राजनीति – Page newspali.com|category|national|politics|feed| – Newspali https://www.newspali.com Newspali.com Sat, 02 Aug 2025 17:02:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 राजनीति – Page newspali.com|category|national|politics|feed| – Newspali https://www.newspali.com 32 32 222214484 रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा https://www.newspali.com/2025/08/21567/ Sat, 02 Aug 2025 16:54:52 +0000 https://www.newspali.com/?p=21567 काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्लज्ज व्यक्तिहरुको झुण्डको संज्ञा दिएका छन् । उनले रास्वपाले सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको भनेर चलाएको हस्ताक्षर अभियानको पनि आलोचना गरे ।

उनले रास्वपाले रविले गरेको सहकारी ठगीमाथि पर्दा हाल्ने कोशिस गरिरहेको आरोप लगाए । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले रवि लामिछानेलाई अहिले बाँदर नचाउने काम नगर्न सुझाव दिएका छन् ।

उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगहरुको, भ्रष्टहरुको र अदालतले दण्डित गरेर पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको व्यक्तिको पक्षमा नांगो ढंगले बहस, पैरवी र वकालत गर्दै हिँड्ने निर्लज्ज व्यक्तिहरुको झुण्ड हो । यो झुण्डको बारेमा केही कुरा नगर्नुहोस । अहिले यो झुण्डले सहकारी ठगीमाथि पर्दा हाल्ने कोशिस गरिरहेको छ । ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएर अपचलन भएको रकमको बारेमा, त्यो पैसा फिर्ता गर्नेबारेमा त्यो झुण्ड बचतकर्ताहरुको पक्षमा कहिल्यैपनि उभिँदैन् । निर्लज्जहरुको झुण्डको बारेमा मसँग प्रश्न नगर्नुहोस । मेरो मित्र भएको हिसाले रवि लामिछानेजीलाई भन्न चाहन्छु–अदालतले जुन आदेश दिएको छ, त्यो आदेशको पालना गरेर तपाईं पुर्पक्षमा हुनुहुन्छ, त्यसको विकल्प पनि छैन । बाहिर यो बाँदर नचाउने काम नगर्नुहोस । तपाईंका सेना/मेना यो सहकारी ठगीको कुरालाई ढाकछोप गर्नेगरि, त्यसलाई पर्दा हाल्नेगरि अनावश्यक बचाउमा लाग्नेगरि बाँदर नचाउने काम चाहीँ नगर्नुहोस । अदालतबाट अन्तिम फैसला हुँदा न्याय पाउनुभयो भने कसैले केही भन्दैन ।’

उनले यो विषय अदालतको विषय र आदेशको विषय भएकोले कानूनी शासनको मर्यादाविरुद्ध गतिविधि नगर्न सुझाव दिए । सहकारी ठगीसम्बन्धी बनेको संसदीय समितिले रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको ठहर गरेको उनले स्मरण गराए । उनले रविको पक्षमा एक करोड नागरिकले हस्ताक्षर गरे भनेरपनि भन्न पाईने बताए ।

तर, रास्वपाका मान्छेहरु कांग्रेस र एमालेकोमा रविलाई प्रतिशोध साँधियो भनेर रुँदै कराउँदै हिँडेको पनि थापाको आरोप छ । उनले रास्वपाको हस्ताक्षर अभियानलाई राजनीतिक प्रोपाण्डाको संज्ञा दिए । उनले भने,‘यो हस्ताक्षर अभियानको नाममा उहाँहरुले पार्टीको प्रचार गर्नुभएको छ । त्यो त गरिरहनुहोस न । कुरा के हो भने पृथ्बीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न ।’

]]>
21567
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला https://www.newspali.com/2025/08/21565/ Sat, 02 Aug 2025 16:49:48 +0000 https://www.newspali.com/?p=21565 विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्ने खतरा रहेको चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ४ कार्यसमितिले शनिबार आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा नेता कोइरालाले सो चेतावनी दिएका हुन् ।

उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए ।बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले कांग्रेस बलियो बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने बताए ।

कोइरालाले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न देउवालाई सुझाव दिए ।

‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । मैले सभापतिलाई पटक पटक भने तपाईँ कांग्रेसको मात्रै होइन देशैको नेता हो, तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। तपाईँले बोलाएर भेट्नुस् सबै दलका नेतालाई, उहाँ हुँदैन भन्नुहुन्छ। अहिले हाम्रो गठबन्धन एमालेसँग छ। एमालेसित मात्रै भेट्नुपर्छ। जुन बेला माओवादीसित थियो त्यसबेला माओवादीसित मात्रै भेट्नुपर्छ। ‘

सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’ उनले भने ।

पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको उनको धारणा थियो । कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने कोइरालाले प्रस्ट्याए ।

‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरुमै हुन्छु । जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, सङ्गठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो ।’

जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरुसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । ‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘यसले कांग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरू पार्टीले जितेका स्थानीय, प्रदेश र संघमा कांग्रेस भएको भए त्यहाँ कांग्रेसलाई नै फाइदा हुन्थ्यो । समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरू पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’

]]>
21565
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम https://www.newspali.com/2025/07/21560/ Thu, 31 Jul 2025 04:52:26 +0000 https://www.newspali.com/?p=21560 प्रधानमन्त्री पदमा केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गरेको थियो । ओलीको सचिवालयले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च गरेको छ ।

उक्त हेर्दा एक वर्षको अवधिमा ओलीको सचिवालयले भन्दा प्रचण्डको सचिवालयले २ करोड ६ लाख ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको छ ।

प्रचण्डको कार्यकालमा पारिश्रमिकमा २ करोड ४० लाख २६ हजार ८७१ रूपैयाँ खर्च हुँदा ओलीको कार्यकालमा १ करोड ६४ लाख ६० हजार ४७९ रूपैयाँ खर्च भएको छ ।

प्रचण्डका पालामा इन्धनमा ७३ लाख ८१ हजार २७० रूपैयाँ खर्च गरिँदा ओली सचिवालयले एक वर्षमा जम्मा १४ लाख ९८ हजार १८७ रूपैयाँ खर्च गरेको छ ।

]]>
21560
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला https://www.newspali.com/2025/07/21558/ Thu, 31 Jul 2025 04:50:30 +0000 https://www.newspali.com/?p=21558 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीलाई फेरि राजनीतिमा सक्रिय नहुन सुझाव दिएका हुन् । ‘राष्ट्रपति भइसकेको मान्छे पुन: राजनीतिमा सक्रिय हुनुहुँदैन । संविधानमा जेसुकै कुरा उल्लेख भए पनि राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किनु हुँदैन,’ उनले भने ।

नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा पनि आफूले राजनीतिमा नफर्किन सुझाव दिएको बताए । ‘केही समयअघि पूर्वराष्ट्रपति भण्डारीजीसँग मेरो कुराकानी भएको थियो । उक्त भेटमा मैले राजनीतिमा नफर्किँदा राम्रो हुन्छ भनेर सुझाव दिएको थिएँ,’ उनले भने ।

१४ असारमा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको केन्द्रीय कमिटीको बैठकले राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै नवीकरण भइसकेको भनिएको पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वत: निष्क्रिय भएको एमालेले बताएको छ ।

कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन् ।

]]>
21558
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा https://www.newspali.com/2025/07/21535/ Fri, 25 Jul 2025 15:09:12 +0000 https://www.newspali.com/?p=21535 काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको संविधान सबैका लागि स्वीकार्य भएपनि केही विषयमा संशोधनको कुरा उठेको बताएका हुन्।

सभापति देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गर्नुपर्ने धारणा एमालेको रहेकाले कांग्रेस पनि यसमा सहमत रहेको बताए।

सभापति देउवाले नाममा कम्युनिष्ट भएपनि व्यवहारमा सबै पार्टीहरुले प्रजातान्त्रिक समाजवादी पार्टीको रूपमा काम गरिरहेको जिकिर गरे। उनले कांग्रेस सदैव प्रजातन्त्रसहितको समाजवादको पक्षमा रहेको भन्दै अझै पनि यसमा बलियो हुन बाँकी रहेको बताए।

सभापति देउवाले अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले अरू दलसँग लचिलो भएर मिल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

]]>
21535
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ) https://www.newspali.com/2025/07/21532/ Fri, 25 Jul 2025 15:05:27 +0000 https://www.newspali.com/?p=21532 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न आग्रह गरेकी छन्।

पार्टी केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेसँगै रुष्ट भएकी उनले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको बताइन्। पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएको बताइन्।  भण्डारीले नेकपा एमालेको आफ्नो सदस्यता कसैले चाहेर फाल्न नसक्ने भन्दै आक्रोश व्यक्त गरिन्।

‘अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो। सदस्यता हुँदा मदनभण्डारी कोसी-सगरमाथा इन्चार्ज हुँदा  लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन’ उनले भनिन्।

उनले पार्टी सदस्यता लिएको ३४ वर्ष हुँदा राष्ट्रपतिको शपथ लिएको र अहिले सदस्यता लिएको ४५ वर्ष भइसकेको सुनाइन्।

राष्ट्रपतिको कार्यकालपछि आफूले बाँकी जीवन मातृ पार्टी एमालेबाटै अघि बढाउने निष्कर्ष निकालेको र काम अघि बढाउन लागेको पनिब ताइन्।

‘पार्टीको आफ्नो प्रक्रिया हुन्छ। हाम्रो पार्टी प्रणालीमा चल्छ। कसलाई कतिखेर के मनलाग्छ त्यो निर्णय गर्ने कुरा होइन,’ उनले भनिन्, ‘३४ वर्ष सदस्यता रहेपछि राष्ट्रपतिको शपथ खाएको हुँ। पार्टीले निर्णय गरेर पठाएको हो। अहिले आएपछि विधिपूर्वक नै पार्टीमा आवद्ध भएको छु भनेर भन्छु। समृद्ध नेपाल सुखी नेपाली जनताको बहुदलीय जनवादको आधारमा भनिएको हो। पार्टीको आन्तरिक कुराहरू हुन्छन्। त्यहाँ कुरा होला।’

यस्तो छ उनको भनाइ 
नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ। मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु।

देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो। विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ। जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ।

मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए। अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो।  सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा (एमाले)मा आबद्ध भएर अगाडि बढ्नु नै थियो। यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा (एमाले)को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ।

हालैका दिनमा नेकपा (एमाले)को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ। मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो। त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो। मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तीबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।

म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु म  राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ। कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति म मा छैन। किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो।

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन। यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो। जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन।

यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ। यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन। विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो। पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन।

म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतिस वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेका छन्। त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति  प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन। यो पार्टी बनाउन म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ। यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन। बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु। यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु। मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन। त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)प्रतिको नेकपा (एमाले)का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो। नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ। हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो। यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ।              

]]>
21532
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने https://www.newspali.com/2025/07/21520/ Thu, 24 Jul 2025 04:03:49 +0000 https://www.newspali.com/?p=21520 काठमाडौँ — एमालेले पार्टी राजनीतिमा फर्कन नदिने भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक अभियानलाई अगाडि बढाउने भएकी छन् ।

आफूलाई रोक्ने पार्टी निर्णयबारे औपचारिक धारणा सार्वजनिक गरिनसके पनि उनले निकटस्थ नेताहरूलाई आगामी महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने धारणा व्यक्त गरेकी छन् ।

एमाले केन्द्रीय कमिटीले मंगलबार मध्यरातमा ‘संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्मअनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने’ तर्कसहित भण्डारीको पुनरागमनमा रोक लगाउने निर्णय गरेको थियो ।

पार्टीबाट यसरी रोक लगाउने निर्णय हुन्छ भन्ने अनुमान उनले मंगलबार दिउँसोसम्म पनि गरेकी थिइनन् । उनको सदस्यता नवीकरण एक वर्षअघि नै भइसकेको थियो । पार्टीको पछिल्लो निर्णयपछि भण्डारी आन्तरिक परामर्शमा लागेकी छन् । निकट नेताहरूका अनुसार उनी मदन भण्डारी फाउन्डेसनमार्फत जबज केन्द्रित अभियान चलाउने मनस्थितिमा छिन् । ‘म अघि बढिसकें, राजनीतिक अभियान रोकिँदैन । देशव्यापी रूपमा कार्यक्रम बनाएर जानुपर्छ,’ उनले निकटस्थसँग भनेकी छन् ।

]]>
21520
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा https://www.newspali.com/2025/07/21517/ Wed, 23 Jul 2025 05:29:46 +0000 https://www.newspali.com/?p=21517 काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् ।

मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए ।

सम्बोधनको क्रममा उनले मनमोहन अधिकारी बाहेकका अन्य कम्युनिष्ट पार्टीका नेताले असुली धन्दा गरेको ठहर भएको जिकिर गरे ।

‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन,’ उपमहासचिव शर्माले भने, ‘दु:खका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिष्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ ।’

उनले यसलाई आरोप नभइ यथार्थको रुपमा बुझ्न पनि आग्रह गरे ।

‘आज यहाँसम्म आइपुग्दा सायद ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशको गरिबीको अवस्था, बहुआयामिक गरिबीको जो अवस्था छ,’ उपमहासचिव शर्माले भने, ‘आज उत्पीडित जातीमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’

उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो ? भन्दै प्रश्न गरे ।

‘आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो । ९ ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? वा के गर्‍यौं ? यो गम्भीर प्रश्न छ । यो समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धित प्रश्न हो,’ शर्माले भने ।

यो प्रश्नको उत्तर आजका कम्युनिष्ट पार्टीका व्यवहार र तरिकालाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा रहेको उनले बताए ।

]]>
21517
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ https://www.newspali.com/2025/07/21513/ Wed, 23 Jul 2025 05:27:29 +0000 https://www.newspali.com/?p=21513

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताएका छन्।

बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी फाउण्डेसनद्वारा आयोजित  ‘देश विकास र देशवासीको उन्नतीको आधार-बीपी विचार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको बताएका हुन्।

उनले कांग्रेसले एमालेसँग गठबन्धन गरेकै भरमा ‘जे आउँछ मजाले पचाउँछ’ भन्ने होइन भन्दै आवश्यक छलफल र समितिमा छलफल नभई भूमि विधेयक पास नहुने दाबी गरे।

महामन्त्री शर्माले समितिबाट पास भइसकेको निजामती सेवा विधेयकमा एमालेका सांसदले संशोधन हालेकोमा असन्तुष्टि जनाए। उनले यसैका कारणसरकार नै तलमाथि हुनसक्ने चेतावनी दिए। निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्षको राख्दै राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक संसदमा आइपुग्दा छेडखानी गरेर हटाइएको भन्दै चर्को विरोध हुँदै आएको छ।

]]>
21513
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष https://www.newspali.com/2025/07/21507/ Wed, 23 Jul 2025 05:19:59 +0000 https://www.newspali.com/?p=21507 काठमाडौँ, ७ साउन। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।

सो दलको आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मान रहेको बताए। “पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो”, गौतमले भने “यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटिको निष्कर्ष निकालेको छ ।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो । केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै गरेको छ । बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ ।

यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ । पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिसन-८४ मा जानुपर्ने र त्यसका लागि केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्ने सुझाव दिए। पार्टी केन्द्रीय कमिटीको औपचारिक निर्णय सार्वजनिक हुन भने बाँकी छ ।

पूर्वराष्ट्रपतिको हकमा भने भोलि जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको उनले बताए । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले स्पष्ट पारे। यो एमालेको मात्र विषय नभएर सबै पार्टीको लागि गम्भीरताको विषय भएको उनले बताए।

“पूर्वराष्ट्रपतिप्रति हामी सबैको गौरव छ, हामी अगाडि बढाउने छौँ”, उनले भने। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने उनले स्पष्ट पारे। पार्टी केन्द्रीय कमिटी बैठकमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गरिसकेकाे स्मरण गराए।

प्रचार विभाग प्रमुख गौतमका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयका विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णवहादुर थापाले असहमति जनाए। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि २६४ जनाले पोलिटब्युरोसहित केन्द्रीय सदस्यले धारणा राखे।

बैठकले उपाध्यक्ष पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । सोही बैठकले १५ जना पदाधिकारी र पोलिटब्युरोसहित २५१ केन्द्रीय सदस्य बनाउने बैठकले निर्णय गरेको छ ।

]]>
21507