इमिग्रेशन – Page newspali.com|category|immigration|feed| – Newspali https://www.newspali.com Newspali.com Mon, 25 Dec 2023 17:08:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 इमिग्रेशन – Page newspali.com|category|immigration|feed| – Newspali https://www.newspali.com 32 32 222214484 मानव तस्करीको आशंकामा फ्रान्समा रोकिएको बिमानलाई पुन: भारत फकाईयो https://www.newspali.com/2023/12/20253/ Mon, 25 Dec 2023 17:05:27 +0000 https://www.newspali.com/?p=20253 मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको भारतिय बिमानलाई पुनः मुम्बई फकाईएको छ । करिब ३ सय भारतीय नागरिकहरू लिएर निकारागुवाका लागि उडेको चाटर्ड बिमान केहीदिन मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको थियो ।

मानव बेचबिखनको आशंकामा उक्त बिमानलाई प्रहरीले फ्रान्सको बिमानस्थलमा नियन्त्रणमा लिएको थियो । प्रहरी अधिकारीका अनुसार बिमानमा नाबालक समेत सवार थिए । मानव तस्करी हुन सक्ने आशंकामा दुबईबाट उडेको बिमानलाई बिहीबार फ्रान्सको चालोन भेट्री एयरपोर्टमा अवतरण गराइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बिमानमा सवार यात्रुहरु निकारागुवापछि अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने योजना बनाएको हुनसक्ने आशंका गरिएको छ । मुम्बई फर्काउनुअघि यात्रुहरुलाई फ्रान्सको टर्मिनल भवनमा व्यक्तिगत रुपमा बस्ने व्यवस्था मिलाइएको थियो ।

]]>
20253
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण https://www.newspali.com/2023/12/20210/ Fri, 22 Dec 2023 17:58:24 +0000 https://www.newspali.com/?p=20210 करिब तीन सय जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ ।

पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो । यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

]]>
20210
११ महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या ३ हजार २ सय ६५ https://www.newspali.com/2023/09/18646/ Fri, 29 Sep 2023 17:31:20 +0000 https://www.newspali.com/?p=18646 अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार ११ महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ३ हजार २ सय ६५ रहेको छ । सेप्टेम्बरको पहिलो सातासम्म उपलब्ध भिसाहरू जारी गरेको भन्दै, त्यसपछिका डाइभर्सिटी भिसाका अन्तरवार्ताहरु रद्द गरिएको छ। तर सेप्टेम्बर पहिलो साता सम्म कति नेपालीले डाइभर्सिटी भिसा पाए भन्नेबारे खुलाईएको छैन् ।

कन्सुलर अफेयर्सका अनुसार आर्थिक बर्ष २०२३ का लागि डिभी मार्फत ५४ हजार ८ सय ३३ भिसाहरु उपलब्ध रहेकोमा सेप्टेम्बर ५ सम्म ५४ हजार भिसाहरु जारी भइसकेका छन् । अमेरिकी अध्यागमन कानून अन्तर्गत कुनै पनि एउटा देशले एक आर्थिक वर्षमा उपलब्ध भिसा संख्याको सात प्रतिशत भन्दा बढी प्राप्त गर्न नसक्ने प्रावधान छ ।

गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ मा डिसेम्बर, जनवरी र फेब्रुवरीमा ७ सय ५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । डिसेम्बरबाट भिसा दिन सुरु गरिएकोमा डिसेम्बर महिनामा १ सय ३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका छन् । जनवरीमा ३ सय ३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फेब्रुवरीमा यो संख्या कम देखिन्छ । उक्त महिना २ सय ८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका छन् ।

]]>
18646
राज्यविहीन आप्रवासीलाई अध्यागमन सुविधा दिन अमेरिकी सरकारबाट निर्देशिका https://www.newspali.com/2023/08/17673/ Wed, 09 Aug 2023 22:45:41 +0000 https://www.newspali.com/?p=17673 अमेरिका

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले राज्यविहीन गैरनागरिकहरूलाई सहयोग गर्न नयाँ निर्देशन जारी गरेको छ। नयाँ निर्देशनले अमेरिकामा रहेका, राजयविहीन भएकाहरुलाई अध्यागमन सुविधाहरु प्राप्त गर्न बाटो खोल्ने विश्वास गरिएको छ ।

राज्यविहीन व्यक्तिहरू भन्नाले कानुनी रूपमा कुनै पनि देशको नागरिक नभएको व्यक्ति मानिन्छ । भेदभाव, युद्ध र द्वन्द्व वा सिमाना परिवर्तन र कानुन परिवर्तनका कारण व्यक्तिहरू राज्यविहीन हुन सक्छन्। मार्निर्देशनले अध्यागमन लाभ वा अन्य अनुरोधहरूको निर्णय गर्ने उद्देश्यका लागि युएससीआईएसले गैरनागरिकलाई कहिले र कसरी राज्यविहीन भए नभएकोबारे विचार गर्न सक्छ भन्ने कुरा स्पष्ट गर्दछ।

संसारभर राज्यविहीन मानिसहरू डर र अनिश्चितताका साथ बाँचिरहेको उल्लेख गर्दै होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले राज्यविहीनताको विश्वव्यापी मुद्दालाई सम्बोधन गर्न र यी व्यक्तिहरूले अमेरिकामा सामना गर्ने बाधाहरूलाई तोड्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । यस ऐतिहासिक कदमको साथ राज्यविहीन व्यक्तिहरूलाई उनीहरु योग्य भएका अध्यागमन सुरक्षा र लाभहरूको लागि आवेदन गर्ने अवसर दिइने उनले उल्लेख गरेका छन् ।

]]>
17673
२०२४ का डिभी विजेतालाई अक्टोबरदेखि भिसा https://www.newspali.com/2023/08/17670/ Wed, 09 Aug 2023 22:32:50 +0000 https://www.newspali.com/?p=17670 अमेरिका

डिभी २०२४ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउने भएका छन् । अमेरिकी बिदेश मन्त्रालका अनुसार १३ सय सम्म केस नम्बर हुने विजेता नेपालीहरुले अक्टोबरमा भिसा पाउन योग्य हुने छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२४ को पहिलो महिना नेपालीहरुलाई १३०० केस नम्बरको सिमाबन्दी छ ।

इरान, अफ्रिकामा अल्जेरिया, इजिप्ट र मोरक्कोलाई छुट्टै सिमाबन्दी लगाइएको छ भने बाँकी देशलाई १० हजार सम्म केस नम्बरको सिमाबन्दी लगाइएको छ । आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको बिदेश मन्त्रालयले जानकारी दिएको छ । जस अनुसार चालु आर्थिक बर्षको तुलनामा धेरै हो । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।

गतबर्ष २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएको तथ्याङकले बताउँछ । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भएका थिए ।

]]>
17670