रोचक दुनियाँ – Page newspali.com|category|amzaing-world|feed| – Newspali https://www.newspali.com Newspali.com Thu, 18 Jan 2024 02:22:23 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 रोचक दुनियाँ – Page newspali.com|category|amzaing-world|feed| – Newspali https://www.newspali.com 32 32 222214484 चितवनमा भेटिए ५३ प्रजातिका चरा https://www.newspali.com/2024/01/20456/ Thu, 18 Jan 2024 02:22:23 +0000 https://www.newspali.com/?p=20456 चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् ।

सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर गत वर्ष नभेटिएका यी चरा पुनः भेटिएका हुन् ।

गणनाका क्रममा पानीहाँस चखेवा तीन हजार छ सय ८७, जलकौवा सानु एक सय आठ, जलकौवा ठूलो पाँच सय ५६ भेटिएका छन् । कूल ५३ प्रजातिका पानी चरा छ हजार पाँच सय ४० वटा भेटिएका हुन् । पानी बाहिरका तीन हजार चार सय ६४ गरी १० हजार चार चरा भेटिएका गिरीले जानकारी दिए ।

सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एशियाका ३५ देशमा प्रत्येक वर्ष अंग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानी चरा गणना गरेको हो । जनवरी ७ देखि हिमालयन नेचरसँगको सहकार्यमा चितवनका लोथर गैडहवा, गैडहवादेखि सौराहा, सौराहादेखि कसरा, तमोर ताल, लामी ताल, बीसहजारी ताल र यससँग सम्बन्धित तालमा चरा गणना गरिएको हो ।

यसैगरी भण्डारा माछा पोखरी, बूढीराप्ती, ढुङ्गरे खोला, पटना ताललगायतका स्थानमा जाडो यामका चरा गणना गरिएको सोसाइटीले जनाएको छ । रासस

]]>
20456
२ इन्च ठूलो आँखा भएको चरा https://www.newspali.com/2023/08/17664/ Wed, 09 Aug 2023 22:17:43 +0000 https://www.newspali.com/?p=17664 एजेन्सी

अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ। यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ।

यो चरा ९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको हुन्छ। यसको अन्डा पाक्न आधा घन्टाभन्दा बढी समय लाग्छ। यसले वर्षमा करिव ५० वटा अन्डा दिन्छ। यो चरा लगभग ७० वर्षसम्म बाँच्छ। यसको दाँत हुँदैन। पाचन शक्ति मजबुत भएका कारण घाँस, कीरा फट्याँग्राहरूलाई यसले सोझै निल्दा पनि राम्रोसँग पचाउँछ।

जंगली अस्ट्रिच अफ्रिकाको सवाना क्षेत्रमा पाइन्छन्। पहिले एसियामा पनि पाइन्थे, तर धेरै सिकारी बढेपछि यहाँका अस्ट्रिच घट्दै गए। अचेल नेपालमा मासुका लागि अस्ट्रिच पाल्ने चलन बढेको छ। यो चराको पँखेटा त हुन्छ, तर उड्नका लागि होइन। यसले दौडँदा सन्तुलन बनाउन पँखेटाको प्रयोग गर्छ। त्यसका साथै नृत्य गर्दा तथा घामबाट बच्न पनि यसले पँखेटाको प्रयोग गर्छ। यो चरालाई पानी खान जरुरत नै पर्दैन। आफूले खाएका घाँसबाट नै पानीको मात्रा यसले पुर्‍याउँछ। यो चरालाई खाएको भोजन पचाउन लगभग ३६ घन्टा लाग्छ।

अस्ट्रिच ५० देखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्छ।  अधिकांश चराको ३ वटा औंला हुन्छन्। तर, यसको खुट्टामा भने दुईवटा मात्रै औंला हुन्छन्। जसले उसलाई छिटो दौडन सहयोग मिल्छ। लगभग ३ किलोमिटर टाढाको वस्तुलाई पनि यसले सजिलै देख्न सक्छ।

]]>
17664
उल्लूको भव्य रुपमा अन्तिम संस्कार https://www.newspali.com/2018/03/4722/ Tue, 06 Mar 2018 09:25:34 +0000 http://rastranews.com/?p=4722 के तपार्इं ले कहिल्यै उल्लू चराको श्राद्ध भएको सुन्नुभएको छ ? उल्लूको अन्तिम संस्कारका बारेमा पनि सुन्नुभएको छैन होला । तर भारतको बिहारमा हालै उल्लूको विधि विधानसहित अन्तिम संस्कार तथा श्राद्ध भएको छ ।

बिहारको सुपौल जिल्लास्थित कर्णपूर गाउँमा हालै एउटा मृतक उल्लूको भव्य रुपमा अन्तिम संस्कार गरियो । त्यस अवसरमा भव्य ब्रम्हाभोज गरी प्रसाद बाँडिएको थियो ।

समाचार अनुसार स्थानीय राधाकृष्ण मन्दिरमा केही दिनअघि एउटा उल्लू घाइते अवस्थामा भेटिएको थियो । गाउँलेहरुले उक्त उल्लूको उपचार त गरे, तर त्यसको ज्यान बचाउन सकेनन् ।

हिन्दु धर्म अनुसार लक्ष्मीको बाहन मानिने उल्लूको विधि विधान सहित अन्तिम संस्कार गर्ने निधो गाउँलेहरुले गरे । त्यसपछि उल्लूको शवलाई पहेँलो वस्त्रले बेरेर राखियो । धेरै मानिसहरु मृतक उल्लूलाई हेर्न पुगे । त्यसपछि मन्दिर नजिकैको क्षेत्रमा उल्लूको अन्तिम संस्कार गरियो ।

त्यसपछि उल्लूको श्राद्धकर्म गर्ने निर्णय पनि गरियो । उल्लूको अन्तिम संस्कार तथा श्राद्धका लागि गाउँलेहरुबाट रकम उठाइएको थियो । उल्लूको श्राद्धसँगै कन्याहरुलई भोजन पनि गराइएको थियो ।

स्मरणरहोस्, यो गाउँ जनावरहरुको अन्तिम संस्कारका लागि चर्चित छ । यसअघि पनि यहाँ धेरै जनावर तथा चराचुरुंगीको अन्तिम संस्कार भैसकेको छ ।

एजेन्सी

स्रोत ः अनलाइनखबर

]]>
4722
पादेको विषयमा विमानभित्रै झडप, त्यसपछि …… https://www.newspali.com/2018/02/4487/ Thu, 22 Feb 2018 02:41:37 +0000 http://rastranews.com/?p=4487 सामान्य विषयमा झडप हुँदा डच एयरलाइन्सको विमान आकस्मिकरुपमा अवतरण गर्नेपरेको छ ।

दुबईबाट एम्सटर्डमका लागि उडेको डच एयरलाइनको जहाज हालै अष्ट्रियाको भियनामा आकस्मिक अवतरण गर्नुको कारण भने निकै रोचक छ ।

मध्य आकाशमा जहाज उडिरहेको बेला एकजना यात्रुले पादेको विषयमा विवाद हुँदा जहाजभित्र झडप भएपछि पाइलटले भियनामा आकस्मिक अवतरण गराउनु परेको हो ।

जहाजका एकजना यात्रुले पादेपछि दुर्गन्ध फैलिएको र सोही विषयमा जहाजभित्र विवाद भएको थियो । विवादले उग्र रुप लिएपछि हात हालाहालको अवस्था आयो ।

ट्रान्सेभिया एयरलाइन्सको एचभी ६९०२ नम्बरको उडानमा नेदरल्याण्डका दुइजना नागरिकले अर्का एकजना यात्रुका विषयमा गुनासो गरे । ती व्यक्तिले पादिरहँदा उनीहरुलाई सहनै नसक्ने गरी गन्हाएछ । पादिरहने व्यक्तिलाई पनि समस्या रहेछ र उनले चाहँदा चाहँदै पनि पाद नियन्त्रण गर्न सकिरहेका थिएनन् ।

तर पटक–पटक त्यसो नगर्न भन्दा पनि उनले पादिरहेपछि अरु यात्रुहरुलाई रिस उठ्यो । यही कारण झगडा पर्यो र पिटापिटको अवस्था आयो । जहाजभित्र झडपकै अवस्था आएपछि पाइलटले भियना विमानस्थलमा जहाजको आकस्मिक अवतरण गरे ।

जहाजको आकस्मिक अवतरण गरी जहाजभित्र झगडा गर्ने ४ यात्रुलाई बाहिर निकालियो ।

एजेन्सी

स्रोत ः अनलाइनखबर

]]>
4487
धनी कुखुरा, जोसँग एक करोड अमेरिकी डलर छ, नपत्याए यो पढ्नुस् https://www.newspali.com/2018/02/4340/ Thu, 15 Feb 2018 10:50:22 +0000 http://rastranews.com/?p=4340 बेलायतमा यस्तो कुखुरा छ, जुन कुखुराको सम्पत्ती एक करोड अमेरिकी डलर रहेको छ । यो कुखुरोको सम्पत्ति कयौँ अमेरिकी नागरिकको भन्दा धेरै रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गिगु नाम गरेको उक्त कुखुराको जीवनशैली पनि कुनै राजाको भन्दा कम छैन् । कुखुरा सुनको ओछ्यानमा सुत्ने, महँगो गाडीमा सवार हुने, भान्छेले पकाएको मीठोमसिनो खाने र नोकरचाकरको स्याहारसुसारमा रहने गर्दछ ।

यस कुखुरालाई कसैले साधारण कुखुरा भनेर काटेर खान सक्दैनन् । किनकि यसको सुरक्षामा बडीगार्डसमेत तैनाथ छन् ।

गिगुको मालिक बेलायतका धनाढ्य माइल्स ब्ल्याकवेल थिए । जसको सन् २००२ मा मृत्यु भइसकेको छ । गिगुको मालिकको मृत्यु भएको तीन साता पछि उनको मालिकनीको पनि मृत्यु भएको थियो ।

मृत्यु अघि नै ति धनाढ्य श्रीमान् श्रीमतीले गिगुको नाममा ट्रस्ट खोलेर सम्पत्ती दान गरेका थिए । त्यही सम्पत्तीमा अहिले गिगु विलासी जीवन बिताइरहेको छ ।

स्रोत ः कामनाज्यूज

]]>
4340
आउदै छ ‘भ्यालेन्टटाइन डे’, यसरी प्रपोज गर्दा खेरा जादैन, आजैदेखि तयारी गर्नुस् https://www.newspali.com/2018/02/4253/ Sun, 11 Feb 2018 07:51:15 +0000 http://rastranews.com/?p=4253 मेष

मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ।

मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे होस्, मेष राशिका लागि आकर्षणको पहिलो केन्द्र सिंह राशिसँग हुन्छ भने लामो समयपछि

मकर र कुम्भसँग हुन्छ। मेष राशिका व्यक्तिहरूले प्रेम प्रस्ताव राख्दा बिहानको समय रोज्नु उपयुक्त हुन्छ। धेरैजसो युवा बेलुकीपख प्रेम प्रस्ताव राख्छन्। यो मेष राशिका लागि लाभदायक हुँदैन। मेष राशि सूर्यसँग सम्बन्धित भएकाले सूर्योदयसँगै प्रेम प्रस्ताव राख्नु उपयुक्त हुन्छ। मन्दिरमा पूजा गर्ने निहुँले भेट्नु दुवैका लागि राम्रो हुन्छ।

सूर्योदयका बेला दुवैजना आ-आफ्नो घरमा हुने भएकाले त्यही बेला भेट्न असम्भव भएको अवस्थामा फेसबुक वा अन्य इलेक्ट्रोनिक्स माध्यमबाट प्रपोज गरे पनि हुन्छ। यो राशि भएका व्यक्तिहरूको लेखाइभन्दा बोली बढी प्रभावकारी हुने भएकाले म्यासेजभन्दा बोलीको प्रयोग गर्नु बढी हितकर मानिन्छ।

मेष राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्दा अनिवार्य रूपमा रातो रङ्गको कुनै एउटा वस्त्र धारण गर्नुपर्छ। भेटमा पूर्व दिशा फर्किएर प्रपोज गर्दा त्यसको प्रभाव बढी हुन्छ। प्रस्ताव राख्दा खाली हातभन्दा गिफ्ट दिनु उपयुक्त हुन्छ। यस्तो उपहारलाई झल्लर भएको कपडाले बेर्नु राम्रो मानिन्छ।

यस्तो उपहार विशेष गरी माटोले बनेका सामग्रीसँगै रातो र पर्पल रंगले रंगिएका अक्षर प्रयोग भएका कार्ड दिनु राम्रो मानिन्छ। मेष राशि भएका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई तेलमा तारेको तथा पोलेर तयार गरिएका परिकारहरू ख्वाउनु उपयुक्त हुन्छ। आफ्ना प्रियजनलाई लिएर डेटिङमा जाने हो भने उज्यालो र एकान्त ठाउँ रोज्दा प्रेममा सफलता प्राप्त हुन्छ। यो राशि भएकाहरूले आफ्नो भ्यालेन्टाइनलाई निधारमा किस गर्नु प्रभावकारी हुन्छ।

वृष

यो राशिका लागि प्रेम गर्न सर्वाधिक उपयुक्त राशि कन्या हो। वृष राशिका व्यक्तिहरूले मिथुन, वृश्चिक तथा मकर राशिका व्यक्तिसँग पनि प्रेमसम्बन्ध अघि बढाउन सक्छन्। वृष राशि भएका व्यक्तिहरूले सूर्य उदय भएको चार घण्टाभित्र प्रेम प्रस्ताव राखिसक्नुपर्छ। प्रेम भैसकेका व्यक्तिहरूले पनि आफ्नो भ्यालेन्टाइनप्रति बिहान ६ बजेदेखि १० बजेभित्रमा प्रेम दर्साउनुपर्छ।

यो राशिका व्यक्तिहरूको बोलीको प्रभाव कम हुने भएकाले प्रत्यक्ष भेट्नुभन्दा विद्युतीय सञ्चारमाध्यममार्फत प्रपोज गर्नु बढी प्रभावकारी हुन्छ। फोनबाट प्रेम प्रस्ताव राख्दा पश्चिम दिशा फर्किएर छोटो-मीठो भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ। प्रपोजपश्चात्को भेटमा प्रेमी वा प्रेमिकाले क्रिम कलरको पहिरन प्रयोग गर्न सक्छन्। यो राशिका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई पशुपन्छीहरूका चित्र वा मूर्ति उपहार दिनु राम्रो हुन्छ।

भ्यालेन्टाइन कार्ड दिँदाचाहिँ चाँदी रंगको वा चाँदीका फ्रेम भएको उपहार प्रदान गर्नु उपयुक्त हुन्छ। रेस्टुराँ जाँदा गोलो आकारका गुलिया परिकार खानु उपयुक्त हुन्छ। यसले प्रेममा विश्वास जागृत गराउँछ। डेटिङ स्पटमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरू उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई माया व्यक्त गर्न बोलीभन्दा बढी व्यवहार प्रदर्शन गर्नु उपयुक्त हुन्छ। किस गर्दा घाँटीको दायाँ-बायाँ गर्न सकिन्छ।

मिथुन

यो राशिको तुला राशिसँगको केमेस्ट्री उत्तम हुन्छ। यद्यपि यो राशिका व्यक्तिहरूको प्रेम धनु, वृष र मिन राशिसँग पनि राम्रो हुने देखिन्छ। मिथुन राशिका व्यक्तिहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा अथवा बेलुकी सूर्य अस्ताएपछि प्रेमप्रस्ताव राख्नु उत्तम हुन्छ। यो राशिका व्यक्तिले हरियो वा नीलो रङ्गका वस्त्रको प्रयोग गरी उत्तर फर्किएर सार्वजनिक रूपमा उद्घोष गर्दै प्रस्ताव राख्नुपर्छ। यो शैलीको प्रस्ताव उनीहरूको भ्यालेन्टाइनले रुचाउने देखिन्छ।

यदि सार्वजनिक रूपमा उद्घोष गर्दै प्रपोज गर्ने मन नभए सार्वजनिक ठाउँमा कुनै चित्रकला देखाएर अथवा कुनै सजावटी सामग्रीको माध्यमबाट पनि प्रपोज गरे सफलता हासिल गर्न सकिन्छ। यो राशिका व्यक्तिहरूको प्रभावकारिता नै सार्वजनिक स्थानमा हुने भएकाले यसो गर्नुपरेको हो। मिथुन राशिका व्यक्तिले उपहार दिँदा चलायमान, आवाज निस्कने, बत्ती बल्ने सामग्री दिए सजिलै आफ्नो भ्यालेन्टाइनलाई प्रभावमा पार्न सकिन्छ।

भ्यालेन्टाइन कार्डचाहिँ रेक्ट्याङगुलर सेपमा नीलो मसीले लेखिएको हरियो कार्ड प्रयोग गर्नु राम्रो हुन्छ। खानेकुरामा पिरो र अमिलो परिकार प्रयोग गर्दा सम्बन्धमा मिठास आउँछ। डेटिङ स्पटका लागि मेला, सिनेमा हलजस्ता भरिभराउ स्थल वा फल फल्ने बगैंचा रोज्नु राम्रो हुन्छ। माया व्यक्त गर्दा दायाँ हातका औंलाहरूमा चुम्बन गर्दा प्रेम प्रगाढ हुन्छ।

कर्कट

केही टेढो चाल चल्ने राशिका रूपमा चिनिने कर्कट राशिका लागि वृश्चिक राशि भएका व्यक्ति सर्वोत्तम हुन सावित हुनसक्छ। त्यसबाहेक मेष र कुम्भ राशि भएका व्यक्तिहरूसँग पनि प्रेम गर्दा फरक पर्दैन। यो राशिका व्यक्तिले सेतो, खैरो अथा नीलो रङ्गको वस्त्र लगाएर पूर्व दिशातर्फ र्फकंदै दुई अर्थ लाग्ने शब्द प्रयोग गरी प्रपोज गरे सकारात्मक उत्तर आउनेछ। उपहार दिँदा पनि अनौठो आकार-प्रकारका जनावरहरूको मूर्ति अथवा अध्ययन सामग्री दिनु राम्रो हुन्छ।

त्यसैगरी क्याल्कुलेटर, मोबाइल वा कम्प्युटर जस्ता उपहार पनि उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले भ्यालेन्टाइन कार्डका रूपमा खैरो गातामा भित्र गाढा रातो अक्षरले धेरै पृष्ठमा धेरै कुरा लेखिएका कार्ड दिनु सर्वोत्तम हुन्छ। खानेकुरामा शाकाहारी भोजनभन्दा मांसाहारी भोजन राम्रो मानिन्छ। डेटिङका लागि तलाउ, पोखरी तथा खोला, नदी वा जनावरहरू भएका स्थानमा जानु उत्तम हुन्छ। चुम्बन गर्ने हो भने टाढैबाट फ्लाइङ किस गर्नु प्रभावकारी हुनसक्छ।

सिंह

यो राशि भएका व्यक्तिका लागि मेष राशिसँगको प्रेम सर्वोत्तम हुन्छ। यद्यपि सिंह राशिका व्यक्तिको प्रेम सिंह राशिकै व्यक्तिसँग पनि सफल हुने देखिन्छ। सिंह राशिका व्यक्तिले प्रेम प्रस्ताव राख्दा मध्यान्ह १२ देखि ३ बजेसम्मको समय छान्नु उपयुक्त हुन्छ। प्रेम प्रस्ताव इमेल वा कुनै पनि इलेक्ट्रोनिक्स डिभाइसको सहायताले गर्नु फलदायी हुन्छ।

यद्यपि इमेल वा सन्देश पठाउन भने १२ देखि ३ बजेबीचको समय नै छान्नुपर्छ। प्रेम प्रस्ताव राख्दा वा लेख्दा गाढा रातो, गाढा नीलो तथा गाढा सुन्तला रङ्गको पहिरन लगाएर दक्षिण दिशा र्फकनु उपयुक्त हुन्छ। भेटेरै प्रस्ताव राख्ने हो भने सैनिकझैं सिधा उभिएर आत्मविश्वासका साथ आँखामा आँखा जुधाएर प्रेमप्रस्ताव राख्नुपर्छ।

उपहार दिँदा शिर ठाडो राखेर दिनुपर्छ। उपहार दिँदा धेरै गोजी भएका, धेरै चेन भएका, धेरै बटम भएका वा धेरै रंग प्रयोग भएका बाक्ला पहिरन छान्नु उत्तम हुन्छ। भ्यालेन्टाइन कार्ड पनि केही फरक हुनु आवश्यक छ। बाहिरी आवरणमा प्वाल तथा गाढा रातो गाता भएको कार्ड प्रयोग गर्नु राम्रो हुन्छ।

भे टघाटपछि खाने परिकारमा चकलेट तथा केकजस्ता गुलिया र कोमल मिठाई खानुपर्छ। भे टघाटका लागि रेस्टुराँका रुफटपमा बस्नु वा अग्लो स्थानमा रहेको प्राकृतिक सौन्दर्यले भरिएका स्थान रोज्नुपर्छ। आफ्नो भ्यालेन्टाइनलाई किस गर्ने हो भने ओठ उपयुक्त अङ्ग हुनसक्छ।

कन्या

कन्या राशि भएका व्यक्ति कोमल हुन्छन्। यस्ता व्यक्तिले वृष राशि भएका व्यक्तिसँग सम्बन्ध बढाउनु राम्रो हुन्छ। कन्या राशिको संगत तुला, धनु तथा मिन राशिसँग हुँदा पनि प्रेमले सफलता पाउँछ। यो राशि भएका व्यक्तिले पे्रमप्रस्ताव राख्दा मध्याह्न ३ देखि साँझ ६ बजेको समय रोज्नु उपयुक्त हुन्छ। चन्द्रमा र बुध ग्रहको प्रभावका कारण यी राशि भएकाहरूले हरियो वा सेतो रङ्गका वस्त्र धारण गर्नु उपयुक्त हुन्छ।

आफूलाई मन पर्ने रङ्गको कपडामा प्रेमका शब्दहरू लेखेर पश्चिम दिशा फर्किएर दिए प्रेम प्रस्ताव स्वीकार हुनसक्छ। उपहारका लागि काठले बनेका सामग्री दिनु प्रभावकारी हुन्छ। भ्यालेन्टाइन कार्ड दिँदा फुलबुट्टाले भरिपूर्ण भएका गातारहित कार्ड रोज्नु राम्रो हुन्छ। पे्रमप्रस्ताव राख्दा कमै बोल्नु उपयुक्त हुन्छ। बोल्नुपर्ने अवस्थामा सकेसम्म पश्चिम दिशातर्फ नै फर्किएको हुनुपर्छ।

आफ्ना प्रेमी वा प्रेमिकालाई डिनर अथवा लन्च गराउने सोच छ भने आफ्नै हातले बनाएको अन्नको परिकार ख्वाउँदा प्रेमले प्रगाढ रूप लिन्छ। डेटिङका लागि फन पार्कजस्ता बालबालिका खेल्ने स्थान रोज्नु राम्रो हुन्छ। समय मिले वा प्रेम स्वीकृत भएको अवस्थामा आफ्नो व्यक्तिलाई गालामा चुम्बन गर्नु राम्रो हुन्छ।

तुला

यो राशिका लागि सर्वाधिक प्रिय राशि मिथुन हो। मेष र मकरसँगको प्रेमसम्बन्ध पनि सकारात्मक रहन्छ। यो राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्ने उत्तम समय साँझ ६ देखि ९ बजेसम्म मानिन्छ। बिहानै पे्रम प्रस्ताव राख्ने हो भने आफ्नो शयन कक्षको पूर्व उत्तर कुनामा फर्किएर म्यासेज वा अन्य विद्यूतीय सञ्चारमाध्यम प्रयोग गर्न सकिन्छ।

प्रेमप्रस्ताव राख्दा सुन्तला वा कलेजी रङ्गका पहिरन लगाए पे्रम सफल हुने सम्भावना बढी हुन्छ। उपहारका लागि अर्धतरल पदार्थबाट बनेका सामग्रीहरू जस्तै स्याम्पो, तेल, क्रिम, लोसन आदि प्रभावकारी हुन्छन्। भ्यालेन्टाइन कार्डका रूपमा सुन्तला तथा कलेजी रंगको खोल एवं मधुरो अक्षरमा लेखिएका अण्डा आकारको कार्ड दिनु राम्रो मानिन्छ।

खानेकुरामा मिक्स आइटमले सजिएका परिकार ख्वाए माया बराबर हुने विश्वास गरिन्छ। यो राशि माथि मंगल ग्रहको प्रभाव रहने हुँदा डेटिङ जाँदा खुला जमिनमा बसेर दुःख सुख साटे आगामी जीवन सुखमय रहनेछ। यो राशिका व्यक्तिले माया व्यक्त गर्दा न्यानो अगालोमा बाँध्नु उपयुक्त हुन्छ।

वृश्चिक

यो राशिका लागि कर्कट राशि उपयुक्त मानिन्छ। यसबाहेक सिंह र कन्या राशि भएका व्यक्तिसँग पनि वृश्चिक राशिको सम्बन्ध गाढा हुन सक्छ। गुलाबी र सेतो रङ्गको पहिरन लगाएर पूर्व दिशामा फर्किएर प्रेम प्रस्ताव राख्नुपर्छ। यो राशि भएका व्यक्तिहरूले कुनै पनि माध्यम प्रयोग नगरी सीधै प्रस्ताव राख्न सक्छन्। प्रेम प्रस्ताव राख्ने समयका हकमा सूर्यास्त बढी प्रभावकारी हुन्छ। उपहारमा मनोरञ्जनका सामग्रीहरू दिनु राम्रो हुन्छ।

भ्यालेन्टाइन कार्डका रूपमा सेलिब्रेटीहरूका तस्बिर छापिएका चम्किला सेता तथा गुलाबी गोलाकार कार्ड प्रयोग गर्दा सकारात्मक रूपमा ग्रहण हुन सक्छ। वृश्चिक राशिमा शुक्र ग्रहको प्रभावका कारण गुलिया पदार्थहरू मह र तरल पर्दाथहरूलाई चाँदीको भाडामा राखेर ख्वाए प्रेमी-प्रेमिकाको सोच सकारात्मक हुनेछ।

डेटिङका रूपमा प्रियजनलाई फिल्महल, कन्सर् ट, पव, डिस्कोजस्ता ठाउँमा लान सकिन्छ। यस्ता स्थानमा जान मन नहुनेले आफ्नो भ्याले न्टाइनसँग गीत गाउने एवं गाउन लगाए सम्बन्धको डोरी बलियो हुन्छ। वृश्चिक राशि भएका व्यक्तिले प्रियजनको दुवै आँखामा चुम्बन गर्नु राम्रो मानिन्छ।

धनु

यो राशि आज्ञाकारी भएकाले कुम्भ राशिसँगको प्रेमसम्बन्ध निकै राम्रो हुन्छ। त्यसबाहेक मेष र सिंह राशि भएका व्यक्तिसँग अफेयर चलाउँदा पनि सकारात्मक परिणाम आउँछ। यस पटकको भ्यालेन्टाइन्स डे बिहिबार परेकाले यो राशिमा बृहस्पति ग्रहको प्रभाव पर्छ। फलस्वरूप यो दिन धनु राशिका व्यक्तिले जुनसुकै राशिका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्दा त्यसको प्रभाव अन्य दिनको तुलनामा बढी हुन्छ।

सूर्य अस्त हुने समयमा दक्षिण दिशातर्फ फर्किएर फोनका माध्यमबाट प्रेम प्रस्ताव राख्नु सबैभन्दा प्रभावकारी हुन्छ। यो समयमा धनु राशिले पहेंलो रंगको कुनै एउटा पहिरन लगाएको हुनुपर्छ। यसरी प्रस्ताव राख्दा फोनलाई दुई हातले समाउनुपर्छ। यदि आफ्नो प्रेमप्रति निकै विश्वास छ भने आफ्नो भ्यालेन्टाइनको दुई हात समाएर झुकेको शीरले प्रेम प्रस्ताव राख्नुपर्छ। बाँस अथवा कागजले बनेका सामग्रीहरू उपहार दिँदा माया बढी प्रगाढ हुनेछ।

यो राशि भएका व्यक्तिले भ्यालेन्टाइन कार्डचाहिँ पहेलो रंगको गातामा रातो थोप्ला भएका त्रिकोण आकारमा रोज्नुपर्ने हुन्छ। प्रपोजपश्चात् शुद्ध साकाहारी त्यसमाथि पनि रस बढी भएका फल दुई हातले ख्वाइदिए आफ्नी भ्यालेन्टाइनको मन कोमल हुन्छ। डेटिङका लागि दूबो भएका बगंैचा तथा पहेंला रङ्गका फूल भएको ठाउँ रोज्नुपर्छ। डेटिङको बेला आफ्नो भ्यालेन्टाइनलाई थप प्रभावित तुल्याउने हो भने शिर अथवा निधारमा चुम्बन गर्न सकिन्छ।

मकर

अस्थिर यो राशिका व्यक्तिका लागि मेष राशिका व्यक्ति सर्वोत्तम मानिन्छन्। त्यसबाहेक कन्या र कर्कट राशिसँगको सम्बन्धले पनि फरक पर्दैन। यो राशि भएका व्यक्तिले प्रपोज गर्दा रातिको समयमा पश्चिम दिशा फर्किएर कुरा घुमाउँदै प्रपोज गरे बोलीको प्रभाव बढ्नेछ। भेटेर प्रपोज गर्ने हो भने कालो अथवा निलो रङ्गको वस्त्र कुइनासम्म ढाकिने गरी धारण गरी प्रपोज गरे त्यो अविस्मरणीय हुनेछ।

यो राशिमाथि शनि ग्रहको राम्रो प्रभाव भएकाले गिफ्टका रूपमा इलेक्ट्रोनिक्स चीजहरू प्रयोग गर्दा बल आफ्नो पोल्टामा पर्न सक्छ। यस्तै भ्यालेन्टाइन कार्डहरूको प्रयोग गर्दा पनि इलेक्ट्रोनिक्समा आधारित बज्ने, बोल्ने खालका कार्डहरू वर्गाकार र आयताकार सेपमा रोज्नुपर्ने हुन्छ। भ्यालेन्टाइनलाई भोजन गराउने हो भने मेसिनबाट तयार भएका परिकारहरू ख्वाउनु राम्रो हुन्छ।

डेटिङका लागि अत्याधुनिक प्रविधि भएका स्थानजस्तै सपिङ्ग मल तथा विदेशका स्थानहरू रोज्नु उचित हुन्छ। कान नजिक चुम्बन गरे पे्रमको स्पर्श संगीत जस्तै हुनेछ।

कुम्भ

अलिकति अल्छी स्वाभाव भएको राशिका रूपमा चिनिने कुम्भ राशिले तुला राशिका व्यक्तिसँग प्रेमसम्बन्ध गाँस्नु सुमधुर हुन्छ। यसबाहेक वृष र कर्कट राशि पनि कुम्भका लागि उपयुक्त हुन्छन्। यो राशि भएका व्यक्तिका लागि प्रपोजको समय राती हो। प्रपोज गर्दा नीलो रङ्गको वस्त्र धारण गरी आफ्नो भ्यालेन्टाइनलाई भेटेरै उत्तर फर्किएर सामान्य तरिकाले दायाँतर्फको कानमा सुटुक्क प्रपोज गरे मायाको गोप्यता रहन्छ।

फागुन महिना कुम्भ राशिका लागि उत्कृष्ट हुने भएकाले भ्यालेन्टाइन डेमा प्रपोज गरे खेर जाँदैन। गिफ्टका रुपमा चारकुने ढुङ्गामा आफ्नो भ्यालेन्टाइनको नाम वा चित्र कोरेर प्रदान गर्न सके भ्याले न्टाइनको आयु वृद्धि हुन्छ। यसैगरी भ्यालेन्टाइन कार्ड किन्दा नीलो रङ्गमा धागो बेरिएको कार्ड किन्नु बुद्धिमानी हुन्छ।

भ्यालेन्टाइन डेको दिन भोजन गराउँदा नन भेज आइटम पोले को, साँधेको रोज्नु नै मायाको असली स्वाद पाउनु बराबार हो। यो राशिका व्यक्तिले डेटिङ्ग स्पट रोज्नुपरे आफ्नो घरदेखि दक्षिण वा उत्तरतर्फ जानुपर्ने हुन्छ। डेटिङमा कपास वा परालबाट तयार गरिएका चकटी वा गुन्द्री रोज्न सके आगामी दिनको यात्रा अटुट रहनेछ। चुम्बन गर्ने अवस्था आए भ्यालेन्टाइनको दायाँतर्फको गालामा सामान्य तरिकाले गर्दा डे टिङको रिजल्ट सकारात्मक रहन्छ।

मीन

सोझो राशिका रूपमा चिनिने मीनको तुलासँग राम्रो सम्बन्धमा गाँसिन सक्छ। त्यसबाहेक मिथुन र कन्यासँगको सम्बन्ध पनि उपयुक्त हुन्छ। बिहान सूर्योदय अघि स्नान गरी पूर्व दिशामा फर्किएर जुनसुकै माध्यमबाट प्रपोज गरे त्यसको महत्व बेग्लै हुन्छ। यदि भेटेरै प्रपोज गर्ने हो भने निधारमा पहेंलो रंगको टीका लगाएर तथा पहेंलो वस्त्र धारण गरी नम्र स्वरमा प्रपोज गरे यो राशिका भ्यालेन्टाइनहरू आकषिर्त हुन्छन्।

गिफ्टका रूपमा देवी -देवताका मूर्ति तथा सुन र तामाले बनेका औंठीहरू दिए दुई धड्कनको सम्बन्धले गति लिनेछ। यसैगरी भ्यालेन्टाइन कार्ड रोज्दा गोलाकार पहेलो रंग बढी प्रयोग भएको रोज्नुपर्ने हुन्छ। यो राशिको व्यक्तिले दूधबाट बनेका खानेकुराहरू जस्तै खीर भोजन गराउन सके प्रेम पवित्र रहनेछ। डेटिङ स्पटका लागि मन्दिरवरिपरिका क्षेत्र जहाँ धारा वा पानीका स्रोतहरू हुन्छन्। एक-अर्काको लाइफ स्टोरी सुनाए सुनमा सुगन्ध हुन्छ। यो राशिका व्यक्तिले डेटिङमा आफ्नो भ्यालेन्टाइनलाई किस गर्नु उपयुक्त मानिँदैन ।

स्रोत ः खबरडबली

 

]]>
4253
अब फेसबुकलाई थाँहा हुनेछ तपाईको आर्थिक हैसियत। कसरी यो पढौं https://www.newspali.com/2018/02/4143/ Mon, 05 Feb 2018 06:42:30 +0000 http://rastranews.com/?p=4143 सामाजिक सञ्जाल फेसबुकले अब प्रयोगकर्ताको आर्थिक अवस्था कुन हैसियतको हो भन्ने कुरा सजिलै बताइदिने भएको छ ।

प्रयोगकर्ताको सामाजिक, आर्थिक अवस्थाबारे बताउने प्रविधि ल्याउने तयारीमा फेसबुक लागेको छ ।

कम्पनीले प्रयोगकर्ता निम्न, मध्यम वा उच्च कुन वर्गका हुन् भनी बताउने प्रविधिका लागि प्याटेण्ट आवेदन दिएको बताइएको छ । फेसबुकले व्यक्तिको शिक्षा, घरजग्गा लगायत सम्पत्तिको स्वामित्व र इन्टरनेट प्रयोगजस्ता व्यक्तिगत तथ्यांक संकलन गरेर उसको सामाजिक आर्थिक स्तरबारे अनुमान गर्ने प्रणाली बनाउन चाहेको प्याटेण्टमा उल्लेख गरिएको छ ।

‘प्रयोगकर्ताको आर्थिक अवस्थाबारे अनुमान लगाएर फेसबुकले थर्ड पार्टीलाई लक्षित प्रयोगकर्तामाझ प्रायोजित कण्टेन्ट प्रस्तुत गर्न सहयोग गर्नेछ,’ प्याटेण्टमा भनिएको छ ।

यसो गर्दा थर्ड पार्टीले आफ्ना उत्पादन र सेवाको प्रबर्द्धन थप प्रभावकारी ढंगले गर्न सक्ने फेसबुकले बताएको छ ।

फेसबुकले सुरुमा प्रयोगकर्तालाई उसको उमेर सोध्ने छ । त्यसपछि उमेरसमूह अनुसारका अन्य प्रश्नहरु पनि सोध्ने छ, जसले उसको आर्थिक हैसियत बताउन मद्दत गर्नेछन् ।

जस्तो कि, २० देखि ३० बर्षको उमेरको मान्छेलाई सोधिने छ, उसले कतिवटा इन्टरनेट डिभाइसहरु प्रयोग गर्छ ? अनि ३० देखि ४० बर्षकोलाई सोधिने छ, उसँग कुनै घरको स्वामित्व छ कि छैन ?

यसबाहेक फेसबुकले प्रयोगकर्ताको यात्रा इतिहास, इन्टरनेट जडित ग्याजेटको स्वामित्व, उसको शिक्षाको अबस्था लगायतका अन्य बिषयहरु पनि ट्रयाक गर्नेछ, जसको मद्दतबाट प्रयोगकर्ताको आर्थिक हैसियत थाहा पाउन सजिलो हुने छ ।

अनौठो के छ भने, फेसबुकले प्रयोगकर्ताको आर्थिक हैसियत थाहा पाउन सिधै तपाईको आम्दानी कति छ भनेर सोध्नेछैन । यस्तो प्रश्न सोध्दा प्रयोगकर्ताले अप्ठेरो महसुस गर्ने र सही जवाफ नदिन सक्ने भन्दै उसले अन्य विधिबाटै आम्दानी अनुमान गर्ने छ ।

यसरी संकलित डाटाका आधारमा फेसबुकले तपाइ निम्न, मध्यम वा उच्च कुन बर्गको हो भनि बर्गिकरण गर्ने छ । यस्तो डाटाका आधारमा उसले बिज्ञापनदाताको प्रचार सामाग्री कसलाई देखाउने भन्ने निक्र्यौल गर्ने छ ।

स्रोत ः डेलिमेल

]]>
4143
विराटनगरका ३१ इन्चका सरदार देशकै होचो भएको दाबी https://www.newspali.com/2018/01/4053/ Wed, 31 Jan 2018 08:35:58 +0000 http://rastranews.com/?p=4053 मोरङ – मोरङ सुन्दरहरैँचा नगरपालिकाले देशकै होची महिला सार्वजनिक गर्दा जिल्लाकै अर्को ठाउँमा देशकै होचो पुरुष भेटिएको दाबी गरिएको छ । विराटनगर १९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन् ।

१३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटे । उनले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु ३ हजार आन्तरिक स्रोतबाट उपलब्ध गराउने गरी प्रदान गर्ने घोषणा गरे।

नेपालमा रहेका र रेकर्ड बनाउने सबै होचा व्यक्तिको निधन भइसकेको छ । प्रमुख पराजुलीले भने, “प्रकाश नेपालका होचा व्यक्ति नहुन पनि सक्छन, हुन पनि सक्छन् तर, यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु महानगरपालिकाको कर्तव्य ठानेका छौँ।” पराजुलीले प्रकाश होचा प्रमाणित भएको अवस्थामा विराटनगरका लागि गौरवको विषय हुने बताए।

नागरिकता प्राप्त गरिसकेका प्रकाशलाई हालै मात्र विराटनगर–१९ वडाका अध्यक्ष बद्रीनारायण सरदारको सहयोगमा भत्ताबापत मासिक रु २ हजार दिने गरी रातो कार्ड बनाइएको छ।

“मैले धेरै ठाउँमा सोधखोज गरेँ तर, प्रकाशको उचाइजस्तो नेपाली नरहेको जानकारी पाएको छु ।” वडाध्यक्ष सरदारले भने । संसारकै होचा चन्द्रबहादुर डाँगी २२ इन्चका थिए। उनकोे निधन भइसकेको छ । खगेन्द्र थापामगर (पोखरा) उचाई २ फिट २६ इन्च थियो । संसारकै होचा कलाकार काठमाडौँका दीपेनको उचाइ ३१ इन्च थियो । उहाँको केही महिनाअघि निधन भएको थियो । “नेपालमा सबैभन्दा होचा व्यक्तिबारे सम्पूर्ण तथ्यांक लिएर हामी प्रकाशको पक्षमा केही गर्छौं” प्रमुख पराजुलीले भने।

प्रकाशका बाबु नकुवाको क्यान्सरले केही वर्षअघि निधन भइसकेको छ । आमा बिमला घरेलु कामदारका रुपमा काम गर्छिन । उनका एक दाइ छन श्यामसुन्दर । प्रकाश विराटनगर–१९ मा स–साना बालबालिकाका साथी बनेर दिनचर्या बिताइरहेका छन् ।

प्रमुख शिवप्रसाद ढकालले सुन्दरहरैँचा–४ निवासी रमेशप्रसाद मुरर ऋषिदेवका १९ वर्षीया छोरी मालती (उचाई ३२ इन्च र वजन १४ किलो) लाई सार्वजनिक गरेका थिए। प्रमुख ढकालले नगरपालिकाबाट मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु २ हजार उपलब्ध गराउने घोषणा गरेका थिए।

]]>
4053
बाँदरलाई जागिर ! https://www.newspali.com/2017/12/3438/ Mon, 25 Dec 2017 07:52:35 +0000 http://rastranews.com/?p=3438 एजेन्सी

भारतको आगरा पुलिस अधिक्षक कार्यालयमा हालै एक ढेँडु बाँदरलाई तैनाथ गरिएको छ । वास्तवमा आगराको कलेक्ट्रेड अफिसमा बाँदरको आतंक निकै बढेको थियो । सोही कारण डिएम, एसएसपी कार्यालयलगायत अन्य कार्यालयको काम पनि प्रभावित भैरहेको थियो ।

बाँदरले अफिसका फाइलसमेत चोर्न थालेको थियो । फलस्वरुप आगराका एसएसपी अमित पाठकले एसएसपी कार्यालयमा लंगूर बाँदर तैथान गर्न आदेश दिए ।

त्यसपछि पुलिस कार्यालयमा एक लंगूर अर्थात् ढेंडुलाई नियुक्ति गरियो र बाँदर भगाउने प्रशिक्षण दिइयो । ढेंगुलाई नियुक्त गरी पुलिस कार्यालयमा तैनाथ गरेपछि त्यहाँ बादर आतंक रोकिएको छ । ढेंडुसँग डराएर त्यहाँ बादर आउन कम भएको छ ।

यसअघि विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलको मूख्यालयमा बाख्रालाई भर्ना गरेर चौरमा पलाएको घाँस खाने जागिर दिइएको समाचार आएको थियो ।

गुगलको कार्यालयमा २ सयवटा बाख्रा कर्मचारी छन् । बाख्राले तलब पाउँछन् । गुगलले आफ्नो कार्यालय परिसरमा रहेको घाँस काट्नका लागि मेसिन प्रयोग गर्दैन किनकि घाँस काट्ने मेसिन प्रयोग गर्दा धुँवा तथा आवाज निस्किन्छ र त्यसले वातावरण प्रदूषित गराउँदछ ।

 

]]>
3438
चराचुरुङ्गीले आत्महत्या गर्ने गाउँ https://www.newspali.com/2017/12/3266/ Fri, 15 Dec 2017 06:35:21 +0000 http://rastranews.com/?p=3266 छिमेकी मुलुक भारतमा एउटा यस्तो गाउँ छ जुन विश्वभरका चरा वैज्ञानिकहरुका लागि समेत रहस्यको केन्द्र बनेको छ । किनकि त्यो गाउँमा बर्सेनि ठूलो संख्यामा चराहरु आत्महत्या गर्न जान्छन् ।

भारतको असाम राज्यको उत्तरी काछारा पहाडी क्षेत्रस्थित जतिंगा गाउँ चराले आत्महत्या गर्ने गाउँको रुपमा परिचित छ । यो एक सुन्दर उपत्यका हो र रंगीचंगी बगैंचाहरुका लागि प्रसिद्ध छ । तर त्यसभन्दा ठूलो प्रसिद्धी चाहिँ चराको आत्महत्याले गराएको छ । यहाँ चराहरुले सामूहिक आत्महत्या गर्दछन् ।

विशेषगरी मनसूनको अवधिका महिनाहरुमा त्यहाँ चराले आत्महत्या गरेको देख्न पाइन्छ । औँशीको रातमा चराहरुले बढी मात्रामा आत्महत्या गर्दछन् । रातको ७ देखि १० बजेसम्म चराको आत्महत्याको दर बढ्ने बताइन्छ ।

अनौठो त के भने त्यहाँ चराले एक्लै होइन, सामूहिक रुपमा आत्महत्या गर्छन् । सबैखाले प्रजाति तथा प्रकारका चराहरुले आत्महत्या गर्ने गर्छन् ।

यहाँ चराहरुले किन आत्महत्या गर्छन् भन्ने कुराको रहस्य अहिलेसम्म पत्ता लागेको छैन । मनसूनको अवधिमा उक्त उपत्यकामा उच्च गतिमा बतास चल्ने भएकाले चराहरु रातको समयमा अत्यधिक वेगको हावाका कारण रुख तथा पर्खालहरुमा ठोक्किएर मर्ने र भुइँमा झर्ने गरेको हुनसक्ने कतिपयको अनुमान छ ।

–एजेन्सी

]]>
3266