चर्चा सामाजिक सञ्जालमा – Page newspali.com|category|gossip|feed| – Newspali https://www.newspali.com Newspali.com Thu, 31 Aug 2023 00:14:50 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 चर्चा सामाजिक सञ्जालमा – Page newspali.com|category|gossip|feed| – Newspali https://www.newspali.com 32 32 222214484 कामको चर्चाले चुलिएको नाम हो, हर्क साङपाङ https://www.newspali.com/2023/08/18081/ Thu, 31 Aug 2023 00:13:22 +0000 https://www.newspali.com/?p=18081 हर्क साङपाङका बारेमा सायद अब नाम नसुन्ने नेपाली कमै होलान । हर्क साङपाङ कुनै सहरको मेयर हुन भनेर भन्दा पनि उनको कामले साङपाङलाई बढ्ता चिनाएको हुनु पर्दछ । उनि अहिले धरान उपमहानगरपालिकाका प्रमुख छन् । देशमै परिचित सहर धरान र त्यसको प्रमुख हुनुले मात्रै होईन उनलाई उनको कामले चिनाएको हो भन्दा फरक नर्पला ।

शुरुवाती दिनमा नेपाली संचारमाध्यममा कसैको बढ्ता चर्चा हुन्थ्यो त सायद साङपाङकै हुन्थ्यो होला । उनले आफ्नो परिचय काम गर्ने मेयरका रुपमा बनाएका हुन् । अहिले पनि आम नेपालीले श्रमदान गर्ने मेयर, असल जनप्रतिनिधि भनेरै चिन्दछन् । अनि पानिको हाहाकार मेटाउन उनले खेलेको भूमिकाको सायद जीवन्त चर्चा हुनेनै छ ।

केही समय पहिलेको कुरा हो, जब धरानले पानि पायो अनि उनि पानीमा रुझेको तस्विर सामाजिक संजालमा आयो त्यसपछि त्यो फोटो भाईरलनै भयो । देशभरबाट जनताले उनको जय जयकार गरे । जनप्रतिनिधि होउन् त हर्क जस्ता थुप्रै बिभूतिले उनि सिंगारिए । मेयर साङपाङको सक्रिय जनश्रमदान र उनकै व्यक्तिगत पहलमा काकाकुल बनेको धरानले पानि पाएको हो ।

जब उनि स्वतन्त्र रुपमा धरानको मेयर भए त्यसपछि राजनीतिक रुपमा चर्चा हुँदा राजनीति गर्ने व्यक्ति हुन त साङपाङ जस्ता, मेयर होस त धरानको जस्तो, भाग्यमानी धरानवासी, धरानको परिचय साङपाङ जस्ता बिभिन्न बिषयमा समाचार, आलेख, विचारहरु व्यक्त भए । चर्चा यसरी चुलियो कि देशमा उनि भन्दा अरु मेयरनै छैनन्, देशमा अरु त बिषय त चर्चा गर्न लायक बिषयनै होईनन् ।

काम सँगै मेयर साङपाङको परिचय सामाजिक संजालमा अन्टर सन्टर लेख्ने मेयरका रुपमा पनि परिचित हुँदै गयो । साथै उनलाई तुच्छ बोल्ने मेयरका रुपमा पनि हेर्न थालियो । सभा सम्मलेनहरुमा पनि उनले स्पष्ट रुपमा कुरा राख्ने भएकाले पनि हुन सक्छ, चर्चासँगै आलोचना पनि भयो । मनमा लागेको कुरा धक नमानी मेयर साङपाङले सामाजिक संजालमा लेखि हाल्छन् । आम मान्छेहरु मयेर साङपाङले केही बिषय सामाजिक संजालमा नलेख्दा पनि हुन्थ्यो भनेर लेखेका हुन्छन्, तर उनले आफुलाई लागेको, चित्त नबुझेको कुरा तुरुन्तै लेखि हाल्छन् ।

रातको १२ बजेपछि पनि मेयर साङपाङका स्टाट्स आउने गरेका छन् । पछिल्लो क्रममा गोरु काटेर खाएको बिषयमा पनि उनले लेख्न भ्याए । जसका कारण उनले धेरै आलोचना पनि खेपिरहेका छन् । सार्वजनिक रुपमै गोरु काटेर खाएको बिषयमा अहिले त्यहाँ आन्दोलन समेत भईरहेको छ ।

मनमा लागेको कुरा धक नमानी मेयर साङपाङले सामाजिक संजालमा लेखि हाल्छन् । उनले आफुलाई लागेको, चित्त नबुझेको कुरा तुरुन्तै लेखि हाल्छन् । रातको १२ बजेपछि पनि मेयर साङपाङका स्टाट्स आउने गरेका छन् ।

बुद्धिजीवि तथा केही पढेलेखेका भनिने बर्गले हर्कलाई संयमित नभएको, पदको मर्यादा कायम नराखेको, मेयर अनुशासनमा नबसेको भनेर आलोचना पनि गरे । तर मेयर साङपाङले त्यसको कुनै वास्ता गरेनन् । आज पनि उनि कुनैपनि दल, राज्यको निकाय या सरकारसँग कुनै डर नमानी जनताको काम गरिरहेका छन् ।

धरानमा हिन्दु समर्थकहरुले बिरोध जनाएर आन्दोलननै गरेपछि भने उनले यस बिषयमा सामाजिक सदभाव कायम राख्न सुनसरी तथा धरानवासीलाई आग्रह गरेका थिए । यसरी हेर्दा मेयर साङपाङको चर्चाले सामाजिक संजाल चुलिएको छ भन्दा सायद फरक नर्पला ।

]]>
18081
चर्चामा बाग्लुङकी सिमरन परियार, भ्यूअर्वस, फलोअर्सको ओईरो https://www.newspali.com/2023/08/18031/ Sat, 26 Aug 2023 21:59:13 +0000 https://www.newspali.com/?p=18031 यतिबेला चर्चामा छिन गायिका सिमरन परियार । उनले गाएका केही गीतहरु अहिले चर्चाको शिखरमा छन् । प्रमोद खरेलले केही बर्ष पहिले गाएको ‘उसलाई पाउन’ बोलको गीत सिमरन परियारले गाएपछि उनको चर्चा थप चुलिएको हो । कर्णप्रिय स्वरकी धनी बाग्लुङकी सिमरन परियारले स्वर भरेका गीतहरुले यूट्यूबमा यतिबेला भ्यूअर्वस बटुलिरहेका छन् । अहिले कक्षा १२ मा पढ्दै गरेकी सिमरन अब गायिका सिमरनका रुपमा स्थापित हुने क्रममा छिन् । स्थानिय संघ सस्थाहरुले समेत उनलाई कार्यक्रममा बोलाउन थालि सकेका छन् ।

उनको व्यक्तिगत फेसबुक प्रोफाईलमा समेत भ्यूअर्वस, फलोअर्सको ओईरो लागि रहेको छ । सामान्य परिवारमा जन्मिएकी सिमरनले अब चल्तीका गायिकाका रुपमा परिचय बनाउने क्रममा छिन् । उनि स्थानियकै सहयोगमा काठमाण्डौं पुगेर करिव दर्जन गीतहरु रेकर्ड गरेकी हुन् । केही समय पहिले यस्तो थियो कि समाजमा स्थापित हुन कलाकार, व्यवसायी तथा कही अतभूत क्षमता भएकाहरु पत्रकार तथा संचारकर्मीको पछाडी लाग्नु पथ्र्यो तर अहिले सिंगो संचारजगत तथा पत्रकारहरु सिमरनका पछाडि छन् । पत्रकार तथा संचार क्षेत्रले गायिका सिमरनसँग समय मागिरहेका छन् । यो सामाजिक संजालको राम्रो पक्ष हो ।

कर्णप्रिय स्वरकी धनी बाग्लुङकी सिमरन परियारले स्वर भरेका गीतहरुले यूट्यूबमा यतिबेला भ्यूअर्स बटुलिरहेका छन् । अहिले कक्षा १२ मा पढ्दै गरेकी सिमरन अब गायिका सिमरनका रुपमा स्थापित हुने क्रममा छिन् । स्थानिय संघ सस्थाहरुले समेत उनलाई कार्यक्रममा बोलाउन थालि सकेका छन् ।

सिमरन जस्तै गरी केही बर्ष पहिले सामाजिक संजालबाटै चर्चामा आएकी गायिका हुन्, समिक्षा अधिकारी । उनले स्वर भरेका साना भिडियो तथा क्लिपहरु सामाजिक संजालमा भाइरल हुन थालेपछि स्थानियहरुको सहयोगमा उनले काठमाण्डौंबाट गायन क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

अहिले गायिका समिक्षा अधिकारी सर्वाधिक चर्चाको शिखरमा छिन् । उनलाई भ्याई नभ्याई छ । उनले गाएका हजारौं गीतहरुले अहिले दैनिक जसो चर्चा बटुलिरहेका छन् । भर्खरै गायन क्षेत्रमा प्रवेश गरेकी कर्णप्रिय स्वरकी धनि सिमरनलाई न्यूजपाली डटकमको तर्फबाट सफलताका लागि बधाई तथा शुभकामना ।

]]>
18031
सामाजिक संजालमा चर्चा बालेन शाहको https://www.newspali.com/2023/08/17648/ Tue, 08 Aug 2023 20:09:30 +0000 https://www.newspali.com/?p=17648 अहिले फेसबुक, इष्टाग्राम, टुईटर लगायतका सामाजिक संजालको केन्द्रमा छन्, बालेन्द्र शाह । उनले पछिल्लो क्रममा पोष्ट गरेको ग्रेटर नेपालको फोटो होस या उनले प्रतिकृया जनाउने बिषय हुन ति सबै आम मान्छेको ध्यान खिच्ने खालका छन् ।

यसो त बालेन्द्र शाह काठमाण्डौं महानगरको प्रमुख भएकाले र काठमाण्डौं देशको राजधानी भएकाले पनि सबैको ध्यान खिच्नुलाई असामान्य मान्न सकिन्न् । उनले गर्ने हरेक कृयाकलापहरु र करिव ५० जना संघिय र प्रदेश सांसदहरु पनि बिकासका कामले ठोकिनु पर्ने हुन्छ । यस कारण पनि अब बालेनले के गर्छन्, या के भन्छन भन्ने चासोको बिषय हुनु स्वभाविक हो ।

तर बालेनलाई अहिले राजनीतिको केन्द्रमा राखेर पनि हेर्ने गरिएको छ । उनले केही समयअघि पोष्ट गरेको ग्रेटर नेपालको नक्सा, मात्रै ठूलो नक्साका रुपमा हेरिएको छैन्, । त्यो भित्र केही लुकेको हुन सक्छ भनिन्छ । यसो त चर्को राष्ट्रवादले पनि समय समयमा ध्यान खिच्ने गरेको कटु यथार्थ हामीसँग छ ।

जे होस बालेन शाह अहिलेको नेपालको राजनीतिमा चर्चाको शिखरमा छन् । चलेका भनिएका गगन थापा, विश्वप्रकाश शर्मा, रवि लामिछाने भन्दा उनले राख्ने धारणामा आम मान्छेका प्रतिकृया धेरै देखिन्छन् ।

उनलाई भावि प्रधानमन्त्री या भविश्यको अर्को नयाँ राजनीतिक दलको नेतााको रुपमा पनि ब्याख्या गर्ने गरेको सुनिन्छ । जे होस अहिलेको सामाजिक संजालमा चर्चाको शिखरमा छन्, काठमाण्डौं प्रमुख बालेन शाह ।

]]>
17648