अमेरिका । बुढा पाकाले जस्तो देश उस्तै भेष भन्ने उखान केही सोचेरै बनाएका थिए होला । कुरा जोड्न खोजिएको यहाँ अमेरिकामा अंग्रेजी नामबाट परिचित नेपालीहरुको हो । तपाई यदी अमेरिकामा घुम्न आउनु भएको छ, र कफि पसलमा कफि अडर गर्न जानु भयो भने क्यासियरले तपाईको अडर लिएपछि नाम सोध्छ, यदी तपाईको नाम अमेरिकन छैन भने, त्यो क्यासियरले ३ पल्ट नाम सोध्छ । यस्तै झमेला र लफडाका कारण हुन सक्छ अमेरिकामा रहेका नेपालीहरुले कानुनी रुपमा परिर्वतन नगरेको भएपनि बोलाउँदा, बोलिचालीको भाषामा आफ्नो नाम अंग्रेजीमा राख्ने गरेका छन्, अर्थात अमेरिकामा बुझिने नाम राखेका छन् ।
अर्को तर्फ यहाँ रहेका केही गैरआवासीय नेपालीहरुले अमेरिकाको नागरिकता लिने क्रममा पनि नाम परिर्वतन गर्ने गरेको पनि पाइन्छ । यसरी कानुनी रुपमै नाम परिर्वतन गर्नेहरु थोरै संख्यामा छन्, तर कामकाजमा भने अधिकाशं नेपालीहरुले आफुलाई अमेरिकन नामबाट चिनाउन चाहन्छन् । यसो त यो सबैमा लागु हुन्न् । गैरआवासीय नेपालीहरुले कामको सहजताका लागि यसरी सहज र अमेरिकामा सबैले बुझ्ने नाम राख्ने गरेको प्रतिकृया दिए । हामीले समाजमा केही फराकिलो परिचय बनाएकाहरुलाई यहाँ उदाहरणका रुपमा प्रस्तुत गरेका छौं । उदाहरणका लागि अमेरिकाको तल्लो सदनका सांसद ‘ह्यारी’ भण्डारीको नेपाली नाम हिराबहादुर भण्डारी थियो । उनले अमेरिकामा आएपछि आफ्नो नाम कानुनी रुपमै परिर्वतन गरे । उनि अहिले अमेरिकामा ह्यारी भण्डारीको नामबाट परिचित छन् ।
टाउन अफ इन्डियन हेड मेरिल्याण्डका डेपुटी मेयर किरण सिटौलालाई यहाँ ‘रन’ भनेर चिनिन्छ । उनले कानुनी रुपमा परिर्वतन भने गरेका छैनन्, तर उनलाई, उनको कार्यलयमा र अमेरिकन साथीहरुले रन भनेर बोलाउँछन् । उनले किरण नामबाटै चिनिन धेरै कोशिस गरे तर, धेरै कोशिस गर्दा पनि अमेरिकनहरुले रन भनेरै बोलाएपछि उनले अहिले कार्यलय र अमेरिकन साथीहरुसँग रन भनेर परिचय गर्छन् ।
यस्तै जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदीको अंग्रेजी नाम बेन हो । उनले अमेरिकनहरुसँग कुराकानी गर्दा वा सहकर्मीहरुसँग कुराकानी गर्दा आफुलाई बेन भनेर चिनाउँछन् । जसका कारण काममा सहज हुने उनको भनाई छ ।
यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव राजन त्रिपाठीले काममा र व्यवसायमा आफुलाई ‘राज’ भनेर चिनाउँछन् । त्रिपाठीले न्यूजपालीसँग भने, अमेरिकन साथीहरुसँग कुरा गर्दा होस या व्यापारीहरुसँग कुरा गर्दा होस, सहज हुने भएकाले आफ्नै नामलाई छोटो बनाएर राज भन्ने गरेको छु ।
कामको सहजताका लागि सहकर्मी तथा अमेरिकन साथीहरुलाई अमेरिकामा रहेका नेपालीहरुले अमेरिकन नामबाट परिचय गर्ने गरेका छन् । सामान्य कफि पसलमा कफि किन्दा नेपाली नाम भन्यो भने झुक्किने भएकाले हुन सक्छ उनिहरुले आफुलाई अमेरिकन नामबाट पनि परिचय गर्ने गरेका छन् ।
यस्तै नेपालमै स्थापित नाम बनाएका, पत्रकार बिजय घिमिरेले अमेरिकनसँग कुराकानी गर्दा होस या कामका शिलशिलामा होस उनले आफुलाई ‘बिजे’ भनेर चिनाँछन् । मैले पुरै नाम बिजय भन्यो भने अमेरिकनहरु झुकिन्छन् । यसैले मैले बिजे भन्ने गरेको छु । उनले पनि कानुनी रुपमा नाम भने परिर्वतन गरेका छैनन् ।
यस्तै पत्रकार तथा हिमालय खबरका प्रवन्ध सम्पादक बिकासराज न्यौपानेले अमेरिकनहरुलाई ‘एलेक्स’ भनेर चिनाउँछन् । उनको अमेरिकन नाम ‘एलेक्स’ हो । न्यौपाने भन्छन्, बिकास भन्यो भने कफि अडर गर्दा ४ पल्ट नाम सोध्छन्, भुकिन्छन् । यसैले मैले एलेक्स भन्छु् । उनको नाम पनि कानुनी रुपमा बिकासराज न्यौपानेनै हो ।
यस्तै नेपालमा लामो समय राजनीतिमा कृयाशिल हाल एनआरएनए अमेरिकाको निर्वाचन समितिका सदस्य रहेका खड्क उप्रेतीको अमेरिकन नाम ‘पिटर’ हो । उनले पनि कानुनी रुपमा कहिँ कतै नाम परिर्वतन गरेका छैनन्, तर अमेरिकनसँग काम गर्दा उनले आफुलाई ‘पिटर’ भनेर चिनाउँछन् । सहकर्मीहरुलाई खड्क भन्यो भने, काड्क भन्छन, यसैले मैले पिटर भनेर परिचय गर्छु ।
यसो त अमेरिकामा विश्वभरका १ सय ९६ मुलुकका मानिसहरु बस्दछन् । चिनिया अमेरिकनहरुको नाम सबै भन्दा अप्ठ्यारो मानिन्छ । यस्तै जापनिजहरुको नाम पनि अलिक अप्ठ्यारोनै हुन्छ । कामको सहजताका लागि हुन सक्छ यसरी नेपालीहरु अमेरिकामा अमेरिकन नामबाट पनि परिचित छन् ।
भर्खरै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं