मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल कलश यात्रा गरिनेछ । कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त कलश यात्रामा ११ हजार कलश रहनेछन् ।
उक्त कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिने छ। कलश यात्रामा प्रयाग गरिएका कलश महायज्ञ सकिएपछि प्रति कलश १ हजार तीन सय र दुई वटा कलश २ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मूल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।
कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुनभएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।
त्यसैगरी महायज्ञको प्रचार प्रसारका लागि बैशाख ११ गते साइकल र्याली राखिएको छ । साईकल र्याली विरौटा कार्यक्रम स्थलबाट शुरुभई विरौटा चोक, ड्याम साइड, लेकसाइड, हल्लन चोक, जिरो किमि, मालेपाटन, विन्ध्यवासिनी, भैरव टोल, नाला मुख, तेस्रापट्टी, महेन्द्र पुल, न्यूरोडक, पृथ्वीचोक, नागढुंगा, पुरानो एयरपोर्ट, मुस्ताङ चोक, पार्दी हुदै पुन विरौटामा गएर समापन हुने छ ।
यस्तै, बैशाख १२ गते ट्याक्सी र्याली गरिने भएको छ । उक्त र्याली, विरौटा चोक हुदै ड्याम साइड, राष्ट्रबैक चोक, लेकसाइड, हल्लन चोक, जिरो किमी, मालेपाटन, हरिचोक बगर पिएन क्याम्पस, नदिपुर, महेन्द्रपुल, रानीपौवा, सितलदेवि, कुडहर, मियापाटन, १३२ किमि चोक, अमरसिंह चोक, विरेन्द्र चोक, राम बजार, बुद्धचोक, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा चोक हुदै कार्यक्रम स्थलमा गएर समापन हुने छ ।
यसैगरी, बैशाख १३ गते हुने मोटरसाईकल र्याली पनि ट्याक्सी र्यालीको रुट अनुसार नै हुने आयोजकले जनाएको छ ।
वैशाख १४ गते फेवातालमा डुंगा र्याली हुने छ । उक्त ¥याली स्वीमि· पुल घाटबाट शुरु भइ बाराही मन्दिर परिक्रमा गरेर बाराही घाटमा आएर समापन हुने छ । बैशाख १५ गते विहान पोखरामा बृहत पैदल यात्रा हुने भएको छ । महायज्ञमा एकसय वटा हवनकुण्ड रहनेछन्।
पोखराको कोटिहोममा करिब ५० जिल्लाबाट स्वयम्सेवकहरु सहभागी भएको फाउन्डेसनले जनाएको छ ।
कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।
कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञमा आयोजना गरिएको हो ।
महायज्ञमा अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
उक्त कथा वाचनमा मंगलबार प्रमुख अतिथिको रहेका पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् ।
महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष लाई सफल बनाउनको लागि पनि यस कोटिहोम महायज्ञ जस्तो महत्वपूर्ण माध्यम अरु हुन नसक्ने बताए । पछिल्लो समय भक्तजन, दानविरदाताहरुको पनि उपस्थित बाक्लिँदै छ ।
]]>कोटिहोम महायज्ञको लागि गत फागुन २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विवादका कारण त्याहाँ हुन नसकेपछि कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो ।
पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पूजन सम्पन्न भएको छ ।
त्यस्तै, पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमिमा बुधबार बिहान ठीक ११ बजेर १ मिनेटमा भूमि पुजन गरिएको छ ।
नेपाल पञ्चाङ्ग विकास समिति नेपालले दिएको उत्तम साइतमा नै भूमि पुजनको कार्य सम्पन्न भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
त्यस्तै, यज्ञ कुण्ड पनि खनिएको छ । ठीक ११ः११ बजे विधिवत् रुपमा यज्ञ कुण्ड खनिएको जनाइएको छ ।
उक्त भूमि पूजन कार्यक्रममा विभिन्न स्थानबाट आएका स्वामी, पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही, वडा नं। १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि तथा आमा समूहका प्रतिनीधिहरू सहभागी थिए ।
]]>आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउन्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएका हुन् । आइतबार संकल्पसभा गरी अगाडि बढेको कोटी होमको कार्यक्रम जेठको २६ गतेसम्म निरन्तर रूपका सञ्चालन हुने छ ।
सोही क्रममा गुरू विजय कृष्णमुर्ति महाराजले कुनै पनि कमी कमजोरी हुन नदिने हिसाबले महायज्ञको व्यवस्थापन गरेको भन्दै यसमा केही गल्ती भए सुझाव दिन आग्रह गरेका छन् ।
महायज्ञको संकल्प सभा पनि गरिएको छ । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्तीजी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिँदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसको महत्व, यज्ञको महिमा, हवनको महिमा, कोटिहोम महायज्ञको उद्देश्य लगायतको विषयमा जानकारी दिएका थिए ।
कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायतको बिषयमा पनि जानकारी दिए ।
गत महिना नै बाराहीघाटमा सञ्चालन हुने भनिएको महायज्ञ पोखरा महानगरपालिकाको अवरोधका कारण त्यहाँ हुन सकेन र भूमिपूजनका बेला झडपको अवस्था पनि सिर्जना भएको थियो । विवाद समाधान समिति बनाएरै महायज्ञको स्थान परिवर्तन गरेपछि सौहार्दपूर्ण रुपमा महायज्ञ सञ्चालन गर्ने वातावरण बनेको हो । पोखरा महानगरपालिकाले पनि यस महायज्ञलाई स्वीकृति र सहमति प्रदान गरेको छ ।
बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ सयभन्दा बढी सुन्तलाको बोट लगाएका छन् । उनले एक दशकअघि बर्सेनि रु छ लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका छन् । तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ । यस वर्ष मुस्किलले रु ८० हजारसम्म आम्दानी गरेको उनको भनाइ छ । घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताए ।
जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ । एक दशकअघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक रु दुई करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए । छ-सात वर्षयता रु १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताए । विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँसहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा जिल्लामा एक सय ३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतिबाट पाँच सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भएपनि उत्पादन एक सय २५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताए ।
त्यस्तै, आव २०७८-७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुई सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७७÷७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।
सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ । जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ ।
]]>सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको उल्लेख छ ।
सरकार जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको जनाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरिएको छ । “देशलाई मध्यम आयस्तरको विकासोन्मुख मुलुकको रूपमा रूपान्तरण गर्न आगामी दिनमा थप प्रतिबद्धता र समर्पणभावका साथ काम गर्नुपर्ने खाँचो छ, सरकार त्यसतर्फ सचेत र सजग छ”, विवरणमा भनिएको छ ।
जनताको त्याग, सङ्घर्ष र बलिदानबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण र सम्बद्र्धन गर्दै, लोकतान्त्रिक र जनउत्तरदायी राजनीतिक व्यवस्थाको माध्यमबाट मुलुकलाई सुशासन र अग्रगमनको दिशामा अघि बढाउन सरकार दृढ रहेको जनाइएको छ ।
संविधान र प्रचलित कानूनहरूले मार्गनिर्देश गरेबमोजिम राज्यका नीति र दायित्वहरूका साथै सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा समेटिएका विषयहरूलाई शीघ्र र प्रभावकारी तवरमा कार्यान्वयन गरी आमनागरिकको विकास, सुशासन र समृद्धिको आकाङ्क्षालाई जतिसक्दो छिटो पूरा गर्ने प्रतिबद्धता सरकारको छ । यसैगरी अन्तर्राष्ट्रिय जगतमा देशको सम्मान र प्रतिष्ठा अभिवृद्धि गर्न सरकारले आगामी दिनमा आफ्नो कार्यशैली र कार्यप्रणालीलाई थप चुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउँदै जाने उद्घोष गरेको छ ।
प्रधानमन्त्री कार्यालयबाट प्राप्त एक वर्षको अवधिमा सम्पन्न भएका प्रमुख कार्यका संक्षिप्त विवरण यसप्रकार छ ।
नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।
टिकटकमा पहुँच पुगेको भए टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनीका बारेमा जानकारी गराउन हुन इन्टरनेट सेवाग्राहीहरुलाई सूचनामार्फत अनुरोध गरिएको छ ।
]]>सहज पदमार्ग, आवास, खानेपानीलगायत पूर्वाधारसँगै मालिकाको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा पर्याप्त प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिएका छन । “सुन्दर दृश्यावलोकन गर्न सकिने मालिकामा विदेशी पर्यटक भित्र्याउन सकिएको छैन”, उनले भने, “विशेष पूजाआजा हुने चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशी बाहेकका दिनमा भक्तजन पनि आउँदैनन् ।”
मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओढारमा कष्टप्रदरूपमा रात कटाउन बाध्य छन् । खानेपानी र शौचालयको सुविधा छैन । बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुग्न सकिन्छ । ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ ।
“सत्तलको सरसफाइ, आवास व्यवस्थापन र भक्तजनको सुरक्षाको आवश्यकता छ”, पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटबाट मालिका दर्शन गर्न गएका कृष्ण जिसीले भने, “धुलैधुलो भएको सत्तलमा प्लास्टिक बिछ्याएर बस्नुपर्यो । चिसो र असुविधाले बस्नै गाह्रो भयो ।” रघुगङ्गा र मालिका गाउँपालिकाले गत वर्ष १० लाख लगानी गरेर खानेपानी योजना निर्माण गरे पनि नियमित पानी आपूर्ति हुनसकेको छैन । बुटवलका भरत छन्त्याल र ठाडाखानीका खिममाया छन्त्यालले निजी लगानीमा केही वर्षअघि पाइपमार्फत मालिकाको सत्तलसम्म खानेपानी पुर्याइदिए पनि मर्मतसम्भारको अभावमा दिगो हुन सकेन ।
तीन वर्षअघि गण्डकी प्रदेश सरकारको ४० लाखमा देउरालीबाट मालिका धुरीसम्म एक हजार दुई सय ७२ मिटर ढुङ्गाको सिँढी सहितको पदमार्ग बनेपछि आवतजावत गर्न सहज भएको मालिका गाउँपालिका–७ का पलवीर जुग्जालीले बताए । मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । ८३ लाखको लागतमा बाइन्दफाँटबाट धौलागङ्गा र नागीथलाको बीचसम्म सडक पुर्याइएको छ । तीन वर्षअघि ठेक्का लिएका निर्माण व्यवसायीले काम नगर्दा धौलागङ्गाबाट नागीथलासम्म जोड्ने सडक विस्तार हुन नसकेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए ।
“पुरानो ठेकेदारलाई काम सम्पन्न गराउन ताकेता गर्नुका साथै यस वर्ष मालिका जोड्ने सडक स्तरोन्नति गर्न ८३ लाख विनियोजन भएको छ”, उनले भने, “गत वर्ष निर्माण भएको खानेपानी योजना मर्मत गरेर मालिकामा नियमित पानी आपूर्तिको व्यवस्था मिलाउँछौँ ।” गण्डकी प्रदेश सरकारले मालिका धुरी जान प्रयोग हुने दरवाङ–बिम सडक कालोपत्र गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षमा चार करोड विनियोजन गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सो योजनालाई २० करोड बराबरको बहुवर्षीय ठेक्का लगाउने तयारी भएको बताए ।
रघुगङ्गा गाउँपालिकाले १० लाखको लागतमा ठाडाखानीबाट पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र चार लाख २० हजारमा बथानडाँडाबाट सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ । बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले बताए ।
“सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको घुइँचो लाग्छ”, उनले भने, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।”
मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकाबाट सिस्ने, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ । मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ ।
मालिकालाई पर्यटकीयस्थलका रूपमा विकास गर्न व्यवस्थित पदमार्ग, आवास सुविधाका लागि नजिकैका बस्तीमा घरबास, सामुदायिक विश्रामगृहको व्यवस्थासँगै धार्मिक महत्व र प्राकृतिक सौन्दर्यको प्रचार–प्रसारमा जोड दिनुपर्ने देखिएको छ । सत्तलमा काठ बिछ्याउने, पूजाआजाका लागि भक्तजन आउने समयमा सामुदायिक विश्रामगृह सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
]]>गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भन्ने गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनि आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि रहेको छ ।
किन गरिन्छ गाईको पूजा ?
गाईलाई हिन्दूधर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पुकार्ने गर्दछन् । गाईको सेवा गरेमा सबै पाप नष्ट हुने जनविश्वास छ । गौमाताको सिङको तल्लो भागमा ब्रह्मा र भगवान विष्णुको बास हुन्छ । साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ । साथै बीचमा महादेवले बास गर्दछन् ।
गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अश्तर नाग बस्ने गर्दछन् ।
गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको वास हुने गर्दछ ।
सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ । सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको आज सोमबार गाई पूजा गरेका छन्।
कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ। राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका छन्।
घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
]]>सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिगललाई दिइएको कैद मिनाहा बदर गर्दै पुन: पक्राउ गर्न पूर्ण इजलासले परमादेश दिएको छ ।
रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए। घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३/३ वर्ष कैद सजाय भएको थियो।
खुँडाले मान्छे काट्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाह गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन्।
त्यसमाथि सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाइ गर्दै असोज २५ देखि पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर मुद्दाको शीघ्र टुंगो लगाउनू भनी आदेश गरेको थियो। त्यसअनुसार असोज २५ गते प्रधान न्यायाधीश श्रेष्ठसहितको इजलासमा मुद्दाको पेसी चढेर त्यसमाथि प्रारम्भिक बहस पनि भएको थियो।
सरकारले कारागार नियमावली २०२० को दफा २९ को १ र १ (क) बमोजिम रिगललाई कैद मुक्त गर्ने निर्णय गरेको थियो। ऐनमा भएको व्यवस्थालाई नियमावलीले खारेज गर्न नसक्ने कानुनी सिद्धान्त छ। त्यसको विपरीत सरकारले यो निर्णय गरेको थियो। त्यसमाथि, गृह मन्त्रालयले २०७९ मंसिर १२ मा उक्त दफा खारेज गरिसकेको छ।
राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जकाे न्यूराेडबाट पक्राउ गरेकाे एसपी सुवासचन्द्र बोहराले बताए । उनले भने,’ मलाई हेडक्ववाटरबाट पक्राउ गर्नु भन्ने आदेश थियाे । उनलाई न्यूराेडबाट पक्राउ गरेकाे हाे । ‘
]]>