स्वास्थ्य/जीवनशैली – Page newspali.com|category|health-lifestyle|feed| – Newspali https://www.newspali.com Newspali.com Fri, 22 Mar 2024 23:17:39 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 स्वास्थ्य/जीवनशैली – Page newspali.com|category|health-lifestyle|feed| – Newspali https://www.newspali.com 32 32 222214484 कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु https://www.newspali.com/2024/03/21074/ Fri, 22 Mar 2024 22:48:54 +0000 https://www.newspali.com/?p=21074 कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिएका छन ।

कोशीमा एक हजार एक सय १४ उपचार केन्द्र, एक सय ३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ जिन एक्सपर्ट मेसिन, चार क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको उनले जानकारी दिएका छन । सरकारले प्रदेशभरिका क्षयरोगका बिरामीलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुङ्गा सामुदायिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्थामार्फत निःशुल्क उपचार गर्दै आएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार २३ जनामा क्षयरोग देखिएको छ । जसमध्ये आफैँ स्वास्थ्य जाँच गराएर पत्ता लगाउने ३७ दशमल नौ प्रतिशत, निजी अस्पतालमा जाँच गर्दा ३९ दशमलव तीन प्रतिशत र सरकारी अस्पतालमा परीक्षण गर्दा क्षयरोग पत्ता लागेका १८ दशमलव चार प्रतिशत रहेका फोकल पर्सन गुरागाईंले बताए ।

कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा रहेका छन् । झापामा पाँच सय ७९, मोरङमा पाँच सय २३ र सुनसरीमा चार सय ७९ क्षयरोगी रहेका छन् । यस्तै उदयपुरमा एक सय ४५, इलाममा ८२, पाँचथरमा २२, तेह्रथुममा २१, धनकुटामा २३, भोजपुरमा २८, खोटाङमा १६, ओखलढुङ्गामा ५३, सोलुखम्बुमा १६, सङ्खुवासभामा २२ र ताप्लेजुङमा २३ क्षयरोगका बिरामी रहेका छन् ।

जिल्लास्थित स्वास्थ्य कार्यालय, पालिकामा रहेका स्वास्थ्य संस्थालगायतले स्वयम्सेवक नै खटाएर क्षयरोगीको पहिचान गरिरहेको फोकल पर्सन गुरागाईंले बताए । बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी व्यक्तिको सम्पर्कमा आएमा रोग सर्ने जोखिम बढी हुन्छ ।

झापा, मोरङ र सुनसरीमा जनधनत्व बढी भएका कारण पनि क्षयरोगका बिरामी बढी भएको उनको भनाइ छ । सरकारले सन् २०३५ सम्ममा क्षयरोगबाट मुक्त गर्ने लक्ष्य लिएको छ ।

]]>
21074
सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै https://www.newspali.com/2024/03/21053/ Thu, 21 Mar 2024 21:50:33 +0000 https://www.newspali.com/?p=21053 सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइदैन । कोरोना भाइरसको सङ्क्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताए ।

हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ ।“देशका अरु नाकामा यो रोगका सङ्क्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेका छन्”उनले भने । कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको पनि छ ।

 “कुनै समयमा गाउँमा हैजा, झाडापखाला लाग्दा रोगी नजिक जानु नहुने र रोगबाट जोगिन स्वस्थ्य व्यक्ति गाउँनै छोडेर सुरक्षित भएर बस्नुपर्ने अवस्था थियो, नागरिकले अहिले कोरोनालाई पनि सामान्य रोगजस्तै लिन थालेको हुनसक्छ ।”

पछिल्लो हप्तामा सुदूरपश्चिमका सीमा नाकाहुँदै भित्रिने नागरिकमध्ये शङ्कास्पद छ सय २० को एन्टिजेन विधिबाट को नमुना जाँच गरिएको छ ।“सिकिस्त अवस्थाका कोरोना सङ्क्रमित फेला परेका छैनन्” अहेब साउदले भने, “कोरोनाको लक्षण देखिएकालाई घरमै छुट्टै आइसोलेशनमा बस्न सल्लाह दिएर पठाउने गरेका छौँ ।”

हेल्थ डेस्कमा कोरोनाको नमुना जाँच गर्ने कीट, लगायतका सामग्रीको अपर्याप्तता देखिएको छ । प्रदेशमा विगतमा कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि बनाइएका क्वारेन्टाइन,र होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छन् । गौरीफन्टा, गड्डाचौकी, लगायतका सीमा नाका हुँदै भित्रिने नागरिकमा कोरोना सङ्क्रमण देखिने गरेको हो ।

गएको पुस अघिको आठ÷दश महिना शून्य रहेको कोरोना सङ्क्रमण गत पुस महिनादेखि पुनःदेखिन थालेको हो ।“हेल्थ डेस्कका कर्मचारीलाई गत साउन देखिको तलब परिश्रमिकसमेत खान पाएका छैनन्,”साउदले भने “तलब नपाउँदा कर्मचारीले पीडाबोध गरिरहेका छन्,हेल्थ डेस्कमा एन्टिजेन कीट, मास्क लगायतका सामग्री पनि पर्याप्त नहुँदा काम गर्ने मनोबल पनि घटेको छ ।”

सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले कोरोना सङ्क्रमण रोकथामका लागि निरन्तर निगरानी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो मौसममा भाइरलको समस्या बढ्ने भएकोले सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सचेतता अपनाउन जरुरी छ ”

]]>
21053
जनशक्ति नहुँदा सञ्चालनमा आएन गुल्मीको आइसियु https://www.newspali.com/2023/12/20256/ Tue, 26 Dec 2023 13:28:17 +0000 https://www.newspali.com/?p=20256 गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ ।

जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो । भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आइसियुको सेवा लिन पाल्पा जान बाध्य छन् भने अर्कोतर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलाम्य बनेका छन् ।

“भवनको बजेट परेका बेला दलका नेतालाई जस लिनको भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन्”, अस्पतालमा सेवा लिन आएका धुर्कोट गाउँपालिका–५ वस्तुका महेन्द्र भण्डारीले भने, “छिटोभन्दा छिटो सञ्चालन गरेमा आइसियुको सेवा लिन पाल्पा वा बुटबल जानुपर्ने बाध्यता हट्ने थियो ।”

आइसियुको संरचना निर्माणमा हालसम्म ३५ लाख ५२ हजार तीन सय ६२ र उपकरण खरिदमा ६६ लाख २६ हजार नौ सय २५ गरी कूल एक करोड एक लाख ७९ हजार दुई सय ८७ खर्च भएको छ । प्रदेश सरकारअनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको असर अस्पतालमा परेको छ ।

“पाँच शैय्याको आइसियु सञ्चालनका लागि २५ जना दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्ने भए पनि सबै जनशक्ति उपलब्ध छैन”, अस्पतालका प्रमुख डा. विकास बञ्जाडेले भने, “हामी अहिले जनशक्ति व्यवस्थापनमा जुटिरहेका छौँ ।” अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन् । रासस

]]>
20256
‘भारतको केरला राज्यमा कोभिडको नयाँ भेरिएन्ट : नयाँ भेरियन्टबाट डराउनुपर्दैन सरकार https://www.newspali.com/2023/12/20164/ Thu, 21 Dec 2023 00:38:09 +0000 https://www.newspali.com/?p=20164 सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने जानकारी दिएका छन ।

उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन । “अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ । उनले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियुुु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए ।

“अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ”, उनले भने, “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।” उनका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्था राखिएको र श्वासप्रश्वास सम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।

बुढाथोकीले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको जानकारी दिए । उनले सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको सङ्क्रमणको रोकथाम खोपले गर्ने बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो ।

]]>
20164
‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’ https://www.newspali.com/2023/12/19907/ Sat, 02 Dec 2023 17:54:49 +0000 https://www.newspali.com/?p=19907 सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ ।

नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ मिलाउनु नै रहेको तुलसीपुर उपमहानगरका उपप्रमुख श्यानी चौधरीले जानकारी दिए । थारू समुदायमा देखिएकाले यो रोग नयाँ पुस्तामा नसार्नका लागि विवाह गर्दा रोगी भएका व्यक्तिले अर्को रोगी भएका व्यक्तिसँग विवाह गर्न नहुने कुरामा सबैलाई सचेतना दिन आवश्यक रहेको उनको भनाइ छ ।

“अहिले पनि सिकलसेल रोगी तथा वाहक ९सिकलसेलको आधा देखिएको अवस्था० भएकाले अर्को रोगी तथा वाहक भएकासँग बिहे गर्दा सन्तानलाई पनि सताउने गरेको छ”, चौधरीले भने, “त्यसैले गाउँ–गाउँ र टोलटोलमा गएर यो विषयमा सचेतना दिनुपर्छ ।” यो रोगले थारू समुदायलाई निकै सताएको भन्दै अब पनि यो विषयमा सचेतना प्रदान गर्न नसकिएमा यसले थारू समुदायको अस्तित्व नै खतरा पार्न सक्ने भएकाले सबै तहका सरकारले चेतनामूलक कार्यक्रमलाई व्यापक बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।

“रोगी पुरुषले रोगी महिलासँग विवाह गरेमा यो रोग सन्तानमा पनि सर्छ । त्यस्तै वाहक पुरुषले बिरामी महिला तथा बिरामी पुरुषले वाहक महिलासँग बिहे गर्दा पनि सन्तानमा यो रोग सर्ने गर्दछ”, उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले भने । यो कुरा सबैमा जानकारी नहुँदा अहिले पनि बिरामी–बिरामीबीच विवाह भइरहेकाले समस्या थप जोखिम बन्दै गएको उनको भनाइ थियो ।

न्यौपानेका अनुसार बिरामी पुरुष वा महिलाले सामान्यसँग बिहे गरेमा बच्चामा यो रोग सर्दैन । साथै आमा वा बुबा वाहक भएमा पनि सामान्यसँग बिहे गर्दा बच्चामा रोग नसर्ने उनले बताए । यो विषयमा कुरा थारू समुदायको गाउँ–गाउँमा गएर जनचेतना दिन आवश्यक रहेको उनको भनाइ थियो । अप्टिमिष्ट क्लब तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरको सहयोगमा तुलसीपुर–७ मोतिपुरको थारू बस्तीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । क्लबका अध्यक्ष कमल सापकोटाले जनचेतनामूलक कार्यक्रम जिल्लाका सबै थारू बस्तीमा आयोजना गर्ने गरी सुरुआत गरिएको बताए ।

दाङका थारू समुदायमा सिकलसेल भयावह अवस्थामा रहेको र उपमहानगरका स्वास्थ्य महाशाखाका फोकल पर्सन विमल केसीले बताए । सिकलसेल पीडितलाई राज्यले एक लाखसम्मको उपचारको व्यवस्था गरेको उनले जानकारी दिएका छन । गाउँ–गाउँमा रोग पत्ता लगाउनका लागि स्क्रिनिङ गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको स्क्रिनिङ भइरहेको केसीले जानकारी दिएका छन । उनका अनुसार दाङमा गएको वर्षमा दुई हजार आठ सय दुई जनामा गरिएको स्क्रिनिङमा ३७ जनामा सिकलसेल भेटिएको थियो भने तीन सय २८ जनामा वाहक देखिएको थियो ।

]]>
19907
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो https://www.newspali.com/2023/11/19790/ Mon, 27 Nov 2023 19:36:04 +0000 https://www.newspali.com/?p=19790 कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिएका छन । उनका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।

कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ । सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ लाख ५७ हजार पाँच सय २२ सङ्क्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ ।

]]>
19790
बागलुङमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि https://www.newspali.com/2023/10/19157/ Sat, 28 Oct 2023 18:39:18 +0000 https://www.newspali.com/?p=19157 बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए । गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ । संस्थागत सुत्केरी अभियानमा अहिले बागलुङमा धमाधम बर्थिङ सेन्टर स्थापना गर्ने र भइरहेका बर्थिङ सेन्टरको स्तरोन्नति गर्ने कार्य भइरहँदा जिल्लाभर संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

फेएरमेडको सहयोग र विवाइसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पाँच वर्षमा बागलुङका दुर्गम स्थानहरुमा १३ बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेपछि संस्थागत सुत्केरीको सङ्ख्यामा वृद्धि भएको छ ।

परियोजनाले १३ बर्थिङ सेन्टर स्थापना गर्न र ४० बर्थिङ सेन्टर स्तरोन्नति गर्नमा सहयोग पु¥याएको ग्रामीण स्वास्थ्य सुधार परियोजनाका कार्यक्रम संयोजक गणेश बरुवालले जानकारी दिए । पाँच वर्षदेखि बागलुङमा क्रियाशील रहेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले स्थानीय पालिकाको समन्वय र साझेदारीमा नयाँ बर्थिङ सेन्टर स्थापना गर्न, प्रयोगशाला स्थापना गर्न उपकरण र बर्थिङ सेन्टरको स्तरोन्नतिको काम गर्दै आएको बरुवालको भनाइ छ ।

“जिल्लामा हाल ६१ बर्थिङ सेन्टर रहेका छन्, जसमध्ये ५३ बर्थिङ सेन्टरमा हाम्रो सहयोग पुगेको छ, त्यसमध्ये १३ नयाँ बर्थिङ सेन्टर स्थापना गर्न, ४० बर्थिङ सेन्टर स्तरोन्नति र उपकरणमा सहयोग गरिएको छ, परियोजनाले पाँच वर्षमा दुर्गमका १६ स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गरेको छ”, उनले भने, “हामीले दीर्घकालीन रुपमा बर्थिङ सेन्टर, प्रयोगशाला सञ्चालनका लागि स्थानीय निकायसँग साझेदारी गरेका छौँ, बर्थिङ सेन्टर स्थापना गर्न हामीले सहयोग गर्छौं, पालिकाले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी खटाउने गरेको छ ।”

पाँच वर्षमा १३ बर्थिङ सेन्टर स्थापना गर्न दुई लाख बराबरको सहयोग परियोजनाले गरेको छ भने पालिकाले कर्मचारी व्यवस्थापन गरिरहेको छ । त्यसमध्ये परियोजनाले आवश्यक उपकरण, पालिकालाई भिडियो एक्स–रे, बर्थिङ सेन्टरलाई ‘बेबी वार्मर’ र ४६ बर्थिङ सेन्टरमा अत्यावश्यक रहेको शिशुको मुटुको धड्कन मापन गर्ने यन्त्र सहयोग गरेको बरुवालको भनाइ छ ।

परियोजनाले ३२ बर्थिङ सेन्टरको मर्मतसम्भार, फर्निचर सामग्री र शय्या सहयोग गरेको छ । आगामी दिनमा ६१ वटै बर्थिङ सेन्टरमा ग्रामीण स्वास्थ्य सुधार परियोजनाको पहुँच पु¥याएर बागलुङलाई शून्य होमडेलिभरी गराउने अभियान रहेको परियोजनाको साझेदार संस्था विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिएका छन् ।

परियोजनाले २० लाख लागतमा चार पालिकालाई गर्भवती परीक्षणका लागि मोबाइल भिडियो एक्स–रे उपकरणसमेत सहयोग गरेको छ । जिल्लाको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा भिडियो एक्स–रे उपकरण प्रदान गरिएको हो ।

यस्तै, परियोजनाले स्थानीय पालिकाको साझेदारीमा गाउँघर क्लिनिक तथा खोप क्लिनिक गरी जिल्लाभर १८ भवन निर्माण गरेको छ । तीन लाख स्थानीय पालिका र तीन लाख परियोजनाको गरी छ लाखका १८ वटा भवन निर्माण गर्दा ग्रामीण क्षेत्रमा स्वास्थ्य सुधारका लागि ठूलो सहयोग पुगेको छ । यसअघि गाउँघर क्लिनिक र खोप क्लिनिक नहुँदा व्यक्तिका घर तथा भाडाको घरबाट सेवा दिनुपर्ने बाध्यता रहेको थियो ।

सोह्र बर्थिङ सेन्टरमा प्रसूति प्रतीक्षालय कक्ष निर्माण, २८ लाख ६० हजार लागतमा २२ बर्थिङ सेन्टरमा बेबी वार्मर सहयोग गरिएको छ । दुर्गमको तमानखोला गाउँपालिकाको वडा नं ६ नर्जाखानी, वडा नं ७ को खुङ्खानीमा बर्थिङ सेन्टर स्थापनाका लागि सहयोग तथा बोङ्गादोभान, तमान र खुङ्खानीको स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापनाका लागि सहयोग गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिएका छन् ।

परियोजनाको सहयोगमा बागलुङको मल्म, सिगाना, दर्लिङ, गाडीखोला, सिसाखानी, नर्जाखानी, खुङखानी, लुकुरबन, रमुवा, हटिया, दुदिलाभाटी र नरेठाँटीमा पूर्ण बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेको थियो भने पालिकाले जनशक्तिको व्यवस्थापन गरेको छ ।

बागलुङका अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी बर्थिङ सेन्टर स्थापना गर्दा अकालमै गर्भवती र सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने जोखिम न्यूनीकरण भएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका १३ स्थानमा पछिल्लो पाँच वर्षयता बर्थिङ सेन्टर स्थापना गरेर सेवा दिन थालिएको छ ।

दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा घरमै सुत्केरी हुने अथवा अस्पताल आउँदा आउँदै बाटोमै सुत्केरी हुने समस्यालाई दृष्टिगत गर्दै ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत बर्थिङ सेन्टर स्थापना तथा उपकरण सहयोग गरिएको र यसलाई पालिकाले सञ्चालनमा ल्याउने गरेको छ ।

]]>
19157
आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन सरकारको आग्रह https://www.newspali.com/2023/09/18649/ Sat, 30 Sep 2023 00:24:01 +0000 https://www.newspali.com/?p=18649 नेपाल सरकारले आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सक र स्वास्थ्यकर्मी माथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन फिर्ता लिई काममा फर्कन अनुरोध गरेका छन् । बस्नेतले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिँदै चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिएका छन् । अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ, उनले भने, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।

स्वास्थ्य मन्त्रीले चिकित्सक र स्वास्थ्यकर्मी माथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

बैठकमा गृहमन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गरे । उनले भने, घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।

आन्दोलनरत आवासीय चिकित्सकहरूले आफ्नो सुरक्षाका लागि सडकमा उत्रन बाध्य भएको बताए । उनीहरूले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग राखेका थिए । समितिका अधिकांश सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिनएको थिए । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुर्व्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताए । रासस

]]>
18649
काठमाण्डौंमा डेङ्गीका बिरामी बढे, सेचत रहन सुभाव https://www.newspali.com/2023/09/18643/ Fri, 29 Sep 2023 17:11:11 +0000 https://www.newspali.com/?p=18643 देशको राजधानी ब्यस्त सहर, काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन्। एक सातादेखि काठमाण्डौं महानगरपालिकाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका छन् । महानगरको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार, विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले बिरामी बढिरहेका छन्।

कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय सङ्क्रमणका बिरामी बढिरहेका छन् ।

स्वास्थ्य बिभागका प्रमुख पौडेलले जोखिम आगामी कात्तिक १५ गतेसम्म रहन सक्ने भएकाले, त्यस बेलासम्म सचेत रहन सबैलाई सुझाव दिएका छन् । तथ्यांकअनुसार अहिले कामपाको विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित छन्। महानगरले समयमा नै पूर्वतयारी गरिएकाले विगत वर्षको तुलनामा यस वर्ष डेङ्गी सङ्क्रमितको सङ्ख्या भने कम रहेको बताएको छ । कामपाको सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी छ।

महानगरले लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गरेको छ । काठमाण्डौंमा सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देश सहित माइकिङ गर्ने, प्रचार प्रसार गर्ने, वडास्तरमा गठन भएको द्रूत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ।

]]>
18643
देशैभरी डेङ्गु संक्रमण बढ्दै https://www.newspali.com/2023/08/17890/ Thu, 17 Aug 2023 18:22:22 +0000 https://www.newspali.com/?p=17890 काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशैभरी डेङ्गुको संक्रमण बढ्दै गएपछि अस्पतालहरुलाई उपचार प्रभावकारी बनाउन निर्देशन गरेको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका संक्रमण बढिरहेको र उपचारमा समस्या हुन सक्ने भएकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न, उपचार प्रभावकारी बनाउन र उच्च सर्तकता अपनाउन निर्देशन दिएका हुन ।

निर्देशक मरासिनीले अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिएका छन् । अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा संक्रमण देखिएको छ। हालसम्म ७५ जिल्लामा संक्रमण फैलिएको र अहिलेसम्म १० जनाको निधन भइसकेको स्वास्थ्य मन्त्रालयको भनाई छ।

सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ। सुनसरी जिल्लामा मात्रै कूल संक्रमित ५२ दशमलव दुई प्रतिशत रहेका छन्। महाशाखाका निर्देशक डा. मरासिनीले डेङ्गु रोगको सही निदान र उपचार व्यवस्थापन गर्न समेत अस्पताललाई निर्देशन दिएका छन।

अस्पताललाई भनिएको छ, डेङ्गु रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गु रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेङ्गु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्नुपर्नेछ । महाशाखाले अहिलेको अवस्थामा डेङ्गु संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुन सक्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। त्यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।

]]>
17890