रमित हुन पुगेका छन्। सवा लाखमा झरेको सक्रिय संक्रमितको संख्या झन्डै चार लाख पुगेको छ। नेपाल–भारत नाकाबाट निर्बाध आवतजावत भइरहेको छ। कोरोना संक्रमणलाई देखाएर लकडाउन घोषणा गर्न नहुने डा. मरासिनी बताउँछन्। विगतको गल्ती सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम गत वर्षझैं मुलुकभर पुनः लकडाउन घोषणाको सम्भावना नरहेको बताउँछन्। ‘एन्टिजेन परीक्षण र घरमा बस्न नसक्नेलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ’, प्रवक्ता डा. गौतम भन्छन्, ‘तत्कालै लकडाउनको योजना छैन। जनस्वास्थ्यका मापदण्ड पालनालाई जोड दिनुपर्छ। संक्रमण बढेकाले भौतिक दूरी कायम गर्नुपर्छ। मास्क लगाउनुपर्छ। साबुनपानीले राम्रोसँग हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।’ नेपालमा पनि संक्रमण बढ्न सक्ने हुँदा देशभर भीडभाड हुने कार्य नगर्न÷नगराउन अनुरोध गरिएको डा. गौतम बताउँछन्।

अन्नपूर्ण पोष्टका लागि दिनेश गौतमले लेखेको समाचारबाट साभार गरिएको हो ।

]]>
8535
राष्ट्रपति भण्डारी बंगलादेश जाने https://www.newspali.com/2021/03/8274/ Fri, 12 Mar 2021 01:35:53 +0000 https://www.rastranews.com/?p=8274 राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् ।

भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ ।

बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने छिन् । गत वर्ष नै राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण हुने भनिए पनि कोरोना संक्रमणका कारण भ्रमण रोकिएको थियो ।

आजको नेपाल समाचारपत्रमा प्रकाशित समाचार ।

]]>
8274
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य https://www.newspali.com/2021/03/8019/ Tue, 02 Mar 2021 01:48:21 +0000 https://www.rastranews.com/?p=8019 भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ।

फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु एक हजार ४०० तोकिएको छ।

उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा रु एक अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ। आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ। सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ।

नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर रु १०.०६, डिजेलमा रु ८.२२, मट्टितेल नोक्सान हुने जनाइएको छ।

फागुन १८ गते नागरिक दैनिकमा प्रकाशित समाचार हो ।

]]>
8019
आज श्रीस्वस्थानी व्रत सकिदै https://www.newspali.com/2021/02/7937/ Sat, 27 Feb 2021 01:28:12 +0000 https://www.rastranews.com/?p=7937 पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ ।

आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । यो व्रत बस्नाले शान्ति, सुःख, समृद्वि अनि अध्यात्मिक चेतनामा वृद्वि भई सुस्वास्थ्य हुने जनविश्वास रहदै आएको छ ।

स्वस्थानी व्रत कथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।

समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ। काठमाण्डौको साँखुस्थित शालिनदीमा एका विहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना हुन्छ  । आज रातभर जाग्राम समेत बस्ने चलन छ ।

यो समाचार हाम्रो पात्रोबाट लिइएको हो ।

]]>
7937
बर्ड फ्लुको उच्च जोखिम https://www.newspali.com/2021/02/7911/ Fri, 26 Feb 2021 02:12:49 +0000 https://www.rastranews.com/?p=7911 छिमेकी  जिल्ला सुर्खेतमा   समेत   बर्डफ्लु   भेटिएपछि   बाँके जिल्ला  सो रोगको  अत्यधिक  जोखिममा  रहेका बेलासमेत  भारतबाट  अवैध  रूपमा  भइरहेको कुखुराको आयात भने रोकिएको छैन ।

काठमाडौँ  र  सुर्खेतमा  बर्डफ्लु  भेटिएपछि प्रहरी   प्रशासनले   भारतबाट   कुखुरा   आयात गर्न  नदिने  बताइरहेको  छ ।  यही  बेला  दुई दिनको  अन्तरालमा  भारतबाट  अवैध  रूपमा ल्याइएका  १४  क्विन्टल  अवैध  कुखुरासहित सात  मोटरसाइकल  र  सात  तस्करलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्डफ्लुको उच्च जोखिम हुँदा पनि कुखुराको अवैध आयात भने जारी रहेको सो घटनाले पुष्टि गरेको  छ । सिमानामा  खटिएको  सशस्त्र  प्रहरीले बाँकेको   डुडुवा र नरैनापुर   गाउँपालिकाबाट १४  क्विन्टल  अवैध  कुखुरा,  मोटरसाइकल  र तस्करलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीको खडैचा बीओपीबाट सशस्त्र प्रहरी  टोलीले  बुधबार  डुडुवा  गाउँपालिका–१, पाँजाबाट   पाँच   क्विन्टल   भारतबाट   आउँदै गरेको   अवैध   कुखुरा   बरामद   गरेको  हो ।
गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।
]]>
7911
भावी समीकरणमा कांग्रेस निर्णायक https://www.newspali.com/2021/02/7880/ Thu, 25 Feb 2021 03:07:11 +0000 https://www.rastranews.com/?p=7880 नेकपा विभाजन ओलीकै कारणले मात्रै हुन सक्छ भन्ने बुझाइले देउवाले उनीसँगकै सहकार्यलाई प्राथमिकता दिँदै आएका छन्
संसदीय प्रक्रियालाई अघि बढाउने र प्रणाली बचाउने मुद्दा मुख्य हो, सैद्धान्तिक रुपमा ओलीसँग मिल्ने कुरा सहज हुँदैन– रामचन्द्र पौडेल

काठमाडौँ — चितवनमा बुधबार आयोजित सभा छाडेर नेकपा दाहाल–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल हानिँदै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । देउवासँग भेटको चाँजोपाँचो उनीहरूले चितवनबाटै मिलाएका थिए । दाहाल र नेपालले महत्त्वका साथ देउवालाई भेट्नुका पछि भावी सत्ता समीकरणका लागि संसदीय गणित मुख्य कारण थियो ।

नेकपा औपचारिक रूपमै विभाजित भए सत्ता समीकरणका लागि कांग्रेस निर्णायक शक्ति हुने देखिन्छ । सभामुखसहित नेकपासँग रहेका १ सय ७३ सांसदमध्ये ओली समूहमा भन्दा दाहाल–नेपाल समूहसँग करिब एक दर्जन बढी छन् । नेकपाको यही अंकगणित कायम रहे सरकार बनाउन १ सय ३८ सांसद पुर्‍याउन दाहाल–नेपाल समूहलाई कांग्रेसकै साथ चाहिन्छ । कांग्रेसको साथ पाए ओलीले पनि आफूअनुकूल गठबन्धन बनाउने सम्भावना छ । ओलीले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर अघि बढ्न सक्ने विश्लेषण कांग्रेस वृत्तमा छ ।

सांसद आफूतिर तान्न नेकपाका दुवै समूहले सरकार आ–आफ्नो पक्षले बनाउने दाबी अनौपचारिक रूपमा गर्दै आएका छन् । दाहाल–नेपाल समूहले कांग्रेस सभापतिलाई हतारमा भेट्नुका पछि यस्तै मनोविज्ञानले पनि काम गरेको आशंका कांग्रेस नेताको छ । बुधबार भएको करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने आश्वासनबाहेक दाहाल–नेपालसँग ठोस कुरा गरेनन् । भेटपछि एक सार्वजनिक कार्यक्रममा पुगेका देउवाले भावी समीकरणका विषयमा प्रस्ट नभएकाले अहिल्यै निर्णय गर्न उपयुक्त नहुने भनाइ राखेका थिए । नेकपा विभाजन र एकता कतातिर मोडिन्छ प्रस्ट नभएकाले कांग्रेसले निर्णयका लागि हतार नगर्ने उनले बताए । ‘ओलीजीले संसद्मा बहुमत पुर्‍याउन नसक्ने हो भने छाड्दा राम्रो हुन्छ,’ महेन्द्रनारायण निधिको ९९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा देउवाले भने, ‘तर यसो गर भनेर हामीले भन्ने कुराचाहिँ होइन ।’

भावी समीकरण निर्माणमा दाहाल–नेपाल समूहसामु दुई विकल्प देखिन्छन्– दाहाल वा नेपालमध्ये एकले जनता समाजवादी पार्टीसँगको गठबन्धनमा सरकारको नेतृत्व गर्ने वा देउवालाई प्रधानमन्त्री छाडेर कांग्रेससँग गठबन्धन बनाउने । पहिलो विकल्पमा जाँदा दाहाल–नेपाल समूहलाई जनता समाजवादी पार्टीमा हाल कायम ३२ सांसद संख्याले बहुमत पुग्दैन । त्यसका लागि दाहाल–नेपाल समूहले ओली समूहसँग रहेका दुई दर्जनभन्दा बढी सांसद आफूतिर तान्नुपर्छ । यो बाटो चुनौती र जोखिम दुवै भएकाले दाहाल–नेपाल समूहले कांग्रेस सभापति देउवालाई समयमै ‘इन्गेज’ गराउन खोजेको देखिन्छ ।

अर्को, कांग्रेस र जसपासँगको गठबन्धनमा सहजै सरकार बनाउने विकल्प छ । यो विकल्पमा जाँदा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुपर्ने बाध्यता आउन सक्छ । देउवाले सरकारमा सहभागी मात्रै हुने विकल्पभन्दा आफैं प्रधानमन्त्री बन्ने बाटो रोज्ने सम्भावना बढी छ । प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट बदर हुनुअघि नै ओलीले ‘प्लान बी’ अन्तर्गत देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेको जानकारी आन्तरिक भेटघाटमै उतिबेलै सुनाएका थिए ।

देउवाले विगतदेखि नै ओलीसँगको सहकार्यलाई बढ्ता जोड दिएका छन् । नेकपाभित्र विभाजन ओलीकै कारणले मात्रै हुन सक्छ भन्ने बुझाइले नै देउवाले दाहाल–नेपालसँग भन्दा ओलीसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएका हुन् । देउवानिकट स्रोतहरूका अनुसार पार्टी विभाजनको बाटो लिने कि नलिने भन्नेमा ओलीले अहिले पनि कांग्रेसको प्रस्ट धारणा बुझ्न चाहिरहेका छन् । देउवाले यसबारेमा छलफल अघि बढाउनकै लागि बिहीबार पदाधिकारी बैठक बोलाइसकेका छन् ।

ओलीलाई ढाडस दिन सके नेकपा वैधानिक रूपमै विभाजन हुन सक्ने बुझाइ देउवानिकट नेताहरूमा छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको लोकप्रिय मत अघिल्लो आमनिर्वाचनको तुलनामा केही प्रतिशत बढी छ । प्रत्यक्षतर्फ कांग्रेसको हार हुनुमा देउवाले तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनलाई मुख्य कारण ठान्दै आएका छन् । नेकपा औपचारिक रूपमा विभाजन भए आउने निर्वाचनमा पार्टीलाई बहुमत, नभए पनि ठूलो बनाएर आफ्नो लोकप्रियता बढाउने योजनामा देउवा देखिन्छन् । निर्वाचनपछिको सरकारको नेतृत्वमा जाँदा आफू पनि शक्तिशाली हुने उनको ठम्याइ छ । त्यसैले भावी समीकरणमा देउवा ओलीतिर ढल्कन सक्ने बुझाइ कांग्रेसका कतिपय नेताले व्यक्त गर्न थालेका छन् । त्यस्तो अवस्थामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको भूमिका के हुन्छ भन्ने अर्को महत्त्वपूर्ण पाटो छ । नेकपालाई विभाजन गराउन पौडेल–सिटौलासहितको समूहले फरक मत राख्ने वा मौन बसिदिन सक्ने विकल्प पनि देखिन्छ । तर वरिष्ठ नेता पौडेल र सिटौला ओलीसँगको गठबन्धन हुने सम्भावना कम देख्छन् । ‘संसदीय प्रक्रियालाई अघि बढाउने र प्रणाली बचाउने मुद्दा मुख्य हो । ओलीसँग गठबन्धन हुने सम्भावना कम देख्छु,’ कान्तिपुरसँग पौडेलले भने, ‘सैद्धान्तिक रूपमा ओलीसँग मिल्ने कुरा सहज हुँदैन ।’

त्यस्तै भनाइ सिटौलाको छ । प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा पार्टीले निर्णय गर्नुपर्छ भनेर दबाब दिइराख्दा सभापति देउवा भने अदालतले निर्णय गर्नुअघि कुनै पनि पक्षमा निर्णय गर्न उपयुक्त नहुने अडान राख्दै आएका थिए । जसका कारण पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक मात्रै भनेर विरोध गरेको थियो । असंवैधानिक बाटो सच्याउन पुनःस्थापना कि निर्वाचन भन्नेमा औपचारिक दृष्टिकोण बनाएको थिएन । सभापति देउवा र उनीपक्षीय नेताहरूले सार्वजनिक रूपमा निर्वाचनको वकालत गर्दै आएका थिए भने पौडेल–सिटौलासहित संस्थापनइतर पक्षीय नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनालाई मुद्दा बनाएका थिए ।

पूर्वमहामन्त्री सिटौलाले बाध्यतात्मक परिस्थितिमा बाहेक कांग्रेसले सरकारको नेतृत्व लिने वा सरकारमा जाने कुरा नै सोच्न नहुने बताए । कांग्रेसको समर्थनबिना सरकार निर्माण नहुने परिस्थिति बने मात्रै सत्ताको विषयमा छलफल गर्नुपर्ने उनको धारणा छ । ‘हामीले यति बेला सरकारको नभएर सैद्धान्तिक नेतृत्व लिनेतर्फ जानुपर्छ । निजी सत्ता स्वार्थका लागि पार्टीले कुनै पनि निर्णय लिनुहुन्न,’ उनले भने, ‘राजनीति दूषित भइरहेका बेला शुद्धीकरण गर्ने अवसर पनि हामीसामु छ । यसलाई किन उपयोग नगर्ने ?’ कांग्रेसबिना सरकार नबन्ने अवस्था आए मात्रै समीकरणसँग जोडिने नत्र प्रतिपक्षमा बस्नुपर्ने उनको भनाइ छ ।

०७४ को निर्वाचनको म्यान्डेट कांग्रेसलाई सत्ताको नेतृत्व गर्ने वा सरकारमा जाने नभएकाले सकेसम्म पार्टी प्रतिपक्षमै बस्नुपर्छ भन्ने मत धेरैमा देखिन्छ । संस्थापन पक्षका नेता एनपी साउद सरकारको नेतृत्व नपाउने अवस्थामा कांग्रेस सरकारबाहिरै बस्न उपयुक्त हुने बताउँछन् । नेतृत्व पाउने अवस्था आउँदा तयार हुनुपर्ने उनको भनाइ छ । नेकपाका दुवै पक्षबाट प्रधानमन्त्रीका लागि आउने विकल्पमा कांग्रेस खुला रहेको उनको भनाइ छ । अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेकपाभित्रको दृश्य प्रस्ट भएपछि मात्रै कांग्रेसले गठबन्धनको विषयमा धारणा बनाउने बताउँछन् ।

नेकपा विभाजन हुने वा नहुने भन्ने प्रस्ट नभएकै बेला कुनै एक पक्षसँग मिलेर समीकरण बनाउने निर्णय कांग्रेसले गरे पार्टी एकीकरणका लागि दबाब पुग्ने साउदको भनाइ छ । ‘यस्तो समीकरण विकास गर्न खोज्दा एकीकरणका लागि दबाब बढ्छ र नेकपामा एकीकरण प्रक्रिया तीव्र हुन्छ,’ उनले भने, ‘मध्यावधि घोषणापछि नेकपालाई एकीकृत बनाउन विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भएकै हो । त्यो प्रयत्न अहिले पनि जारी हुनुपर्छ । त्यसैकारण कांग्रेसले सामुन्नेका परिदृश्य निर्क्योल नगरी कुनै पनि समीकरणमा समावेश हुने निर्णय गर्नॅहुन्न । कथम् यस्तो निर्णय भए पछि पछुताउनुपर्ने हुन्छ ।’

कांग्रेस नेता गगन थापा दाहाल–नेपाल समूहसँग समीकरण बनाउँदा सत्ता र सिद्धान्त दुवै मिल्ने बताउँछन् । ‘ओलीसँग मिल्दा कांग्रेसले सत्ता जित्न सक्ला तर सिद्धान्त जित्दैन,’ उनले भने, ‘झट्ट हेर्दा कांग्रेस ओलीसँगको गठबन्धनमा जाने सम्भावना कम छ । संविधान समाप्त गर्न खोजेको अभियोग ओलीमाथि छ । यो चानेचुने अभियोग होइन, संविधानमाथि गरेको अपराधको राजनीतिक मूल्य चुकाउनुपर्ने हुन्छ ।’

सिटौलाले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको मूल भावनामा टेकेर कांग्रेसले भूमिका निर्वाह गर्ने बताए । उनको भनाइको अर्थ सत्ता समीकरणमा जानुपर्ने अवस्थामा पनि सैद्धान्तिक पक्षधरसँगको गठबन्धन नै प्राकृतिक हुने भन्ने हो । उनले नेकपा औपचारिक रूपमा विभाजन नहुँदासम्म ओली वा दाहाल–नेपालसँगको गठबन्धनमा जाने निर्णय गर्नु अपरिपक्व हुन सक्ने बताए ।

‘अहिले नेकपामा प्रचण्ड–माधव नेपालको पक्षमा बहुमत छ । पार्टी विभाजत भएको छैन । उनीहरूले ह्विप लगाए भने पार्टीका सांसदहरू अनुशासनमा अडिनुपर्ने हुन्छ,’ सिटौलाले भने, ‘कांग्रेसले यस्तो होला र उस्तो होला भनेर अहिल्यै निर्णय लिनु जरुरी छैन । निर्णय लिनुपर्ने बेला कांग्रेस सैद्धान्तिक निष्ठामा अडिन्छ । यसैमा पार्टीको हित छ । सरकारमा पुग्ने र नेतृत्व लिने कुराले मात्रै पार्टीलाई हित हुँदैन ।’

कांग्रेस नेता शेखर कोइरालाले भने सरकारको नेतृत्व गर्ने नैतिक धरातल सभापति देउवाले गुमाएको तर्क गर्छन् । विराटनगरमा रहेका कोइरालाले बुधबार सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री बन्दिनँ भनेर देउवाले घोषणा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दृढतापूर्वक नउभिएका कारण देउवा जनताका बीच आशंकाको घेरामा रहेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएको र गत वैशाखमै ओलीले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको भनेर पार्टीले औपचारिक निर्णय लिइसकेको हुनाले पनि देउवालाई पार्टीबाट आफूअनुकूलको निर्णय गराउन कठिनाइ देखिन्छ । तर ओलीसँगको गठबन्धनमा जाँदा मात्रै नेकपा विभाजित हुने परिदृश्य देखिए विरोधका स्वर मत्थर हुन सम्भावना पनि उत्तिकै छ । ‘अहिले नेकपाका जुनसुकै नेता पनि कोल्टे फर्कन सक्ने अवस्था छ । ओलीमा बदलाको भावना ज्यादा छ । दाहाल–नेपालमा जितको दम्भ छ । यस्तो बेला जुन घटकको पक्षमा कांग्रेस प्रस्तुत हुन्छ, त्यतिबेला नेकपाको एकीकरण गर्ने प्रक्रिया सरल हुने देखिन्छ,’ साउदले भने, ‘ओलीले अविश्वासको प्रस्ताव सामना गर्छन् कि विश्वासको मत लिन्छन् भन्ने कुराले पनि धेरै कुराको अर्थ राख्छ । विश्वासको मत लिँदा नयाँ शिराबाट राजनीतिक सन्तुलनको विकास हुन सक्छ ।’

  फागुन १३ गतेको कान्तिपुर दैनिकका लागि कुलचन्द्र न्यौपानेले लेखेको समाचार ।

]]>
7880
कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता https://www.newspali.com/2021/02/7805/ Mon, 22 Feb 2021 02:14:41 +0000 https://www.rastranews.com/?p=7805 काठमाडौँ — कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् ।

मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन् । त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत बुझेका छन् । काजमा जानेले भ्रमण भत्ता लिएका छन् ।

स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २४ सम्म १२ वटा बैठक बसेको थियो । ती बैठकमा उपस्थित भएको भन्दै डा. विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयक्रान्ति शाक्य, दीपक महर्जन, सन्तोष सुवेदी र उत्तमकुमार श्रेष्ठले १ हजार ५ सयका दरले भत्ता लिएका छन् ।

बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन् ।

यही प्रकृतिको बारम्बार बैठक राखेर भत्ता लिने अर्को समिति हो– स्वास्थ्य संस्थाको तहगत संरचना र तिनले प्रदान गर्ने सेवा प्रवाह, मापदण्डलगायतको विषय तय गर्न गठित समिति । यो समितिले पनि असारमा ९ वटा बैठक राखेर हरेकले २ हजारका दरले भत्ता लिएका छन् । यसरी एउटै विषयमा पटक–पटक बैठक राखेर भत्ता लिनेमा डा. रोशन पोखरेल, रघुराम बिष्ट, डा. गुणराज लोहनी, डा. विकास देवकोटा, डा. जागेश्वर गौतम, डा. तारानाथ पोखरेललगायत छन् ।

आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेको समाचार ।

]]>
7805
लायन्स क्लबद्वारा वृक्षरोपण https://www.newspali.com/2020/07/7007/ Sun, 19 Jul 2020 12:52:24 +0000 http://rastranews.com/?p=7007 पोखरा, ४ साउन । लायन्स क्लब अफ पोखरा माउन्टेन भ्युसिटिले वृक्षरोपण गरेको छ ।

क्लबले पोखरा १९ पुरुन्चौरस्थित धारा आधारभूत विद्यालय परिषरमा वृक्षरोपण गरेको हो । जोन चेयर पर्सन श्रीकृष्ण कतिलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

क्लबका संस्थापक अध्यक्ष टिकाराम सुवेदी, निवर्तमान अध्यक्ष बलराम आचार्यलगायत क्लबका पदाधिकारी एवं सदस्यले वृक्षरोपण गरेका थिए ।

विभिन्न प्रजातिका करीब २० बिरुवा रोपिएको कार्यक्रम सहसचिव विष्णु बास्तोला प्रकाशले संयोजन गरेका हुन् ।

क्लबका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव रेवत बज्राचार्यले सञ्चालन गरेका थिए ।

]]>
7007