सम्पादकीय – Page newspali.com|category|editorial|feed| – Newspali https://www.newspali.com Newspali.com Mon, 09 Oct 2023 20:20:14 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 सम्पादकीय – Page newspali.com|category|editorial|feed| – Newspali https://www.newspali.com 32 32 222214484 इजरायलमा शान्ति कायम गर्न विश्व समुदायलाई शक्ति मिलोस https://www.newspali.com/2023/10/18833/ Mon, 09 Oct 2023 20:20:14 +0000 https://www.newspali.com/?p=18833 संसारको ध्यान यति बेला एकाएक इजरायल र हमासको युद्धले तानेको छ। हमासले इजरायललाई हमला गरेपछि विश्व समुदाय चकित छ । यति बेला सम्म त्यहाँ सयौंको संख्यामा मानिहरुको मृत्यु भईसकेको छ । भने इजरायलको जवाफी हमलामा समेत सयौं आतंवादीहरुको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले प्रकाशित गरिसकेका छन् ।

इजरायलमा जारी युद्धका कारण १० जना नेपालीहरुले समेत ज्यान गुमाएपछि नेपालमा पनि चासो र चिन्ता दुवै बढेको छ। गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको खबर छ।

यस्तै गाजा नजिकै प्रशिक्षणमा रहेका १७ नेपालीमध्ये एक जना बेपत्ता छन्, भन्ने खबर छ भने चार जना घाइतेहरुको उपचार भइरहेको छ। यस्तै अन्य दुई जना भने सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सुदुरपश्चिम विश्वविद्यालयबाट एक महिनाअघि बिद्यार्थीहरु ११ महिनाका लागि इजरायल पुगेका थिए । हमासको आक्रमणमा परी मारिएकाहरूका आफन्तलाई मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ।

यस प्रकारका हमला तथा युद्ध तत्काल रोकी शान्ति कायम गर्नका लागि विश्व समुदाय एक हुने शक्ति मिलोस भने त्यहाँ रहेका नेपालीहरुलाई फर्काउन सरकारले तत्काल काम थालोस ।

अध्ययनसँगै केही रकम जोहो गर्ने सपना बोकेर इजरायल पुगेका नेपाली बिद्यार्थीहरुको मृत्युको खबरले विश्वभर छरिएर रहेका नेपालीहरुमा चिन्ता बढेको छ भने ठूलो सपना बोकेर त्यहाँ पुगेका नेपालीहरको सपना चकनाचुर भएको छ । नेपाल सरकारले त्यहाँस्थित राजदूतावासको सहयोगमा नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वेदश फर्काउन प्रयासरत छ ।

देशमा रहेका नेपालीहरुले इजरायलबाट जिवित नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल फर्काउन आग्रह गरिरहेका छन् । हामीले समाचार लेखिरहँदा सम्म इजरायलबाट दुई सय भन्दा बढी नेपालीहरुले देश फर्किने तिव्र चाहना सहित निवेदन दिएका छन् । उनिहरु छिटो नेपाल फर्किन चाहन्छन् । नेपाल सरकार पनि त्यसका लागि पहलरत छ, तर तिव्र काम भने हुन सकिरहेको छैन ।

नेपाल सरकारले युद्धमा परि ज्यान गुमाएका नेपाली बिद्यार्थीका परिवारलाई १० लाख रुपैंया राहत उपलब्ध गराउने, शोकमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने जस्ता काम नेपाल सरकारले गरिरहेको छ तर त्यहाँ जिवित रहेका नेपालीहरुलाई छिटो नेपाल फर्काउन सरकारले तिव्रस्तरमा काम गर्नुपर्ने देखिन्छ ।

मानवजातिको हत्या हुनेगरी हुने भएको यस्तो हमलाको सिंगो विश्व समुदायले घोर भत्सना र निन्दा गरिरहेको छ । यस्ता कृयाकलाप कुनैपनि बहानामा स्विकार्य हुँदैनन् । विश्वभरका राष्ट्रहरुले यति बेला इजरायलमा हमासले गरेको हमलाको निन्दा गरिरहेका छन्, भने त्यहाँ शान्ति कायम गर्नका लागि पहल गरिरहेका छन् । नेपाल सरकारले समेत त्यहाँ भएको घटनामा निन्दा व्यक्त गरिसकेको छ । यस प्रकारका हमला तथा युद्ध तत्काल रोकी शान्ति कायम गर्नका लागि विश्व समुदाय एक हुने शक्ति मिलोस भने त्यहाँ रहेका नेपालीहरुलाई फर्काउन सरकारले तत्काल काम थालोस ।

]]>
18833
गैरआवासीय नेपाली संघ पहुँचवालाको चँगुलमा डुब्दै https://www.newspali.com/2023/09/18097/ Fri, 01 Sep 2023 00:15:59 +0000 https://www.newspali.com/?p=18097 गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलन आगामी अक्टोबर १७ देखी २० तारिख सम्म काठमाण्डौंमा हुँदैछ । सम्मेलनमा सहभागि हुन विश्वभरबाट गैरआवासीय नेपालीहरु उक्त सम्मेलनमा पुग्दैछन् । यसो त यस पटकदेखी अनलाइनबाट समेत भोटिङ हुने भएकाले सायद सहभागि हुनेहरुको संख्या कम हुन सक्छ ।

अमेरिकाबाट सहभागि हुने आईसीसी प्रतिनिधिहरुको नामावली राष्ट्रिय समन्वय परिषदले भर्खरै सार्वजनिक गरेको छ । नाम सार्वजनिक भएको केही घण्टा बित्न नपाउँदै सार्वजनिक नामहरु बारे विवाद शुरु भईसकेको छ । विवाद हुनु मध्ये पहिलो मुख्य कारण हो, एनसीसी अमेरिकाका अध्यक्ष र महासचिवले हस्ताक्षर गरेको पत्रमा परेका नामहरु बिधि बिधान अनुसार भएनन भन्ने । अर्को विवाद हो, आईसीसीका लागि प्रतिनिधि छनौट गर्न बनाइएको समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्षले आईसीसीलाई अर्को छुट्टै नामावली पठाए ।

छनौट समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष उप्रेतीले आफु नेतृत्वको समितिले बनाएको नाम भन्दा बाहिरबाट अध्यक्ष र महासचिवले आपसी चोचो मोचोमा नामावली तयार परियो र आफुलाई थाहै नदिई प्रतिनिधि छनौट गरियो भनेर सार्वजनिक रुपमा अन्र्तवातानै दिईसकेका छन् । यसरी हेर्दा एनआरएनए फेरि पुरानै विवाद तानिएको छ । यस्तै यस्तै कारणले हुन सक्छ गैरआवासीय नेपाली संघ सँधै विवादको घेरामा हुन्छ । यस संस्थामा आम मान्छेको पहुँच पुगेन भनेर आम मानिसबाट यस्तै कारणले गुनासो आउने गरेका छन् । सार्वजनिक भएका नामहरु हेर्दा एनआरएनएलाई योगदान पुराएका र बिधि बिधान अनुसार काम गरेका भन्दा पनि चुनावमा सहयोग गरेका र भोली चुनावमा सहयोग गर्न सक्नेहरुनै प्रतिनिधिका रुपमा छनौट भएका छन् ।

विश्वभर संजाल भएको यति ठूलो संस्थामा यदी सार्वजनिक रुपमा राम्रो छवि भएका, समाजमा प्रतिष्ठा कायम गरेका, अध्ययनशिल र कर्मशिलहरुलाई प्रतिनिधि तथा संस्थाको नेतृत्वमा ल्याउन सक्ने हो भने प्रवासमा रहेका नेपालीहरु र मातृभूमी नेपालको श्रीबृद्धिमा धेरै ठूलो योग्दान पुराउन सक्नेमा विवाद छैन् ।

एनआरएनए विवादमा आउनुको अर्को कारण हो यो व्यवसायीहरुको चँगुलमा मात्रै फस्दै गयो । यहाँ विशुद्ध समाज सेवा गर्ने, गैरआवासीय नेपालीहरु र मातृभूमी नेपालको सेवा गर्नेहरु यो संस्थाका लागि लायक पात्रको संख्या ज्यादै न्यून भयो या भएन् । संस्था भित्र चाकडी चाप्लुसी मौलाउँदै जानुका कारणले पनि यो संस्थाको छवि थप धुलित हुँदै गएको छ भन्दा सायद फरक नर्पला ।

विश्वभर संजाल भएको यति ठूलो संस्थामा यदी सार्वजनिक रुपमा राम्रो छवि भएका, समाजमा प्रतिष्ठा कायम गरेका, अध्ययनशिल र कर्मशिलहरुलाई प्रतिनिधि तथा संस्थाको नेतृत्वमा ल्याउन सक्ने हो भने प्रवासमा रहेका नेपालीहरु र मातृभूमी नेपालको श्रीबृद्धिमा धेरै ठूलो योग्दान पुराउन सक्नेमा विवाद छैन् । तर यहाँ सँधै मिलिभगत चल्ने भएकाले नेतृत्वमा सक्षम व्यक्ति नआउँदा यो संस्था थप विवादित हुँदै गएको छ । अहिले आईसीसी अध्यक्षमा तीन जना अध्यक्ष हुनु यसको ज्वलन्त उदाहरण हो ।

यस्तै विवाद र समस्याका कारणले हुन सक्छ यो संस्थाको विवाद सर्वोच्च अदालत सम्म पुग्यो । सर्वोच्च अदालतले एनआरएनए जस्तै अर्को संस्था खोल्न पाउने भनेर निर्णय दिई सकेको छ । अब नयाँ खोलिने भन्ने संस्था आयो भने यहाँ विवाद थप बढेर जानेछ । अर्को तर्फ यहाँ राजनीतिक भागबण्डा हुनु अर्को समस्याको जड हो । यस संस्थामा नेपालमा जस्तै बिभिन्न राजनीतिक दलका नाममा भागबण्डा हुन्छ । जसको शक्ति उसको भक्ति भन्ने उखान यहाँ प्रष्ट लागु हुन्छ ।

अब यो संस्थालाई अझै ओझिलो बनाउने हो भने सक्षम, इमान्दार र आम मान्छेको भाषा बोल्ने व्यक्ति छनौट हुनुको विकल्प छैन् । भने छनौट प्रकृया अपनाउँदा आजीवन तथा साधारण सदस्यहरुले अनलाइनबाटै भोट हाल्न पाउने व्यवस्था जब सम्म लागु हुँदैन तब सम्म यो संस्था पहुँचवालाको मात्रै हुनेछ ।

]]>
18097
टीकापुर घटना क्रुर र विभत्स हत्या, मानव सभ्यता माथि नै प्रश्न https://www.newspali.com/2023/08/17913/ Fri, 18 Aug 2023 00:05:24 +0000 https://www.newspali.com/?p=17913 सर्वोच्च अदालतले आठ जना सुरक्षाकर्मी र एक जना बालकको मत्यु हुनेगरी भएको घटनालाई सभ्य मानव समाजकै कु्रर र बिभत्स हत्या भनेको छ । बुधवार सार्वजनिक भएको पूर्णपाठमा सर्वोच्च अदालतले मानव सभ्यताकै कलंकका रुपमा ब्याख्या गरेको छ ।

ज्यान जोगाउन घटनास्थल नजिकका घर गोठमा लुकेका सुरक्षाकर्मीलाई भाला, खुँडा र रड प्रयोग गरिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । त्यस क्रममा ३६ जना सुरक्षाकर्मी घाइते समेत भएका थिए । प्रहरीको प्रतिवेदन पढदा या सुन्दा आङनै कापने देखिन्छ । यसरी हेर्दा यहाँ सभ्य मानव समाजको तस्विर कहिँ कतै देखिँदैन् ।

सर्वोच्चको पूर्णपाठ पढि सकेपछि यत्ति भन्न सकिन्छ, त्यो घटना मानवियता प्रर्दशन त भएकै छैन् । भने अर्को तर्फ देशको नियम कानुन, संबिधानको पूर्णत उल्लघन भएको छ । सर्वोच्चको पूर्णपाठले भने जस्तै राजनीतिक स्वार्थ या सहमतिमा मुद्धा चलाउने या फिर्ता लिने वा मिनाहा गर्ने काम हाकाहाकी संबिधान बिपरित कार्य हो ।

अर्को तर्फ यसरी राजनीतिको आँखाले हेरेर संबिधानको हाकाहाकी उल्लंघन गर्दै थारुहट आन्दोलनका नाइके रेशम चौधरीलाई कैद माफी संबिधान विपरितको कार्य हो । यसले भविश्यमा हुन सक्ने यस्तै प्रकृतिका राजनीतिक मुद्धाहरुले समेत प्रसय पाउने छन् । मानवियता प्रयोग भएकै छन्, भन्दा फरक नर्पला । हामी मानव समाजकै अंग हौ । धर्म हाम्रो सभ्य समाजका लागि बनाईएको नियम कानुन भन्न सकिएका तर जातलाई कुनै पनि अर्थमा ब्याख्या गर्नै सकिँदैन् । जातियता मान्छेले मान्छेलाई हेप्न या दमनका लागि थालिएको कुप्रथा हो भन्दा फरकै पर्दैन ।

हामी पहिले मानव हौं, अनि मात्रै अन्य बिषय । बिभिन्न भाषा, धर्म, जात मान्न मान्छे स्वतन्त्र छ । यही समाजले बनाएका केही यस्तै जातका नियमले अहिले हाम्रो समाज भड्काउ तर्फ इंगित छ । मानव अर्थात पुरुष र नारीका रुपमा मात्रै यदी हामीले हेर्ने हो भने यो समाज हामीले सोचेको भन्दा पनि असल बन्नेमा प्रश्न चिन्हनै खडा हुन्न् ।

महिला र पुरुषमा पनि गरिने बिभेद अर्को कुरुप संकेत हो । मात्रै हामी मानविय यदी व्यवहार गरियो भने मात्रै हाम्रो समाज असल मार्गमा हिड्ने छ । यसर्थ आउँदा दिनमा हुन सक्ने यस्तै प्रकृतिका राजनीतिक मुद्धाहरुले प्रसय पाउने गरी सरकारी निर्णय आउनु हुँदैन् । समाज हाम्रै हो, बिगार्ने या सपार्ने हाम्रै काँधमा छ ।

]]>
17913
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा https://www.newspali.com/2023/08/17846/ Tue, 15 Aug 2023 23:32:54 +0000 https://www.newspali.com/?p=17846 काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नगरप्रमुख निर्वाचित भएसँगै काठमाण्डौं बासी मात्रै नभई देशैभरी आम जनतामा आशाको संचार भयो । पढे लेखेको एक युवा, सँगै केही गर्ने जोश भएको युवा शाह महानगर प्रमुख निर्वाचित भएसँगै उनले नगरप्रमुखले कसरी काम गर्नु पर्दछ भन्ने सन्देश समेत दिएका छन् ।

शुरुवाती दिनहरुमै नगरप्रमुख शाहले बाटो चक्लाउने देखी ढल व्यवस्थापनमा उलेख्य काम गर्ने कोशिस गरे । उनले काठमाण्डौंको फोहोर व्यवस्थापन गर्नका लागि भने जसरी काम गर्नुपर्ने थियो त्यो स्प्रिडमा काम भने गरेको देखिन्न् ।

यद्यपी महानगर प्रमुख शाहले गरेको कामबाट सामान्य मानिस खुसी छन् । अब काठमाण्डौंमा ब्यापक सुधार हुनेमा समेत विश्वस्त छन् । आम मान्छेमा आशाको संचार हुनु आफैमा सकारात्मक सुरुवात हो भन्न सकिन्छ । अहिले नगरप्रमुख शाहको कार्यशैलीबाट काठमाण्डौंमा ट्याक्सी चलाएर गुजारा गरिरहेका आम मानिसले समेत देशको राजधानी अब आर्थिक केन्द्र बन्न सक्नेमा आशावादी छन् । यस्तै राजनीतिक दलका नेताहरुमा समेत सायद चेत पसेको हुनु पर्दछ ।

राजनीतिक दलका नेता तथा तिनका कार्यकर्तालाई समेत शाहले एउटा मेयरले के सम्म गर्न सक्छ, या मेयर चाहेमा के कस्ता परिर्वतन नगरमा ल्याउन सक्छ भन्ने सिकाएका छन् । देशभरीका नगरप्रमुखहरुमा काठमाण्डौं प्रमुखले जस्तै काम गर्नुपर्ने दबाव समेत बढेको हुनु पर्दछ । हाल काठमाण्डौं प्रमुख शाहले गरेको कामबाट प्रभावित भएर उनि भोलीको सक्रिय राजनीतिमा आउने आशा समेत जनतामा जाग्नु आफैमा सकारात्मक पक्ष हो । अहिले स्थापित भनिएका दलहरुबाट जनता भने दिक्क भएका छन् ।

ठूलठूला भ्रष्टाचारको काण्डमा राजनीतिक दलका कार्यकर्ता तथा नेताहरुको नाम जोडिनु अनि कारवाहीका लागि पहल समेत नहुनुले पनि दलहरुप्रति थप आशंका जागेको हुनु पर्दछ । यस्तै परिपेक्षमा शाहले जसरी काठमाण्डौं प्रमुख भएर काम गरिरहेका छन्, त्यसले पक्कै सकारात्मक आशा जगाएको हुनु पर्दछ ।

अहिले जनताले नगरप्रमुख शाह अब हुने चुनावमा राजनीतिक दल खोलेर बैकल्पिक राजनीतिक दलका रुपमा अगाडि आउनुपर्ने माग राखिरहेका छन् । यसरी हेर्दा काठमाण्डौं नगरप्रमुख शाह राजनीतिको नयाँ मोडका लागि सहि समयको पखाईमा रहेका हुन कि भन्ने पनि बुझ्न सकिन्छ ।

]]>
17846
सुन काण्डमा सुनिएका मान्छेहरु समातिन्छन्, त ? https://www.newspali.com/2023/08/17814/ Sun, 13 Aug 2023 20:58:22 +0000 https://www.newspali.com/?p=17814 नेपालमा अहिले क्विइन्टल सुन काण्डको बिषयले संसद, आम नागरिक हुँदै संचार जगतमा प्राथमिकता पाएको छ । सिंगो देश सुन काण्डले तातेको छ, भन्दा सायद फरक नर्पला । बिमानस्थलबाट बाहिरिएको क्विइन्टल सुन राजश्व अनुसन्धान बिभागले समात्यो । अहिले सामाजिक संजाल समेत यही सुनको प्रतिकृयाले तातेको छ ।

सुन काण्डले प्रमुख प्रतिपक्ष दल देखी सरकारमा सहभागि भएका दलहरुले निष्पक्ष छानविन हुनुपर्ने माग राख्दै आएका छन् । तर हामीले आफैलाई अर्थात राज्यलाई सोध्नुपर्ने प्रमुख प्रश्न के हो भने के हाम्रो देशमा यस्तै धन्दाहरु बर्षौंदेखी चल्दै आएका छन् ? राज्यको संयन्त्र किन यती कम्जोर ।

हामीले सुन्दै आएका छौं, यसको उच्चस्तरिय छानविन समिति बन्नु पर्यो यसको अर्थ के हामीले हाम्रो प्रहरी प्रशासनलाई विश्वास गर्दैनौं । या त्यस्तो समिति बनाउने र समितिको प्रतिवेदनलाई टालटुल पारेर यो बिषयलाई बिषयान्तर गर्दैछौं । प्रहरीले गरिरहेको छानविनमा राजनीतिक दलको हस्तक्षेप हुने गरेका कारणले उच्च स्तरीय छानविन समिति भनिँदै आईएको पनि हुन सक्छ ।

यदी राज्यका निकायहरु बलिया हुँदा हुन त हामीले यति धेरै शंका उपशंका गर्ने पर्दैनथ्यो होला । अर्को तर्फ राजनीति दलहरुका भरिया कर्मचारी र प्रहरी प्रशासनमा दलका नेताहरुको ठाडो हस्तक्षेपले यस्ता शंकाहरु उत्पन्न भएका हुन् ।

सुन काण्डमा जोडिएका ठूला देखी साना व्यक्तिहरुलाई कुनै दबाव बिना प्रहरीलाई काम गर्न दिने हो भने हाम्रो प्रहरी प्रशासन अब्बल छ भन्नेमा हामी विश्वास गर्न सक्दछौं । पछिल्लो पटक प्रचण्ड सरकारले भ्रष्टाचारको बिषयलाई प्रम्ुख प्राथमिकतामा राखेको छ, जुन बिषय प्रशंसा योग्य छ । तर के थालिएका भ्रष्टाचारका बिषयहरु टुङगो पुग्छन भन्ने आम जनताको प्रश्न छ ।

किनकी यहाँ कुनै न कुनै राजनीतिक दलको कार्यकर्ता नजोडिएको या कुनै न कुनै राजनीतिक दलका नेता नजोडिएको पक्कै छैन् । मिलिभगतमा बनेको सरकार र सरकारलाई थाम्न चाहिने बल समेत तिनै दल र दलका नेताहरुबाट प्राप्त हुन्छ । यसर्थ केही शंका गर्ने ठाँउ छन् । तर भ्रष्टाचारको यदी जरो उखल्ने हो भने प्रहरी प्रशासन, गृहमन्त्रालय र अदालतमा बिना हस्तक्षेप काम गर्ने वातावरण बन्नु पर्दछ ।

अब प्रश्न उठ्छ के सुन काण्डमा सुनिएका नामहरु जस्तै पूर्वसभामुख कृष्णबहादुर महरा लगायत ज जसको नाम मुछिएको छ सुनिएको छ, ति व्यक्तिहरु अनुसन्धानको घेरामा आउँछन्, त्यसका लागि प्रहरी प्रशासन काम गर्न सक्षम छ ? या राजनीतिक दल तथा दलका नेताहरु साचिकै ति सुनिएका नामहरुलाई प्रहरीको अनुसन्धानमा ल्याउन काबिल छन् । यस्ता प्रश्नहरुको जवाफ केही दिनमा मिल्नेनै छ ।

]]>
17814
हामी आयौँ https://www.newspali.com/2023/08/17812/ Sun, 13 Aug 2023 20:36:24 +0000 https://www.newspali.com/?p=17812 प्राप्त लोकतन्त्रिक गणतन्त्रको रक्षा र नागरिकको अधिकारमा संचारजगतले आज सम्म खेलेको भूमिका प्रशंसा योग्य छ । तर लोकतन्त्रको सामान्य मुल्य र मान्यता अन्तर्गत पर्ने वाक स्वतन्त्रतामा कहिले काहीँ प्रश्न चिन्ह खडा हुने गरेका छन् । सरकारले निमार्ण गरेका राज्य संरचनाहरुले सहि ढंगले काम नगर्दा होस, या राज्य परिर्वतनका लागि स्थापित दलहरुका कारण वाक स्वतन्त्रता माथी प्रश्न चिन्ह खडा हुने गरेका थुप्रै उदाहरण हामीसँग छन् । यसो त संचारजगत अछुतो छ भन्ने पनि होईन, हाम्रै कारणले पनि वाक स्वतन्त्रता माथी गम्भीर प्रश्नहरु खडा भएका छन् ।

हिजो राज्य सत्ता परिर्वतनका खातिर लडेका राजनीतिक दल र तिनका नेता कार्यकर्ताका कारण धेरै पटक संचारजगत सिकार हुनु परेका उदाहरण हामीसँग छन् । हाम्रा अग्रज पत्रकार तथा संचारकर्मीहरु राज्य सत्ताको बलमा मारिएका, कुटपिट, थुनामा परेका तथा मानसिक यातना भोग्नु परेको छ । सँधैको प्रतिपक्ष भनेर चिनिने क्षेत्र हो, संचार जगत । हिजो, आज र भोलीको पनि दह्रो प्रतिपक्ष भनेको पत्रकारिता, संचारक्षेत्रनै हो ।

बदलिँदो समाजमा हामीले खोजेको न्याय, स्वतन्त्रता, स्वाधिन राज्य अनि बिकाशिल देशको यात्रामा सिँगो समाजसँगै संचारजगत हिड्न चाहन्छ । हामी त्यसैको एउटा यात्री हौं भन्ने कुरामा हामी स्पष्ट छौं ।

अहिले समाज बिकाउ बिषय वस्तुमा बढ्ता बिकेको देखिन्छ, हामी त्यस्ता कृयाकलापमा कहिल्यै केन्द्रीत हुनेछैनौं । संचारजगतमा पनि यसको प्रभाव दैनिक बढ्दै गएको छ । चल्ने या चलाउने नाममा हामीले अनावश्यक बिषयहरुलाई प्राथमिकतामा राखेका छौं कि यो संचार क्षेत्रले आफैले आफुलाई सोध्नु पर्ने प्रश्न समेत हो । समाजले स्विकार गर्ने बिषय भन्दा पनि समाज भड्काउने अनि अश्लिल बिषयलाई समेत केही संचारमाध्यमले प्रकाशन, प्रसारण गर्दा यस्तो अवस्था सृजना भईरहेको छ भन्दा सायद फरक नर्पला ।

अहिलेको बिकसित प्रविधिले हामीलाई केही नयाँ ज्ञान पक्कै दिएको छ, सँगै यसको बिकृतिलाई पनि हामीले ध्यानमा राख्नुपर्ने हुन्छ । सोसल मिडिया बढ्ता हाबी भएको हो कि भन्ने भान हुन्छ तर सोसल मिडियाले स्थापित भनिएका या भर्खरै जन्मिदै गरेका हामी जस्ता मिडिया हाउसले समेत समयानुकुल दिन नसकेका बिषय वस्तुलाई तत्कालै सुचना दिएको पनि बुझ्नुपर्ने हुन्छ ।

हामी थपिएको एउटा संख्या मात्रै हुनेछैनौं । प्रतिवद्धता व्यक्त गर्दछौं कि, प्राप्त उपलब्धीको रक्षा गर्दै सामाजिक न्याय, मानवअधिकार र विश्व शान्ति कायम राख्न हामी प्रतिवद्ध रहनेछौं । कहिँ कतै खलल पुराउने तत्वसँग हामी सजग भएर काम गर्ने छौं । हामी पनि कानुन भन्दा बढ्ता अनुशासनको धेराले बाँधिएका हुनेछौं । समाजको बृहत्तर हित र व्यक्तिको स्वतन्त्रता हामीले सँधै ख्याल गर्नेछौं । हामीलाई नियमन गर्ने संघ सस्थाहरुको अनुशासन पनि हामीले ख्याल गर्ने छैनौं । साथै हाम्रो दायित्वलाई सँधै बोध गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछौं ।

हामीलाई नेपाल सरकार, सम्वद्ध सबै निकाय, राष्ट्रिय, अन्तर्राट्रिय संघ सस्था, व्यक्ति तथा सबै पक्षको सहयोग प्राप्त हुने विश्वास हामीले लिएका छौं । साथै उल्लेखित सबै पक्षसँग मिलेर हामीले काम गर्नेछौं । हाम्रा पाठक, श्रोता तथा बिज्ञापन दाताहरुको समेत निरन्तर सहयोग र साथ रहने विश्वास समेत लिएका छौं ।

धन्यवाद ।

]]>
17812
नेपाल र अमेरिकाबाट एकसाथ सञ्चालन गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं https://www.newspali.com/2021/02/7713/ Tue, 16 Feb 2021 02:58:31 +0000 https://www.rastranews.com/?p=7713 अनुश्री मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल न्यूजपाली डट कम नेपालकाे सुन्दर शहर पोखरा र अमेरिकाकाे न्यूयाेर्कबाट एकसाथ सञ्चालन गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । नेपालकाे प्रेस काउन्सिलमा सूचीकरण र सूचना विभागमा दर्ता गरी यस न्यूज पोर्टललाई अफिसियल रुपमा सञ्चालन गरेका हौं । अमेरिकामा पनि सम्बन्धित निकायमा दर्ताका लागि प्रक्रिया अघि बढाइएकाे छ ।

मुख्यतः नेपालकाे देशभरका र अमेरिकाबासी नेपालीका लागि महत्वपूर्ण सूचना सामग्री हाम्रा प्राथमिकता हुन् । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता हाम्रा प्रतिबद्धता हुन् । समाजका विकृति, विसंगति, भ्रष्टाचार अन्त्यका लागि हामी निरन्तर खबरदारी गरिरहने छौं ।

यसले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन लगायत सबै क्षेत्रका मुद्दा उठाउनेछ । तथ्य आधारित रहेर सत्य एवं निर्भिक पत्रकारिता गर्ने छौं । पछिल्लो समय पत्रकारिता माध्यमबाट कसैलाई माथि उचाल्ने र कसैलाई पछार्ने विकृति बढिरहेका बेला समाजका गतिविधि जस्ताको तस्तै पस्कने छौं । यो नै हाम्रो पहिचान बन्नेछ ।

यतिबेला आमनागरिकको पहुँच सजिलैसँग सूचना तथा प्रविधिमा बढ्दै गइरहेका बेला सूचना प्रविधिको उच्चतम् प्रयोग अपरिहार्य जस्तै बनेको छ । बालबालिकादेखि लिएर ज्येष्ठ नागरिकसमेत सूचना प्रविधिको प्रयोगमा अभ्यस्त भइरहँदा यसकै माध्यमबाट जनतालाई आवश्यक सूचना सामग्री पस्कने छौं ।

करिब दुई दशकसम्म पत्रकारितालाई नै मुख्य पेशा बनाई अनुभवले खारिएको आफ्ना क्षमता भरपूर उपयोग हुनेछ । यस न्यूज पोर्टलले तपाईं हामीबीच अझै बढी अपनत्व महसुस गराउनेमा कुनै शंका छैन । हाम्रो अबको यात्रामा सम्पूर्णको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्दछौैं ।

प्रजातन्त्र पुनस्र्थापनापछि सञ्चार क्षेत्रको उल्लेख्य विकास भएको छ । सञ्चार क्षेत्रप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले जनताको भावना उच्च सम्मान गर्दै यात्रा तय गरेका छौं । आज सबै क्षेत्रमा अत्यन्त प्रतिस्पर्धा छ ।

डिजिटल प्रविधिले हरेक क्षेत्रमा माथ गरिरहेको यहाँलाई विदितै छ । यो प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन आफ्नो सेवा र उत्पादन लक्षित वर्गसम्म पु¥याउन पनि हामी सहयोगी बन्ने छौं । अबको समय डिजिटल मार्केटिङकै हो भन्नेमा दुविधा छैन ।

]]>
7713