आजको पत्रिकाः चार वर्षमा ४ हजार ४०० सय मेगावाट बिजुली थपिँदै

आजको पत्रिकाः चार वर्षमा ४ हजार ४०० सय मेगावाट बिजुली थपिँदै

Electricity-bijuli-no-loadsedding

१९ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर समाचार छापेका छन् । दोस्रो चरणको चुनाव र सो चुनावसँग सम्वन्धित समाचारहरुसँगै बम विस्फोटमा कांग्रेस नेता गगन थापा घाइते भएको समाचार धेरैको प्राथमिकतामा परेको छ ।

तर नयाँ पत्रिका दैनिकले चार वर्षमा चार हजार चार सय मेगावाट बिजुली थपिन लागेको समाचारलाई पहिलो प्राथमिकता दिएर छापेको छ ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ । प्राधिकरणले ४७७ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ । निजी क्षेत्रबाट ४४१ मेगावाट विद्युत उत्पादन भइरहेको छ । भारतबाट प्राधिकरणले ३११ मेगावाट विद्युत आयात गरिरहेको छ ।

साथै ४८ घण्टे मौन अवधि सुरु, स्थानीय सरकार अझै सक्रिय हुन सकेन, बाग्लुङमा मतपेटिकाको कुरुवा दिउँसो महिला र राति पुरुष, शीर्षकका समाचार पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छन् ।

बम आक्रमण नरोकिनुका सात कारण

कान्तिपुर दैनिकले राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दावी गरे पनि श्रृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको समाचार लेखेको छ । समाचारमा लेखिएको छ- शुक्रबारयताका चार दिनमा मात्रै राजधानीमा झण्डै एक दर्जन विस्फोट भएका छन् । कडा सुरक्षा जाँचबीच कहाँबाट विस्फोटक पदार्थ भित्रिरहेको छ भन्ने प्रश्नसमेत टड्कारो भएको छ ।

कान्तिपुरले बम आक्रमण नरोकिनुका सात कारण पनि लेखेको छ । जसमा गुप्तचर संयन्त्र फितलो हुनुलाई पहिलो कारण मानिएको छ । साथै सुरक्षा निकायबीचको समन्वय कमजोर हुनु, पहिलो चरणमा धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइनु, जाँच र खानतलासी प्रभावकारी नहुनु, विस्फोट पदार्थ पहिलेदेखि नै काठमाडौंमा हुनु, विस्फोटमा भाडाका अपराधी प्रयोग हुनु र विप्लव समूहलाई हेर्ने प्रस्ट सरकारी दृष्टिकोण नहुनुलाई पनि थप कारण रहेको समाचारमा उल्लेख छ ।

कान्तिपुरका भित्री पृष्ठहरुमा जिल्लाहरुमा एकीकृत सुरक्षा परिचालन भएको, प्रदेश १ मा २४ हजार सुरक्षाकर्मी खटाइएको लगायतका समाचारहरु पनि छन् ।

साना हतियार सुरक्षा चुनौती

नागरिक दैनिकले ‘सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण’ शीर्षकमा गगन थापालाई लक्षित गरी बम विस्फोट गराइएको विषयलाई मुख्य समाचार छापेको छ ।

साथै साना हतियारले बाँके जिल्लामा सुरक्षा चुनौती थपेको अर्को समाचार पनि छ । समाचारमा लेखिएको छ, ‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भारतीय सीमासँग जोडिएको बाँकेको सीमा क्षेत्रमा साना हतियार सुरक्षाका लागि चुनौती बनेको छ । खुला सीमाका कारण जुनसुकै नाकाबाट सहज रुपमा आवतजावतले जिल्लामा पेस्तोल जस्ता साना हतियार सुरक्षामा समस्या बनेको हो ।

उपत्यकामा बम आतंक

यसैगरी अन्नपूर्ण पोष्ट दैनिकले उपत्यकामा बम आतंक भएको समाचार लेखेको छ ।

समाचारमा सोमबार बुढानिलकण्ठ नगरपालिकाको चपलीमा गगन थापा लक्षित आक्रमण भएको, सोमबार नै लाजिम्पाटस्थित एभरेष्ट बैंक अगाडि राखिएको बम सेनाले किष्कृय पारेको, बनस्थली एकलटारस्थित पूर्वमन्त्री जीवनबहादुर शाहीको निवासअगाडि अज्ञात समूहले बम राखेको, ललितपुरको च्यानडाँडा जंगलमा बम भेटिएको लगायतका सन्दर्भहरु उल्लेख छन् । यी घटनाहरुमा विप्लव समूहको संलग्नता रहेको अनुमान गरिएको छ ।

भिसा शुल्कमा एकरुपता ल्याउन अमेरिकी प्रस्ताव

अन्नपूर्णमै ‘भिसा शुल्कमा एकरुपता ल्याउन अमेरिकी प्रस्ताव’ शीर्षकमा अर्को समाचार छ । जसमा नेपाललाई आफ्ना नागरिकप्रति अवलम्वन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको उल्लेख छ । दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा शुल्क र अवधिमा एकरुपमा ल्याउन प्रस्तावसहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ ।

अमेरिकामा एक वर्षमा १ सय ८० दिन बस्न पाउने प्रावधान छ भने नेपाललमा बढीमा १ सय ५० दिन मात्र पर्यटक बस्न पाउँछन् ।

‘नेपालले अमेरिकी नागरिकलाई भिसा जारी गर्दा थोरै अवधिका लागि गर्ने तर शुल्क भने बढी तिर्नुपरेको भन्दै दूतावासले अवधि र शुल्कमा एकरुपता कायम गर्न प्रस्ताव गरेको हो,’ समाचारमा लेखिएको छ, ‘आफ्नो प्रस्ताव नेपालले अस्वीकार गरे जनवरी २ देखि नेपालीलाई समेत थोरै समयको भिसा दिने तयारी अमेरिकाले गरेको स्रोतले बताएको छ ।’

माघ १५ भित्रै नयाँ सरकार

गोरखापत्र दैनिकले ‘माघ १५ भित्रै बन्नेछ नयाँ सरकार’ शीर्षकको समाचारलाई एंकर समाचार बनाएर छापेको छ ।

सम्पूर्ण निर्वाचन परिणाम आएको ३५ दिनभित्र नयाँ सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पनि ढिलामा माघ १५ भित्र नयाँ सरकार गठन हुने उल्लेख छ ।

समाचारमा लेखिएको छ, ‘मंसिर २१ मा निर्वाचन सम्पन्न भएसँगै बढीमा पुस १० गतेभित्र सम्पूर्ण मत परिणाम आइसक्ने निर्वाचन आयोगको आकलन छ । पुस १० भित्र मत परिणाम आइसके संवैधानिक प्रावधानअनुसार पनि ढिलामा माघ १५ भित्र नयाँ सरकार गठन भइसक्ने छ ।

राजधानी दैनिकले ‘संघ र प्रदेशको मतगणना एकसाथ’ हुने र ५५० प्रदेश सांसद चुनिने समय अब दुई दिनमात्र बाँकी रहँदा पनि बैठकस्थल र प्रदेशम प्रमुख अझै अन्योलमा रहेको समाचार छापेको छ ।

स्रोत ः अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀