अनिल अधिकारी – Page newspali.com|author|anil|feed| – Newspali https://www.newspali.com Newspali.com Wed, 06 Dec 2023 19:01:35 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.5 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 अनिल अधिकारी – Page newspali.com|author|anil|feed| – Newspali https://www.newspali.com 32 32 222214484 तस्करले चोरेका मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता पठाईदियो https://www.newspali.com/2023/12/19988/ Wed, 06 Dec 2023 04:16:24 +0000 https://www.newspali.com/?p=19988 विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

१६ औं र १७ औं शताब्दीका नेपालका पुरातात्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा, महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् । न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरुले कार्यवहाक महावाणिज्यदुत विष्णुप्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याईएका नेपालका पुरातात्विक वस्तुहरु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कार्यवहाक महावाणिज्य दुत गौतमले नेपालको पुरातात्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद व्यक्त गरेका छन । उनले सांस्कृतिक कलाकृतिहरुको अवैध ओसारपसार विरुद्धको लडाईमा सधै साथ रहेको पनि बताए ।

जिल्ला न्यायधिवक्ता ब्रागले आफूहरु पुरातात्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरुको खोजिका लागि सधै सहयोग गर्ने पनि बताए ।

यसअघि महावाणिज्य दुतावासको पहलमा १० औं शताब्दीदेखि १७ औं शताब्दीका १६ वटा पुरातात्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ । प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी महावाणिज्य दुतावासले छिट्टै नेपाल पठाउने बताएको छ ।

]]>
19988
नेपाली समाज टेक्सासको चुनावी सरगर्मी, अध्यक्षमा वाग्ले र सत्यालको उम्मेदवारी दर्ता https://www.newspali.com/2023/11/19784/ Mon, 27 Nov 2023 01:21:12 +0000 https://www.newspali.com/?p=19784 टेक्सास क्षेत्रको अग्रणी सामाजिक संस्था, नेपाली समाज टेक्सासको चुनावी सरगर्मी बढेको छ । एनएसटीको सन् २०२४-२५ कार्यकालका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षमा वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र यसअघि महासचिव भएर काम गरिसकेका कमल सत्यालले उम्मेदवारी दर्ता गरेका हुन् । यस पटक दुई समुह, चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । शनिवार वाग्ले समुहले उम्मेदवारी दर्ता गरेको थियो भने, आइतवार सत्याल समुहले उम्मेदवारी दर्ता गरेको छ ।

निर्वाचन समितिको सचुना अनुसार, वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी र मधुकर खरेलको उम्मेदवारी परेको छ, यस्तै महिला उपाध्यक्षमा सावित्री भण्डारीको एकल उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्षमा बलराम पौडेल र रविन पाठकको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरी महासचिवमा बिजय भुषाल र सन्देश उप्रेतीको उम्मेदवारी परेको छ । यस्तै सचिवमा दुई, कोषाध्यक्षमा दुई, सहकोषाध्यक्षमा दुई, खेल संयोजकमा दुई, महिला संयोजकमा एक, युवा तथा बिद्यार्थी संयोजकमा दुई र कार्यसमिति सदस्यमा ९ जनाको उम्मेदवारी परेको छ ।

नेपाली भाषा, साहित्य, कला सँस्कृतिको संरक्षण र नेपालीहरुको सुख दुखमा एनएसटी उत्कष्ट संस्थाको रुपमा दर्ज छ । भब्य योजना सहित पशुपतिनाथको मन्दिर निमार्णको चरणमा रहेको यो संस्थाले नयाँ पुस्ताका बालबालिकाहरुलाई नेपाली भाषा कक्षा समेत संचालन गरिरहेको छ ।

वर्तमान अध्यक्ष समेत रहेको वाग्लेले न्यूजपालीसँग कुराकानी गर्दै भने, म दोश्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छु, धेरै काम सम्पन्न गर्नुछ, स्वच्छ भावनाका साथ समय दिएर सामाजिक काम गर्ने व्यक्तिहरुलाई सहयोग गर्न म सबैमा हार्दिक अपिल गर्दछु ।

अध्यक्षमा उम्मेदवारी दर्ता गराएका पूर्वमहासचिव सत्यालले न्यूजपालीसँग कुराकानी गर्दै भने, एनएसटीले राम्रो काम गरिरहेको छ, यो हामी सबैको संयुक्त प्रयासबाट सम्भव भएको हो, म महासचि भएर उत्कृष्ट काम गरेको बारे सबैलाई थाहै छ, म नेतृत्वमा आएर यो संस्थाको गरिमा थप उचो बनाउने लक्ष्य लिएको छु ।

नेपाली समाज टेक्सासले केही समयअघि आफ्नो २५ औं बार्षिकोत्सव बिविध कार्यक्रम गरी मनाएको थियो ।

हेर्नुस उम्मेदवारी दर्ता गरेकाहरुको नामावली

]]>
19784
अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गयो https://www.newspali.com/2023/10/19096/ Thu, 26 Oct 2023 03:33:53 +0000 https://www.newspali.com/?p=19096 अमेरिकाको मेनी राज्यको लुइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको छ । स्थानिय प्रहरीका अनुसार कम्तीमा ५० भन्दा बढी घाइते भएका छन् ।

प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ। स्थानिय लुइस्टन प्रहरीले अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान गरेको छ । प्रहरीका अनुसार ४० बर्षका रोर्बट काड हुन् । प्रहरीले सामाजिक संजाल फेसबुक पेजमा सुचना जारी गर्दै उक्त व्यक्ति अतिनै खतरनाक रहेको र सचेत रहन आग्रह गरेको छ ।

प्रहरीले उनलाई पक्राउन गर्न सहयोग गर्न समेत भनेको छ । लुइस्टाउन मेनी राज्यको दोश्रो ठूलो सहरमा पर्दछ । प्रहरीले घटनाबारे छानविन भईरहेको जानकारी दिएको छ।

बुधवार राती भएको उक्त घटनालाई लिएर अमेरिकी राष्टपति जो बाइडेलले चिन्ता व्यक्त गर्दै मेनी राज्यका गर्भनर र कानुन विदहरुसँग कुराकानी गरेका छन् ।

]]>
19096
एनआरएनए महाधिवेशनमा सहभागि हुनेहरुको अन्तिम नामावली प्रकाशित https://www.newspali.com/2023/10/18754/ Wed, 04 Oct 2023 02:40:16 +0000 https://www.newspali.com/?p=18754 गैरआवासीय नेपाली संघको अक्टोबर १७ तारिखदेखी हुने चुनावका लागि निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । यही अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागि हुने ४ हजार २ सय २७ जनाको नामवली प्रकाशित गरिएको छ ।

निर्वाचन अधिकृत यादवप्रसाद ढुङगानाले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार, दावी बिरोधको समयावधि सकिएपछि अन्तिम महाधिवेशनमा सहभाािग हुने मतदाताहरुको नामवली प्रकाशित गरिएको छ ।

निर्वाचन समितिका अनुसार बिभिन्न देशहरुमा ४ हजार २ सय ६ जना प्रतिनिधिहरुको नाम समावेश छ भने प्रत्येक अध्यक्षहरुले मनोनित गरेका ७ जना गरि २१ जना प्रतिनिधिहरुको नामवली प्रकाशित गरिएको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको प्रतिनिधिहरुको अन्तिम नामावली हेर्नुस ।

Voters_list_final_3_oct_2023 ]]>
18754
प्रधानमन्त्री दाहाल र एमसीसी कार्यकारी अधिकृत बीच भेट https://www.newspali.com/2023/10/18708/ Tue, 03 Oct 2023 04:14:27 +0000 https://www.newspali.com/?p=18708 अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहालका बीच भेटघाट भएको छ ।प्रधानमन्त्री दाहाल र कार्यकारी अधिकृत अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको छ।

एमसीसी औपचारिक रुपमा कार्यान्वयनका लागि शुरुवात भएपछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको छ । गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो। अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ।

एमसीसीको ठेक्का प्रक्रियामा विवाद भइरहेको समयमा एमसीसी सिईओ नेपाल आएकी हुन्। ५० करोड डलर अमेरिकी सहायता रहेको एमसीसी परियोजनाले २२ करोड डलरमा ४ सय केभी विद्युत प्रसारणलाइन बनाउने भनेर ठेक्का आह्वान गरेको छ। ३ सय १५ किलोमिटर विद्युत प्रसारण लाइन बनाउन बोलपत्र आह्वान गरे पनि ठेकेदार छनोट गर्न सकेको छैन।

]]>
18708
तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा त्रिपाठी https://www.newspali.com/2023/09/18667/ Sat, 30 Sep 2023 04:23:40 +0000 https://www.newspali.com/?p=18667 तनहुँ जिल्लामा जन्मेर विश्वभर छरिएर रहेका नेपालीहरुले तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेका छन् ।

मूल जन्मथलो तनहुँ भएकाहरुको शुक्रबार भएको भेलाले राजन त्रिपाठीको अध्यक्षतामा आठ महादेशबाट आठ उपाध्यक्ष, तीन सचिव, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष सहित बिभिन्न मुलुकबाट ३० सदस्य रहने गरी कार्यसमिति बनाएको छ ।

यस्तै, १४ जनाको सल्लाहकार समिति समेत बनाइने जानकारी दिइएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा लेख गुरुङ तथा संस्थाको महासचिवमा रविचन्द्र भटराई छन्  । समितिले ६ महिनाभित्र पूर्णता पाउने छ ।

यस्तै, तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा विभिन्न देशमा रहेका तनहुँ समाजका अध्यक्षहरु परिषद्को पदेन सदस्य रहने उल्लेख गरिएको छ । तनहुँमा जन्मेर हुर्केकाहरुलाई समेट्दै मातृभूमी नेपालको बिकास र तनहुँवासीहरुका बीच आपसी ज्ञान, सीप, हस्तान्तरण गर्ने उदेश्यले संस्थाको स्थापना गरिएको जानकारी दिइएको छ ।

जुम मार्फत भएको कार्यक्रममा बिदेशमा रहेर तनहुँ तथा मातृभूमी नेपाललाई संसारभर चिनाउन उलेख्य भूमिका निर्वाह गरेका एनआरएनए अमेरिका पूर्व अध्यक्ष तथा एनआरएनए आइसीसी महासचिव डाक्टर केशव पौडेल, डाक्टर अलिनी पोख्रेल, बेदराज पराजुली, नेम थापा, बिशाल गुरुङ लगायतका व्यक्तित्वहरु सहभागि भएका थिए । तनहुँ समाज अमेरिकाका अध्यक्ष किरण पन्तको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको हालको प्रारम्भिक पदाधिकारीहरू यस प्रकार छ

President: Rajan Tripathi

Senior VP: Lekh Gurung

General Secretary: Rabi Chandra Bhattarai

VP: Deepak Khadka

VP: Rajan Adhikari

VP: Dinesh Joshi

VP: Parashuram Adhikari

VP: Rajan Jung Shahi

VP: Surendra Pradhan

VP: Ananta Raj Subedi

Secretary: Ramesh Pokhrel

Secretary: Surendra Laudari

Secretary: Padam Giri

Treasure: Kapil Wagle

Joint Treasure: Mira Poudel

Members:

Binu Basnet

Shiva Gautam

Deepak Mahat

Gobina Adhikari

Uddhab GC

Raj Gurung

Tel Gurung Hongkong

Suman Raj Naharki

Deepak Rana Magar

Krish Sunar

Resham Shrestha

Nabraj BK

Minraj Wagle

Santosh Regmi

Nita Adhikari

Lila Bhattarai

Narayan Shrestha

Ramesh Kafle

Ram Sapkota

Kul Prasad Regmi

Bishnu Prasad Giri

Sarita Baniya Basnet

Durga Adhikari

Praveen KC

Prakash Rana

Buddhi Kunwar

Ramjibi Panta

Santosh Kaji Thapa

Gobina Subedi

Anil Godar

Advisors:

Alini Subedi Pokhrel

Ambir Raj Joshi

Bachhu Kailash Kaini

Dilli Poudel

Kareem Bakhsh Miya

Keshab Poudel

Mohan Gurung

Narayan Ghimire

Nem Thapa Magar

Premraja Mahat

Rohit Gurung

Sukra Shrestha

Surendra Khadka

Tank Poudel

]]>
18667
नेपाली समाज टेक्सासले २५ औं बार्षिकोत्सव भब्य कार्यक्रम गरी मनाउँदै https://www.newspali.com/2023/09/18656/ Sat, 30 Sep 2023 03:55:31 +0000 https://www.newspali.com/?p=18656 नेपाली समाज टेक्सासले भोली शनिवार आफ्नो २५ औं बार्षिकोत्सव बिविध कार्यक्रम गरी मनाउँदैछ । टेक्सासस्थित पशुपतिनाथ मन्दिर प्राङगणमा एनएसटीले २५ औं बार्षिकोत्सव भब्य कार्यक्रम गरी मनाउन लागेको हो ।

टेक्सास क्षेत्रको अग्रणी सामाजिक संस्था एनएसटीले भोली बिहान ठिक १० बजेदखी बिभिन्न कार्यक्रम गर्नेछ । संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार बिहान १० बजेदखी १२ बजे सम्म बिविध साँस्कृति कार्यक्रम हुनेछ । यस्तै संस्थाको बृहत्तर हितमा काम गरिसकेकाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यसबीचमा एनएसटीले संचालन गरेका बिभिन्न कक्षाका शिक्षकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम राखिएको छ । भने स्थानिय मगर समुदायले बिशेष साँस्कृतिक कार्यक्रम देखाउने जनाइएको छ । यसैगरी संस्थाका पूर्वअध्यक्षहरुको हातबाट संस्थाको गतिविधि समेटिएको पुस्तक समेत बिमोचन गर्ने कार्यक्रम छ ।

संस्थाका कार्यसमिति सदस्य बिजय भुसालले ठिक १२:३० बजे बजे साँस्कृतिक झाँकी शुरु हुने जानकारी दिएका छन् । झाँकीमा स्थानिय संघ सस्थाका प्रतिनिधि तथा नेपाली समुदायका मानिसहरु बिभिन्न भेषभुषामा सहभागि हुनेछन् ।

२ बजे सम्म जारी रहने झाँकीपछी २:३० बजे बजेबाट अनेसास डालससँगको सहकार्यमा गजल महफिल हुनेछ । कार्यक्रममा स्थानिय मेयर लगायत बिभिन्न विशिष्ठ व्यक्तित्वहरु सहभागि हुने जानकारी दिईएको छ ।

तल हेर्नुस कार्यतालिका ।

]]>
18656
एनआरएनए आइसीसीमा श्रेष्ठ समुहबाट राजन त्रिपाठी उपाध्यक्षमा पक्का https://www.newspali.com/2023/09/18653/ Sat, 30 Sep 2023 02:56:07 +0000 https://www.newspali.com/?p=18653 गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा वर्तमान कार्यसमिति सचिव राजन त्रिपाठी उपाध्यक्ष उम्मेदवार पक्का भएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका महेश श्रेष्ठको टिमबाट त्रिपाठीले उपाध्यक्षको टिकट पक्का गरेका हुन् ।

वर्तमान सचिव त्रिपाठी यसअघिनै उपाध्यक्षमा उठने बताउँदै आएका थिए । तर श्रेष्ठ समुहबाट हालका कोषाध्यक्ष सुनिल शाह या त्रिपाठी मध्ये एकले उपाध्यक्षमा टिकट पाउने सम्भावना थियो ।

एक कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव रहेर काम गरिसकेका त्रिपाठीले न्यूजपालीसँग भने, म समग्र प्रवासी नेपालीको हक हित र संस्थाको संस्थागत बिकासका लागि काम गर्नेछु । अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक (आरसी) तथा आइसीसी सदस्य समेत भएर काम गरिसकेका त्रिपाठी नेपाली कांग्रेस निकट मानिन्छन् ।

श्रोतका अनुसार श्रेष्ठको टिमबाट त्रिपाठीले उपाध्यक्षमा टिकट हात पारेपछि सुनिल शाहलाई पुन कोषाध्यक्षमा उम्मेदवारी दिन आग्रह गरिएको छ । तर उनि श्रेष्ठको समुहबाट उपाध्यक्षमा टिकट नपाएमा बद्रि केसीको टिमबाट चुनाव लड्ने पक्का छ । एनसीसी अमेरिकाको अध्यक्ष रहिसकेका शाह, श्रेष्ठ समुहबाट उपाध्यक्षमा चुनाव लड्न चाहन्थे ।

]]>
18653
आज देशभर संविधान दिवस मनाइँदै https://www.newspali.com/2023/09/18469/ Wed, 20 Sep 2023 03:23:42 +0000 https://www.newspali.com/?p=18469 आज संविधान दिवस २०८०, विभिन्न कार्यक्रम गरी उत्सवका साथ मनाइँदैछ । आजकै दिन २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’  भएको घोषणा भएको थियो ।

यस अवसरमा सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संघियता, धर्म निरपेक्षता, समाजवादोन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था प्राप्त भएको छ ।

यसैबीच संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले सबै प्रकारका विभेदलाई अन्त्य गरेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले भने, ‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता युक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने लक्ष्य राखेको धारण व्यक्त गरेका छन् ।

राष्ट्रपतिले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गरेका छन्।

]]>
18469
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव गुटरेका बीच भेटघाट https://www.newspali.com/2023/09/18440/ Mon, 18 Sep 2023 03:11:53 +0000 https://www.newspali.com/?p=18440 प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेका बीच भेटघाट भएको छ । राष्ट्रसंघको ७८ औं महासभा बैठकमा सहभागि हुन आएका प्रधानमन्त्री दाहाल र महासचिव गुटरेका बीच आइतबार न्यूयोर्क समय अनुसार साँझ सात बजेपछी भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र गुटरेकाबीच विश्व शान्ती, बिकास र समृद्धिका बारेमा कुराकानी भएको नेपालका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले जानकारी दिए । भेटमा गुटरेले दाहालसँग नेपालको बिकासका बारेमा समेत चासो राखेको बताइन्छ ।

राष्ट्रसंघको महासभा बैठकमा सहभागि हुन न्यूयोर्क आईपुगेका प्रधानमन्त्री दाहालले आइतवार नेपाली समुदायका प्रतिनिधि र पार्टी निकटका व्यक्तिहरुसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री दाहालले महासंघको बैठकका क्रममा उच्चस्तरिय सम्बोधन गर्ने कार्यक्रम छ भने दाहाल अमेरिकी राष्ट्रपति जो बाइडेनले सभामा सहभागि हुन आएका बिभिन्न देशका प्रमुखहरुको स्वागतमा आयोजना हुने रात्री भोजमा समेत सहभागि हुने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल राष्ट्रसंघको सभालाई सम्बोधन गरेपछी छिमेकी देश चीन जाने कार्यक्रम रहेको छ ।

]]>
18440