लेख – Page newspali.com|category|article|feed| – Newspali https://www.newspali.com Newspali.com Thu, 17 Aug 2023 17:32:41 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 लेख – Page newspali.com|category|article|feed| – Newspali https://www.newspali.com 32 32 222214484 कहाँ हराए हाम्रा जुझारु सांसदहरू ? https://www.newspali.com/2023/08/17866/ Thu, 17 Aug 2023 16:33:49 +0000 https://www.newspali.com/?p=17866
  • हरिबहादुर थापा
  • आलोचकहरू भन्ने गर्थे र गर्छन्, ‘संसद् भनेको त्यस्तो चिसो रिकापी हो, जहाँ भकभकी उम्लिएको तातो चिया खन्याइन्छ र चाँडै चिस्याइन्छ ।’ यो संसद्मा नयाँ दल, अनि नयाँ अनुहार बाहुल रहेपछि अपेक्षाका खात थिए । धेरैलाई लागेको थियो, ‘तिनको अधिक सक्रियतासँगै सदनमा प्रधानमन्त्री–मन्त्रीसँग प्रश्न–प्रस्तावको ओइरो लगाएपछि जवाफ दिँदै हैरानी खेप्नेछन् । अनि राज्यका अंग–संयन्त्रका पदाधिकारी/अधिकारीहरूले संसदीय समितिमा स्पष्टीकरण र बयान दिँदै सास्ती भोग्नेछन् । ‘चीसो रिकापी’को अभिशप्त आलोचनाको प्रतिवाद हुनेछ ।’

    २०७९ मंसिरमा चुनिएका प्रत्यक्ष–समानुपातिक जुझारु, अनि युवा पुस्ताका सांसदहरूले ‘यथास्थितिवाद’लाई किनारा लगाउनेछन् । जुझारु पात्रहरुसँग मतदाता यस्तै–यस्तै अनगिन्ती अपेक्षा थिए । त्यसरी अपेक्षा राख्नु पनि अस्वाभाविक होइन । यतिखेर संसद्मा उपस्थित जुझारु सांसदहरु उतिबेला सडकमा मात्र हुँदा राज्यसँग प्रश्नै प्रश्नको बाढी लगाउँथे । अझ प्रश्नले मात्र नपुगेर तिनीहरू चर्काे स्वरमा भन्थे, ‘यी नेताहरूको नाकको डाँडी नै भाँच्नुपर्छ ।’ यस्ता पात्रहरू संसद्मा पुगेपछि ‘निकम्मा’ हुँदै गएको अभियोग लागेको सरकार र संसद्लाई आच्छु–आच्छु पार्छन् भनी सोचिएको थियो । अनि न्यायालयका विकृति–विसंगतिविरुद्ध सडकमा हुँदा चोटिलै आवाज सुनिएको थियो । जुझारु सांसदले सदनमा प्रश्न–प्रस्तावबाटै राज्यका अंगहरूका स्वेच्छाचारिता अन्त्य गर्न कुनै कसर बाँकी राख्ने छैनन् । अनि राज्य सञ्चालनमा जे–जति भ्रष्टाचार–बेथिति आउँछन्, त्यस्ता प्रकरण संलग्न पदासिन पात्रहरूलाई संसदीय समितिमा उभ्याउँदै केरकार गर्छन् भन्ने ठानिएको थियो ।

    २०७९ मंसिरमा निर्वाचित सांसदहरूले एउटा सिंगो अधिवेशन गुजारिसकेका छन् र दोस्रो अधिवेशनमा रम्दैछन् । अधिवेशनकालमा संसद्मा न उल्लेख प्रश्न सोधिन्छ न बोझिलो राज्य–संयन्त्रलाई धारिलो पार्ने गरी प्रस्ताव राखिन्छ । न विधेयकभित्रका स्वार्थी छिद्रहरुमा ओजपूर्ण संंशोधन राखिन्छन्, न राज्यलाई चुनौति दिने गरी गैरसरकारी विधेयक दर्ता नै गराइन्छ । अब संसदीय अभ्यास कर्म केलाउँदै खोजी गर्नैपर्छ, ‘कहाँ हराए, प्रश्नै प्रश्नको खेती गर्ने युवा पुस्ताका जुझारु सांसदहरू ?’ उनीहरूलाई संसदीय कर्मअनुरुप प्रश्न, प्रस्ताव राख्न र जनअपेक्षित नीति–कानुन निम्ति मतदाताले चुनेका हुन्, खालि ‘भाइरल’ भाषणका निम्ति मात्र होइन ।

    हेर्नाेस् त, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न नसोधेको भए, पहिलो अधिवेशनले नै प्रश्नविहीन संसदीय रेकर्ड कायम गथ्र्यो । उनी एक्लैले ७६ वटा प्रश्न गराउँदै संसदीय रेकर्डमा ‘प्रश्नविहीन अधिवेशन’ अंकित हुनबाट जोगाएका छन् । उनको प्रश्नमा पनि मन्त्रीहरूले सदनमै जवाफ नदिई टेबुल गर्नमै सीमित राखेको तथ्य भेटिन्छ । सरकारी जवाफ हेर्दा त्यसमा अनगिन्ती पूरक प्रश्न सोध्ने ठाउँ छ । जे भए पनि सुवाल एक मात्र जुझारु, क्रियाशील सांसदको रुपमा ‘संसदीय सम्मान’ दिनुपर्ने माग मतदाताबाटै आउनुपर्छ । त्यसो गरियो भने अरु सांसदहरूको आँखा खुल्नेछ र प्रश्न सोध्नुपर्छ भन्ने दायित्व सम्झनेछन् ।

    सुवालबाहेकका सांसदलाई प्रश्न सोध्नुपर्छ भन्ने जानकारी नभएको हो या प्रश्न सडकमा मात्र सोध्ने हो, संसद्मा होइन भन्ने भान परेको हो ? नागरिकले जुझारु, युवा पुस्ताका सांसदहरूसँगै जिज्ञासा राख्नैपर्छ । २०४८ मा प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो अधिवेशनमै १२२० वटा मौखिक, १०९ लिखित र ७५ वटा अल्पसूचनाका आधारमा प्रश्न सोधिएको थियो । सांसदहरूले प्रश्न नगर्नु र प्रस्ताव नराख्नुलाई धेरै कोणबाट अथ्र्याउन सकिन्छ । पहिलो त, सरकारलाई प्रश्न सोध्दै, प्रस्ताव राख्दै संकटमा पार्न नचाहनु हो । दोस्रो, राज्य–संयन्त्रका काम–कारबाहीबारे सांसदहरु बेखबर हुनु हो, तेस्रो संसद् भनेको जे–जे मनमा लाग्छ त्यो भाषण गर्ने थलो मात्रै हो भन्ने ठान्नु । चौथो, गम्भीर हुँदै संसदीय कर्ममा व्यतित गर्ने होइन कि ‘भाइरल’ हुने सोचमा मात्रै मग्न हुनु ।

    उता प्रधानमन्त्री–मन्त्री जसको सधैंभरिको चाहना हुन्छ– संसदमा, सांसदहरूले प्रस्ताव नराखुन् भन्ने हुन्छ । संसद्भित्र प्रश्न उठ्दा त्यसले सरकारलाई विवादित तुल्याउँछ । अझ संसदीय समिति तातेको खण्डमा राज्य संयन्त्रका पात्रहरूले आफ्ना निर्णयको आधार–औचित्य पुष्टि गर्न संसदीय समितिमा धाइरहनुपर्छ । संसदीय समितिमा सांसदहरूका गम्भीर प्रश्नको जवाफ, बयान या स्पष्टीकरण दिइरहनुपर्छ ।

    अर्कातिर सरकारी काम/कारबाहीमा प्रश्न नउठेपछि मनमौजी शैलीमा शासन गर्न पाइन्छ भन्ने सोच सत्तावृत्तमा रहन्छ । अझ निरन्तर प्रश्न उठेन भने शासकीय वृत्तका पात्रहरूलाई स्वेच्छाचारी निर्णय लिन वा काम गर्न सजिलो हुन्छ नै । सत्तारुढ दल मक्सद नै प्रश्न–प्रस्तावबाट सरकारलाई जोगाउनु हुन्छ, त्यसमा सत्ताबाहिरका सांसदहरूबाटै प्रश्नको ओइरो लगाउँदा मात्रै सरकार ‘ट्रयाक’मा आउने हो । यो तथ्य सांसदले बुझ्न नचाहेको हो कि अल्छी गरेको हो ? ती सडक तताएका जुझारु सांसदसँग पनि प्रश्न तेर्सिन्छ नै ।

    प्रमुख विपक्षी एमालेलाई सत्ता नपाएको झोंक छ । ऊ सरकारसँग प्रश्न गर्न प्रस्ताव राख्न होइन, उसलाई सदन ‘अवरोध’ मोह छ । उसका प्रश्न र प्रस्तावसँगै अर्काे कोणबाट ओठे जवाफ आउन सक्छ, ‘तिम्रो पालामा के भयो थियो र ?’ अझ एमालेजनका निम्ति संसद् अवरोध गर्नु परम्परागत संसदीय कर्म हो । उसले २०४८ यता विपक्षमा हुँदा सदन अवरोध गर्नु र संसदीय कार्यसूचीअनुरुप अघि बढ्न नदिनु उसको नियमित कर्मभित्रै पर्छ । संसदीय नियमावलीअनुरुप उसलाई अघि बढ्ने रहर उसलाई देखिँदैन ।

    संसदीय कार्यसूचीमा उल्लेखित भन्दा महत्वपूर्ण सवाल भएमा उसले ‘स्थगन प्रस्ताव’ ल्याउन सक्छ, अवरुद्ध गर्नु जरुरत नै पर्दैन । प्रमुख विपक्षी दलको प्रस्तावहरुलाई सभामुखले अस्वीकृत गर्ने सम्भावना नै रहँदैन । अझ सभामुख पनि एमाले पार्टीकै नेता हुन्, यद्यपि सभामुख भएपछि पार्टीको पद ‘स्थगन’ राखेका छन् ।

    त्यसरी ‘स्थगन प्रस्ताव’ आएको खण्डमा कार्यसूचीमा उल्लेखित विषय पन्छाउँदै प्रतिपक्षीकै प्रस्तावमा छलफल गर्नुपर्ने हुन्छ । संसदीय मान्यतामा प्रस्तावबेगर छलफल गर्न सकिँदैन भन्ने मान्यताअनुरुप सांसदहरूलाई स्थगन प्रस्तावसमेतको अधिकार प्राप्त छ । कुनै अत्यन्त महत्वपूर्ण सवाल या घटना भयो भने उक्त दिनको कारबाही स्थगन गर्न राख्न सकिन्छ, स्थगन प्रस्तावमार्फत् । आफूलाई प्राप्त अधिकार प्रयोग नगरी संसद् अवरोध गर्नु भनेको नियमविपरीत प्रदर्शन गर्नु हो । हाम्रै पहिलो २०१६–२०१७ को संसदीय अभ्यासमा एक दिन पनि संसद् अवरोध भएको भेटिँदैन, प्रश्न र प्रस्तावहरुको श्रृंखला नै चलेको भेटिन्छ ।

    सदन अवरोधका कारण सांसदहरू फुर्सदिला छन्, २०१६–२०१७ का ‘भर्वेटिम’ अध्ययन गरे हुन्छ, त्यो कालमा महत्वपूर्ण सवालमा छलफल गर्नकै खातिर प्रतिधिधि सभामा ११ वटा स्थगन प्रस्ताव दर्ता भएका थिए । अनि सरकारलाई निर्देशनात्मक आदेश जारी गर्नकै खातिर प्रतिनिधि सभामा मात्र ४६ वटा संकल्प प्रस्ताव दर्ता भएको संसदीय रेकर्डमै भेटिन्छ । संसद् भनेको नाराबाजी–घेराऊ तथा जर्बजस्ती गर्ने थलो हुँदै होइन, रचनात्मक प्रस्ताव राख्दै सरकारलाई काम गर्न बाध्य पार्ने थलो हो ।

    जसरी एमालेले सुन तस्करीका सवालमा छानबिन गर्न उच्चस्तरीय आयोगको माग गर्दै संसद् अवरोध गरिरहेको छ । उसले कुनै अवरोध नगरी संसदीय हिसाबबाटै आफ्नो माग पूरा गर्न सक्थ्यो । उसले संकल्प प्रस्ताव राख्दै सरकारलाई निर्देशनात्मक आदेश दिन सक्थ्यो । संसदीय आदेश वा निर्देशनलाई सरकारले अवज्ञा गर्न सक्ने अवस्था रहँदैन । एमालेलाई अझै संसदीय बाटो हिँड्ने रहर देखिँदैन । उसले २०४८ यता कति दिन संसद् अवरोध ग¥यो भन्ने हिसाब–किताब निकाल्ने हो भने अत्यास नै लाग्छ । संसदीय कालखण्डमा एउटा सिंगो अधिवेशन नै अवरोध गरेको थियो भने २०७८ असारमा सत्ताबाहिर गएपछि एमालेले नौ महिनासम्म गतिरोध राखेकै हो ।

    सदन अवरोधका कारण सांसदहरू फुर्सदिला छन्, २०१६–२०१७ का ‘भर्वेटिम’ अध्ययन गरे हुन्छ, त्यो कालमा महत्वपूर्ण सवालमा छलफल गर्नकै खातिर प्रतिधिधि सभामा ११ वटा स्थगन प्रस्ताव दर्ता भएका थिए । अनि सरकारलाई निर्देशनात्मक आदेश जारी गर्नकै खातिर प्रतिनिधि सभामा मात्र ४६ वटा संकल्प प्रस्ताव दर्ता भएको संसदीय रेकर्डमै भेटिन्छ । संसद् भनेको नाराबाजी–घेराऊ तथा जर्बजस्ती गर्ने थलो हुँदै होइन, रचनात्मक प्रस्ताव राख्दै सरकारलाई काम गर्न बाध्य पार्ने थलो हो ।

    धेरैलाई लाग्दो हो कि संसदमा जथाभावी विषय राख्दै कराउँदै गर्दा व्यक्तित्व बन्नेछ । हुन सक्ला, चर्का बोलीले क्षणिक आनन्द मिल्ला । अन्तिममा परिणाम उपलब्धिमूलक नभएको खण्डमा अर्थहीन चर्का भाषण–बोलीमाथि नागरिकले प्रश्न गर्नेछन् । संसदीय कालखण्डमा ‘अपवाद’मा बाहेक सदनभित्र प्रदर्शित क्रियाकलाप ‘लाइभ’ हुँदैनथ्यो । संसदीय संवाददाताहरूबाट भएका ‘रिपोर्टिङ’का आधारमा नागरिकले आफ्नो मत निर्माण गर्थे । पछिल्लो कालखण्डमा संसदीय गतिविधि नियमित रुपमा पूर्णतः ‘लाइभ’ हुँदैछन् । नागरिक स्वयंले आफ्ना जनप्रतिनिधिबाट सदनमा प्रस्तुत बोली र प्रदर्शित व्यवहार हेरिरहेका छन्, सुनिरहेका छन् । त्यतिमात्र होइन, यूट्युवमा चाहेको बेलामा खोजेर हेर्न सकिन्छ । भोलि भाइरल बोली र तिनका वास्तविक कर्मबीच तुलना हुने नै छ ।

    संसद् भनेको सत्ताको कुर्सीमा पुग्ने भर्‍याङ र शासकीय विलासको थलो मात्र होइन । मुलुकको नीति, कानुन परिपक्व पार्ने प्रमुख थलो हो । संसदीय कर्ममा निस्क्रिय हुँदा २०८४ को चुनावमा ‘गोता’ खानुपर्नेछ । अझ ‘मिसन–८४’ लक्ष्य बोेकेकाहरूले बुझ्नुपर्छ, संसद्लाई प्रश्न–प्रस्तावबिहीन पारेको अभियोग पनि खेप्नुपर्नेछ । शिक्षित मतदाताहरूले चर्का भाइरल भाषणलाई मात्र आधार बनाउँदै सँधैभरि मतदान गर्ने छैनन् । अतिरिक्त सक्रियता प्रदर्शन गरेको आभास नदिने हो भने मतदाताले ‘मिसन–८४’ मा फरक तरिकाले मत जाहेर गर्न सक्छन् । बेलैमा चेतना भया… ।

    लेखक थापा वरिष्ठ पत्रकार हुन । थापासँग विभिन्न छापा तथा अनलाइन मिडियामा सम्पादकीय नेतृत्वको लामो अनुभव छ । 

    ]]>
    17866
    सोंथर बेँसी तथा सोंथर बेँसी टारी बजार मेला २०७९ बारे छोटो परिचय https://www.newspali.com/2023/01/16308/ Mon, 30 Jan 2023 12:38:36 +0000 https://www.rastranews.com/?p=16308 झण्डै ३५ वर्ष पहिले सोंथर बेँसीमा हालको मादी गाउँपालिका वडा नं.–८ मा पर्ने नागीधार र पाखुरीकोट गाउँ र वडा नं. १० मा पर्ने भाचोक गाउँले संयुक्त रुपमा मिलेर धुमधामका साथ पुस १५ मा बजार तथा मेला आयोजना गरी मनाइन्थ्यो । सो मेला भर्न छिमेकी गाउँहरु रबैडाँडा, पोसी, पर्क्यु, गोर्जे, गहते, मिजुरे, मुग्ग्री, सैमराङ, वारचोक, बरालडाँडा, थुम्सीकोट, मकैखोला, ढोडेनी, कयरे, माझठाना, साब्ले, याङजाकोट , तारकाङ, थुमाकोडाँडा, नामर्जुङ, ताङतिङ सम्म र लमजुङको सिङ्दी, पसगाउँ, भोजे चरागाउँ, कुम्लुङ, घाम्राङ, गिलुङ टक्सार, करापु साथै करापुटारसम्मका मानिसहरु आउँदथे ।

    मेलामा विशेष गरी जुवातास, कौडी खेल्ने, सांस्कृतिक ठेटार नाच कार्यक्रम तथा ठेलो प्रतियोगिता मुख्य रुपमा हुने गर्दथ्यो । सांस्कृतिक ठेटार नाच तथा ठेलो प्रतियोगितामा भाग लिन तथा हेर्न विभिन्न गाउँबाट मानिसहरु सहभागी हुने गर्दथे ।

    सो मेला सोंथर बेँसी टारी बजार नामले प्रख्यात थियो । मेलामा लेकबाट तरुल ल्याएर बिक्री समेत गरिन्थ्यो । मेला स्थल वरिपरि नजिकै पशुचौपायका गोठहरु प्रशस्त हुने गर्दथ्यो । जसले मेलालाई थप आकर्षक बनाएको हुन्थ्यो । मेलामा सहभागी हुन आउने छिमेकी गाउँका युवायुवतीहरु एकआपसमा सहमति भई भागी विवाहसम्म पनि हुने गर्दथ्यो । यसरी सोंथर बेँसी टारी बजार मेलाले समग्रमा सो आसपास क्षेत्रको प्रचार , कृषि प्रवर्धन साथै छिमेकी गाउँहरुविच एक आपसमा भातृत्व सम्बन्धको विकास गराएको थियो ।

    विविध कारणवस ३५ वर्षसम्म स्थगित भएको महत्वपूर्ण एतिहासिक मेला हाल पुनः यस भेकका हामी युवाहरुको सक्रियतामा सोंथर बेँसी विकास समिति नामक सामाजिक संस्था जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भई सोहि समितिको आयोजनामा यही मिति २०७९ फागुन १ गतेदेखि ३ गतेसम्म बृहत रुपमा हुन लागेको हो । सो समितिको विधान अनुसार मादी ८ र १० का इच्छुक ब्यक्तिहरु सदस्यता बन्न खुल्ला गरिएको छ । सदस्य बन्नका लागी साधारण सदस्यले १ सय र आजीवन सदस्यले १ हजार शुल्क तिर्नुपर्ने प्रावधान विधानमा उल्लेख छ ।

    पुस पन्ध्रमा छिमेकी गाउँहरु सबै ठाउँमा कार्यक्रम हुने हुँदा फागुन १ गते बाट गर्न लागिएको हो । फागुन १ गतेदेखि हुने सो मेलामा विशेष गरी सोंथर बेँसी लगायत त्यस आसपास क्षेत्रमा उत्पादित कृषि वस्तु तथा पशुचौपायहरुको प्रदर्शनी एवम् बिक्री गरिनेछ ।

    त्यस्तै खेलकुद तर्फ वडास्तरीय भलिबल प्रतियोगिता , खुल्ला छेलो÷ठेलो प्रतियोगिता , रसी तान्ने प्रतियोगिता , सांस्कृतिक तर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता , खुल्ला दोहोरी प्रतियोगिता , खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहको ठेटार नाच एवम् चर्चित कलाकारहरुको समेत प्रस्तुती रहनेछन् ।

    सो ३ दिने मेलाको लागि मुख्य प्रायोजन मादी गाउँपालिकाको कार्यालयले गर्ने भएको छ । सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवर्धन, कृषि र पर्यटन भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागिएको हो । सोंथर बेँसीमा हाल फार्महाउस एवम् केहि होमस्टे समेत सन्चालनमा रहेका छन् ।

    फार्महाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिने साथै नजिकै टारी खेतहरुमा गोठहरु समेत रहेकाले गोठमा खिर खाने जस्ता अनुभव लिइ आनन्द समेत लिन सकिनेछ ।

    ३५ वर्ष अघि सम्म निकै प्रख्यात रहेको उक्त सोंथर बेँसी मेला पुन सन्चालन हुन लाग्दा यस भेक साथै ३५ वर्ष अघि सो मेलामा पुगेका ब्यक्तिहरुमा निकै उत्साह देखिएको छ । हाल सो बेँसीसम्म ग्रामीण सडक समेत पुगेको छ । पोखरा –२६ बिजयपुर बाट कालिका सौरे भगवतीटार थुम्सीकोट हुँदै मादी –१० मकैखोला ,कयारे ,दोडेनी, लुम्दी भएर करिव ३० किलोमिटरको दुरीमा सोंथर बेँसी सजिलै पुगिन्छ ।

    सोंथर बेँसी नागीधार, पाखुरीकोट र भाचोक गाउँको संगम बेँसी पनि हो । गुरुङ भाषामा सोंथर भनेको ३ गाउँलाई जनाउँदछ । यो बेँसी निकै सुन्दर रहेकाले हाल यहाँ बसोबास गर्ने मानिसहरु सुन्दर बेँसी भन्न पनि रुचाउँछन् । त्यसकारण हाल यो बेँसीलाई सुन्दर बेँसी पनि भनिन्छ ।

    यो बेँसी विशेष गरेर कृषि तथा पशुपालनका लागि निकै उपयुक्त रहेको छ । नजिकै वार्दी खोला बगेको र जुनसुकै समयमा पनि सिँचाई व्यवस्थापन गर्न सकिने साथै नजिकै जङ्गल रहेकाले पनि सोंथर बेँसी कृषि र पशुपालनको लागि उपयुक्त मानिन्छ । यो बेँसीमा हाल २० बढि घरधुरी रहेका छन् । आ आफ्नो खेत जग्गामा नयाँ घरहरु निर्माण हुने क्रम तिव्र छ ।

    पर्यटन प्रवद्र्दनका लागि सोंथर बेँसी तथा आसपास क्षेत्र बाट सम्भावित ट्रेकिङ्ग रुटहरु ः

    १ पोखरा, बेगनास, लिपेनी, थुम्सीकोट, मकैखोला, कयारे, ढोडेनी, लुम्दी भएर सुन्दरबेँसी र सुन्दरबेँसीबाट भाचोक, वार्चोक, याङ्गजाकोट, ताङ्गतिङ्ग, सिकलेस हुँदै घलेखर्क, लाहाचोक, पोखरा ।

    २ पोखरा, कालिका, सौर्य, भगवतीटार, थुम्सीकोट, सुन्दरबेँसी, नागीधार, पाखुरीकोट, मिजुरे गोर्जे, मुग्री, करापुटार हुँदै दमौली, पोखरा ।

    ३ पोखरा, बेगनास, लिपेनी, थुम्सीकोट, सुन्दरबेँसी, नागीधार, रबैडाँडा, पोसी, सिङ्गदी, पसगाउँ, भुजुङ्ग, घनपोखरा, घलेगाउँ, खुदी हुँदै बेशीसहर, काठमाण्डौ ।

    ४ पोखरा, थुम्सीकोट, सुन्दरबेँसी, नागीधार, पाखुरीकोट, रबैडाँडा, पसगाउँ, भुजुङ्ग, घनपोखरा, खुदी, भुलभुले, ङादी हुँदै मनाङ् ।

    ५ पोखरा, थुम्सीकोट, सुन्दरबेँसी, नागीधार, बइम्रुधि च्व्हो , सिताथान (सिद्दबाबा थान) , सबुपोखरी डाँडा, करापुडाँडा हुँदै लम्तरी डाँडा, भाचोक, वार्चोक, याङ्गजाकोट, पोखरा ।

    ६ पोखरा, थुम्सीकोट, सुन्दरबेँसी, नागीधार, सबुपोखरी डाँडा, करापुडाँडा हुँदै याङ्गजाकोट, पोखरा ।

    ७ पोखरा, थुम्सीकोट, सुन्दरबेँसी, नागीधार, सबुपोखरी डाँडा, करापुडाँडा हुँदै ताङतिङ, सिक्लेस, तप्राङ्ग, पोखरा ।

    ८ पोखरा, थुम्सीकोट, सुन्दरबेँसी, नागीधार, सबुपोखरी डाँडा, करापुडाँडा हुँदै क्वहोलासोंथर तथा दुध पोखरी तिर्थ स्थल

    कसरी पुग्ने सोंथर बेँसी ? धेरै गाउँ ठाउँहरु बाट सोंथर बेँसी पुग्न सकिन्छ ।

    ःपोखरा–२६ विजयपुरबाट कालिका, सौर्य, भगवतीटार हुँदै थुम्सीकोटसम्म २० कि.मिको दुरीमा पुगिन्छ । त्यस्तै पोखरा–१३, भद्रकालीबाट काहुँखोला, कसेरी, चितेपानी, भैँसे, तारकाङ बेँसी, भगवतीटार हुँदै थुम्सीकोटसम्म १८ कि.मि.को दुरीमा पुगिन्छ । पोखरा–३१, वेगनासबाट स्याङ्खुदी, सौर्यबजार, भगवतीटार हुँदै पनि थुम्सीकोट पुगिन्छ । त्यसैगरी लमजुङको करापुटारबाट कल्याङबेँसी हुँदै मुग्रीबेँसीबाट समेत थुम्सीकोट पुग्न सकिन्छ ।

    थुम्सीकोटबाट मकैखोला, कयरे, ढोडेनी, लुम्दी हुँदै १० कि.मि.को दुरीमा सवारी साधनबाट सोंथर बेँसी सजिलै पुगिन्छ । यदि थुम्सीकोट बाट पैदलयात्रा गर्ने हो भने वार्दीखोलाको तिरैतिर हिँडेर १ घण्टाको पैदल यात्रापछि सोंथरबेँसी पुगिन्छ । पोखराबाट जम्मा ३० कि.मि.को दुरीमा सोंथर बेँसी रहेको छ । हालः नागीधार र पाखुरीकोट गाउँबाट पनि सो बेँसीसम्म सडक पुगेको छ भने भाचोकबाट जोड्ने क्रममा रहेको छ ।
    अन्तमा मेलामा सहभागिताका लागि सबैलाई अनुरोध गर्दछु ।                                                                                                                                                                                                                                                                                                                ओम प्रकाश गुरुङ
    अध्यक्ष ः सोंथर बेँसी विकास समिति
    एवम् जनप्रतिनिधि मादी –८ कास्की
    ९८५६०४८४४३ , ९८०६५४८४४३

    ]]>
    16308
    गण्डकी प्रदेशको स्वास्थ्य अवस्थालाई नजिकबाट आँकलन गदैं सचिव डा. तिवारी https://www.newspali.com/2022/04/13483/ Sat, 02 Apr 2022 14:32:14 +0000 https://www.rastranews.com/?p=13483 “समृद्ध प्रदेश सुखी नागरिक” गण्डकी प्रदेश सरकारको मुल नारालाई आत्मसाथ गर्दै गण्डकी प्रदेशका आम नागरिकहरुको मुख्यतः दुर दराजमा रहेका जनताको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रुपमा स्वस्थ्य रहि उत्पादनशील र गुणस्तरीय जीवनयापन गराउँन, संविधानले उपलब्ध व्यवस्था गरेको स्वास्थ्य रहन पाउँने मौलिक अधिकारको सुनिश्चितता गर्ने रहेको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले यतिबेला गण्डकी प्रदेशको स्वास्थ्य अवस्थालाई नजिकबाट आँकलन गदैं हुनुहुन्छ ।

    पोखरा देखि बाग्लुङ ढोरपाटनसम्मको यात्रामा प्रत्यक्ष स्वास्थ्य संस्थाहरुको अवलोकन गर्नुभएको छ । स्वास्थ्य संस्था थप्नु भन्दा पनि भएका स्वास्थ्य संरचनालाई बलियो बनाउनुपर्छ र स्वास्थ्यका मौजुदा संस्थाको पूर्वाधारको अनुगमन गर्दै सार्वजनिक अस्पताल स्वास्थ्य निकायलाई आमनागरिकको पहुँचमा वृद्धि गर्ने गरि शुसासनको व्यवस्थापन, नियमन, सहजीकरण गरि प्रतिरोधात्मक, प्रर्वद्धनात्मक, उपचारात्मक र पुर्नस्थापनात्मक सेवा, प्रयोगशाला सेवालाई विस्तार र सुरक्षित, विश्वासिलो, जनकेन्द्रित तथा समतामूलक बनाउन गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८ बमोजिम कार्यक्रम कार्यन्यन गर्ने समेत जोड दिनु भएको छ ।

    बाग्लुङ स्वास्थ्य कार्यालयको समन्वयमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले प्रवाह गरेको सेवा र पूर्वाधार संरचनाको अवलोकन, शहरी स्वास्थ्य क्लिनिक ढोरपाटन, ढोरपाटन सामुदायिक स्वास्थ्य इकाइ बर्थिङ सेन्टर तथा हटिया स्वास्थ्य चौकी गलकोटको सेवा प्रवाह मुख्यतः सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, आधारभूत औषधी वितरण प्रणाली, प्रयोगशाला सेवा विस्तार तथा तथ्याङ्कीय सूचना ब्यवस्थापन प्रणाली बारे छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

    गण्डकी प्रदेश सरकारको सामुदायिक जनस्वास्थ्यको परिकल्पनालाई मध्यनजर गर्दै मानव स्वास्थ्यको संवेदनशीलतालाई अगिंकार गर्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीलाई मूर्त रुपमा प्रारुप तयार गर्ने काम भैरहेको छ। गण्डकी प्रदेशका ३ वटा जिल्लामा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम संचालन भै रहेको छ ।

    यस कार्यक्रमको चुनौतीलाई मध्यनजर गर्दै पर्वत जिल्लाको पाङ (सेन्टिनेल साइट) जहाँ वैष्णव समुदायको बाहुल्यतामा औषधी सेवन गरि कार्यक्रमको सफलताको शुभकामनाका साथ सचिव डा. श्रीराम तिवारीले आम औषधी सेवन अभियानको शुभारम्भ गर्नुभएको छ ।

    गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले आम विकासमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ भने चेतनाको विस्तार सम्बन्धित निकाय र आमजनतामा जनचेतनामूलक संचार गराउन र स्वास्थ्य सेवाका हरेक क्षेत्र तह प्रकारका नागरिकको सहभागिता र सामुदायिक जनस्वास्थ्यको सुनिश्चितता संविधानको मुल मर्म अनुसार हुनुपर्ने र गर्नुपर्ने मार्ग निर्देशन दिनुभएको छ ।

                                                                                                                                                     सुशिला कार्की
    स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखरा

    ]]>
    13483
    तिम्रो हात त बचाएका थियौं तर तिमीलाई बचाउन सकिएन https://www.newspali.com/2020/09/7225/ Fri, 25 Sep 2020 00:56:10 +0000 https://rastranews.com/?p=7225                                                                                                          –डा.वुद्वि बहादुर थापा
                                                                                                                     

    सिकन्दर !
    तिम्रो उपचारमा आजीवन संलग्न भए तापनि समय र परिस्थितिले तिम्रो जीवनको अन्तिम घडीमा म सरिक हुन सकिनँ । अस्ति मात्र हाम्रो धार्मिक परम्परा अनुसार तिम्रो घर भेटी लिएर गएको थिएँ । शोकाकुल अवस्थामा रहेकी बहिनीलाई भेटँे । अन्य इस्टमित्रहरुसँग पनि भेट भयो । घर पस्नेबित्तिकै र माथिल्लो तलामा तिम्रो उज्यालो भर्खरै दाइ भन्दै बोलाउला जस्तै अनुहार हेर्दा आजभन्दा ३५ वर्षको तिम्रो र मेरो भेट भाको अतीतको त्यो रातको मलाई सम्झना भयो ।

    २०४२ सालतिरको कुरा हो, म भर्खर एमबीबीएससकेर सर्जरी विभागमा मेडिसिन अधिकृत भई असिस्टेन्ट सर्जन रुपमा कार्यरत थिए । डा. साधुराम पाण्डे मेरो गुरु अग्रज सर्जन भर्खरै मात्र चण्डीगढबाट एमएस गरेर आई यहाँ कार्यरत हुनुहुन्थ्यो । त्यतिबेलाको सम्झना गर्दा र हालको अवस्था हेर्दा मलाई अचम्म लाग्छ । सधँै २४ सै घण्टा ड्युटीमा रहन्थे । राति वार्डबाट बोलाउन कार्यालय सहयोगी कहिले त सिष्टर नै क्वाटरमा आउनुपर्ने हुन्थ्यो । अहिले जस्तो फोन थिएन । मोवाइलको त कुरै नगरांै । बेहोस पार्नको लागि इथर ग्याँस प्रयोग गर्नुपर्ने हुन्थ्यो । बेहोस गर्ने काम डाक्टरबाट नभई सिस्टर र कार्यालय सहयोगीबाट हुन्थ्यो । म दिनभरिको ड्युटीपछि राती सधँै अनकल ड्युटीमा हुन्थेँ । त्यो दिन राती तिमी सल्यानबाट आफ्नो पुर्खौली घर भदौरेतामाङ्गी आउँदै गर्दा बाटोमा तिमीमाथि साङ्घातिक आक्रमण भएछ । हालको जस्तो यातायात सुविधा नभएको हुँदा त्यतिखेर फेदीसम्म मात्रै गाडी चल्थे, त्यो पनि प्राइभेट । इमजेन्सीबाट कल आयो, म तुरुन्तै त्यहाँ पुगेँ । तिम्रो त्यो गम्भीर अवस्था देख्दा एकछिन आत्तिएँ र आवश्यक व्यवस्थापन गरी वार्डमा भर्ना गरे । त्यो छिया–छिया भएको हात सम्झँदै म मेरो अग्रज सर्जन डा. साधुराम पाण्डेको क्वाटरमा गएँ । साँझ इमरजेन्सी र वार्डका बिरामीहरुको राउण्ड गरी उहाँलाई घरमा खबर गर्ने त मेरो दैनिकी नै थियो । तिम्रो अवस्थाबारे उहाँलाई मेडिकल भाषामा वृतान्त बुझाएपछि अपरेसन कोठामै सबै निर्णय गरौँला भन्दै हामी त्यसतर्फ लाग्यौँ ।

    अहिलेको स्वीकृत पाँच सय शैयाको अस्पतालमा तीन सय ७० बेड चालु अवस्थामा छ । त्यो बेला त जम्मा ५० शैयाको गण्डकी अञ्चल अस्पताल थियो । सर्जिकल, अर्थो, इएनटी, अपरेसन थिएटर सबै भुइँ तलामा थिए । जहाँ अहिले अर्थो वार्ड छ । अपरेसन कोठामा तिमीलाई हेरेर कसरी अगाडि बढ्ने निर्णय गर्न नै गाह्रो भइसकेको थियो । हातको अघिल्लो भागको मांसपेशी, स्नायु र रक्तनली कती क्षतविच्छेद भएका छन छुट्याउनै गाह्रो भइरहेको थियो । आँैलाहरु रक्तसञ्चार नभएर नीला र चिसा हुन लागेका थिए । एकछिनको प्रयासपछि सुधार हुने अवस्था नदेखेपछि डा. पाण्डेले कुहिनुमुनिवाट हात काट्ने विचार लिनु भयो । यो सुनेर म एकदम दुखित भएँ । भर्खरको यो खाइलाग्दो उमेरमा हात काटेपछि बाँकी जीवन कसरी धान्ने भन्ने सोचले मलाई पोलिरह्यो । डराइ–डराइ भनेँ, ‘भर्खरको युवक छ, प्रयास गरौँ । काट्नै परे भोलि सोचाँैला ।’
    रातभरको प्रयासपछि अपरेसन सकियो । भोलिपल्ट बिहानै वार्डको राउन्ड जाँदा सबभन्दा पहिला तिमी भएका ठाउँमा गयौँ । औँलाहरु हे¥यौ नीलो रंग हराएको थियो । औँलाहरु पनि अलि–अलि चल्न थालेकोले हाम्रो खुसीको सिमाना रहेन । त्यो बेलाको परिस्थितिमा यो हाम्रो ठूलो सफलता थियो । तिमीलाई धेरै माया गर्ने सर्जिकल वार्डको सिस्टर सरिता गुरुङ दिदी र फिजियोथेरापी विभागका विजय प्रधान सर पनि खुसी हुनुभयो । तिम्रो हातको चोट र घाउ यति गहिरो र गम्भीर थियो कि यसले तिमीलाई दिएको असह्य पीडा र दुखाइ हामी अनुभव गर्दथ्यौँ । राउन्डपछि घाउको ड्रेसिङ र औँलाहरुको फिजियोथेरापी गर्दा तिमी जस्तो बहादुर युवक पनि धुरुधुरु रुँदै बिलौना गर्दै हुन्थ्याँै । त्यतिखेर दुखाइ कम गर्ने राम्रो औषधीका पनि कमी थियो । हामीले दुखाइ कम गर्न दिएको औषधी (डाइजेपाम, फौर्टविन र प्याथिडिन) जस्ता औषधीले तिम्रो दुखाइ कम त गथ्र्यो साथै लठ्ठयाउँथ्यो पनि । त्यसकारण अस्पतालबाट डिस्चार्ज भएपछि पनि यी औषधिहरुको प्रयोग गर्नुपर्ने बाध्यता भएको हामीलाई मात्रै थाहा छ ।

    त्यतिखेर म मुस्ताङ अस्पताल जोमसोमबाट पोखरामा काजमा आएको थिएँ । एसएलसीपछि विज्ञान विषय पढ्न काठमाडौं अमृत साइन्स क्याम्पस गएको हुँदा यहाँ पोखरामा धेरै जनासँग चिनजान पनि थिएन । तिमीलाई भेट्न आउनेहरुमा विभिन्न क्षेत्रका राजनीतिकर्मी, विद्यार्थी, पत्रकार र समाजसेवी हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । मेरो मानसपटलमा कता–कता नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति शुक्रराज शर्मा र पूर्व सभामुख तारानाथ आउनुभएको लाग्थ्यो ।
    त्यसपछि बाँकी समय गुज्रँदै गयो । बेला–बेलामा आक्कल–झुक्कल तिमीसँग भेट हुन्थ्यो नै । जुनियरै भए पनि म परेँ व्यस्त चिकित्सक । पोखरादेखि हरेक हप्ता शनिबार शिविर गर्न आफ्नो जन्मथलो दुलेगाँैडा जानुपर्ने । तिमी भयौ, सक्रिय राजनीति गर्ने विद्यार्थी ।

                                       स्व. भोजबहादुर गुरुङ (सिकन्दर)

    एकपटकको घटना हो, क्षेत्रीय अस्पतालको आकस्मिक विभागमा झाडावान्ता सन्चो नभएपछि तिमीले रिसाएर म आएर औषधीको सामान्य हेरफेरपछि तिमी ठिक भएका थियौ । अहिले सोच्दा यो भर्खर भएजस्तो लाग्छ । जागिरको सिलसिलामा स्वास्थ्य शिविर गर्ने क्रममा म धेरै पटक सल्यान र पर्वतको ठाँटीपोखरी हुँदै तिम्रो गाउँ भदौरेतामाङ्गी पुगेको छु । एक दुईपटक त भदौरेमा बास पनि बसेको छु । त्यतिबेला म सधैँ तिमीलाई याद गर्दै छरछिमेकलाई तिम्रोबारे सोध्ने गर्थेँ ।
    मैले मेडिसिन विषयमा एमडी गरेर आएपछि क्षेत्रीय अस्पताल बाहेकको समय पोखरा सृजनाचोकमा फेवा सिटी अस्पतालमा समय बित्न थाल्यो । बिस्तारै फेवा सिटी अस्पताल पनि व्यस्त हुँदै गयो । केही दिनपछि जीवन धान्न व्यवसाय गर्ने क्रममा तिमी फेवासिटी अस्पतालसँगै जोडेर फेवासिटी रेष्टुरेन्ट चलाउन थाल्यौ । साथै फूलहरुको व्यवसाय नर्सरी गर्न थाल्यो । त्यतिखेर हाम्रो दिनहँुजसो भेट हुन्थ्यो । तिम्रो गाउँतिरका र तिम्रो चिनजानका थुप्रै बिरामीहरु मैले जाँच्नु पर्ने हुन्थ्यो । विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता र समाजसेवीको भेटघाटस्थल थियो, त्यो रेष्टुराँ ।

    एकपटक भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँगे्रस सभापति शेरबहादुर देउवा पनि घरमै आयजस्तो लाग्छ । तिम्रो सामाजिक, राजनीतिक घरायसी पाटो आफ्नै तरिकाले चल्दै थियो । हामी दुईबीचमा दाजुभाइको सुमधुर सम्बन्ध थियो । तिमी मलाई (डाक्टर दाइ) भनेर बोलाउँथ्यौ । म तिमीलाई सधैँ आहार–विहार खानपानमा ध्यान दिन सुझाव दिन्थेँ । बुहारी पनि सधैँ चिन्तित रहन्थिन्, तिम्रो स्वास्थ्यबारे । समयकाल बित्दै गयो । समय पनि कति छिटो बित्दो रहेछ । पोहोर सालमात्र तिमी सिकिस्त बिरामी भयौ । तिमीलाई गम्भीर प्रकारको रक्तश्राव भयो । वान्ता र दिसाबाट रगत बग्न थाल्यो । खाद्यनलीको तल्लो भागबाट नशा फुटी रक्तश्राव भएको थियो । त्यो दिन राती गण्डकी मेडिकल कलेजको आईसीयूमा भर्ना गरी भोलिपल्टै काठमाडौं नर्भिक अस्पताल कलेजो रोग विशेषज्ञ डा. सुधाषु केसीले इन्डोस्कोपी मार्फत फुटेको नशा बाँधेर अन्य थप उपचार कलेजो प्रत्यारोपणका लागि दिल्ली जाने सल्लाह दिनुभयो । त्यसपछि तिमी पोखरा आयौ । थप सल्लाह र अन्य व्यवस्थाको लागि त्यतिबेला पोखराका अग्रज समाजसेवी वुद्धिजीवी र राजनीतिज्ञ हाम्रा आदरणीय काका नीलकण्ठ शर्मा र सोभियतबहादुर अधिकारी दाइले तिम्रो उपचार प्रक्रियाबारे सल्लाह गर्नुभयो । यसपटक भने डा. सुरेश थापा पनि पेट र कलेजोसम्बन्धी विषयमा डीएम गरी भर्खरै पोखरा आउनुभएको थियो । उहाँसँग तिम्रो र तिम्रो परिवारको लामो छलफल भएपछि डा. सुधासुले भने जस्तै गरी भारतको सरगंगाराम अथवा मेदान्त अस्पतालमा जाने सल्लाह भएको मलाई याद छ ।

    त्यसपछि म पनि आफ्नै कार्यव्यस्ततामा लागेँ । विश्वव्यापी कोरोनाको महामारी लकडाउनपछि नेपाल सरकारको निर्देशन अनुरुप मेरो बिरामी जाँच्ने प्रक्रिया पनि रहेन । नत्र यो बीचमा भेट हुन्थ्यो नै होला । तिमी बिरामी भै गण्डकी मेडिकल कलेजमा भर्ना भएको कुरा एकदिन बिहानै डा. कृष्ण थापाबाट थाहा पाएँ । पहिलाको जस्तै औषधी उपचार विधि अपनाई अहिलेलाई स्थिति सामान्य बनाई काठमाडांै रिफर गर्ने सल्लाह दिएँ । तर विधिको विधान तिम्रो मेरो फेरि भेट हुन लेखेको रहेनछ । एसपटक तिम्रो अवस्था एकदमै गम्भीर र नाजुक भएसँगै स्वास्थ्य विज्ञानका उपलव्ध सबै उपाय अपनाउँदा पनि तिम्रो रक्तश्राव रोकिएन । पछि साँझ थाहा पाएँ, तिमी हामी सबैलाई बिदा लिई यस लोकबाट अर्कै लोकको यात्रामा गएछौ ।
    यो सुनेर एकदम दुखित भएँ । झलझली २०४२ सालको घटनाको याद आयो । त्यतिबेलाको विषम परिस्थिति साधनस्रोत अभाव । मेरो भर्खरको चिकित्सकीय अनुभवभन्दा पनि तिमीप्रतिको हाम्रो माया । तिम्रो छियाछिया परेको हातलाई अपाङ्ग हुनबाट बचायौँ । त्यसले गर्दा तिम्रो बाँकी जीवन सक्रिय र उर्जाशील रहयो । तर ३५ वर्षपछिको विकसित चिकित्सकीय प्रणाली प्रशस्त साधनस्रोत बाबजुद पनि तिमीलाई बचाउन सकिएन । यो हाम्रो आधुनिक चिकित्सा प्रणालीको बाध्यता हो कि विधिको विधान हो वा मानव जीवनको नियति । म भन्न सक्दिनँ ।

    केही दिन अगाडि भेटी लिएर फेवा सिटी अस्पतालका साथीहरु सर्वजित अधिकारी, दिनेश खडका र म तिम्रो घरमा जाँदा बहिनी र शोकाकुल परिवारलाई भेटे । समवेदना व्यतm ग–यौ । तिम्रो उज्यालो र चम्किलो अनुहार हेर्दा तिमी परलोक यात्रामा नभई घर वरीपरी नर्सरीका फुलहरुमा पानी हाल्दै मुस्कुराउँदै गरे जस्तो लाग्यो । तिमी यतै घर वरीपरी नै भए जस्तो लाग्यो ।

    भाई ! तिमी प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आत्माको चिरशान्तिको कामना गर्दछु ।
    अलविदा ।
    तिम्रो
    डाक्टर दाई
    डा. वुद्धि वहादुर थापा

    ]]>
    7225
    यस्तो हुदैछ नेल्टाको स्थापना दिवस https://www.newspali.com/2018/06/5639/ Mon, 04 Jun 2018 15:32:09 +0000 http://rastranews.com/?p=5639 संस्थाको परिचयः

    नेपाल  पशु स्वास्थ्य सेवा प्राविधिक संघ ( NELTA ) २०७१ साल वैशाख २९ गते स्थापना भएको हो । जिल्ला पशु सेवा कार्यालय गोर्खाका पशु स्वास्थ्य प्राविधिक एंव वरिष्ठ महिला सदस्य सरुणा पोखरेलको अध्यक्षतामा भएको लोकतान्त्रिक पशु स्वास्थ्य सेवा प्राविधिकहरुको प्रारम्भिक भेलावाट नेपाली काँग्रेसका श्रम विभाग प्रमुख एंव संविधान सभा सदस्य माननीय वद्रि पाण्डे ज्युको  प्रमुख आतिथ्यतामा चितवन जिल्लाको रत्ननगरमा घोषणा गरिएको थियो । पशु सेवा क्षेत्रको पहिलो र एक मात्र पेशागत ट्रेड युनियनको रुपमा स्थापना भएको संस्थामा लोकतन्त्रमा आस्थावन पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको पेशागत हकहितको सुरक्षाका लागि पेशागत ट्रेड युनियनको रुपमा संस्था स्थापना भएको हो । अहिले यस संस्थामा ग्रामिण स्तर देखि लिएर विषय विशेषज्ञ सम्म (ग्रा.प.स्वा.का. पशु सेवा तथा स्वास्थ्य प्राविधिकहरु र पशु चिकित्सक एव विशेषज्ञहरु) समेटिएका छन् ।

         नेपालको राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउदै आएको कृषि तथा पशु सेवा क्षेत्रको समुचित विकासको लागि पशुपालन व्यवसायको अहम भूमिका रहँदै आइरहेको तथ्य सर्वविदितै छ .। पशुपालन क्षेत्रलाई उत्पादनशिल, व्ययावसायीक, सम्मानजनक तथा रोजगारमुलक बनाई गरिवि न्युनिकरण, खाद्य तथा पोषण सुरक्षा, स्वरोजगार प्रवद्धनः तथा औद्योगिक विकासका माध्यामबाट दिगो एवं बृहत्तर आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न पशु पालनको ब्यवसायीकरणबाट मात्रै सम्भव छ । त्यसैले नेपाली जनताको आर्थिक स्थिति सुधार गर्न, पशुधनको संरक्षण, सम्बद्र्धन र विकास गर्नका साथै स्वस्थ र स्वच्छ पशुजन्य पदार्थको उत्पादन गरी जनस्वास्थ्यमा समेत सकारात्मक सहयोग पु¥याउन यस संघसंग सम्बन्धित सम्पूर्ण प्राविधिक पक्ष, पशुचिकित्सा, पशुपालन, चरन, पशुविकास फार्म, अनुसन्धान, पशु स्याहार, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन, वन्यजन्तु संरक्षण र अन्य विभिन्न संघ संस्था तथा निजीक्षेत्रमा सेवारत प्राविधिकहरुलाई समेत संगठित पार्दै पशुपालक कृषकको जीवनस्तर उकास्दै देशको विकासमा द्रुततर गति प्रदान गरी सर्वसुलभ तरिकाबाट सेवा जनमानसमा पु¥याउनको लागि पशुपालन तथा पशु स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशिल लोकतान्त्रिक प्राविधिकहरुलाई  गोलबद्ध गर्नु आजको मुख्य चुनौति थियो । तर नेल्टाले यि सबै बिषयलाई समेटेर देशको पशु विकासमा थप योगदान पु¥याउने अठोट सहित “नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ” NELTA  नामक पशुपालन क्षेत्रमा कार्यरत लोकतन्त्रमा आस्थावान प्राविधिकहरुको पेशागत सुरक्षाका लागी पेशागत संस्थाको रुपमा ट्रेड युनियन ऐन २०४९ बमोजिम संस्था स्थापना गरेको छ ।

    यो संस्था श्रम तथा वैदेशिक रोजगार विभागमा २०७२ साल जेष्ठ २६ गतेका दिन दर्ता भई दर्ता ३५८ नंबरको संस्थाका रुपमा दर्ता भएको छ । यस संस्थामा १६००० भन्दा वढि पशु  स्वास्थ्य सेवा प्राविधिकहरुको सहभागिता रहि यस संस्थाको प्रथम माहाधिवेशन समेत सकिएको छ । मिति २०७२ साल फाल्गुणको २८ र २९ गते नेपाली काँग्रेसका महामन्त्रि डा. शेखर कोईरालाको प्रमुख आतिथ्यतामा महाधिवेशन भव्यताकासाथ सु सम्पन्न गरियो । जुन महाधिवेशनमा राष्ट्रभरिका ६३ जिल्लाको ३५० जना केन्द्रिय प्रतिनिधि र प्रर्यवेक्षकहरुको उपस्थिति रहेको थियो  । यस संस्थाको साधारण ससदस्य ३००००  भन्दा वढि रहेको छ भने क्रियाशिल सदस्य १५०० रहेको छ । यस संस्थाको तृतिय स्थापना दिवस मिति २०७५ साल जेष्ठ २६ गतेको अवसरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा NELTA ले राष्ट्रव्यापि रुपमा  विभिन्न जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना दिवशको अवसरमा विभिन्न मितिमा विभिन्न जिल्ला कार्य समितिले तपशिलमा उल्लेख भएको रचनात्मक कार्यक्रमहरु संचालन गरि मनाईने  छ ।

                                            तयार पार्ने सुरेशकुमार श्रेष्ठ
    महासचिव, नेल्टा

    १. कास्की भेटेरिनरि प्राविधिकहरुको लागि लोक सेवा आयोगको परिक्षाको लागि तयारि कक्षा सम्वन्धि अभिमुखिकरण कार्यक्रम ( २०७५ साल जेष्ठ २५ गते शुक्रवार विहान १२ वजे जि. प. से. का. कास्कीको  सभाहलमा )

    २. कास्की निःशुल्क पशु स्वास्थ्य शिविर तथा वाझोपन निवारण शिविर (जेष्ठ २६ गते शनिवार  कास्कीको पोखरालेखनाथ महानगरपालिका वडा नं २० आटिघर मौजामा ) यसबाहेक जेठ २६ गते जिल्ला पशु सेवा कार्यालयमा आएका पहिलो सेवाग्राहीलाई फुलमाला सहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

    ३. स्याङ्गजा फार्ममा निशुल्क औषधि वितरण एवम् पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान र भुस्याहा कुकुरहरुलाई रेविज विरुद्ध खोप संचालन गर्ने  (जेष्ठ २५ र २६ गते  शुक्रवार र शनिवार स्याङ्गजा)

    ४. मकवानपुर पहिलो सेवाग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते शुक्रवार जिल्ला पशु सेवा कार्यालय मकवानपुर) । यसबाहेक जिल्लाकै दुर्गम गाउँमा निशुल्क पशु स्वास्थ्य शिविर एवम निशुल्क औषधि वितरण ।

    ५. कैलालि आमाको माया अनाथ आश्रमका विधार्थिहरुलाई शैक्षिक सामग्रिहरु वितरण (जेष्ठ २५ गते  शुक्रवार    धनगढि उपमहानगरपालिका ५) । यसबाहेक पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते शनिवार जिल्ला पशु सेवा कार्यालय कैलाली )

    ६. सर्लाही पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते  शनिवार जिल्ला पशु सेवा कार्यालय सर्लाही )

    ७. वाजुरा  पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते शनिवार जिल्ला पशु सेवा कार्यालय बाजुरा ) निशुल्क पशु स्वास्थ्य शिविर संचालन वाजुरा ।

    ८. तनहुँ  पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते  शुक्रवार जिल्ला पशु सेवा कार्यालय तनहुँ ) र व्यवसायिक गाई फार्महरुमा निःशुल्क औषधि वितरण तनहु  ।

    ९. गोरखा  पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते  शुक्रवार जिल्ला पशु सेवा कार्यालय गोरखा र गाउपालिका पशु सेवा शाखामा  )

    १०. नवलपरासी पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते  शुक्रवार  जिल्ला पशु सेवा कार्यालय नवलपरासी )  । यसबाहेक पशु पालक कृषकहरु र सरोकारवालाहरुसंग पशुपालनमा नेल्टाको भुमिका विषयक अन्तरकृया कावासोतीमा र  निशुल्क औषधि वितरण ।

    ११. पर्वत पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते  शुक्रवार जिल्ला पशु सेवा कार्यालय पर्वत )

    १२. वागलुङ्ग पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान तथा अन्तरक्रिया (जेष्ठ २५ र २६ गते  ताराखोला गाउ पालिका पशु सेवा शाखा )

    १३. म्याग्दी पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते  शुक्रवार जिल्ला पशु सेवा कार्यालय म्याग्दी )

    १४. मुस्ताङ्ग पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते  शुक्रवार जिल्ला पशु सेवा कार्यालय मुस्ताङ्ग )

    १५. मनाङ्ग पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान गर्ने । (जेष्ठ २५ गते शुक्रवार जिल्ला पशु सेवा कार्यालय मनाङ्ग )

    १६. पाल्पा निशुल्क पशु स्वास्थ्य शिविर संचालन तथा पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम ।    ( जेष्ठ २५ गते शुक्रवार    जिल्ला पशु सेवा कार्यालय पाल्पा )

    १७. गुल्मी पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते शुक्रवार जिल्ला पशु सेवा कार्यालय गुल्मी )

    १८. अर्घखाँची पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते शुक्रवार जिल्ला पशु सेवा कार्यालय अर्घाखाँची )

    १९. कपिलवस्तु पशुपालक कृषकहरुसंग अन्तरकृया (जेष्ठ २५ गते शुक्रवार (जिल्ला पशु सेवा कार्यालय कपिलवस्तु )

    २०. चितवन पशु स्वास्थ्य शिविर संचान एवम निशुल्क औषधि वितरण     (जेष्ठ २५ गते  शुक्रवार चितवन)

    २१. बारा पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते शुक्रवार    जिल्ला पशु सेवा कार्यालय बारा)

    २२. पर्सा पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते शुक्रवार    जिल्ला पशु सेवा कार्यालय पर्सा )

    २३. रौतहट पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय रौतहट)

    २४. धनुषा पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय धनुषा)

    २५. महोत्तरी पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय महोत्तरी)

    २६. सिराहा अन्तरकृया कार्यक्रम (जेष्ठ २५ गते शुक्रवार  लाहान    ) र पहिलो सेवा ग्राहिलाई सम्मान तथा औषधि वितरण ।

    २७. सप्तरी पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय सप्तरी )

    २८. उदयपुर– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार   जिल्ला पशु सेवा कार्यालय उदयपुर)

    २९. सुनसरी पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय सुनसरी)

    ३०. मोरङ्ग पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय मोरङ्गमा र स्थानिय तहहरुम)

    ३१. झापा पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय झापा) यसबाहेक पशु स्वास्थ्य शिविर समेत सञ्चालन हुनेछ

    ३२. धनकुटा पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय धनकुटा र स्थानिय तहरुमा रेविज खोप संचालन गर्ने )

    ३३. संखुवासभा पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय संखुवासभा)

    ३४. तेह्रथुम पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय तेह्रथुम)

    ३५. भोजपुर पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय भोजपुर)

    ३६. पाँचथर पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय पाँचथर)

    ३७. ताप्लेजुङ्ग पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय ताप्लेजुङ्ग)

    ३८. काठमाडौ पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय काठमाण्डौं) र वगैचा रोप्ने कार्यक्रम ।

    ३९. ललितपुर अस्पतालका विरामीहरुलाई फलफुल तथा जुस वितरण (जेष्ठ २५  र २६ गते गते  शुक्रवार र शनिवार     गणेशमान सिह अस्पताल लगनखेल) साथै पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण ।

    ४०. रसुवा पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय रसुवा )

    ४१. दाङ पशु स्वास्थ्य शिविर र पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम जेष्ठ २५ गते शुक्रवार  र २६ गते शनिवार

    ४२. वर्दिया पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम (जेष्ठ २५ गते शुक्रवार    वर्दिया )

    ४३. सुर्खेत  पशु स्वास्थ्य शिविर     (जेष्ठ २५ र २६ गते शुक्रवार र शनिवार  सुर्खेत ) एवम पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम ।

    ४४. सल्यान  पशु स्वास्थ्य शिविर सल्यानमा र पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय सल्यान )

    ४५. दैलेख पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय दैलेख)

    ४६. जाजरकोट जेलमा रहेका कैदी बन्दीहरुलाई फलफुल वितरण (जेष्ठ २५ गते शुक्रवार      कारागार कार्यालय  खलङ्गगा    ) र पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवम सम्मान कार्यक्रम ।

    ४७. बाँके पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय बाँके )

    ४८.रुकुम पशु स्वास्थ्य शिविर र पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  जिल्ला पशु सेवा कार्यालय रुकुम )

    ४९. रोल्पा  पशु स्वास्थ्य शिविर पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते रोल्पा )

    ५०. डोल्पा  पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार जिल्ला पशु सेवा कार्यालय डोल्पा )

    ५१. हुम्ला पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवारजिल्ला पशु सेवा कार्यालय हुम्ला )

    ५२. मुगु पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार जिल्ला पशु सेवा कार्यालय मुगु )

    ५३. कालिकोट पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार जिल्ला पशु सेवा कार्यालय कालिकोट )

    ५४. जुम्ला पशु स्वास्थ्य शिविर     (जेष्ठ २५ गते शुक्रवार कालिकोट ) र पहिलो सेवा ग्राहिलाई सम्मान तथा निशुल्क औषधि वितरण कार्यक्रम ।

    ५५. प्युठान पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २५ गते शुह्रवखर जिल्ला पशु सेवा कार्यालय प्युठान खलङ्गगा)

    ५६ अक्षाम पशु स्वास्थ्य शिविर र  पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ र २६ गते शुक्रवार शनिवार  अक्षाम )

    ५७ डडेलधुरा पशु स्वास्थ्य शिविर र  पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  डडेलधुरामा  )

    ५८ खोटाङ्ग पशु स्वास्थ्य शिविर पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार  खोटाङ्ग )

    ५९ रुपनदेहिः निःशुल्क पि पि आर खोप लगाउनेपहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान गर्ने २०७५ जेष्ठ २५ र २६ गते ।

    ]]>
    5639
    स्मार्ट पोखराको शिलान्यास कहिले मेयरसा’ब ? https://www.newspali.com/2018/05/5618/ Mon, 28 May 2018 05:10:35 +0000 http://rastranews.com/?p=5618 सरस्वती गुरुङ
    सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले उतिबेलाको २५ लाख खर्चेर एसियाकै सबैभन्दा ठूलो दरबार बनाए । जसलाई सिंहदरबार नाम दिइयो । सिंहदरबारको न उतिबेला चर्चा भयो न हालसम्म कसैले सिंहदरबारलाई सम्झिए । किनकी सिंहदरबार जम्मा एउटा कामका लागि प्रयोग हुन्थ्यो ः देशको शासन व्यवस्था चलाउने मुख्यालयका रुपमा ।

    त्यसैले ८१ प्रतिशत नेपाली कृषकले सिंहदरबार सम्झिने कुरै भएन । जसको पहुँच खेत र गोठसँग पनि बलियो छैन, गरिब, मजदुर र उत्पीडितको कुरा त अहिले गर्न पनि सक्दिनँ । सिंहदरबारसँग जसको उठबस थियो, उनीहरुले जनताको माझमा सिंहदरबारलाई पस्नै दिएनन् । तर सवा सय वर्षपछि एकाएक अघिल्लो वर्ष सिंहदरबार यसरी जनतामाझ तरंगित भयो । हरेक जनताको मुखले उच्चारण गर्ने शब्द बन्यो ।

    सिंहदरबारको आकार पनि थाहा नपाएकालाई आफ्नै घरमा सिंहदरबार भिœयाउन पाउने अभिलाषाले उमंग नथप्ने कुरै भएन । राणा, राजा र एकदलीय शासन व्यवस्था हुत्याएपछि नयाँ संरचनामा देशको चुनाव चल्दै थियो । ३६ हजार हाराहारीमा सांसद चुनिँदै थिए । ७५ जिल्ला विस्तार भएर ७ सय ५१ जिल्ला बनेको थियो । नेताका मुखले समृद्धि र विकासका सपना यति भट्यायो कि मानौं अब रातारात नेपाल चरम विकसित हुनेछ । विकासका लागि पैसा चाहिन्छ र नेताहरुलाई थाहा थियो । सिंहदरबार भित्र पैसा र पावर दुवै छ । त्यसैले स्थानीय चुनावताका सिंहदरबारको झ्याली पिट्नु स्वभाविक थियो ।

    काठमाडौंबाट सिंहदरबार खोसेको (स्थानीय सरकार गठन भएको) वर्ष दिन पुग्यो । झल्झली सम्झिरहेको छु, ‘चुनावी घोषणापत्र ।’

    प्रसंग पोखराको कोट्याऊँ । पोखरा महानगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हाल्न सुरु गरेको आजकै दिन अर्थात जेठ १४ गतेदेखि हो । चुनावी नतिजा हार वा जीतमध्ये एउटा हुन्छ । प्राविधिक कारणले पोखरा महानगरमा कांग्रेसले चुनाव हा¥यो । नतिजा स्विकार्दै नवगठित स्थानीय सरकारलाई स्वागत ग¥यौं । वर्षदिनसम्म विना सर्त सरकारलाई समर्थन गरिरह्यौं । तर सरकारले कहिल्यै आफूलाई जन निर्वाचित ठानेन । पञ्च र राणाजस्तै गरी जनताको मालिक सम्झियो । म बुझ्छु केही अवरोधहरु यो बीचमा भएका छन् ।

    सबैले भन्दै आएको कुरा नेपालमा संघीय चुनाव उल्टो हिसाबले भयो । अरु देशमा केन्द्र, प्रदेश हुँदै स्थानीय तहको चुनाव हुन्छ । नेपालमा स्थानीय तह हुँदै प्रदेश र केन्द्रको चुनाव भयो । जसका कारण कानुन निर्माणमा केही अन्यौलता त स्वभाविक देखियो नै । तर चुनावलाई आरोप लगाएर जनताका मसिहाहरुले आफ्नो असक्षमता खुलमखुला प्रदर्शन गर्नु चाहिँ स्वाभाविक होइन ।

    सडकको खाल्टो पुर्न, बरालिएर डुलिरहेका छाडा चौपायालाई व्यवस्थापन गर्न, कार्यालयको काम चुस्त बनाउन, भएका कर्मचारीलाई अधिकतम काममा खटाउन कुन कानुनले रोक्यो ? निर्वाचित भएकै दिन सरकारको लोककल्याणकारी व्यवस्थालाई हवाला दिने गरी वृद्ध भत्ता बढाउन कानुन चाहिएन ?

    सरकारले रोक्दा रोक्दै आफ्ना आसेपासेलाई तेस्रो बाटोबाट जागिरमा भर्ती गर्दा कानुनको याद आएन ? आइल्यान्ड हटाउने नाममा हदैसम्मको कच्चा निर्णय कसको इसाराले गर्नुभयो ? कार्यपालिकाको निर्णयबिना करोडौं रुपैयाँ वितरण गर्ने तजबिजी कानुन चाहिँ कहिले बनाउनुभयो मेयरसा’ब ?

    प्राकृतिक श्रोतको दोहन, राजस्व छली, सार्वजनिक सम्पत्ति अतिक्रमण दिनहुँका समाचार बनिरहेका छन् । देख्नुभएन कि नदेखेझैं गर्नुभयो ? फेवाताल अतिक्रमणलाई लिएर देशभर यति ठूलो बहस भइरहेको छ, तर महानगर किन बोल्दैन ? यहाँको घोषणापत्रमा लेखिएको स्मार्ट सिटी शिलान्यास १ वर्ष बितिसक्दा पनि किन हुन सकेन ?

    वडा कार्यालयमा सचिव खटाउने, कर्मचारी भर्ती गर्ने, आन्तरिक लेखा परीक्षण, वडा कार्यालयमा इन्टरनेट विस्तारलाई पत्रकार सम्मेलन गरेर सानदारका साथ कार्यप्रगतिको रुपमा सार्वजनिक गर्ने मेरो महानगरसँग मैले अब कस्तो अपेक्षा गरुँ ? जुन कार्यक्रमहरु कर्मचारीले गर्ने नियमित कामभित्रै पर्छन् ।

    तपाईंले सार्वजनिक गरेको कार्यप्रगति यहाँको घोषणापत्रको कुन बुँदामा छ ? होइन भने गुलिया घोषणापत्र देखाएर जनताको आँखामा छारो हाल्ने काम बन्द गरियोस् । मैले सोचेको थिएँ, ‘१ बर्षभित्र यतिवटा आकाशे पुलको शिलान्यास भयो, सबै वडा कार्यालयमा पक्की सडक पु¥यायौं, हरेकको घरमा स्वच्छ खानेपानी पुगिसक्यो, कार्यालयको काम पूरै डिजिटल प्रणाली अनुसार हुन्छ, छाडा चौपाया अब सडकमा देख्नुपर्दैन ।’ अफसोच यस्ता काम गर्ने क्षमता मेरो जनप्रतिनिधीसँग छँदै थिएन ।

    यतिबेला जनताले आफ्नो प्रतिनिधिको कुशलता खोजिरहेका छन् । व्यक्तिगत लाभ र स्वार्थको पछि लागेर जनमतमाथि कुठाराघात गर्ने कुचेष्टा जनप्रतिनिधिले गर्नु हुँदैन भन्ने मेरो मान्यता हो । जनप्रतिनिधि आइसकेपछि आन्तरिक स्रोत वृद्धि कति भयो ? जनताले सोधे भने चित्तबुझ्दो जवाफ छ ? चुनावको प्रतिस्पर्धी र अहिलेको प्रतिपक्षी भन्दा माथि उठेर म सेवाग्राही नागरिकको हिसाबले सोधिरहेको छु, ‘मेयरसा’ब विगतको १ वर्ष सम्झिँदा कहाली लाग्दैन ?’

    प्रसिद्ध लेखक घनश्याम भुसालको पुस्तक ‘आजको माक्र्सवाद र नेपाली क्रान्ति’ माथि खगेन्द्र प्रसाईको खरो टिप्पणी छ । पुस्तकलाई समर्थन गर्दै लेखेको टिप्पणीको एउटा अंश भन्छः कम्युनिस्ट पार्टीहरुमा एक अर्काका सिद्धान्तको स्वस्थ र वस्तुगत समीक्षा गर्नेभन्दा न्यून कोटीका, उत्ताउला, भड्किला शब्दहरु प्रयोग गरी गाली गर्ने परम्परा व्याप्त छ । र उनीहरुको कार्यक्रम दीर्घकालिन भन्दा क्षणिक र प्रचारमुखी बढी हुन्छ ।

    यसलाई समर्थन जनाउँदै मेरो महानगर राजनीतिक पार्टी र व्यक्तिगत स्वार्थको चपेटामा नपरोस् । भावी पुस्ताका लागि अहिलेको सुविधा हस्तान्तरण गर्ने वातावरण बनोस् । जनप्रतिनिधीमाथि नै अविश्वास सिर्जना हुने अवस्था नआओस् । आगामी कार्यकालको शुभकामना । जयनेपाल ।

    —कांग्रेस नेतृ गुरुङ गत वर्षको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा उपमेयरकी उम्मेदवार हुन् —

    साभार-समाधान दैनिक

    ]]>
    5618
    हिमनदीमा देखिएको समस्या र समाधान https://www.newspali.com/2018/02/4274/ Mon, 12 Feb 2018 05:31:51 +0000 http://rastranews.com/?p=4274 – दिपेन्द्र सिंह लामीछाने

    विगत केही समयदेखि वातावरणमा आएको परिवर्तनसगै यसले जल हिँउ हिमनदी क्षेत्रमा पनि प्रभाब पार्न शुरु गरेको छ। जसको कारण समयअनुसार मौसममा परिर्वतन देखिएको साथै वर्षाको वदलिदो प्रकृतिसँगै पानीको आपूर्र्ति कम हुदै गइरहेको छ। जलवायु परिवर्तनसँगै सुख्खापन बढ्ने र स्थानीय तहको जलवायु बढी संवेदनशील हुदैँ जानेछ। त्यसैगरी जलवायु परिवर्तनका कारण संसारको छानो मानिने हिमालय क्षेत्र पग्लने र खुम्चिने क्रम बढ्को छ जसले गर्दा हाम्रो पोखराबाट देखिने हिमालहरुमा पनि विगत केही समयदेखि हिउँ क्रमिक रुपमा घटदै गराइरहेको पाइन्छ जसले गर्दा कालो चट्टानको पहाड जस्तो मात्र देखिन थालेको छ।

    यसले एकातिर मानव सभ्यतामा बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति निम्त्याउने देखिन्छ भने अकोर्तिर समुद्रको किनारमा वसेका शहरहरु डुब्नसक्ने आशंका जन्माएको छ नदीको पानीको मुहान वा प्रमुख स्रोतहरु रहेका हिमनदीहरु पग्लिसकेपछि नदीहरु सुक्नेछन्। पानिको लागि हाहाकार हुने छ विश्वव्यापी उष्णताकै कारण हिमतलाहरु फुट्ने सम्भावना पनि त्यतिकै प्रवल छ, जसले गर्द किनारका बस्तीहरुमा थप सकट सिर्जनागर्नेछ। यतिमात्रै होइन विश्व व्यापी उष्णताले निम्त्याएको असरसँगै हिमतालहरु फुटिसकेपछि पानीको संकट हुने गर्छ। नदी सभ्यताको अस्तित्व समेत संकटमा पर्न सक्नेछ

    जलवायु परिवर्तनले जलाशय र इनारको जलभण्डारलाई पनि प्रभावित पार्नेछ जसका कारण सदियौदेखि मानिस र इनारको जलभण्डारलाई पनि प्रभावित पार्नेछ जसका कारण सदियौदेखि मानिस तथा जीवजन्तुहरुले उपभोग गर्दै अइरहेका पानीका स्रोतहरु प्रभावित हुनेछन्। जसले प्राणी र वनस्पतिहरुको जीवनलाई संकटतर्फ धकेल्ने छ यसबाट सिंगो मानव समुदायमा तनाव सिर्जना हुनेछ।

    जलवायु परिवर्तनकै कारण अन्र्टार्कटिकाको बरफीय तह प्रत्येक वर्ष ३६ क्युविक माइनसका दरले घट्दै छ। यसैगरी ग्रिनल्याण्डको हिमनदी पहिले सोचिएभन्दा दुर्इगुणा तीव्र रुप्ाले पग्लिएर समुद्रमा मिसिदै छन्। यो शताव्दीको अन्त्यमा तीव्र तापक्रमका कारण अप्रिmका महादेशका एक चौथाई तालहरु सुकने छन्। अन्र्टार्कटिकामा विश्व्ाकै ९० प्रतिशत बरफको भण्डार रहेको छ। यसको सानो अशं पग्लियो भने पनी विश्वभरिका समुद्रको सतह २० फिट बढ्न सक्छ। हिमाली क्षेत्रमा रहेका हिमालय हिमनदीहरु धमाधम पग्लिदै छन् र कतिपय हिमनदी लोप हुने अवस्थामा पुगिसकेका छन्। यी सबै स्वच्छ पानीको स्रोत भएकाले भविष्यमा खानेपानीको ठूलो संकट आउन सक्नेछ। हिमालयका हिमनदीहरु तथा समुद्री बरफ पग्लनाले समुद्र सतहमा वृद्धि भएको छ।

    सन् १९६१ स २०१५ को समय अवधिमा समुद्र सतह औषत १.८ मिलिमिटर प्रति वर्षको दरले बढेको छ यसले गर्दा माल्दीभ्स ,टुभालु, समोआ जस्ता टापु देशहरु निकट भविष्यमा लोप हुने अवस्थामा पुगेका छन् विश्वका हुने ठाँउमा बढी पानी पर्न थालेको छ भने कतै पानी कम पर्ने र लामो समयको खडेरी पर्न थालेको छ।

    नेपालको दक्षिणी सीमानामा रहेको भरताको उत्तरी क्षेत्र र गंगोत्तरीमा र नेपालको उत्तरी सीमानामा रहेको चीनतर्फ रहेको बरफको मात्रा पनि प्रत्येक वर्ष तीव्र गतिमा घटिरहेको छ। जसले सिंगो मानव समुदायलाई प्राकृतिक विपत्तितर्फ धकेलिरहेको छ । तापक्रमका वृद्धिले गर्दा हिमालको हिँउ तथा हिमनदी पग्लिएर हिमतालहरुको संरचना र आकार बढ्दै गएको छ। एक अध्ययन अनुसार ४ ड्रि्री सेलिसयस तापक्रम बढ्ने हो भने नेपालका सारा हिमनदीहरु विलाएर जानेछन्।

    हिमनदी छिटो पग्लनाले हिमतालमा धेरै मात्रामा पानी जम्मा हुन जान्छ यस्तो परिवेशमा कुनै पनी बखत ती ताल फुटेर बाढी आउन सक्छ नेपालमा ५ ओटा हिमतालहरु फुटिसकेका छन भने २० ओटा फुट्ने तयारीमा छन् यी फुटेको अवस्थामा नेपालको धेरै ठूलो धनजनको नोक्सानी हुनसक्छ। त्यसकारण हामीले समयमा यसलाई समाधान गर्न सकिएन भ्ान्ने नेपाल मात्रै होइन विश्वले नै ठूलो क्षतिको सामना गनुपर्ने छ। जसले गर्दा यसको जलवायु परिर्वतन एउटा जटिल समस्या भएको हुदाँ यसको रोकथामको लागी विश्वभरिका मानिसहरु एकजुट हुनु पर्ने बेला आएको छ।

    जलवायु परिवर्तन कै कारण विभिन्न समस्याहरु आउने हुदाँ यसलाई समाधान गर्नको लागि विकसित राष्ट्रहरुले आफनो हरितगृह ग्यास उर्त्र्सजनमा कमी ल्याउनु पर्ने र स्वच्छ ऊर्जा संयन्त्र व्यवस्था एवं प्रयोगमा विशेष जोड दिनुपर्ने हुन्छ। ऊर्जाको लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवं कोइलाको प्रयोग कम गर्नु पर्छ र नवीकरणीय ऊर्जा, सौर्य ऊर्जा र जलविद्युत ऊर्जाको प्रवर्धन गरी उपयोग गरिनु पर्छ। वोटविरुवाले वायुमण्डलमा भएको कार्वनडाइअक्साइड ग्यास सोस्ने हुनाले बनजंगलको संरक्षण गरी नाङ्गो जमीनमा वृक्षारोपण गर्ने र सीमसार क्षेत्रको उचीत व्यवस्थापन गर्नुपर्छ कलकारखाना तथा उद्योगधन्दामा कुशलता पूर्वक इन्धनको प्रयोग गर्ने र वायोग्यास, वायुशक्ति, जल विद्युत जस्ता स्वच्छ ऊर्जाको प्रवर्धन गर्न र प्राङ्गारिक खेतीको विकास र विस्तार गर्ने विविध प्रविधिहरु अपनाउन सकियो भने मात्र यसप्रकारको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ।

    अहिले विश्वभरीनै जलवायु परिवर्तन र यसले निम्त्याउन सक्ने नराम्रो असरहरुको वारेमा व्यापक चासो वढ्नुको साथै छलफल र वहसहरु सुरु भएको छ। जलवायु परिवर्तनका समस्याहरु निकै सम्वेदनशील छन्। अरु विकशित देशहरुको तुलनामा नेपालले हरित गृह ग्याँस नगन्य मात्रामा निकाले पनि नेपालले जलबायु परिवर्तनमा नकारात्मक प्रभावहरु भोग्न थालिसकेको छ। नेपालको औसत तामक्रम प्रतिवर्ष ०.०६ ड्रि्री सेलिसयसको दरले वृद्धि भइरहेको छ। जटिल भूवनोट सम्वेदनशील प्राकृतिक अवस्थाको कारण नेपाल विशेष जोखिममा छ। जसले पृथ्वीको मानवीय प्रकृतिको सन्तुलन विगारी धेरै मानवीय समस्याहरु निम्त्याउन सक्छ । हामी र हाम्रै क्रियाकलापहरुको कारणले जलवायु परिवर्तनको समस्या सिर्जना भएको हो । त्यसैले यसको समाधानको लागि आजैवाट हामीले काम थाल्नु पर्ने भएको छ।

    साभार ः आदर्श समाज दैनिक

    ]]>
    4274
    कतै तपाईलाई पनि डिप्रेशन त भएको को छैन ? ख्याल गरौ है यस्ता लक्षण देखिन्छन् https://www.newspali.com/2018/02/4088/ Thu, 01 Feb 2018 14:41:17 +0000 http://rastranews.com/?p=4088 करिब ३० वर्षका एक मानिस कार्यालय जाने तयारी गर्दैथिए। उनले भान्छाकोठामा प्याज राख्ने ठाउँबाट खसेको ‘एक्लो’ प्याज देखे । त्यो प्याज उनले टिपे तर राख्ने ‘उचित’ ठाउँ भेटेनन् । जता राख्दा पनि अशोभनीय लागेपछि उनले त्यसलाई कोटको खल्तीमा राखे र कार्यालय गए। कार्यालयभर उनको दिमागमा त्यो प्याज कहाँ राख्ने होला भन्ने घुमिरह्यो। घर फर्किएपछि पनि उनले त्यस प्याजलाई राख्ने सुहाउँदिलो ठाउँ पाएनन्। जसका कारण त्यो प्याज उनको कोटको खल्तीमा एक वर्षसम्म बसिरह्यो। उनी ससुराली जाँदा होस् या कार्यालय उनको साथमा त्यो प्याज साथ लागिरह्यो । भेटिएका हरेक मानिसलाई प्याज कहाँ राखौँ भनेर प्रश्न गरिरहे।

    अति भएपछि परिवारले उनलाई मनोविश्लेषक कहाँ पुर्‍याए । त्यहाँ पनि उनले सुरुमै सोधे, ‘यो प्याज कहाँ राखौँ ?’
    जवाफमा मनोचिकित्सकले भने, ‘यो भनेको प्याज सामान्य कुरा हो । जहाँ राखे पनि हुन्छ।’

    भन्न त भने तर सम्झाउन भने सकेनन् । झण्डै छ महिनापछि मात्र उनलाई ‘एब्स्ट्रक्याट बन्न पुगेको प्याज’लाई सामान्य लाग्न थाल्यो।

    यो कुनै बनावटी कथा होइन, मनोविश्लेषक बासु आचर्यको अनुभव हो।

    माथिको घटनाले प्रस्ट पार्छ, डिप्रेसन अर्थात् अवसादका लागि कुनै ठूलो घटना चाहिँदैन । मान्छेलाई विथोल्न प्याजजस्ता साना कुरा नै पर्याप्त हुन सक्छ।

    खुसीका बेला हामी खुसी हुन सक्तैनौँ वा गम्भीर परिस्थितिमा गम्भीर बन्न सक्दैनौँ भने सर्तक हुन जरुरी छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३५ करोड मानिस डिप्रेसनका सिकार छन् । जसमा तीन चौथाई बढी नेपालजस्ता विकाशोन्मुख देशका छन् । छिमेकी राष्ट्र भारतमा मात्रै करिब पाँच करोड डिप्रेसनका बिरामी रहेको तथ्यांक छ।

    संगठनका अनुसार प्रत्येक वर्ष १० लाखको हाराहारीमा डिप्रेसनका बिरामीले आत्महत्या गर्ने गर्छन् । नेपालमा पनि गएको वर्ष ४ हजार ६ सय ६७ जनाले आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीले सार्वजनिक गरेको थियो, जसको ८० प्रतिशत कारण डिप्रेसन देखियो।

    हिजोआज प्रविधिको बढ्दो उपयोगले मानिस एक्लिन थालेका छन् । यसका कारण पनि धेरै मानिस डिप्रेसनमा पर्ने गरेका छन् । खोजकर्ताहरु एक्लोपनले शरीरमा के असर पार्दोरहेछ र मानिस डिप्रेसनमा पर्दोरहेछ भनेर अनुसन्धान गरिरहेका छन् । त्यसो त सन् २००६ मा स्तन क्यान्सर भएका २८ सय महिलामाझ गरिएको अध्ययनअनुसार तुलनात्मक रुपमा जो व्यक्ति परिवारका सदस्यसँग टाढा छन्, एक्लै बस्न रुचाउँछन् उनीहरुमा डिप्रेसन देखियो । डिप्रेसन हुने महिलामध्ये मृत्यु अँगाल्नेको संभावना पाँच गुणा बढी रहेको पनि अध्ययनमा देखाइएको छ।

    डिप्रेसनका लक्षण
    रुन मन लाग्ने, निराश हुने, एक्लै बस्न रुचाउने, झर्को लाग्ने, दिक्क मान्ने, बोल्न मन नलाग्ने, छटपटी हुने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, आत्मग्लानि हुने, नकारात्मक सोचाइ, निद्रा कम पर्ने, खानामा रुचि नहुने, आफूलाई निकम्मा सम्झने, मर्न पाए हुन्थ्यो भन्ने, बारम्बार रुने, शंका लाग्ने, कानमा आवाज आएको अनुभूति हुने लगाएतका लक्षण देखिने गर्छन् । कतिलाई भने जो मानिस देख्यो उही पागलजस्तो लाग्ने हुन्छ भने कतिलाई आफूलाई मानसिक समस्या छ जस्तो अनुभूति हुन्छ । मनोविश्लेषक आचार्यका अनुसार कतिपय मानिस आफैँ डिप्रेसनमा गएँ कि भन्दै उपचार गर्न आइपुगेका पनि छन्।

    भर्खरै मात्रै गुगलले नौ प्रश्न सोधेर डिप्रेसन छ या छैन पत्ता लगाउने एप्लिकेसन तयार पारेको छ । यस एप्लिकेसन नेपालमा प्रयोगमा भने आइसकेको छैन । अमेरिकीहरुमाझ प्रयोगका लागि यो तयार पारिएको हो।

    डिप्रेसनबाट बच्ने उपाय
    डिप्रेसनको अवस्थामा मनमा एउटै कुरा घुमाइरहनु हुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा मस्तिष्कमा समेत असर पुर्‍याउँछ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने । मन भुलाउने प्रयत्न गर्नुपर्छ । त्यस्तै निन्द्रालाई नियमित राख्ने, स्वस्थ खाना समयमै खाने, तनाव सबैलाई हुन्छ तर यसलाई कसरी कम गर्न  सकिन्छ त्यसबारे सोच्ने, आफूले जति सकिन्छ त्यति नै महत्वाकांक्षा राख्ने, परिवारसँग बस्ने, आफ्नो काममा व्यस्त र मस्त रहने गर्नुपर्ने आचार्य बताउँछन्।

    डिप्रेसनले फाइदा !
    कतिपय मानिसले भने डिप्रेसनको पनि भरपूर फाइदा उठाउने गरेका छन् । चर्चित रेस्लर डेभेन जोन्सन उर्फ द रक भन्छन्, ‘म डिप्रेसनका कारण रेस्लर बनेँ । २० वर्षको छँदा अमेरिकी फुटबल टिम क्यालगरी स्ट्याम्पेडर्सको तर्फबाट फुटबल खेल्थेँ । मलाई टिमबाट निकालियो र म डिप्रेसनको सिकार बन्न पुगेँ।’

    फुटबल टिमबाट ननिकालिएको भए उनी डिप्रेसनमा पर्ने थिएनन्। त्यस्तो नभएको भए उनी  रेस्लर पनि हुने थिएनन्। त्यसैले कतिपय अवस्थामा द रकलाई जस्तो डिप्रेसन फाइदाजनक पनि हुन सक्छ तर त्यसलाई सदुपयोग भने गर्न सक्नुपर्ने विज्ञहरुको सुझाव छ।

    स्रोत ः शुक्रबार डटकम

    ]]>
    4088
    नामजस्तै काम ‘सहारा’ https://www.newspali.com/2018/01/3946/ Wed, 24 Jan 2018 15:07:27 +0000 http://rastranews.com/?p=3946  –सरस्वती गुरुङ

    आफ्नो जन्मसँगै हरेक मानिस र स्थापनासँगै हरेक संघसंस्था एउटा लक्ष्य बोकेर अगाडि बढ्ने गर्दछन् । अगाडि बढ्दै जाँदा चुनौतीका पहाडसँग ठोकिन्छन्, असफलताका अँध्यारा गल्ली देखा पर्दछन् तब हतास भएर आफ्नो बाटो मोडेर यात्रालाई अर्कैतिर फर्काउने बानी धेरैको हुन्छ । लक्ष्य लामै भए पनि धेरै गौंडाबाट छुट्टिरहेका हुन्छन् । सपना देख्नेको कमी यहाँ छँदै छैन तर सपना पूरा गर्ने योजनाका साथ अगाडि बढ्नेलाई नै दीर्घकालसम्म समाजले सम्झिरहन्छ । जोसँग योजना छ, त्यसले मात्र सपना पूरा गरेको छ र थपिएको छ सपना देख्ने नयाँ जिम्मेवारी पनि ।

    पोखरा र खेलकुद दुईवटा शब्द सुन्नेबित्तिकै आम जनमानसदेखि प्रबुद्ध व्यक्तिको दिमागमा समेत एउटा नाम आइहाल्छ सहारा क्लब । मोफसलमा रहेर केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाउन सफल र आफ्ना गतिविधिमार्फत केन्द्रलाई सदैव चुनौती दिँदै आइरहेको पोखरेली खेलकुदको पर्याय बनेर उभिएको संस्था हो सहारा क्लब । समयको गतिसँगै आज सहाराले आफूलाई फुटबल खेलमा मात्र सीमित राखेको छैन, सहारा आज फुटबल सँगसँगै समाज सेवाको क्षेत्रमा समेत अब्बल संस्थाका रूपमा आफूलाई उभ्याएको छ ।

    २०५५ सालमा स्थापना भएको क्लब २० वर्षे जवान भइरहँदा यसको दायित्व र जिम्मेवारी पनि बढ्दै गएको छ । त्यसताका पोखरामा खेलकुद गतिविधि अत्यन्तै कम थियो । खेलकुदमै करिएर बन्न सक्छ वा खेल खेलेरै इज्जत प्रतिष्ठा र देशका लागि योगदान दिन सकिन्छ भन्ने सोच पलाइसकेकै थिएन । आफ्नो स्थापनालगत्तै पोखरेली र यसवरपर खेलकुद गतिविधिलाई सक्रिय बनाउनुपर्छ भन्ने हेतुले क्लब स्थापना गरियो । यस क्लबले पोखरामा फुटबलको टुर्नामेन्ट सुरु ग¥यो ।

    २०५६ सालमै सहारा कप नामको जिल्लास्तरीय टुर्नामेन्ट सुरु गरेको सहाराले पहिलो टुर्नामेन्ट गर्दा बेलाका तितामिठा धेरै अनुभव छन् । तैपनि निश्चित सहयोगी हातको सहयोगमा पहिलो टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न गरेपछि २०५८ मा राष्ट्रिय क्याराभान गोल्डकप पनि सफलता पूर्वक सम्पन्न गरेको थियो । पछि सहयोगी हात बढ्दै जाँदा धेरैपटक खेलका नाम पनि परिवर्तन भए । २०५९ देखि आहा गोल्डकपको नाममा खेलाइएको खेल २०६९ पछि अहिले १६ औं संस्करणसम्म आहा रारा गोल्डकपको नाममा आइपुगेको छ । आजसम्म आइपुग्दा नेपाल पुलिस, मनाङ मस्र्याङ्दी, थ्रिस्टार, नेपाल आर्मी, फ्रेन्डस्, जावलाखेल युथ, सशस्त्र प्रहरी जस्ता देशकै प्रतिष्ठित क्लब मात्रै होइन, भारतको कार्लेटन क्लब, अफ्रिकन युनाइटेड क्लब र बंगलादेशको धनमुन्डी क्लब जस्ता चर्चित विदेशी क्लबले समेत यस खेलमा सहभागिता जनाएका छन् ।

    फुटबल खेल्नका लागि जम्मा भएको एउटा जमात कसरी एकाएक मोडियो समाजसेवामा ? यो प्रश्न सहारालाई बेलाबेलामा सोधिने प्रश्न हो । हिजोआज सहारा भन्ने बित्तिकै फुटबल मात्रै सम्झदैनन् पोखरेलीहरू सहारा क्लब भनेपछि पोखराको बसपार्क सम्झिन्छन्, यसले बनाएको सार्वजनिक शौचालय सम्झन्छन् र त्योभन्दा बढी सम्झन्छन् दोविल्लाको खेलकुद एकेडेमी जहाँ विपन्न वर्गका नानीबाबुहरू निशुल्क खेल प्रशिक्षण लिइरहेका छन् । बाबुआमा गुमाएका थुप्रै बालक फेरिएको वर्तमानसँग भविष्य खोजिरहेका छन् यतिबेला सहाराको खेलकुद एकेडेमीमा ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका लागि भोलिका खेलाडी तयार पार्नुपर्ने जिम्मेवारी खासमा सरकारको हो । तर यतिबेला सहाराले त्यो गहन जिम्मेवारीलाई आफ्नो काँधमा लिएर अगाडि बढिरहेको छ । एउटा कोठामा चलेको एकेडेमी अहिले विशाल मैदान र आधुनिक भवनमा सरेको छ । फुटबल खेल्नका लागि जन्मेको संस्था आज फुटबल खेलेर अन्तर्राष्ट्रिय पहिचान जमाउन सक्ने र स्टार खेलाडी उत्पादन गर्ने भइसकेको छ ।

    विक्रम थकालीको क्याप्टेनसिपमा फुटबल खेल्न मैदान उत्रेको क्लब वसन्त थकालीको क्याप्टेनसिपबाट आधिकारिक क्लब बनेर लामो समय बिताइसकेको छ । २० जनाको सहारा क्लबमा अहिले सयौं सदस्य छन् । उत्तिकै आजीवन सदस्य । समाजको प्रत्येक दुखाइसँग भिडेको छ सहारा । हरेक पीडासँग नजिक भएर मलमपट्टीको काममा जुटेको छ । समाजका दुखाइसँगै जन्मेको सहारा क्लब हालसम्म पनि आफ्नो लक्ष्यबाट अविचलित यात्रामा निरन्तर छ । सुरुदेखि नै सामाजिक सेवाभावका हिसाबले अगाडि बढेको क्लब अहिले यसको दायरा झन् थपिँदै गएको छ, घटेको छैन । त्यसैले सहारा क्लब अब सहाराको मात्रै होइन । सारा पोखरेली र नेपालीको क्लब बनेको छ ।

    राष्ट्रिय पूर्वकप्तान अनिल गुरुङ सहाराको पहिलो उत्पादन हुन् । त्यसपछि राष्ट्रिय टिमका खेलाडीहरू खासै नभए पनि क्लबमा स्तरीय र राम्रा खेलाडी सहारासँग छन् । पूर्व कप्तान अनिल गुरुङ जन्माउन सक्ने सहारा क्लबले थुप्रै अनिल गुरुङहरू उत्पादन गर्न सकोस् । जो नेपालको खेलकुद र नेपाली फुटबललाई लिडिङ गर्न सकून् । थुप्रै राजनीतिक उतारचढाव र फेरबदल भइरहँदा पनि सहारा क्लबले आफ्नो उद्देश्य र लक्ष्यलाई कहिल्यै पनि विचलित हुन नदिई जुन एउटा उचाइ कायम गरेको छ, यो उचाइको निरन्तरताको कामना छ ।

    क्लबले थालेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनोस् । समाजसेवाको यो भावना अगाडि सारेर काम गरिरहँदा थुप्रै व्यवधान भोलि पनि आइपर्नेछन् तर ती व्यवधानसँग जुधेर नेपाली खेलकुदको भविष्य उज्यालो बनाउनेतर्फ सहारा क्लब केन्द्रित हुन सकोस् । ‘यो जीवन अरूका लागि होइन भने यो जीवन नै होइन ।’ मदर टेरेसाका यी भनाइसँगै सहारा परिवारको यो उन्नत अभियानप्रति नतमस्तक छु ।

    स्रोत ः नागरिक

    ]]>
    3946
    विराटनगरले उचाल्यो इपिएल उपाधी https://www.newspali.com/2017/12/3520/ Sat, 30 Dec 2017 10:26:27 +0000 http://rastranews.com/?p=3520
     काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ।

    यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो ।

    १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो ।

    तर, १५औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो ।

    तर, कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो । पारसले अनिल साहलाई बल थमाए ।

    उनको पहिलो बलमा कृष्ण कार्कीले चौका हाने । ५ बलमा ५ रन चाहियो । तर, दोस्रो बलमा अनिलले विकेट लिए भने तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवक कार्की रन आउट भए भने पाँचौ बलमा पुनित मिश्रको विकेट गुम्यो ।

    अब भैरहवालाई जितका लागि अन्तिम बलमा ५ रन चाहियो तर, ३ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो ।

    विराटनगरका कप्तान पारसले १८ रन दिएर ३ विकेट लिए भने अनिलकुमार साह र करण केसीले २-२ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थिया । उसका लागि अंशुमान रथले ४१ रन बनाए भने पारस खड्काले २७ र अनिलकुमार साहले २२ रनको योगदान दिए ।

    स्रोत ः अनलाइनखबर

    ]]>
    3520