न्यूजपाली संवाददाता – Page newspali.com|author|newspali|feed| – Newspali https://www.newspali.com Newspali.com Sat, 02 Aug 2025 17:02:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.7 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 न्यूजपाली संवाददाता – Page newspali.com|author|newspali|feed| – Newspali https://www.newspali.com 32 32 222214484 रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा https://www.newspali.com/2025/08/21567/ Sat, 02 Aug 2025 16:54:52 +0000 https://www.newspali.com/?p=21567 काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्लज्ज व्यक्तिहरुको झुण्डको संज्ञा दिएका छन् । उनले रास्वपाले सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको भनेर चलाएको हस्ताक्षर अभियानको पनि आलोचना गरे ।

उनले रास्वपाले रविले गरेको सहकारी ठगीमाथि पर्दा हाल्ने कोशिस गरिरहेको आरोप लगाए । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले रवि लामिछानेलाई अहिले बाँदर नचाउने काम नगर्न सुझाव दिएका छन् ।

उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगहरुको, भ्रष्टहरुको र अदालतले दण्डित गरेर पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको व्यक्तिको पक्षमा नांगो ढंगले बहस, पैरवी र वकालत गर्दै हिँड्ने निर्लज्ज व्यक्तिहरुको झुण्ड हो । यो झुण्डको बारेमा केही कुरा नगर्नुहोस । अहिले यो झुण्डले सहकारी ठगीमाथि पर्दा हाल्ने कोशिस गरिरहेको छ । ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएर अपचलन भएको रकमको बारेमा, त्यो पैसा फिर्ता गर्नेबारेमा त्यो झुण्ड बचतकर्ताहरुको पक्षमा कहिल्यैपनि उभिँदैन् । निर्लज्जहरुको झुण्डको बारेमा मसँग प्रश्न नगर्नुहोस । मेरो मित्र भएको हिसाले रवि लामिछानेजीलाई भन्न चाहन्छु–अदालतले जुन आदेश दिएको छ, त्यो आदेशको पालना गरेर तपाईं पुर्पक्षमा हुनुहुन्छ, त्यसको विकल्प पनि छैन । बाहिर यो बाँदर नचाउने काम नगर्नुहोस । तपाईंका सेना/मेना यो सहकारी ठगीको कुरालाई ढाकछोप गर्नेगरि, त्यसलाई पर्दा हाल्नेगरि अनावश्यक बचाउमा लाग्नेगरि बाँदर नचाउने काम चाहीँ नगर्नुहोस । अदालतबाट अन्तिम फैसला हुँदा न्याय पाउनुभयो भने कसैले केही भन्दैन ।’

उनले यो विषय अदालतको विषय र आदेशको विषय भएकोले कानूनी शासनको मर्यादाविरुद्ध गतिविधि नगर्न सुझाव दिए । सहकारी ठगीसम्बन्धी बनेको संसदीय समितिले रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको ठहर गरेको उनले स्मरण गराए । उनले रविको पक्षमा एक करोड नागरिकले हस्ताक्षर गरे भनेरपनि भन्न पाईने बताए ।

तर, रास्वपाका मान्छेहरु कांग्रेस र एमालेकोमा रविलाई प्रतिशोध साँधियो भनेर रुँदै कराउँदै हिँडेको पनि थापाको आरोप छ । उनले रास्वपाको हस्ताक्षर अभियानलाई राजनीतिक प्रोपाण्डाको संज्ञा दिए । उनले भने,‘यो हस्ताक्षर अभियानको नाममा उहाँहरुले पार्टीको प्रचार गर्नुभएको छ । त्यो त गरिरहनुहोस न । कुरा के हो भने पृथ्बीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न ।’

]]>
21567
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला https://www.newspali.com/2025/08/21565/ Sat, 02 Aug 2025 16:49:48 +0000 https://www.newspali.com/?p=21565 विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्ने खतरा रहेको चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ४ कार्यसमितिले शनिबार आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा नेता कोइरालाले सो चेतावनी दिएका हुन् ।

उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए ।बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले कांग्रेस बलियो बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने बताए ।

कोइरालाले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न देउवालाई सुझाव दिए ।

‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । मैले सभापतिलाई पटक पटक भने तपाईँ कांग्रेसको मात्रै होइन देशैको नेता हो, तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। तपाईँले बोलाएर भेट्नुस् सबै दलका नेतालाई, उहाँ हुँदैन भन्नुहुन्छ। अहिले हाम्रो गठबन्धन एमालेसँग छ। एमालेसित मात्रै भेट्नुपर्छ। जुन बेला माओवादीसित थियो त्यसबेला माओवादीसित मात्रै भेट्नुपर्छ। ‘

सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’ उनले भने ।

पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको उनको धारणा थियो । कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने कोइरालाले प्रस्ट्याए ।

‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरुमै हुन्छु । जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, सङ्गठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो ।’

जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरुसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । ‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘यसले कांग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरू पार्टीले जितेका स्थानीय, प्रदेश र संघमा कांग्रेस भएको भए त्यहाँ कांग्रेसलाई नै फाइदा हुन्थ्यो । समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरू पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’

]]>
21565
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन https://www.newspali.com/2025/07/21562/ Thu, 31 Jul 2025 04:53:56 +0000 https://www.newspali.com/?p=21562 पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी हुन् ।

उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।

“अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ । विदेशमा जसरी मेहनत गर्छौँ, यदि यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने सोच सकारात्मक छ ।”, उनले भनिन् ।

उनले बगैंचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् । “सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैंचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउनेछ”, उनले भनिन् ।

उनका अनुसार पछिल्ला केही महिनामा सरकारले लगानीको वातावरण बनाउन महत्वपूर्ण कामहरू अघि बढाएको छ । पछिल्लो ६ महिनामा सरकारले गरेको काम प्रशंसायोग्य भएको र पर्यटनलगायतका क्षेत्रलाई अघि बढाउन यस्ता वातावरण बनाउँदै जानुपर्ने विषयमा उनले जोड दिइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैंचा रिर्सोट एण्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे ।

अंशुवरा ग्रुपका चेयरमेन एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बगैंचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गरे ।

उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएको उल्लेख गरे । उनले मन्त्री देउवामार्फत भारत, चीनलगायत देशहरूबाट सिधा उडान र द्विपक्षीय सहकार्यका लागि पहल गर्न अनुरोध गरेका छन् ।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट संचालक सौगात थापाले बगैँचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको बताए । “यहाँको हरेक सामग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ”- उनले भने।

बगैँचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण भएको भनाई उनको छ । आफ्ना बुवा विन्दु कुमार थापाको समर्थन र मार्गदर्शनले नै सपना साकार भएको उल्लेख उनले गरे । अंशुुवरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यवसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको उनले जानकारी गराए ।

बगैँचा रिसोर्ट एण्ड स्पामा १ सय ५० डलर देखि ३ सय ५० डलर सम्मको रुमको व्यवस्था गरिएको छ । जहाँ ३२ वटा कोठा, ४ किसिमका लक्जरी सुइटहरू (स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैँचा सुइट) छन्, सबैमा निजी बाल्कोनीसहित हरियाली दृश्यको अनुभव लिन सकिन्छ ।

रिसोर्टभित्र रहेको ‘टारो पूलसाइड बार’ र ‘मरिच इन्डो–चाइनीज रेष्टुरेण्ट’ तथा ‘उमामी प्यान–एशियन रेष्टुरेण्ट’ ले स्वादमा समेत बहुराष्ट्रिय विविधता ल्याउने बताइएको छ । यहाँ प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्गानिक फार्म बाट ल्याइनेछ ।

बगैँचाको अर्को विशेषता भनेको यसको शून्य प्लास्टिक नीति हो । काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिइएको छ । एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगजस्ता तत्वहरूले यसलाई सांस्कृतिक संरक्षणको जीवित थलो बनाएको छ ।

रिसोर्टमा जलवायु सचेतता अनुरूप वर्षातको पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको छ ।

स्पा सेवामा पारम्परिक नेपाली उपचार विधि, योग अभ्यास, सिङ्गिङ बाउल थेरापी र साउन्ड हेलिङजस्ता ध्यानात्मक कार्यक्रम बगैँचाको विशिष्टता भएको संचालक सौगात थापाले जानकारी दिए । साथै, स्थानीय जडीबुटीबाट तयार पारिएको ‘बगैँचा विशेष चिया’ पाहुनाका लागि एक विशेष अनुभव हुने विश्वास समेत गरिएको छ ।

]]>
21562
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम https://www.newspali.com/2025/07/21560/ Thu, 31 Jul 2025 04:52:26 +0000 https://www.newspali.com/?p=21560 प्रधानमन्त्री पदमा केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गरेको थियो । ओलीको सचिवालयले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च गरेको छ ।

उक्त हेर्दा एक वर्षको अवधिमा ओलीको सचिवालयले भन्दा प्रचण्डको सचिवालयले २ करोड ६ लाख ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको छ ।

प्रचण्डको कार्यकालमा पारिश्रमिकमा २ करोड ४० लाख २६ हजार ८७१ रूपैयाँ खर्च हुँदा ओलीको कार्यकालमा १ करोड ६४ लाख ६० हजार ४७९ रूपैयाँ खर्च भएको छ ।

प्रचण्डका पालामा इन्धनमा ७३ लाख ८१ हजार २७० रूपैयाँ खर्च गरिँदा ओली सचिवालयले एक वर्षमा जम्मा १४ लाख ९८ हजार १८७ रूपैयाँ खर्च गरेको छ ।

]]>
21560
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला https://www.newspali.com/2025/07/21558/ Thu, 31 Jul 2025 04:50:30 +0000 https://www.newspali.com/?p=21558 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीलाई फेरि राजनीतिमा सक्रिय नहुन सुझाव दिएका हुन् । ‘राष्ट्रपति भइसकेको मान्छे पुन: राजनीतिमा सक्रिय हुनुहुँदैन । संविधानमा जेसुकै कुरा उल्लेख भए पनि राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किनु हुँदैन,’ उनले भने ।

नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा पनि आफूले राजनीतिमा नफर्किन सुझाव दिएको बताए । ‘केही समयअघि पूर्वराष्ट्रपति भण्डारीजीसँग मेरो कुराकानी भएको थियो । उक्त भेटमा मैले राजनीतिमा नफर्किँदा राम्रो हुन्छ भनेर सुझाव दिएको थिएँ,’ उनले भने ।

१४ असारमा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको केन्द्रीय कमिटीको बैठकले राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै नवीकरण भइसकेको भनिएको पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वत: निष्क्रिय भएको एमालेले बताएको छ ।

कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन् ।

]]>
21558
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते https://www.newspali.com/2025/07/21554/ Thu, 31 Jul 2025 04:48:35 +0000 https://www.newspali.com/?p=21554 पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । एक शिक्षक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी धादिङ स्थायी वतन भई पोखरा महानगरपालिका–२५, हेम्जा निवासी २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

घाचोकको लस्तीखोला स्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खस्दा तेजबहादुरको मृत्यु भएको  डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।

बंगुर फार्मका लागि डोकोमा दाना लिएर जाँदै गर्दा गुरुङ पहिरोमा परेका थिए। उनी सम्पर्कविहीन भएपछि स्थानीयले खोजी सुरु गरेको थियो । सडकमा माथिबाट खसेको पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।

सोही पहिरोमा परेर घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्।

पोखराबाट मोटरसाइकल चढेर विद्यालयतर्फ जाँदै गर्दा उनलाई पनि पहिरोले भेटेको थियो। स्थानीयले तत्काल उद्धार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याए । अस्पतालमा पोखरेलको उपचार भइरहेको छ।

]]>
21554
अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र https://www.newspali.com/2025/07/21551/ Mon, 28 Jul 2025 17:26:52 +0000 https://www.newspali.com/?p=21551 रूकुम पश्चिमको बाफीकोट गाउँपालिका – ३ नेपानेका २० वर्षीय ओपेन्द्र बोहराको अमेरिकामा गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।

शनिबार राति करिब १० बजेतिर कोठामा आउँदै गर्दा बाटो काट्ने क्रममा बोहरालाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर अस्पतालमा मृत्यु भएको भन्ने खबर अमेरिकाबाट चिनजानका साथीहरूमार्फत् परिवारले पाएका छन् ।

टेक्ससको राजधानी अस्टिनमा उनलाई गाडीले ठक्कर दिएको थियो। ओपेन्द्रले दुई दिन अगाडि मात्रै अमेरिकाको ग्रीन कार्ड पाएको बुझिएको छ ।

रूकुममा छँदा ओपेन्द्रले मोटरसाइकल बनाउने मिस्त्रीको रूपमा काम गर्थे।।

परिवारका तीन बहिनी छोरी मध्ये कान्छीको ५ वर्षअघि मृत्यु भएको, दुई छोरी विवाह गरी गइसकेका हुँदा घरमा मुक्ति बोहराका बुढाबुढी मात्रै बस्दै आएका छन्। उनीहरूका जेठो छोरा पनि अमेरिकामा छन्।

]]>
21551
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद https://www.newspali.com/2025/07/21548/ Mon, 28 Jul 2025 17:22:44 +0000 https://www.newspali.com/?p=21548 पोखरामा मनी चेन्जर र रेष्टरेण्ट व्यवसाय चलाइरहेका तीन जना व्यवसायी अमेरिकी डलर र युरो अवैध कारोबार आरोपमा शनिबार पक्राउ परेका छन् ।

उनीहरूका साथबाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल लेकसाइडमा हिलारी मनी चेन्जर कम्पनी चलाएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा–१९ पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेन्जर चलाएका ४३ वर्षीय खेमराज पौडेल र रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ हाटबजार घर भई रूपन्देही र पोखरामा रेष्टुरेण्ट चलाएका ४५ वर्षीय महुमुद्धिन एम अहमद रहेका छन्।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार मनी चेन्जर सञ्चालकद्वय राजकुमार र खेमराजले रेष्टुरेण्ट सञ्चालक महुमुद्धिनलाई कमिसन लिएर अमेरिकी डलर र युरो बिक्री गरिरहेका थिए।

राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जर कम्पनीले मुद्रा सटही गर्दा प्राप्त विदेशी मुद्रा बैंकिङ कारोबारमार्फत जम्मा गर्नुपर्ने भए पनि अर्को व्यक्तिलाई बिक्री गरिरहेको भेटिएको एसपी ओलियाले बताए ।

‘राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जरले आफ्नै खातामा लगेर विदेशी मुद्रा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘गैरकानूनी रूपमा अर्को व्यक्तिलाई बिक्री गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं।’

पोखराको विरौटामा अवैध कारोबार भएको सूचना पाएपछि उनीहरूका साथबाट अमेरिकी डलर, युरो र नेपाली रूपैयाँ प्रहरीले बरामद गरेको हो।

विदेशी मुद्रा यसरी अवैध कारोबार गर्दा कति कमिसन लिए र महुमुद्धिनले कहाँ लैजान खोजेका थिए भन्नेबारे खुल्न बाँकी रहेको एसपी ओलियाले बताए।

उनीहरूलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि ७ म्याद थपेको छ।

राष्ट्र बैंक ऐन २०५८ विरूद्ध विदेशी मुद्रा कारोबार गरेकाले सोही ऐन अनुसार अनुसन्धान गरेर कारबाही अघि बढाउने एसपी ओलियाले बताए।

]]>
21548
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो https://www.newspali.com/2025/07/21545/ Mon, 28 Jul 2025 17:15:09 +0000 https://www.newspali.com/?p=21545 पोखरा । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सबै सदस्य पोखरामा भेटिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता रहेकामा सबै जना सम्पर्कमा आएका हुन् । माइली छोरी काठमाण्डौमा रहेको पाइएको  थियो ।

पोखरा महानगरपालिका वडा नं. ३०, गगनगौंडाका चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा बसिरहेको बेला उनीहरु भेटिएका हुन् । ‘दुई घरमा बाँडिएर बसेका अवस्थामा भेट्यौँ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले भने – ‘उनीहरुलाई ईलाका प्रहरी कार्यालय शिशुवा लगिँदैछ । त्यहाँ लगिएपछि थप अनुसन्धान अघि बढाइनेछ ।’

सामाजिक भत्ता बुझेपछि आफूहरू मजदुरी काम गर्न पोखरा आएको उनीहरूले बताएका छन् । उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको देखिने प्रहरीको भनाइ छ । एसपी ओलियाका अनुसार उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै ती दुई घरमा डेरा लिएका थिए ।

उनीहरूले स्वेच्छाले नै गाउँ छाडेको बताएका छन् । ‘धेरै बिरामी हुने गर्न थाल्यो, गाउँ पनि मन परेन भनेका छन्’ ओलियाले भने ‘हामी यतै बस्छौं । उता जाँदैनौं भनेका छन् । त्यहाँभन्दा अन्तै बस्ने व्यवस्था मिलाइदिन उनीहरूले आग्रह गरेका छन् ।’

एसपी ओलियाले उनीहरू सिन्धुलीबाट २० हजार रुपैयाँमा गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको पनि बताए । शनिबार नै उनीहरु पोखरा आएर होटलमा बसेका थिए । पोखराको होटल जननीमा आएर तीन वटा कोठा लिएर बसेको र आइतबार नै बाहिरिएको पाइएको छ । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए । भुर्तेलका अनुसार उनीहरू होटलमा ५ हजार रुपैयाँ तिरेर आइतबार अन्यत्र लागेका थिए ।

परिवारकी मुली ५२ वर्षीया उर्मिला हायूको १६ जनाको परिवार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका थिए । जंगलबीच एक्लो घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा उर्मिलासहित उनका ६ छोरा, ५ छोरी, १ बुहारी, १ नाति र १ जना ज्वाइँ हराइरहेको थाहा भएको थियो ।  सिन्धुली र रामेछाप प्रहरीका साथै देशैभर नेपाल प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।

हायू परिवारका १६ जना हराएको समाचार सार्वजनिक भएपछि माइली छोरी सुजाता सम्पर्कमा आएकी थिइन् । सुजाताले आफू काठमाण्डौमा श्रीमानका साथै बस्दै आएको बताएकी थिइन् । एक जना ज्वाईं पोखराकै स्थानीय रहेको उनीहरुले जानकारी दिएका छन् । उक्त परिवारका एक बुहारी भने विदेशमा रहेकी छिन् ।

उर्मिलाका श्रीमान् साने हायूको २ वर्षअघि भीरबाट लडेर निधन भएको थियो । उनको शव समेत जंगलमा कंकाल मात्र भेटिएको थियो । परिवारका सबै सदस्य एकै घरमा बस्दै आएका थिए ।

उनीहरुको घर अन्य छिमेकीको घरभन्दा १०–१५ मिनेटमा पर्छ । छिमेकीले पनि गोठमा रहेको पाडी भोकले कराएपछि मात्रै थाहा पाएर खोजतलास गरेका थिए । त्यसपछि मात्र घटनाबारे प्रहरीले जानकारी पाएको थियो ।

उनीहरुले गाईबस्तु, कुखुरा र सुँगुर समेत पालेका थिए । उनीहरुको घरको खाना बनाएर खाने छाप्रो पनि आगलागी भएको अवस्थामा छ । भान्सामा असरल्ल भाँडावर्तन थिए । अधियाँमा पालेका वस्तुभाउ, कुखुराबाख्राहरु यसै छाडेर हिँडेका थिए । प्रहरी घटनास्थल पुग्दा भोकाएका कुखुरा, बाख्रा कराइरहेका थिए । घरमा कुकुर पनि थियो ।

ठूलो जहानको यो परिवार ऋणमा डुबेको पनि स्थानीयले बताएका छन् । गाउँलेका अनुसार लघु वित्तबाट लिएको करिब ४/५ लाख रुपैयाँ ऋण भएको हुनसक्ने बताइएको प्रहरीको भनाइ छ । यही ऋणका कारण उनीहरू सम्पर्कविहीन भएको हुनसक्ने आशंका गरिएको छ ।

स्थानीयका अनुसार सम्पर्कविहीन हुनुभन्दा केही दिनअघि हायू परिवारका १६ जनाले बुधबार आर्थिक वर्ष ०८१/८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको भत्ता बुझेका थिए । हायू परिवारका सबैले प्रतिमहिना ३ हजार ९ सय ९० का दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका हुन् । हायू समुदायका व्यक्तिलाई सरकारले मासिक ४ हजारका दरले भत्ता प्रदान गर्दै आइरहेको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार गत शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग उक्त परिवारका एक सदस्यले कुराकानी गरिएको पाइएको थियो । बजारबाट उनीहरूको घर जाने ठाउँमा लगेर छाडिदिएको भन्ने कुरा चालकले बताएका थिए । चालकका अनुसार उनीहरू सडकबाट घरतर्फ लागेका थिए ।

उनीहरुसँग मोबाइल रहेको तर सबै मोबाइल स्वीच अफ  गरिएको थियो । अन्तिम लोकेशन रामेछाप देखाइको थियो । सम्पर्कविहीन हुनुअघि किनमेल गरेको देखिनु, भत्ता बुझ्नु, घरमा भएको सुँगुर काटेर खानु र १६ जना नै बेपत्ता हुनुमा अरू कोही तेस्रो व्यक्तिको संलग्नता हुनेभन्दा पनि आफूखुसी नै बेपत्ता भएको हुनसक्ने प्रहरीको बुझाइ थियो ।

प्रहरीले उर्मिला हायूसहित १६ जना बेपत्ताको सूची सोमबार दिउँसो सार्वजनिक गरेको थियो ।

१) ५२ वर्षीया उर्मिला हायू ( घरमुली आमा)

२) २७ वर्षीया कमला हायू (जेठी छोरी)

३) २३ वर्षीया कोमल माया हायू (माइली बुहारी)

४) २२ वर्षीया उषा हायू (छोरी)

५) १९ वर्षीया सुजता हायू (छोरी)  – काठमाण्डौमा श्रीमानका साथै बस्दै आएको खुलासा

६) १८ वर्षीया अस्मिता हायू (छोरी)

७) १२ वर्षीया सान्ता हायु (छोरी)

८) २९ वर्षीय राजु हायू (जेठा छोरा)

९) २४ वर्षीय हिमाल हायू (माइला छोरा)

१०) १६ वर्षीय लालबहादुर हायू (साइँला छोरा)

११) १४ वर्षीय बेगबहादुर हायू (छोरा)

१२) ११ वर्षीय लक्की हायू (छोरा)

१३) १२ वर्षीय सुवर्ण हायू (छोरा)

१४) १० वर्षीया ओमकुमारी हायू (छोरी)

१५) १ वर्षीय अर्जुन हायू (नाति)

१६) ४ वर्षीय रियासा हायू (नातिनी)

]]>
21545
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो https://www.newspali.com/2025/07/21542/ Sun, 27 Jul 2025 17:51:34 +0000 https://www.newspali.com/?p=21542 जग्गा बेच्ने विषयमा वादविवाद भएपछि आफ्नै श्रीमतीलाई मुक्का प्रहरी गरी हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार गत साउन आठ गते भएको घटनाको विषयमा ५८ वर्षीय जङ्गे सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ।

वादविवादकाबीच जङ्गे आवेशमा आई श्रीमती ५३ वर्षीया छुनु भन्ने जमुना नेपाली सार्कीलाई दुई मुक्का प्रहार गरेको र भित्ता तर्फ ठोक्काएको तथा सोही कारणले जमुनाको मृत्यु भएको कास्की प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

साउन ६ गते राती करिब १० बजेको समयमा पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीमा जमुना आफ्नै घरको आफू सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना कास्की प्रहरीमा आयो। लगत्तै घटनाको छानबिन र शङ्कास्पद व्यक्तिहरूलाई निगरानी र सोधपुछमा लागेको प्रहरीले मृतक जमुनाका श्रीमान् जङ्गेलाई नै साउन आठ गते नियन्त्रणमा लियो।

प्रारम्भिक अनुसन्धानका क्रममा खाना खाएपछि एक गिलास मदिरा सेवन गरेका जङ्गेले साउन छ गते श्रीमती जमुनामाथि जाइलागेको तथ्य खुल्यो। जग्गा बेच्ने विषयमा वादविवाद हुँदा जङ्गेले श्रीमतीमाथि दुई मुक्का प्रहार गरेको भित्तातर्फ ठोक्काएको खुलेको कास्की प्रहरीले बताएको छ। जमुनाको शवको ‘पोस्टमार्टम रिपोर्ट’ मा समेत टाउको जबरजस्ती परेको जोडका कारण मृत्यु भएको प्रहरीको भनाइ छ।

घटना लगत्तै जङ्गे आफ्नो घर बाहिर रहेको आफ्नै टिनको टहरामा सुत्न गए। भोलिपल्ट साउन सात गते बिहान उठेर  छिमेकीको घरमा चिया खान गए। त्यतैबाट ठेकेदारलाई भेटेर पैसा लिन भनी सिसुवातर्फ लागे। दिनभर ठेकेदारलाई भेट्न नसकेपछि साँझ घरमा आई खाना बनाए, आफूले खाए तर श्रीमतीको बारेमा कुनै खोजी गरेनन्।

साउन आठ गते पनि बिहान उठेर छिमेकी मामा पर्नेको घरमा गई चिया खाएर ठेकेदारलाई भेट्ने भन्दै पुनः शिसुवातर्फ लागे। घटना भएको तेस्रो दिनसम्म पनि अभियुक्तले आफ्नी श्रीमतीको बारेमा खोजी गरेनन्। उक्त दिन साँझ करिब सवा पाँच बजेको समयमा जङ्गेको घरबाट केही फरक गन्ध आएपछि भने स्थानीयले प्रहरीमा गन्धको बारेमा जानकारी गराए। त्यो बेलासम्म मृत शरीर सडे गलेको अवस्थामा पुगेर दुर्गन्ध फैलिएको थियो।

पक्राउ परेका सार्कीलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी थप अनुसन्धान चलिरहेको छ।

कास्कीकै माछापुच्छ्रे गाउँपालिका–५ रिमान स्थायी घर भएको सार्की दम्पती करिब २० वर्षअघिदेखि पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी शान्ति खहरे टोल स्थित सुकुम्वासी टोलमा अस्थायी छाप्रोमा बस्दै आएको थियो।

करिब ३५ वर्ष अगाडी पहिलो श्रीमतीले एक वर्षको छोरा छोडेर अन्तै विवाह गरेपछि जङ्गेले जमुनासँग दोस्रो विवाह गरेको प्रहरीले बताएको छ। श्रीमानले ज्यामी काम गर्ने र श्रीमतीले घरायसी काम गरेर न्यून स्तरको जीवनयापन गरी उनीहरू बस्दै आएको पनि कास्की प्रहरीले बताएको छ। पहिलो श्रीमतीतर्फको एक मात्र छोरालाई जमुनाले नै पालन पोषण गरी हुर्काएकी थिइन्। छोरा बुहारी भने हाल माछापुच्छ्रे गाउँपालिकाको रिमानमा नै बस्दै आएका छन्।

]]>
21542