मनोरञ्‍जन – Page newspali.com|category|entertainment|feed| – Newspali https://www.newspali.com Newspali.com Mon, 20 Jan 2025 02:47:57 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 मनोरञ्‍जन – Page newspali.com|category|entertainment|feed| – Newspali https://www.newspali.com 32 32 222214484 अमेरिकामा टिकटक पुन संचालन https://www.newspali.com/2025/01/21416/ Mon, 20 Jan 2025 02:47:57 +0000 https://www.newspali.com/?p=21416 सामाजिक संजाल टिकटक पुन संचालनमा आएको छ । अमेरिकी कानुन अनुसार केही घण्टा बन्द भएको  टिकटक राष्ट्रपति डोनाल्ड ट्रम्पको बिशेष प्रयासमा संचालनमा आएको बताइएको छ । केही घण्टाका बन्द भएका कारण यसका प्रयोग कर्ताहरुले अन्य सामाजिक संजालहरुमा प्रतिकृया जनाएका थिए । प्रतिकृया सकारात्मक तथा नकारात्मक दुवै थिए । अमेरिकामा १२ घण्टाको बन्दपछि टिकटक प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको हो ।

सामाजिक संजाल टिकटकले प्रयोगकर्ताहरूलाई धैर्यतापूर्वक प्रतिक्षा गरेकोमा धन्यवाद भनेको छ । आइतबार बिहान राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सोमबार पद ग्रहण गरेपछि कार्यकारी आदेश जारी गरेर कानुनको कार्यान्वयन गरिने बताइन्छ ।

]]>
21416
‘विदेशीसँग प्रतिस्पर्धा गर्न नेपाली चलचित्र सक्षम’ https://www.newspali.com/2024/07/21269/ Fri, 19 Jul 2024 23:39:29 +0000 https://www.newspali.com/?p=21269 अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्र विश्वका जुनसुकै देशका चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भएको बताएका छन । कमलपोखरीस्थित चलचित्र भवनमा चलचित्र ‘लाज शरणम्’ घोषणा गर्न आयोजित समारोहमा उनले नवीनतम सोच भएका युवाको प्रवेशसँगै निर्माण र कथ्यशैलीमा आएको फरक दर्शकले पनि महसुस गरेको बताए ।

“नेपाली चलचित्र अहिले विश्वका प्रायः चलचित्र महोत्सवमा सहभागी भएर पुरस्कार जित्न सफल भइसकेका छन् । नेपाली चलचित्रमा विदेशी पनि अभिनय गरिरहेका छन् । त्यसकारण हामी अब कोहीन्दा कम छैनौँ”, अभिनेता आचार्यले भने, “हाँस्य व्यङ्ग्य क्षेत्रका नयाँ पुस्ताको पनि चलचित्र क्षेत्रमा आगमन भएको छ । उहाँहरुलाई स्वागत गर्न पाउँदा उत्साहित छु ।”

‘भद्रगोल’ हुँदै ‘सक्किगोनी’ टेलीशृङ्खलामार्फत अभिनय सुरू गरेका कलाकार तथा चलचित्र ‘लाज शरणम्’ का निर्देशक कुमार कट्टेलले केही वर्षको प्रयासपछि चलचित्र घोषणा गर्न सक्षम भएको बताए । “हामीले शृङ्खलापछि चलचित्र निर्माण गर्ने सोच बनाएर मेहनत गरेका छौँ । यसमा मनोरञ्जनसँगै सामाजिक विकृतिबारे व्यङ्ग्य पनि छ । हामी चलचित्र निर्माण गर्ने समयसम्म आइपुग्नुमा अघिल्ला हाँस्य विधामा काम गरेका कलाकारको ठूलो योगदान छ”, निर्देशक कट्टेलले भने ।

उक्त अवसरमा निर्देशक दीपाश्री निरौला, प्रदीप भट्टराई, निर्मल शर्मालगायतले चलचित्र क्षेत्रमा स्वागत गर्दै शुभकमना दिए । सो चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बू, विजय बराल, मुकुन्द श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ । खलपात्रको रुपमा दर्शक माँझ परिचित अभिनेता श्रेष्ठ १२ वर्षपछि यसै चलचित्रमार्फत अभिनयमा फर्किदै छन ।

उक्त कार्यक्रममा हास्य विधामा आधारित रहेर निर्माण भएका टेलीशृङ्खलालाई प्रोत्साहन गर्दै दर्शकसम्म पुराएको भन्दै मिडिया हबका सञ्चालक सोम धिताललाई कदर–पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

]]>
21269
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’ https://www.newspali.com/2023/11/19799/ Mon, 27 Nov 2023 20:01:49 +0000 https://www.newspali.com/?p=19799 बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन । उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताइन ।

“अछामबाट अध्ययनका लागि काठमाडौँ पुग्दासम्म नृत्यलाई पछ्याइरहेँ”, देउडा गीत छायाँकनका क्रममा महेन्द्रनगरमा भेटिनुभएकी रोजीले भनिन, “सानैदेखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु ।” सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत देउडालगायत यहाँका लोकसंस्कृति झल्किने मौलिक गीतहरूको म्युजिक भिडियो बन्ने क्रम विगतभन्दा अधिक छ ।

पुराना पुस्ताका देउडा गायकदेखि अहिले युवा पुस्ताका कलाकार गीत–सङ्गीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवर्द्धन गर्न सक्रिय रहेको उनको भनाइ छ । “यहाँको लोक, देउडा संस्कृतिबारे कलाकारिताका माध्यमबाट युवा पुस्तासित नजिक गराउने काममा यहाँका सबै कलाकारको अहम् भूमिका छ”, उनले भनिन, “देउडा सबैतिर खेलिने र चर्चित क्रम बढ्दै छ ।”

अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत रोजी अध्ययनमा पनि अब्बल विद्यार्थी हुन । “स्कुलमा कुनै कार्यक्रम भयो कि रोजीको खोजी भइहाल्थ्यो”, उनले भनिन, “कलाकारितामा अछामबाट त्यो बेला अगाडि आउनु सामाजिकरूपले पनि ठूलो चुनौती थियो ।” आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवा–आमाको प्रेरणाले नै यो क्षेत्रमा आएको उनको भनाइ छ । विगत चार वर्षयता ‘स्टेज’ कार्यक्रममा समेत सहभागी हुन थालेपछि अहिले उनको माग मुलुकभित्रका साथै भारतका विभिन्न सहरमा समेत बढ्दै गएको छ ।

काठमाडौँको प्रसिद्धी कला समूहमा नृत्य प्रशिक्षण लिएकी रोजी अहिले सोही कला केन्द्रमा बालबालिकालाई नृत्यसमेत सिकाउने गरेको बताइन । “अछाममा मेला–महोत्सव हुँदा त्यो बेला केटी मान्छेलाई नृत्यमा स्थान दिँदा सामाजिकरूपले पनि टीकाटिप्पणी हुन्थे”, उनले भनिन, “अहिले त्यो साँघुरो सोचाइ हट्दै गयो ।” सुदूरपश्चिमको देउडालाई पाका पुस्ताले यहाँसम्म पुर्याएको उनको भनाइ छ । देउडा नयाँ पुस्ता पनि त्यत्तिकै लोकप्रिय बन्दै गएको जनाउँदै उनले कला, संस्कृतिको संरक्षणमा राज्यबाट पनि अभिभाकत्व चाहिनेमा जोड दिइन ।

“साथीहरू सानैबाट सबैले इन्जिनियर, डाक्टर भन्ने म कलाकार भन्थे”, उनले भनिन, “यो क्षेत्रमा अब व्यावसायिकरूपले पनि कला केन्द्र सञ्चालन गर्ने सोच बनाएकी छु ।” उनले ‘प्यारो अछाम’, ‘तँ गोरु लेल्लीकी’, ‘कहिले तु छाउँ हुदी’, ‘छाडी गै रानीले’ र ‘पोक पाँया मोरको’ लगायतका सुदूरपश्चिमका चर्चित देउडा गीतमा अभियन गरिसकेकी छन।

]]>
19799
बिना र आभालाई लक्ष्मण र चन्द्रको ‘उडी उडी चुप्पा’ [भिडिओ] https://www.newspali.com/2023/10/18881/ Sat, 14 Oct 2023 16:29:21 +0000 https://www.newspali.com/?p=18881 युवा पुस्तामाझ भाइरल थेगो ‘उडी उडी चुप्पा’ बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।

‘सार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको गज्जबको रोमान्स प्रस्तुत गरेका छन् । गीतको भावसँग मिल्ने गरि मोडल छनौट र कोरियोग्राफिको डिजाइन गरिएको हो । युवा पुस्तामाझ चर्चित थेगोमा आधारित रहेर बनेको गीत भएका कारण यो गीत पनि युवापुस्तामाझ चर्चित हुने अपेक्षा छ ।’ निर्देशक मौसम हिमालीले भने ।

लक्ष्मण भण्डारी युट्युब च्यानलबाट सार्वजनिक गीत उडी उडी चुप्पालाई तेजु मगर र उषा लामिछाने थापा मगरले संयुक्त रुपमा गाएका हुन् । गायक तेजु मगरकै संगीत रहेको गीतलाई हिरण मगरले लेखेका हुन् । एलबी डान्स एण्ड जुम्बाको प्रस्तुतीमा भिडिओ निर्माण भएको हो ।

मोडल समेत रहेका लक्ष्मण भण्डारीले काठमाडौंमै एलबी डान्स एन्ड जुम्बा कक्षा संचालन गरिरहेका छन् । उनी आफै मोडल सँगै नृत्य प्रशिक्षक समेत हुन् । लक्ष्मण यसअघि राजेशपायल राईको चर्चित गीत समयको खेलमा समेत अभियन गरेका थिए ।

नृत्य, मोडलिङ र अभिनयमा करिअर बनाउन संघर्षरत भण्डारीले पछिल्लो पटक सार्वजनिक भएको यो गीतबाट आफू निकै आशाबादी रहेको सुनाए । ‘चर्चित थेगोमा बनेको गीत, उत्कृष्ट कास्टिङ केमेस्ट्रि र मेकिङ भएका कारण यो भिडिओलाई दर्शकहरुले रुचाउनेमा म पूर्ण रुपमा विश्वस्त छु ।’ भण्डारीले भने, ‘आगामी दिनमा पनि दर्शकहरुलाई मन पर्ने यस्तै थुप्रै सृजनाहरु लिएर आईरहने नै छु ।’

लक्ष्मणजस्तै गीतमा अभिनय गरेका चन्द्र गुरुङ, विना राउत र आभा थापा पनि भिडिओबाट आफूहरु निकै आशाबादी रहेको प्रतिक्रिया दिए । सार्वजनिक भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् भने नविन घर्तीमगर यसका सम्पादक हुन् ।

]]>
18881
अभिनेता अनमोल केसी रिहा https://www.newspali.com/2023/10/18693/ Sun, 01 Oct 2023 16:47:01 +0000 https://www.newspali.com/?p=18693 काठमाडौँ – अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई खोजेको समयमा उपस्थित हुने गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको हो ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा अनमोल पक्राउ परेका थिए ।

]]>
18693
पोखरामा ‘हल्कारा’को हाउसफूल https://www.newspali.com/2023/05/16917/ Sat, 13 May 2023 14:15:10 +0000 https://www.rastranews.com/?p=16917 पोखरा, ३० वैशाख । शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँगाउँ देखि दर्शकहरु आउन थालेका छन् ।

शनिवार सार्वजनिक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउसफूल भएको छ । ‘हल्कारा’ फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुनुहुन्छ । झन्डै डेढ दशक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट कलाकार बन्नकै लागि राजधानी पुग्नुभएको हो ।

काठमाडौंमा ओस्कार कलेज अफ फिल्म स्टडिजमा अभिनय पढ्न थाल्नुभएका त्रिपाठीे सोही कलेजमा प्राध्यापक बन्नुभयो । हाल उहाँ अभिनय विभाग प्रमुख हुनुहुन्छ । उहाँले पहिलो पटक अभिनय गरेको तर रिलिजको हिसाबले तेश्रो बनेको चलचित्र ’हल्कारा’बाट प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट अभिनेता समेत बनेपछि उहाँको चर्चा व्यापक भएको थियो।

शनिबार पोखराको ट्रेड मलमा रहेको हलमा विभिन्न स्थानबाट बस नै रिजर्भ गरेर सैयौं दर्शक चलचित्र हेर्न पुग्नुभएको थियो ।
गत बर्ष ५५औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।

यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ ।

नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा रहनुभएको छ । यसमा विप्लव प्रतीक र आकाश बरालले सहलेखन गर्नुभएको छ ।

महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यान्डियन हुनुहुन्छ ।

]]>
16917
संचारकर्मी हुँदै सुदीप निर्माता https://www.newspali.com/2023/02/16411/ Wed, 15 Feb 2023 12:36:07 +0000 https://www.rastranews.com/?p=16411 पोखरा, ३ फागुन । पोखरामा रहेर संचारकर्म गर्दै आउनुभएका सुदिप पौडेल निर्माता बन्नु भएको छ ।

पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उहाँ फिल्मका सह—निर्माता हुनुहुन्छ ।

लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटीको प्रमुख भूमिका छ । रामराघव आचार्यले फिल्मलाई निर्देशन गर्नुभएको हो । उक्त फिल्मलाई आरआर कम्पनीले डिष्ट्रिब्युसन गर्न लागेको हो ।

फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय रहेको सह—निर्माता सुदिप पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शन मिति नजिकएसँगै प्रचारप्रसारलाई पनि तिव्र पारिएको अभिव्यक्ति उहाँको छ । पौडेलले फिल्म निर्माण गर्ने सोच आफ्नो पहिलेदेखिको भएता पनि अहिले आएर पुरा भएको उल्लेख गर्नुभयो । फिल्मको कथावस्तुलाई लिएर उहाँ आशावादी हुनुहुन्छ ।

विना कार्की र सन्तोषकुमार राई फिल्मका निर्माता हुनुुहुन्छ । फिल्मलाई मानकृष्ण महर्जनको छायांकन गर्नुभएको छ । कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको फिल्ममा बाल कलाकार कृष्माको समेत अभिनय छ । फिल्मको फस्टलुक पोस्टर र टिजर केही दिनमा आउने जानकारी पौडेलले दिनुभयो ।

चैत १० गते बाट प्रदर्शन हुन लागेको फिल्म ‘ए साथी सुन’ स्वर्गीय अभिनेता जयनन्द लामाको अन्तिम फिल्म हो ।

]]>
16411
पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने https://www.newspali.com/2023/02/16399/ Mon, 13 Feb 2023 03:17:13 +0000 https://www.rastranews.com/?p=16399 पोखरा, १ फागुन । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ ।

३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ ।

महाशिवरात्रीको समयमा आयोजित सांगीतिक कार्यक्रममा यसपाली अमेरिका, जापान, भारतका कलाकारको प्रस्तुति रहने नमस्ते ब्याण्डका अध्यक्ष एवम् महाशिवरात्री विश्वसंगीत दिवसका परिकल्पनाकार इश्वर गुरुङले जानकारी दिनुभयो ।

मर्करी ब्याण्ड, पिसजोन ब्याण्ड, अपुर्व, दिप श्रेष्ठ, राजु परियार, रविन एण्ड रेगुलेसन, मुक्ती एण्ड रिबाइबल, स्ट्रिम एण्ड एन्जन्र्स, मङ्गोलियन हार्टका राजु लामा,राजेश पायल राई, यम बराल लगायतका कलाकारको उपस्थिति रहने छ ।

‘देखेर तिमिलाई‘’,‘लजाएर‘’ लगायतका गीतका गायक एवम् संगीतकार सुजन चापागाईलाई कार्यक्रममा सम्मान गर्न लागिएको छ । जसमा उहाँको प्रस्तुति समेत रहने छन् । ‘महाशिवरात्री महोत्सव कलाकारको उत्सव हो । नेपालका चर्चित कलाकारको उपस्थिति त्यो दिन रहन्छ । हामीले यसलाई व्यवसायिक भन्दा पनि सामाजिक एवम् धार्मिक आस्थाका रुपमा लिएका छौं । हाम्रो हरेक कार्यक्रमको एउटा उद्देश्य हुन्छ । जसलाई सफल बनाउन पोखरेली दर्शकको न्यानो माया आजसम्म मिलेको छ ।’,उहाँले भन्नुभयो ।

ब्याण्डको वार्षिक उत्सवमा गुरुङले वर्षेनी महाशिवरात्री अवसर पारेर सांगीतिक कार्यक्रम समेत गर्दै आएका छन् । ‘हामीले कुनै कमाउने उद्देश्यले कार्यक्रम राखेका होइनौं । हाम्रो उद्देश्य भनेकै नेपाली संगीतको प्रवद्र्धन हो ।’, उहाँ भन्नुभयो ।
शिवरात्रीकै समयमा पारेर जापानमा समेत यसअघि ४ पटक सम्म उक्त कार्यक्रमको आयोजना गरिसकिएको छ । महोत्सव प्रवेशका लागि टिकट काट्नुपर्नेछ । सबै दर्शकले आत्मसात् गर्ने गरी टिकट शुल्क निर्धारण गरिएको गुरुङले बताउनुभयो । कोभिडका कारण बीचमा कार्यक्रमले निरन्तरता नपाए पनि अबको समयमा निरन्तरता दिने प्रतिबद्धता उहाँको छ ।

नमस्ते ब्याण्डले नेपाली गीत संगीतको सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमका संयोजक शिवजी भट्टराईले बताउनुभयो । सम्पूर्ण कलाकारहरुलाई एकीकृत गर्दै नेपाली गीतसंगीतलाई माथि उठाउन इश्वर गुरुङको योगदान अतुलनीय रहेको अभिव्यक्ति उहाँको छ ।
महाशिवरात्री विश्वसंगीत महोत्सव कलाकारको जमघट गर्ने थलो भएको भनाई उहाँको छ ।

सहसंयोजक नारायण भण्डारीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । कार्यक्रम सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने बताइएको छ ।

]]>
16399
‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक https://www.newspali.com/2021/12/12617/ Fri, 24 Dec 2021 12:15:30 +0000 https://www.rastranews.com/?p=12617 काठमाडौँ, ९ पुस (रासस) । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ ।

नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ ।

रेजिना तुलाधरले पहिलोपटक निर्देशन गर्नुभएको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गर्नुभएको हो । ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

]]>
12617
गायक सुनिलको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक https://www.newspali.com/2021/05/9858/ Wed, 26 May 2021 01:59:33 +0000 https://www.rastranews.com/?p=9858 पोखरा, १२ जेठ । नेपाली साङ्गितिक क्षेत्रका उदायमान गायक सुनिल गायकको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक भएको छ ।

म्यूजिकल पोयट्रीमा गायक स्वयंले अभिनय, कविताको शब्द लेखन र वाचन गर्नुभएको छ । रेकर्डिङ र अडियोको काममा साहिल गायकले साथ दिनुभएको छ ।

भिडियो सुट, इडिट, पब्लिसिटी डिजाइन सविन गायकको छ । भिडियो हेमजाका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

सारङ्गी म्यूजिक स्टुडियो तथा सुपु म्यूजिक क्रियशनको प्रस्तुती रहेको उक्त भिडियोमा प्रेमलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको छ ।
गितमा पे्रम सम्बन्धको उतारचढाव, प्रेम त्याग, प्रेम कुण्ठा, असम्झ्दारी, एक्लोपनलाई देखाउन खोजिएको छ ।

भिडियोमा संगीत र कविताको समिश्रण सुन्न र देख्न सकिन्छ । गायकले लकडाउनको समयलाई सदुपयोग गरेको र यसपाली छुट्टै प्रस्तुती दिएको बताउनुभयो ।

उहाँका तिम्रो अभाव, कति माया, के खाइदेको छु र, कहिले भईन गीतहरु बजारमा आइसकेका छन् ।

]]>
9858