अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको प्रवक्तामा डाक्टर राजन पन्त नियुक्त भएका छन् । आइतवारको कार्यसमिति बैठकले अध्यक्ष अर्जुन बन्जाडेको प्रस्तावमा पन्तलाई प्रवक्तामा अनुमोदन गरेको हो । एनसीसी अमेरिका अध्यक्ष डाक्टर बन्जाडेले पन्तलाई प्रवक्तामा नियुक्त गरेर बैठकमा जानकारी गराएका थिए । बिद्यान अनुसार अध्यक्षले प्रवक्ता नियुक्त गर्न पाउँछन् । पन्त संस्थालाई बुझेका व्यक्तिका रुपमा मानिन्छन् ।
प्रवक्ता पन्त ६ बर्षअघि एनसीसीको सल्लाहकार थिए भने, उनिसँग मेम्बरसिप भेरिफिकेशन कमिटिको चेयर भएर काम गरेको अनुभव समेत छ । नेपालमा रहँदा प्रजातान्त्रिक बिद्यार्थी आन्दोलनमा सकृय रहेर काम गरेका पन्तले सरकारी नियुक्ती अन्र्तगत शिक्षा मन्त्रालयको अनौपचारिक शिक्षा कार्यक्रमको संयोजक भएर काम गरेका थिए ।
प्रवक्ता पन्तले यूएसआईडी, एनजिओमा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव समेत संगालेका छन् । २४ बर्षदेखी अमेरिकामा रहेका पन्त समाज शास्त्रका प्रोफेसर हुन् । नेपालमा गोर्खा घर भएका पन्तका एक श्रीमति र एक छोरी छन् । प्रवक्ता पन्त एनसीसी अध्यक्ष डाक्टर बन्जाडे निकट मानिन्छन् ।
भर्खरै
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं