कला/साहित्य – Page newspali.com|category|art-literature|feed| – Newspali https://www.newspali.com Newspali.com Fri, 08 Nov 2024 16:23:21 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.7 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 कला/साहित्य – Page newspali.com|category|art-literature|feed| – Newspali https://www.newspali.com 32 32 222214484 कृपाको चिसो बतास बजारमा https://www.newspali.com/2024/11/21387/ Fri, 08 Nov 2024 16:23:21 +0000 https://www.newspali.com/?p=21387 तीजको गितबाट नेपाली लोकगित संगित क्षेत्रमा प्रवेश गरेकी कलाकार कृपा पौडेलले लोक दोहोरी गित ‘चिसो बतास कताको माछापुच्छ्रेको’ सार्वजनिक गरेकी छन । कृपाका पिता हरि पौडेल र माता सिता पौडेलको निर्माणमा बनेको लोक दोहोरी गितको म्युजिक भिडियो युवट्यु मार्फत सार्वजनिक गरिएको छ । तीजको गित ‘मेरी पुतली’बाट आफ्नो अभिनय शुरु गरेकी कृपाको यो दोश्रो गित हो ।

गितमा नेपाली लोकसंगितका चर्चित गायक वसन्त थापा, शान्ती श्री परियार र हरि खत्रीको स्वर रहेको छ भने गितको शब्द र लय शिव अखेलीको रहेको छ । गितको म्युजिक भिडियोको मुख्य भुमिकामा कृपा र बद्रीप्रसाद तिवारी रहेको छन । कृष्ण केसीले एरेन्ज गरेको गितको रेकडिङ कमल थापा र गोविन्द अनेकले गरेका छन्, भने मिक्सिङ श्यामस्वत रसाईलीको गरेका छन ।

स्मृति तिमिल्सीना गुरुआमाको निर्देशनमा रहेको गित दुर्गा पौडेलको छायाङ्कन र अमृत चापागाईको सम्पादन रहेको छ । गितको भिडियो कृपा पौडेल युवट्युब मार्फत सार्वजनिक गरिएको छ । गित यतिबेला टिकटकमा भाईरल छ । साथै युवट्युबमा पनि राम्रो भ्युअर्वस पाएको छ ।

]]>
21387
गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक https://www.newspali.com/2024/09/21358/ Sun, 15 Sep 2024 14:18:46 +0000 https://www.newspali.com/?p=21358 गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ यही शुक्रवार सार्वजनिक भएको छ । समीक्षा अधिकारी र ईश्वर पोखरेल अविरलको स्वर रहेको यो गीतलाई प्रमोद पन्तले संगीत भरेका छन्,। भने योगेश काजीले संगीत संयोजन गरेका छन । गीतको भिडियोमा गम्भीर बिष्ट र प्रियंका कार्कीले अभिनय गरेका छन् । कोरियोग्राफी र निर्देशन समेत बिष्ट स्वयमको रहेको छ ।

आधुनिक गीत र गजलमा कलम चलाउने पलाँसको यो लोक दोहोरी शैलीको गीतलाई श्रोताहरुले अर्ग्यानिक स्वादको सृजना भन्ने प्रतिक्रिया दिईरहेका छन् । दुई दशकदेखि निरन्तर साहित्य सृजनामा सक्रिय पलाँसका दर्जनौ गीतहरु ख्याति प्राप्त कलाकारहरुको स्वरमा रेकर्ड भईसकेका छन्भ, भने उनको माया गर्नुको अर्थ गीति सन्चयन समेत प्रकाशित भएको छ ।

]]>
21358
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र https://www.newspali.com/2024/06/21213/ Fri, 07 Jun 2024 01:11:10 +0000 https://www.newspali.com/?p=21213 अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ । आगामी असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए ।

महोत्सवको सुरुआतमा नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ र समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने निर्देशक बराइलीले जानकारी दिएका छन । “नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेका हौँ । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अब्बल सावित भइसकेका चलचित्रमार्फत महोत्सवको सुरुआत गर्दैछौँ । यसपटक नेपालको आम जनजीवन र प्रवास नियतिलाई यी दुई चलचित्रले प्रष्ट्याउने हाम्रो आशा छ”, उनले भने ।

चार दिनसम्म चल्ने महोत्सवमा छनोट भएका चलचित्र एएफआइ सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने छ । महोत्सवमा ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ विधाअन्तर्गत ‘इन सर्च अफ रिजोलुसन (डकुमेन्ट्री, नेपाल)’, ‘द स्ट्रेट गाइज (डकुमेन्ट्री, जर्मनी)’ प्रदर्शन गरिनेछ । यस्तै ‘स्पटलाइट’ विधातर्फ ‘वखरी (फिचर ड्रामा, पाकिस्तान–अमेरिका)’, ‘फिचर’ विधामा ‘अलि भर्सेस अलि (डकुमेन्ट्री, इरान)’, ‘डाइभर्सिटी प्लाजा (डकुमेन्ट्री नेपाल–अमेरिका)’, ‘मम (डकुमेन्ट्री, मेक्सिको)’, ‘नोर्चा : द अर्थक्वेक (डकुमेन्ट्री, इटाली)’, ‘ढोरपाटन–नोट विन्टर होलिडेज (डकुमेन्ट्री, नेपाल)’ र ‘प्रवीण (कथानक, इरान)’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

‘डिएमभी, क्लोजअप’ विधामा ‘लेट हर सिङ्ग (अमेरिका)’,‘मेरा दादु (कथानक, अमेरिका–भारत)’,‘टेन डेज इन सेप्टेम्बर १९५६ (डकुमेन्ट्री, अमेरिका)’ प्रदर्शन गरिनेछ । ‘सर्ट’ विधामा ‘असुरा : द डेमोन विदिन (हरर, सस्पेन्सअमेरिका), ‘वनकरिया (डकुमेन्ट्री, अमेरिका)’ ,‘बिअरर अफ ग्लास बिड्स (डकुमेन्ट्री, नेपाल)’, ‘ब्रेक (ड्रामा, नेपाल), ‘छाउपडी (डकुमेन्ट्री, नेपाल)’ ,‘डान्सिङ इन फायर (डकुमेन्ट्री, नेपाल)’,‘धेय ड्रिम्स (डकुमेन्ट्री, नेपाल)’ र ‘म्याचुअर (ड्रामा, जर्मनी)’ प्रदर्शन गरिनेछन् ।

यस्तै ‘नो मोनास्ट्री नो भिलेज (डकुमेन्ट्री, जर्मनी)’, ‘न्याङ्गा (डकुमेन्ट्री, मेक्सिको)’ ,‘पाल एलन द वल्र्ड (ड्रामा, बेलारुस)’ ,‘रेमिङ्टन (डकुमेन्ट्री, मेक्सिको)’ ,‘रेमन्यान्ट्स (नेपाल, स्पेन)’, ‘रोशी (नेपाल)’, ‘सनई (नेपाल)’, ‘स्कुल बेञ्चेज (इरान)’, ‘स्ट्रिट फोटोग्राफर (भेनेजुएला)’, ‘सुवास (द एक्रोपाइलट)’, ‘अनकम्पिलटेड (नेपाल, अमेरिका)’, ‘हु (द कल्प्रिट)’, र ‘वाइन्डहर्स (नेपाल)’ ‘सर्ट’ विधाअन्तर्गत नै प्रदर्शन तय गरिएको महोत्सव निर्देशक बराइलीले जानकारी दिए ।

महोत्सव अवधिभर चलचित्र र संस्कृतिबारे छलफल गरिने जनाइएको छ । चलचित्र निर्माणबारे ‘मास्टरक्लास’ पनि सञ्चालन हुने आयोजकको भनाइ छ ।

]]>
21213
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण https://www.newspali.com/2024/03/21085/ Sat, 23 Mar 2024 20:10:37 +0000 https://www.newspali.com/?p=21085 युवाकवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण गरिएको छ । नेपाली लेखक सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित दौँतरी कार्यक्रमको तेस्रो शृङ्खलाअन्तर्गत पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरूभक्त, नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ, लोक गायिका हरिदेवी कोइराला, सञ्जीवका पिता लक्ष्मण पौडेलले संयुक्तरूपमा कृतिको लोकार्पण गरेका हुन ।

सङ्घले दौँतरी कार्यक्रम अन्तर्गत साहित्यिक एवं विभिन्न क्षेत्रमा सँगै काम गरेका दौंँतरीलाई एकसाथ उभ्याउँदै आएको छ । सोहीअनुसार यस श्रृङ्खलामा कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीलाई उपस्थित गराइएको थियो । कार्यक्रमकै बीच पौडेलको कृति लोकार्पण गरिएको थियो र साथै कवि अल्पज्ञानीको प्रकाशोन्मुख कवितासङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ पनि लोकार्पण गर्ने तयारी भए पनि प्राविधिक कारणले लोकार्पण गर्न नसकिएको सङ्घका अध्यक्ष ईश्वरमणि अधिकारीले जानकारी दिएका छन ।

दुई दौँतरीलाई मञ्चमा कवि अमृत क्षेत्रीले सहजीकरण गरेका थिए । त्यस अवसरमा कविद्वयले दौँतरी यात्राको सुरुआत, विकास, उतारचढाव र त्यसका विविध आयामबारे प्रकाश पारेका थिए । पचासको दशकदेखि पोखरेली परिवेशमा साहित्य सिर्जनामा निरन्तर क्रियाशील यी दुई कविले कविता सुन्न र सुनाउनकै लागि विभिन्न मञ्च चाहारेका प्रसङ्ग, भोकभोकै कविताका कार्यक्रममा हिँड्दाका दुःख आदिबारे चर्चा गरेका थिए ।

हाल प्राध्यापन पेसामा आबद्ध दुवैले घर, आमाबुवा, आफन्त, विद्यार्थीदेखि समाज हुँदै राजनीति आदिको स्मरण गरेका थिए । अनुभव र अनुभूतिसँगै उनिहरूले एक दर्जनभन्दा बढी कविता पनि वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार सरूभक्त र माया पब्लिकेसन प्रालिका निर्देशक विनयभूषण दत्त, सङ्घका अध्यक्ष डा. ईश्वरमणि अधिकारी लगायतले बोलेका थिए ।

]]>
21085
लोकजीवनका भाका सुसेल्ने वसन्त https://www.newspali.com/2024/03/20987/ Fri, 15 Mar 2024 20:32:09 +0000 https://www.newspali.com/?p=20987
  • रामबहादुर थापा/रासस
  • माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत ! गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत ! गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिप्छन र गीतमा प्राण भर्छन । चाहे त्यो पञ्चेबाजामा होस् या ठाडो भाकामा ।

    उनको सङ्गीत–साधनाको जमिन भनेकै समाजका रीतिथिती, संस्कृति र भोगाइहरु हुन् । थापाले भने, “मौलिकता हराएको, संस्कृति लोप हुने किसिमका गीत मैले गाउनु नपरोस् । अहिलेसम्म आफैँले तय गरेको सङ्गीतसाधनाको घेराभित्र छु । खोजी र अनुसन्धानका पक्षबाट हेर्दा लोकसङ्गीतमा अझ धेरै काम गर्न बाँकी छ ।”

    सङ्गीतकर्ममा दुई दशक बिताएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रुपमा परिचित छन । अहिले ४० वर्षका उनि नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रुपमा दरिएका छन । भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय छन । ठेट लय र शब्दमा जब उनको मादक स्वर मिसिन्छ तब त्यो लोकको सृजना बनिदिन्छ । उनमा बेग्लै स्वर र लठ्याउने गायकी रहेको धैरैले भन्ने गरेका छन् ।

    मौलिक गायनमा थापाको प्रभावशाली उपस्थितिले उनको सङ्गीतप्रतिको रुचि र कलालाई पुष्टि गर्दछ । उनले हरेकजसो गीतमा आफ्नै गाउँबस्ती, चालचलन र परिवेशलाई उजागर गरेका छन । कतिपयले यसलाई सृजनात्मक दायरा खुम्चाएको रुपमा पनि अथ्र्याउने गर्छन् । सङ्गीत–साधनामा लिप्त हुँदा उनि उही धर्ती, आँगन र पाखापखेरुमा पुग्छन । जहाँ उनि जन्मिए, हुर्किए र गीत गुन्गुनाउन सिके ।

    विगततिर नफर्केको भए, गाउँको माया मारेको भए थापाले कहाँ जन्माउन सक्थे होला र ? ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’ या अरू यस्तैयस्तै । देशभित्र मात्र नभएर विदेशका झकिझकाउ मञ्चमा पनि उनि नेपाली परिवेश र गाउँबस्तीका भाकामा गुञ्जिन्छन । गीतसङ्गीतमार्फत आफ्नो जन्मभूमिलाई देशविदेशमा चिनाउने उनको उद्देश्य छ ।

    “लोकसङ्गीत फेरि एकपटक जुर्मुराएको छ, नयाँ पुस्ताको प्रवेश लोभलाग्दो छ”, थापाले भने, “हामी आफ्नै मौलिकपनमा नफर्की सुखै छैन, लोप हुन लागेका हाम्रा संस्कृति, भाका, परिवेशअनुसार लय जोगाउनुपर्छ । लोकगीतका क्षेत्रमा खोज, अनुसन्धान गर्न राज्य तहबाट पनि अग्रसरता लिनु जरुरी छ ।” उनले गीतमा प्रयुक्त भाषा नबुझेपनि नेपाली लोकधुन सुनेर विदेशीहरुसमेत रमाउने गरेको बताए । संसारभर छरिएका नेपालीले पनि लोक शैलीका गीतलाई बढी रुचाउने गरेको थापाको भनाइ छ ।

    बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका थापाले विसं २०५९ मा ‘नीलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा थालेका थिए । ‘निलो फेवाताल’देखि ‘सालको पातको टपरी’ हुँदै ‘अरे भैया’सम्म आइपुग्दा थापाले नेपाली लोकसङ्गीतमा आफूलाई दह्रो गरी उभ्याउन सफल भएका छन ।

    उनको सङ्गीत, नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध लोकदोहारी गीत ‘सालको पातको टपरी’ले इतिहास रच्न सफल भएको थियो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको/सुनिएको गीतमा पर्दछ । अहिलेसम्म उक्त गीतले नौ करोड बढी ‘भ्युज’ बटुलिसकेको छ । चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिएका छन ।

    चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली !’ गीतमा पनि उनको स्वर र सङ्गीत छ । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको सहर हो प्रिया !’ मा उनकै सङ्गीत छ । गीतकार राम थापाको शब्द रहेको गजल गीतबाट नै अहिलेका चर्चित गायक राज सिग्देलको साङ्गीतिक यात्रा सुरु भएको थियो ।

    “गीत गाउने रहरले काठमाडौँ छिरेको २१ वर्ष बितिसक्यो”, थापाले विगत सम्झँदै भने, “म अहिले जहाँ छु, आफ्नै सृजना र श्रोता/दर्शकका कारणले छु । म लोकसङ्गीतमै आफूलाई समर्पित गर्न चाहन्छु । मौलिक लयको खोजी र सङ्कलनमा अझ व्यवस्थित ढङ्गले लाग्नुछ, यसमा साङ्गीतिक समूह नै बनाएर काम गर्ने योजनामा छौँ ।”

    लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा उनि पर्छन । अथक मेहनत र साधनाको भट्टीमा खारिँदै थापाले लोकसङ्गीतमा उपल्लो स्थान बनाएका हुन । “सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पुरायो, उनले भने, “नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ । हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।”

    “सृजनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ”, थापाले भने । समाजमा सुषुप्त अवस्थामा रहेका मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उनि पोख्त छन । “लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ । नयाँनयाँ प्रयोग पनि भइरहेका छन्”, उनले भने, “पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो । अहिले त्यो छैन, गायक तथा निर्माताहरु स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।”

    थापाले गीतमा सङ्गीत भरेबापत प्रशस्त पारिश्रमिक पाउने गरेको जानकारी दिए । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उनको भनाइ छ । गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्छन । उनि गीत रचनामा पनि सिद्धहस्त मानिन्छन् । लोकप्रिय पञ्चेबाजा गीत ‘वारि घुम्टे पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरमखोलाको’ र ‘आलु मीठो ताराखोलाको’ उनले आफैँ लेखे, सङ्गीत भरे र गाएपनि । उनलाई गीतमा विष्णु माझीदेखि देवी घर्ती सम्मका चर्चित गायिकाले साथ दिएका छन ।

    नवराज पन्त, प्रल्हाद सुवेदीलगायत नाम चलेका गीतकारसँग थापाले सहकार्य गरेका छन । पञ्चेबाजामा ‘वारि घुम्टे पारि गाजा’बाट चर्चा पाएका उनले त्यसपछि थुप्रै पञ्चेबाजाका गीत लोकसङ्गीतलाई दिएका छन । पञ्चेबाजालाई मूलधारको सङ्गीतमा समाहित गर्नेमा गायक थापाको पनि नाम लिने गरिन्छ ।

    पञ्चेबाजा गीत सृजना गर्दा उनि आफ्नै भूगोलतिर फर्किएका छन । हरेक गीतमा बागलुङ त्यसमा पनि गलकोटको पञ्चेबाजाको धुन झङ्कृत भइरहेको पाइन्छ । सृजनाका माध्यमबाट गाउँ, भूगोल र परिवेश चिनाउने श्रेय उनलाई दिइन्छ । उनले संसारको जुनसुकै ठाउँमा गएर ‘बागलुङ बजार बाघको सालिक’ गीत गाउँदा मानिसले बागलुङलाई सम्झन्छन् । ‘वारि घुम्टे पारि गाजा’ गाउँदा गलकोटको झझल्को सँगाल्छन् ।

    ‘माछा मीठो असला दरमखोला’ र ‘आलु मीठो ताराखोलाको’ गाउँदा बागलुङको स्थानीय उत्पादनको चिनारी गीतका मार्फत फैलिइरहेको हुन्छ । गीतको सजीवताका लागि थापा तत् ठाउँमै पुगेर ‘म्युजिक भिडियो’ छायाङ्कन गर्छन । यसबाट स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा टेवा पुगिरहेको छ ।

    विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनुपरेको छैन । उक्त गीतपछि नेपाली लोकदोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको उनको विश्वास छ । श्रोता/दर्शकको अपार मायासँगै उक्त गीतले राष्ट्रिय ‘अवार्ड’समेत पाएको थियो । विसं २०६८ मा थापाले सङ्गीत दिएका ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाइ’ लगायत लोकदोहोरी पनि अत्यधिक सफल भएका थिए ।

    मौलिक सृजनामा अब्बल थापाले अहिलेसम्म सातसय बढी गीतमा सङ्गीत र दुई सय बढीमा स्वर दिएका छन । ‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ गीतले गायकका रुपमा थापालाई चिनाए भने मौलिक लयमा सृजित ‘बामरी’ गीतबाट पनि उनले प्रशंसा बटुले । थापा साङ्गीतिक यात्राका क्रममा बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारत लगायत देशमा पुगिसकेका छन । उनि इमेज, बिन्ध्यवासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मान लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन ।

    ]]>
    20987
    पञ्चेबाजा बजाउने बागलुङका आमाहरू https://www.newspali.com/2024/03/20846/ Thu, 29 Feb 2024 23:52:27 +0000 https://www.newspali.com/?p=20846 फागुन १५ अर्थात् मगर एकता दिवसको दिन ११ बज्नै लागेको थियो । बागलुङ बजारको पुरानो बसपार्क चोकबाट एउटा ठूलो र्याली निस्कियो । त्यो र्यालीको बीचमा केही महिला ट्याम्को बजाउँदै थिए । केहीले ढोलकी, केहीले दमाहा त केहीले सनाही र झ्याली बजाउँदै हिँडिरहेका थिए । र्यालीमा झण्डै दुई हजारको हाराहारीमा मगर समुदायका विभिन्न वेशभूषामा सजिएका बालबालिकादेखि युवायुवती र पाको उमेरका वृद्धवृद्धा पनि थिए । र्यालीको बीचमा बजेको बाजाको तालमा अधिकांश व्यक्ति घुम्दै र झुल्दै नाचिरहेका थिए । बजारको मुख्य सडकमा हिँडिरहेको र्यालीमा महिला पञ्चेबाजा टोलीमा धेरैको नजर तेर्सिएको थियो । पुरुषले बजाउँदै आएको पञ्चेबाजा महिलाले बजाएको देख्दा बजारवासी अचम्म मान्दै थिए ।

    र्यालीमा बाजा बजाउनेको सङ्ख्या १० थियो । उनीहरुमध्ये अधिकांश अधबैसे थिए । हिजोआज पुरुषले नै बाजा बजाउन छोडेको अवस्थामा महिला आमा समूहले बाजा बजाउन थाल्दा धेरैलाई अनौठो लाग्नु स्वभाविकै हो । गाउँ टोलमा बाजा बजाउने प्रचलन घट्दै गएपछि मौलिक संस्कृति जगेर्नाका लागि बागलुङ बजारस्थित देउरालीचोका आमा समूहले पञ्चेबाजा बजाउन थालेका हुन् । विवाह, ब्रतबन्ध र सार्वजनिक कार्यक्रममा मौलिक बाजाको सट्टा रेकर्डेट गीत बजाउन थालेकाले पुर्खौँदेखि बजाइँदै आएको पञ्चेबाजा लोप हुने स्थितमा पुगेका छन् । पहिले जिल्लाका ग्रामीण क्षेत्रमा व्यापक मात्रामा पञ्चेबाजा बज्ने गरे पनि पहिलेको जस्तो प्रचलन अहिले छैन ।

    खासगरी परियार समुदायले बजाउने पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । परियारसँगै मगर सामुदायका युवा पनि विदेश पलायन भएपछि बाजा बजाउने जनशक्ति अभाव हुन थालेको हो । जनशक्ति अभाव भएर बाजा बजाउने प्रचलन लोप हुन थालेपछि आमा समूहले संरक्षणका लागि अभियान थालेको देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले जानकारी दिइन । मगर महिलाहरु एकताबद्ध भएर बाजा संरक्षण गर्न थालेको उनको भनाइ छ । पहिले गाउँमा प्रशस्त बाजा बजाउने टोली भेटिने गरे पनि हिजोआज कोही पनि पाउन छोडेपछि महिलाले नै यसको संरक्षण गर्नुपर्छ भनेर आपmुहरू लागेको अध्यक्ष थापाले बताइन ।

    उनले भनिन, “सबै युवा विदेश गए, बाजा बजाउने कोही छैनन्, गाउँघरमा र बजारमा कसैको विवाह, छैटी, भातखुवाइ र व्रतबन्ध हुँदा बाजा बज्नै छाडे, त्यही भएर हामी महिला दिदीबहिनी मिलेर पञ्चेबाजा संरक्षण गर्नुपर्छ भनेर लागेका हौँ, अब आमा समूहले पनि बाजा संरक्षण नगरे मौलिक संस्कृति हराउने भयो, धेरैले राम्रो गर्नुभयो भनेर हौसला पनि दिएका छन् । हाम्रो समूहमा ५० जनाभन्दा धेरै महिला दिदीबहिनी छौँ, सबैले सिक्ने र बजाउने गर्न थालेका छौँ, गत भदौदेखि नै बाजा बजाउन सुरु गरेका हौँ ।”

    बाजा समूहमा कला श्रीस ढोलक बजाउँछिन । सुरुमा भकुण्डे मगर पञ्चेबाजा समूहबाट आफूहरुले सिकेको सुनाउँदै उनले एक लाख ५० हजारमा म्याग्दीबाट बाजा सेट खरिद गरेर अहिले व्यावसायिकरूपमा बजाउन थालेको बताइन । कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै श्रीसले बाजा कुनै जात र समुदायले मात्रै नभई कला भएकाले जुनसुकै जातिले बजाउन सकिने उल्लेख गरिन ।

    “कसैले लाज मान्नु हुँदैन, चोर्न, लुट्न र ढाँट्न पो लाज मान्ने, आफ्नो कला देखाउन कोही पनि हिचकिचाउनु हुँदैन, हामीहरुले अहिले पनि बाजा बजाउन सिक्दैछौँ, बजाउने ठाउँमा जान्छौँ, पोखरा, चितवनसम्म पुगियो विवाहको बाजा बजाउन”,  नगरपालिकाले एक लाख ५० हजार दिएपछि बाजा किन्यौँ, किन्नभन्दा सिक्न धेरै खर्च लाग्दोरहेछ  । अब खासै समस्या छैन ।” आमाहरुले भने

    त्यो समूहमा बसुन्दरी थापा सनाही बजाउँछिन । बाजाभन्दा सनाही बजाउन केही कठिन हुने भए पनि उनले निकै लयात्मक तरिकाले बजाउने गर्छिन । सानैदेखि बाँसुरी र सनाही बजाउन चासो दिनुहुने थापाले आफूलाई सिक्नका लागि धेरै समय नलागेको बताइन । जुनसुकै गीतमा पनि सनाही बजाउन सक्ने उनको जिकिर छ । एउटा विवाहमा बाजा बजाए बापत ३० हजारदेखि ४० हजारसम्म लिने गरेको र यो रकममध्ये केही महिला समूहमा राख्ने र केही आफूहरुले बाँड्ने गरेको थापाले बताइन ।

    बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले इच्छाशक्ति भए महिलाले पनि जुनसुकै काम गर्न सक्ने बताइन । आमा समूहले बाजा बजाउन तदारुकता देखाएपछि नगरपालिकाले बाजा खरिदका लागि सहयोग गरेको र उनिहरुलाई थप सहयोग पनि गरिने उनले जानकारी दिइन । पहिले एउटा जातिले बजाउने बाजा पछिल्लो समय अन्य समुदायले पनि बजाउन थालेको र महिलाले पनि बजाउनु अनुकरणीय भएको प्रमुख श्रेष्ठको भनाइ छ ।

    उनले भनिन, “जागरुक महिलाहरूरु प्रशिक्षण लिएर बजाउन सक्ने हुनुभएको छ, बागलुङमा थप एउटा संस्कृतिको विकास भएको छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ । उहाँहरुलाई थप सक्रिय बनाउनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जानेछ, आवश्यक जनशक्ति तयार भएर ठाउँठाउँमा बजाउन जाने र आम्दानी पनि गर्न थाल्नुभएको छ ।” रासस

    ]]>
    20846
    राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान https://www.newspali.com/2024/02/20693/ Mon, 12 Feb 2024 23:45:53 +0000 https://www.newspali.com/?p=20693 राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेको जानकारी दिइएको छ । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताएका छन ।

    राष्ट्रपति पौडेलले मेनुकाको निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । भेटका अवसरमा गायिका मेनुकाले आफु गायनको माध्यमबाट विश्वभर चिनिन इच्छुक रहेको बताएकी छन ।

    ]]>
    20693
    कास्की हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण https://www.newspali.com/2024/02/20661/ Mon, 12 Feb 2024 00:43:53 +0000 https://www.newspali.com/?p=20661 गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गरेका थिए ।
    प्रशिक्षणको समापन कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताउँदै एक तार हुँदै आज सारङ्गीको विकसित रुप चार तारसम्म आइपुगेको जनाए ।
    ऐतिहासिक महत्व बोकेको सारङ्गी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा भएको उनको भनाई छ । नेपाली लोक भाकामा प्रयोग गरिने सारङ्गी बाजा मात्र नभई व्यवसाय पनि भएको उल्लेख गर्दै उनले नयाँ पिँढीले यसको संरक्षण प्रवद्र्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्ने आवश्यकता औँल्याल्याए । प्रशिक्षणका सहजकर्ता सम्मरबहादुरले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिँढीलाई आर्कषण गरेको बताए । प्रशिक्षणका लागि एक महिनाको समयावधि कम भएको भन्दै उनले यस्ता प्रशिक्षण निरन्तर हुनुपर्ने आवश्यकता औँल्याए ।
    गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताउँदै पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेशभूषा र संस्कृतिप्रति उदासिन बन्दै गइरहेको जनाउँदै चिन्ता व्यक्त गरेका छन ।
    हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले प्रशिक्षणले नयाँ पुस्तामाझ सारङ्गी बाजाको महत्वलाई उजागर गरेको बताए । प्रशिक्षण गत पुस २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिएका छन ।
    ]]>
    20661
    दर्शक नभएपछि तीन हप्तादेखि सिनेमा हल बन्द https://www.newspali.com/2024/02/20623/ Thu, 08 Feb 2024 04:15:56 +0000 https://www.newspali.com/?p=20623 लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले जानकारी दिएका छन ।

    बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । चलचित्रले पनि दर्शक तान्न सकेन । दुई सय ७३ सिट क्षमताको यो हलमा विगतमा शहरबजारबाट मात्र नभई ग्रामीण भेगबाट पनि दर्शक आउँदा ‘हाउस फुल’ हुन्थ्यो ।

    सञ्चालक बस्नेतका अनुसार चलचित्र हेर्ने युवापुस्ता वैदेशिक रोजगारीमा गएका तथा स्वदेशमा रहेकाहरूले पनि इन्टरनेटको अधिकतम प्रयोग गर्दै चलचित्रको मनोरञ्जन वैकल्पिक रूपमा लिन थालेपछि हलमा आएर सिनेमा हेर्ने दर्शकको सङ्ख्या ह्वात्तै घटेको छ ।

    हल बन्द गर्नुपर्दा दैनिक पाँच हजार घाटा हुने गरेको दुखेसो उनले गरेका छन । “ हल बन्द छ तर तीन जना कर्मचारीलाई मासिक तलब दिएर राखेको छु,” आगामी शुक्रबारदेखि दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ देखाउने योजनामा रहेको बताउँदै उनले उक्त चलचित्रले दर्शन तान्ने अपेक्षा आफूले गरेको बताए ।

    विसंं २०४५ मा यस हल स्थापना भएको थियो । विगतमा जिल्लामा यो हल बाहेक सुन्दरबजार, भोटेओडार, भोर्लेटार, सोतीपसललगायत स्थानमा हलहरु सञ्चालनमा थिए । सुन्दरबजारमा रहेको शान्ति चलचित्र हल सात वर्ष अघिदेखि पूर्णरुपमा बन्द छ । रासस

    ]]>
    20623
    बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि ‘बुढो लाँकुरीको रूख’ लाई https://www.newspali.com/2023/12/20242/ Mon, 25 Dec 2023 01:03:44 +0000 https://www.newspali.com/?p=20242 बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले जितेका छन । डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । प्रथम बनेसँगै पन्तले एक लाख नगद र प्रमाणपत्र प्राप्त गरेका छन ।

    यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको हो । दोस्रोलाई ६० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी, तेस्रोमा विजय हिताङको चेपाङ, चमेरा र च्युरी कथा बनेको छ । कथालाई ४० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कथाकारलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सम्मान गरेका छन । कार्यक्रममा श्रेष्ठले नेपाली साहित्यलाई अगाडि बढाउन बाह्रखरी मिडियाले गरेको साहस सराहनीय भएको बताए ।

    उनले मुलुकले साहित्यकारको सम्मान गर्नुपर्ने बर्ताए । “साहित्यकारले आफ्नो सिर्जनाको भरपुर लाभ लिन सक्नुपर्छ,” उनले भने । जुन देशमा साहित्यकारले उपेक्षा भोग्छ, त्यो देश अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । डिसहोम प्रालिका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य देवीप्रसाद भट्टचनले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि लैजानका लागि नेपाली सञ्चारमाध्यमको ठूलो भूमिका रहेको उल्लेख गरे ।

    बाह्रखरी मिडिया प्रालिका अध्यक्ष, वरिष्ठ पत्रकार प्रतीक प्रधानले बाह्रखरी मिडियाले नेपाली साहित्यको क्षेत्रलाई अगाडि बढाउनका लागि कथा लेखन प्रतियोगिता आयोजना गरेको जानकारी दिए । प्रतियोगितामा समावेश भएका आठ सय ४३ प्रतिस्पर्धीमध्ये ‘बुढो लाँकुरीको रूख’ सर्वोत्कृष्ट भएको हो ।

    नेपालसहित विश्वका विभिन्न मुलुकमा बस्ने नेपाली कथाकारले लेखेको आठ सय ४३ कथामध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरी पुस्तक प्रकाशन गरिएको छ । कथा सङ्ग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागिरथी श्रेष्ठ, भाउ पन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समावेश गरिएका छन् ।

    निर्णायक समितिका संयोजक प्रा.डा. सावित्री कक्षपतीले नेपाली कथाको क्षेत्रमा बाह्रखरी मिडियाले कथा प्रतियोगिता गरेर नयाँ कामको सुरुआत गरेको बर्ताए । निर्णायक समितिमा प्राडा कक्षपतिसँगै साहित्कार महेशविक्रम शाह र सुबिन भट्टराई सदस्य रहेका थिए ।

    ]]>
    20242