मल्टीमिडिया – Page newspali.com|category|multimedia|feed| – Newspali https://www.newspali.com Newspali.com Sat, 08 May 2021 03:46:23 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 मल्टीमिडिया – Page newspali.com|category|multimedia|feed| – Newspali https://www.newspali.com 32 32 222214484 अधिकारीको धम्पुस गाउँ सालैजो गीत बजारमा https://www.newspali.com/2021/05/9362/ Sat, 08 May 2021 03:46:23 +0000 https://www.rastranews.com/?p=9362 पोखरा, २५ वैशाख । लोक गायक श्याम अधिकारीले पर्यटकीय गाउँ धम्पुसको विषयसँग सम्वन्धित धम्पुस गाउँ सालैजो गीत बजारमा ल्याउनुभएको छ ।

गीतमा वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरुङले स्वरमा साथ दिनुभएको छ । अधिकारीले यस अघि पनि थुप्रै लोकदोहारी गित ल्याइसक्नु भएको छ । उहाँले यस अघि मेरै धम्पुस गाउँ गीत ल्याउनुभएको थियो ।

अहिले ल्याएको सालैजो गीतले पनि देश विदेशमा रहेका नेपालीबाट माया पाउँने उहाँको विश्वास छ । धम्पुसको प्रचारका लागि गीत उपयोगी हुने उहाँको भनाइ छ ।

]]>
9362
उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ गीत सार्वजनिक https://www.newspali.com/2021/05/9164/ Sat, 01 May 2021 02:15:43 +0000 https://www.rastranews.com/?p=9164 पोखरा, १८ वैशाख । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ युट्युवमार्फत् सार्वजनिक भएको छ ।

केही फरक प्रस्तुती र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वतीको भनाइ छ । यो गीत श्रोताले रुचाएमा छिट्टै समयसापेक्ष गीत लिएर आउने बताउनुभयो ।

उहाँ पोखरामा नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । त्यस्तै अर्का गायक उज्ज्वल भने नेपालको लोकसङ्गित क्षेत्रमा परिचित नाम हो ।

गीतमा शब्द उज्ज्वलकै रहेको छ भने लय महेन्द्र भण्डारीको छ । म्युजिक भिडियोको छायांङ्कन अजय रेग्मीले गर्नुभएको छ । सम्पादन विष्णु शर्माको र निर्देशन प्रकाश भट्टको रहेको छ ।

समूह गायनमा शर्मिला अर्याल, संगिता डंगोल, गोविन्द पराजुली, राजेन्द्र बाजुराली र महेन्द्र भण्डारीले साथ दिनुभएको छ ।

म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओवी रायमाझी, सचिन परियार, तेजेन्द्र परियार, साहिल क्षेत्री, सुप्रिया क्षेत्री, मनिष खड्का र नेपाली चार्लीको अभिनय देख्न पाइन्छ ।

]]>
9164
डा. थापाले ल्याए ‘अब त जनतासँग नहोस् हजुर झेल’ गित https://www.newspali.com/2019/05/6289/ Fri, 03 May 2019 14:24:31 +0000 http://rastranews.com/?p=6289 पोखरा २० वैशाख । पोखरा महानगरपालिका २५ हेमजा निवासी डा. अनिल थापाले अब त जनतासँग नहोस् हजुर झेल भन्ने बोलको गित ल्याएका छन् ।

शिर्ष नेतृत्वले पटक÷पटक जनतालाई आश्वासन मात्र दिने गरेको तर्फ व्यङग्य गर्दै उनले सो गित ल्याएका छन् । उनको सो गित  युट्ुवमा हेर्न सकिन्छ ।

गित मार्फत मुख्य गरी नेपालमा रेल संचालन गर्ने प्रतिवद्वता पूरा गर्नका लागि दबाब दिइएको छ ।

कहिले मुलुकलाई स्वीजरल्याण्ड बनाउँछु भनियो, कहिले बेरोजगारी समस्या पूर्णरुपमा समाधान गर्छु भन्दै भोट मागिएको छ, उनले भने – ‘नेताको आश्वासनले जनता वाक्क भएकाले सो गित तयार पारेको हु ।’

उनले युट्ुवमा गित हेरेर आवश्यक सुझाव दिन आग्रह गरेका छन् । गितको रचनाकार डा अनिला थापा नै हुन् भने रोम तामाङले संगित दिएका छन् । गितको कोरसमा टिना पुन, सृजना गायक र उर्मिला पुन छन् ।

]]>
6289
पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा https://www.newspali.com/2018/07/5821/ Wed, 11 Jul 2018 05:09:32 +0000 http://rastranews.com/?p=5821 पोखरा, २६ असार । पोखरामा हुन लागेको पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा भएको छ ।

असार २८, २९ र ३० गते हुने कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा हुनेछ ।

ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।

२८ गतेदेखि फेशन विक शुरु हुने छ भने ३० गते फेशन अवार्ड नेपाल गरिने कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए । फेशन विकमा पाँच लाख पर्ने दुलही ड्रेस सहित तीजका लागि ‘लै बरि लै’ थिम अन्तर्गत विभिन्न नयाँ डिजाइनहरु प्रदर्शन गरिने छ।

त्यस्तै, ‘समर स्प्रिंङ्ग’ थिममा गर्मीका पहिरन र ‘फ्याल्स ब्याक’ थिममा ५० वर्ष अगाडीका पहिरनहरु प्रस्तुत गरिने छ ।

फेशन विकमा फेशन स्कुलका २० भन्दा बढी डिजाइनर, डिजाइनर्स क्लबका सम्पूर्ण डिजाइनरहरु, एनआईएफ काठमाण्डौं, सेन्ट्रल फेशन हब हेटौडा, आइएफसि चितवन, सहित काठमाण्डौं, भक्तपुर, बुटवलका फेशन डिजाइनर र १२ जनाभन्दा बढी बुटिक सहभागी हुने छन्।

फेशन डिजाइनरले बनाएका पोशाक लोकप्रिय मोडलहरुले प्रदर्शन गर्ने छन्। कार्यक्रममा एक सयभन्दा बढी नयाँ डिजाइनका पोशाकहरु प्रदर्शन हुने छ ।

कार्यक्रमका सहसंयोजक विशाल गुरुङका अनुसार, फेशन अवार्डमा भने फेशन स्टाइल, डिजाइनर र बुटिकका विभिन्न ४० विद्यामा अवार्ड वितरण गरिने छ ।

विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक हुन लागेको हो । कार्यक्रममा करिष्मा मानन्धर, प्रशान्त ताम्राकार, सविन राई, आशिष राना ‘लाहुरे’, तेन्जिङ छेदेन भुटिया र जयनसुब्बा मानन्धर उपस्थित हुने निश्चित भैसकेको छ ।

मोडलहरुका लागि तालिम जारी रहेको छ भने डोम भित्र ७५ फिट लम्बाईको रनवे स्टेज निर्माण गरिसकिएको छ ।

फेशन अवार्ड र फेशन विक सँगै हुदाँ कार्यक्रम फेशन क्षेत्रको महाकुम्भमा परिणत हुने छ कार्यक्रम संयोजक रवीन गुरुङले भने – ‘यसले फेशन क्षेत्रमा नयाँ तरगं ल्याउने छ।’

फेशन क्षेत्रका नयाँलाई प्रोत्साहन र पुरानाको सम्मानका लागि कार्यक्रम फलदायी हुने आयोजकको दावी छ ।

]]>
5821
पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा https://www.newspali.com/2018/07/5795/ Tue, 03 Jul 2018 12:21:54 +0000 http://rastranews.com/?p=5795 पोखरा, १९ असार । पोखरामा हुन लागेको फेशन विकको दोस्रो संस्करणमा पाँच लाख पर्ने दुलही ड्रेस प्रदर्शन गरिने भएको छ ।

सो ड्रेस फेशन विकको आकर्षण बन्ने आयोजकको भनाई छ । ‘ब्राइडल वेयर’ थिममा सय मिटर लामो उक्त डे«ेस एक महिना समय लगाएर बनाइएको छ । फेशन स्कुलकी डिजाइनरले सो ड्रेस बनाएकी हुन् ।

ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा हुने सो कार्यक्रममा तीजका लागि ‘लै बरि लै’ थिम अन्तर्गत विभिन्न नयाँ डिजाइनहरु प्रदर्शन गरिने छ।

त्यस्तै, ‘समर स्प्रिंङ्ग’ थिममा गर्मीका पहिरन र ‘फ्याल्स ब्याक’ थिममा ५० वर्ष अगाडीका पहिरनहरु प्रस्तुत गरिने छ ।

असार २८, २९ र ३० गते हुने सो कार्यक्रमसँगै फेशन अवार्ड नेपाल पनि हुदै छ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा दुवै कार्यक्रम हुने छन् ।

कार्यक्रमस्थल प्रदर्शनी केन्द्रको डोम भित्र ७० फिट लामो रनवे स्टेज निर्माण गरिदै छ । प्रदर्शनी केन्द्रको गेटदेखि डोमसम्म रेड कार्पेट ओछ्याइने छ भने त्यहि नै ३० जनाभन्दा बढी फोटोग्राफरले सेलिब्रेटीको तस्विर कैद गर्ने छन् ।

कार्यक्रमको अन्तिम दिन ३० गते फेशन अवार्ड वितरण गर्नका लागि चर्चित कलाकार युवराज लामिछानेले अहिले अवार्डहरु तयार गरिरहेका छन् ।

यसवर्ष उत्कृष्ठ फेशन डिजाइनर, बुटिक, मोडल, फोटोग्राफर, कोरियोग्राफर, उद्घोषक, इभेण्ट लगायत विभिन्न ४० विद्याका उत्कृष्ठलाई फेशन अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए ।

कार्यक्रममा फेशन स्कुलका २० भन्दा बढी डिजाइनर, डिजाइनर्स क्लबका सम्पूर्ण डिजाइनरहरु, एनआईएफ काठमाण्डौं, सेन्ट्रल फेशन हब हेटौडा, आइएफसि चितवन, सहित काठमाण्डौं, भक्तपुर, बुटवलका फेशन डिजाइनर र १२ जनाभन्दा बढी बुटिक सहभागी हुने छन्।

कार्यक्रमको तयारी तिव्र गतिमा भैरहेको छ कार्यक्रमका सहसंयोजक विशाल गुरुङले बताए ।

]]>
5795
फेशन अवार्ड नेपाल र पोखरा फेशन विक हुने https://www.newspali.com/2018/06/5680/ Tue, 12 Jun 2018 12:54:20 +0000 http://rastranews.com/?p=5680 पोखरा, २९ जेठ । पोखरामा फेशन अवार्ड नेपाल हुने भएको छ ।

विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक हुन लागेको हो ।

ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुनेछ ।

असार २८, २९ र ३० गते हुने कार्यक्रमको तयारी शुरु भएको छ । कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा हुनेछ ।

फेशन क्षेत्रका नयाँलाई प्रोत्साहन र पुरानाको सम्मानका लागि कार्यक्रम फलदायी हुने कार्यक्रम संयोजक रवीन गुरुङको भनाई छ ।

फेशन अवार्डमा फेशन स्टाइल, डिजाईनर र बुटिकका विभिन्न ३५ विद्यामा अवार्ड वितरण गरिने छ । कार्यक्रममा लोकप्रिय थुप्रै कलाकार र देशभरका फेशन डिजाईनरहरुको सहभागीता रहने छ।

कार्यक्रममा दर्शकका लागि औपचारिक पोशाक अनिवार्य गरिएको छ । समाजका अगुवा, लब्ध प्रतिष्ठित, उद्योगी, व्यवसायीलाई लक्षित गरी सो कार्यक्रम गरिएको संयोजक गुरुङको भनाई छ।

कार्यक्रम स्थलमा जो÷जो देखिन्छन्, सवै औपचारिक पोशाकमा हुने छन् संयोजक गुरुङले भने – ‘नेपालमा पनि यस्तो कार्यक्रम सम्भव छ भन्ने प्रमाणित गर्नेछौं।’

कार्यक्रम सम्पन्न गर्नका लागि रवीन गुरुङलाई संयोजक र विशाल गुरुङलाई सहसंयोजक तोकिएको छ । कार्यक्रम हरेक दिन साँझ ६ देखि नौ बजेसम्म हुनेछ ।

पोखरा फेशन विकको दोस्रो स्कंरण हुने

पोखरा फेशन विकको दोस्रो स्कंरण हुने भएको छ ।

फेशन अवार्ड नेपाल सँगै सो कार्यक्रम हुन लागेको हो ।

फेशन अवार्ड र फेशन विक सँगै हुदाँ कार्यक्रम फेशन क्षेत्रको महाकुम्भमा परिणत हुने छ कार्यक्रम संयोजक गुरुङले भने – ‘यसले फेशन क्षेत्रमा नयाँ तरगं ल्याउने छ।’

यो कार्यक्रममा फेशन स्कुलका २० भन्दा बढी डिजाईनर, डिजाईनर्स क्लबका सम्पूर्ण डिजाईनरहरु, सेन्ट्रल फेशन हब हेटौडा, आइएफसि चितवन, सहित काठमाण्डौं, भक्तपुर र बुटवलका फेशन डिजाईनर सहभागी हुने छन्।

फेशन डिजाईनरले बनाएका पोशाक लोकप्रिय मोडलहरुले प्रदर्शन गर्ने छन्।

कार्यक्रममा एक सयभन्दा बढी नयाँ डिजाईनका पोशाकहरु प्रदर्शन हुने छ ।

पोखरा फेशन विकको कोरियोग्राफी लोकप्रिय कोरियोग्राफर जयनसुब्बा मानन्धरले गर्ने बताइएको छ ।

]]>
5680
पोखरामा मिष्टर एण्ड मिस एसइई नेपाल – २०१८ सिजन फोर https://www.newspali.com/2018/06/5636/ Mon, 04 Jun 2018 11:37:30 +0000 http://rastranews.com/?p=5636 पोखरा, २१ जेठ । गस्पेल मल्टिमिडिया प्रा.लिले पोखरामा मिष्टर एण्ड मिस एसइई नेपाल – २०१८ सिजन फोर गरेको छ ।

सो सौन्दर्य प्रतियोगितामा मिष्टरतर्फको उपाधी सनफ्लावर बोर्डीङ स्कुलका सचिन अधिकारी र मिसतर्फको उपाधी कास्की मोडनाइज्डकी बिन्ति गुरुङले जितेकी छन् ।

उपाधी बिजेताहरुले ताज, ट्रफि सहित नगद २५ हजार रुपैया पाएका छन्।

मिष्टरतर्फ फष्ट रनर अप आदर्श उच्च मावि गल्याङका अनिज अमात्य, सेकेण्ड रनर अप प्यारामाउण्ट बोर्डीङ स्कुलका जेनिथ गुरुङ, अर्गनाईजर च्वाईसमा बेसलाईन एकेडेमीका बिनोद गुरुङ र भ्युवर च्वाईसमा पोखरा पब्लिक बोर्डीङ स्कुलका सुमन कोइराला बने ।

मिसतर्फ फष्ट रनर अप सेन्ट फान्सेस स्कुलकी सोनिया गुरुङ, सेकेण्ड रनर अप सहित भ्यूवर च्वाईस एसओएसकी छिमे डोल्कर, अर्गनाईजर च्वाईस दि विज्डम कास्की बोर्डीङ स्कुलकी शान्ति सुनुवार बने ।

उपाधी बिजेता सहित टाइटर बिजेताहरुलाई पोखराको प्रतिभा उच्च माविमा छात्रवृत्ति उपलब्ध गराइने छ।

प्रतियोगितामा मिष्टरतर्फ १० र मिसतर्फ ११ जना अन्तिम प्रतिस्पर्धामा उत्रेको गस्पेल मल्टिमिडिया प्रा.लिका प्रवन्ध निर्देशक प्रतिक ठकुरीले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकमा गुरुकुल उच्च माविका प्रिन्सिपल मिलन केसी, प्रतिभा उच्च माविका शिक्षक राकेश जोशी, फेसन डिजाईनर अमित बराल, मिसेस गण्डकी – २०१६ निलिमा हिराचन श्रेष्ठ, फष्ट रनर अप भावना महत, मिस कास्की – २०१७ निकि खड्गी थिए । यसअघि स्वास्थ्यकर्मी पत्रुस पुनले प्रतियोगिता उद्घाटन गरेका थिए ।

गस्पेल मल्टिमिडिया प्रा.लिका अध्यक्ष निरु पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम मिष्टर एण्ड मिस एसइई नेपाल – २०१५ सिजन फष्टका बिजेता जेरी गुरुङ र मिष्टर एण्ड मिस कलेज नेपाल सिजन फष्टका फष्ट रनर अप साहिल गुरुङले संयुक्त रुपमा संचालन गरेका थिए ।

]]>
5636
नेपाली सेना सम्बन्धि ‘फिल्म’ बनाउँदै आदित्य बुढाथोकी https://www.newspali.com/2018/05/5516/ Mon, 07 May 2018 09:44:15 +0000 http://rastranews.com/?p=5516 पोखरा, २४ बैशाख । अभिनेता आदित्य बुढाथोकीले आफ्नै निर्देशनमा नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।

‘नेपथ्य’पछि फिल्ममा नदेखिएका आदित्यले यो बीचमा आफुलाई निर्देशकको रुपमा स्थापित गर्न तयारी गरिरहेका थिए ।

यो बीचमा उनले थुप्रै म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन् । ‘अब फिल्मको निर्देशन गर्न सक्छु भन्नेमा ढुक्क छु । र, अहिलेसम्मको मेरो अनुभवले पनि मलाई फिल्म निर्देशन गर्न उत्प्रेरणा दिईरहेको छ ।’ आदित्यले भने–‘त्यसैले मैले अब आफुलाई अभिनेतासँगै निर्देशकको रुपमा पनि प्रस्तुत गर्न लागेको हुँ ।’

चकलेटी अनुहारका आदित्यले यसअगाडि नेपथ्यसँगै, तिमी मेरो म तिम्रो, जीवनको गोरेटो, हे युवा लगाएतका फिल्महरुमा मूख्य अभिनेताको रुपमा अभिनय गरिसकेका छन् ।

सानैदेखि अभिनय गर्ने आदित्यले २०५९ सालमा राष्ट्रिय नाचघरमा औपचारिक रुपमा अभिनयको कक्षा लिएका थिए । फिल्ममा आउन भन्दा अगाडि नै उनी टेलिफिल्महरुबाट चर्चामा आएका थिए । सबिन बाँस्तोलाको निर्देशनमा तत्कालिन समयमा आउने टेलिसिरियल ‘थोरै भए पुगिसरी’बाट उनी निकै चर्चित बने ।

शम्भु प्रधानको ‘तिमी पुरुष’, विष्णु शर्माको ‘क्याम्पस’ र लय संग्रौलाको ‘एक रात’ जस्ता तत्कालिन समयको लोकप्रीय टेलिसिरियलहरुमा आदित्यले मुख्य भूमिकामा अभिनय गरिसकेका छन् । उनले अभिनयसँगै विभिन्न सर्ट फिल्महरु पनि बनाउँदै आएका छन् । यो बीचमा अभिनय र निर्देशनको माध्यमबाट उनले विभिन्न अवार्डहरु समेत प्राप्त गरेका छन् ।

निर्देशनमा आएपनि आफूले अभिनयलाई पनि सँगसँगै अगाडि बढाउने सोँचमा रहेको आदित्य बताउँछन् । कस्तो हुन्छ त आदित्यले निर्देशन गर्ने फिल्म ? भन्ने बारे उनले भने, ‘राष्ट्रियतासम्बन्धि एउटा कथामा लामो समयदेखि म लगाएत मेरो टिमले फिल्म सम्बन्धि तयारी गरिरहेको छ । राष्ट्रियता सम्बन्धि फिल्म निकै कम बनेका छन् र त्यस्ता फिल्म बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ नेपाल आर्मी सम्बन्धि फिल्म बन्ने उनले खुलाए ।

हाल प्रि प्रोडक्शनको काम चलिरहेको फिल्मको बारेमा केहि दिनमा नै आफूले सार्वजनिक गर्ने आदित्यले बताए ।

]]>
5516
नेपाल आइडलको पोखरा अडिसनको तयारी पुरा https://www.newspali.com/2018/04/5438/ Thu, 26 Apr 2018 14:09:28 +0000 http://rastranews.com/?p=5438 पोखरा, १३ वैशाख । अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले सञ्चालन गरेको नेपाल आइडलको सिजन टु को पोखरा अडिसनको तयारी पुरा भएको छ ।

पोखराको सिमलचौरमा रहेको जनप्रिय मावि परिसरमा पहिलो चरणको छनौट वैशाख १४ गते शुक्रबार हुने छ ।

नेपाल आइडलको अडिसन भैरहवा, धनगढी, बीरगंज हेटौडा र धरानमा सम्पन्न भइसकेको बिहीबार पोखरामा आयोजन गरेको पत्रकार सम्मेलनमा नेपाल आइडलका प्रोजेक्ट हेड तथा डाईरेक्टर सुरेश पौडेलले जानकारी दिए ।

पोखरा अडिसन जनप्रिय माविमा बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म हुने उनले बताए । प्रतियोगितामा भाग लिन चाहनेले अन्नपुर्ण पोष्टमा छापिएको फर्म भरेर ल्याउनु पर्ने छ वा त्यही पाइने फर्म भरेर बुझाउनु पर्ने उनले बताए ।

पोखरामा हुने अडिसनमा तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट समेत अडिसनमा भागलिन आउने उनले बताए ।

उनले अघिल्लो नेपाल आइडलमा भएका कमिकमजोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे । पहिलो संस्करणको भन्दा वाइल्ड् कार्ड, गोल्डेन माईक र अन्तिम सम्म निर्णायकलाई ५० प्रतिशत निर्णयको अधिकार थपिएको उनको भनाई छ ।

प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले अघिल्लो वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउँछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्छन् । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखराका हुन् ।

]]>
5438
आईएफसि फेशन डिजाईनर प्रतियोगिताको फाईनल शुक्रबार https://www.newspali.com/2018/04/5435/ Thu, 26 Apr 2018 12:59:46 +0000 http://rastranews.com/?p=5435 पोखरा १३ बैशाख । ईन्टरनेशनल फेशन डिजाईनिङ कलेजको आयोजनामा हुने फेशन डिजाईनर प्रतियोगिताको फाईनल पोखराको होटल ग्राण्डमा बैशाख १४ गते हुने भएको छ ।

क्राईलोन प्रोफेशनल मेकअपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बुटलल, चितवन, काठमाडौं, पोखरा लगायत अन्य ठाउँहरुबाट ९० भन्दा बढि प्रतियोगिहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक नवीन पाख्रिनले बताए ।
उनका अनुसार सहभागिहरुले बनाएका कन्ट्री स्टार, समुद्री जीवजन्तुको आकार समाबेश गरेर बनाएको डे«स, नयाँ पिढींले लगाउने अनुमानित डे«स तथा खाद्य पदार्थहरुको प्रयोगबाट बनाईएको डे«स डिजाईनको आधारमा बरिष्ठ फेशन डिजाईनर युवि थापा, अजिता भण्डारी र अमित बरालले बिजेता तथा उपबिजेता लगायत टप टेन छान्ने छन् ।

बिजेता, उपबिजेता तथा टप टेनमा पर्न सफल प्रतियोगिहरुले ट्रफि, नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पाख्रिनले बताए ।

डिजाईनरहरुलाई र उनीहरुको कलालाई बाहिर ल्याउन यस प्रतियोगिताले थप मद्दत पु¥याउने छ पाख्रिनले भने – ‘अन्तर निहित डे«स डिजाईनिङको कलालाई प्रस्फुटन गराउदै डिजाईनरहरुलाई थप उत्प्रेरणा दिने समेत आयोजकको अपेक्षा रहेको छ।’

]]>
5435