हस्पिटल पुग्नेबित्तिकै डाक्टर नर्स देखेर आधा रोग सञ्चो हुन्छ भन्छन् तर …

हस्पिटल पुग्नेबित्तिकै डाक्टर नर्स देखेर आधा रोग सञ्चो हुन्छ भन्छन् तर …

om-hospital
  • जमुना वर्षा शर्मा

दशैं सकियो। दशैका कति ‘भाइब्स’ भने ताजै छन्। मान्छेको जातै यस्तै सम्झिनु पर्ने कुरालाई विर्सदै जान्छ। विर्सिदा राम्रो हुने कुरा मनमा लिइरहन्छ। म पनि कसरी टाढा रहन सक्छु, यो मानवीय स्वभावबाट। दशैको शुभसाइतमा सासु ससुरा र मामा माइजुको हातबाट टिका ग्रहण गरेसँगै माइति आमाको हातबाट टिका ग्रहण गर्न मन निकै हतारिएको थियो। त्यसैकालागि हाम्रो यात्रा तय भयो। भरतपोखरीबाट पोखरा आउँदै गर्दा श्रीमान ज्यूको मोटरसाइकलमा समस्या देखियो।

अर्को स्कुटर खोजेर साझँ ४.३० मा पोखराबाट बागलुङ्ग तर्फ हामी चार जना दुई स्कुटरमा गुड्यौ। बाबा र छोरा एउटा स्कुटर र अर्कोमा हामी आमा छोरी थियौ। यात्रा अघि बढ्यो। हामी सँग सँगै थियौ। लुकिङ्ग ग्लासबाट एक अर्काको दुरी नियालिरहेका थियौ। याम्दि पुल नजिकै पुगेपछि मैले बाबा छोराको स्कुटर आएको देखिन। छोरीलाई पछाडि फर्केर हेर्न भने। उनले बाबा र भाइको स्कुटर एक्सिडेन्ट भएको भन्दै चिच्याइन्। म स्कुटर रोकेर एक्सिडेन्ट भएको ठाउँमा पुगे।

हाम्रो दुरी झण्डै ३५ मिटर जतिको थियो। ट्याक्सीले ओभर टेक गर्दा स्कुटर पल्टिएको रहेछ। ८ वर्षिय छोरा प्राञ्जलको टाउको अघि धरासिएर चोट लागेको थियो । आँखा हल्का सुन्निएको थियो। बाबालाई भने हात खुट्टामा सामान्य चोट लागेको थियो। उत्साह उमंगले प्रफुलित मन घटना पछि एकाएक अर्कै परिवेशमा परिणत भयो। मन आत्तियो के गर्ने कसो गर्नेे ? पानि पर्न थाल्यो। केहि बेर पछि बेस्सरी दर्कियो। हामी बाबुको उपचारकोलागि पोखरा तिरनै फर्कियौ। बाबु राम्र्रैसँग बोलेको र अरु लक्षण नदेखिएकाले भित्र चोट छैन बाहिर मात्रै होला भन्ने सोच्यौ।

पानि बेस्सरी दर्कियो। मैले बाबुलाई आफ्नो स्कुटरमा राखेर पोखरा फर्किए। बाबा र छोरी अर्कोमा आए। पानि र हावाको कारणले घाऊ पोल्न थालेछ क्यारे बाबुले घाउ दुख्यो ममि भन्दै रुन थाल्यो। आमाको मन ममताले गालिसकेको थियो। सिधै ओम हस्पिटलको आकस्मिक कक्षमा पुगें। केहि बेरमा सिस्टर आइन्। बच्चाको बारेमा जानकारी गराए।

उनले डाक्टर बोलाएर ल्याइन्। डाक्टरले बच्चालाई बाहिरबाट सर्रर हेरे र सिधै सिटि स्क्यान गर्न रिफर गरे। मैले सिधै सिटि स्क्यान ? भनेर प्रश्न गरे। डाक्टरले ठाडो जवाफ दिए। डाक्टर म कि तँपाई ? मैले सिटि स्क्यान भन्दा पहिले बच्चालाई ड्रेसिगं गरिदिन आग्रह गरे। बच्चालाई पीडा भएकाले अस्पताल पुगेपछि उसलाई केहि रिलिफ गराउन पाए हुन्थ्यो भन्ने लागेको थियो। तर उनले डे«सिगं गर्न मानेनन। आँखामा सामान्य सुन्निएकोले सिटि स्क्यान गर्न पर्छ भन्ने उनको तर्क थियो।

अन्य कुनै कुरा उनले सोध्न जरुरी ठानेनन्। त्यसै त्यसै अनेक कुरा बक्न थाले। ‘मलाई कमिशन आउने होइन, फाइदा हुने होइन, सिटि स्क्यान गरेर।’ एउटा डाक्टरले बच्चाको स्पर्श पनि नगरी संवेदना शुन्य बनेर देखाइरहेको ब्यवहारले मलाई असह्य बनायो। घाइते बच्चाको पीडादायी अनुहारले मलाई झनै घाइते बनाएको थियो। बच्चाको मनोविज्ञानलाई कत्ति पनि हेक्का नराखी डाक्टरको निर्दयी ब्यवहारले मलाई निकै रीस उठ्यो। ‘म इमरजेन्सिको डाक्टर हुँ मैले गर्दिन भनेपछि गर्दिन जहाँ लाने हो लैजा ’ भनेपछि म पनि जंगिए। मैले पनि त्यही भाषामा उसको पेशा प्रति प्रश्न उठाए।

एकछिन चर्काचर्कि भयो। डाक्टर प्रतिको सम्मान ह्वात्तै घट्यो डाक्टरको ब्यवहारले वितृष्णा जाग्यो। डाक्टरमा हुनुपर्ने सामान्य गुण पनि उनले देखाउन सकेनन्। डाक्टर हुनुको अहंकारको चरम रुप उनमा स्पष्ट देखिन्थ्यो। सायद दशैको दिन परिवारको साथमा रमाउनु पर्ने समयमा जबरजस्त ड्युटिमा थिए क्यारे ! त्यो छटपटिले उनको आवरणको डाक्टर हस्पिटलमा थियो, तर मन मस्तिष्क र पेशा प्रतिको दायित्व हराएको थियो। अनी रिस र आक्रोश मेरो घाइते बच्चा र म माथि प्रहार गरीरहेका थिए। आफुले पनि पेशाको मर्यादा नाघे अनि मलाई पनि झर्केर बोल्न बाध्य बनाए।

समय डिस्कस गरेर बस्ने थिएन। बच्चा आत्तिएकाले हामी उसलाई लिएर चरक हस्पिटल पुग्यौ। आकस्मिक कक्षमा डाक्टर मञ्जु थिइन्। बच्चा देख्ने वित्तिकै स्टेथेस्कोप निकालीन् छाति चेकअप गरीन्। आँखा, नाक, कान मोवाइलको लाइट बालेर हेरीन्। बच्चालाई स्पर्श गर्दै गाह्रो भएको छ कि छैन सोधिन। बच्चा बेहोस् भए नभएको, बान्ता गरे नगरेको र नाक कानबाट रगत बगे नबगेको बारेमा जानकारी लिइन् । बाबुलाई त्यस्तो केहि भएको थिएन।

अनि एसिस्टेन्टलाई बाबुको ड्रेसिगं गर्न भनिन्। बच्चाको अवस्था सामान्य भएको र आत्तिनु पर्ने अवस्था नरहेको जानाकारी गराइन्। कहिले काहि बच्चाको केशमा पछि पनि असर देखिन सक्ने भन्दै सिटि स्क्यान गर्दा राम्रो हुने उनको सुझाव थियो। डा. मन्जुको डाक्टरी ब्यवहारले केहि राहत मिल्यो। उनले नै रिसेप्सनकी बहिनिलाई जिएमसीमा सिटिस्क्यान चले नचलेको बारेमा बुझ्न लगाइन्। सल्लाह बमोजिम जिएमसि हस्पिटल पुगियो। आकस्मिक कक्षमा डा. विकल भेटिए। उनले बच्चाको बारेमा जानकारी लिए। सिटि स्क्यान गर्ने व्यक्ति बाहिर गएकाले आधि घण्टा कुर्नु पर्ने बताए।

रिर्पोट न्यूरोलोजिष्टलाई देखाउनु पर्ने र डाक्टर नभएकाले अर्को अप्सन पनि उनले दिए। हामी बाबुलाई लिएर मनिपाल पुग्यौ। दशैका दिन आकस्मिक कक्षमा विरामीको चाप थियो। अधिकांश हेड इन्जरीका विरामी थिए। डाक्टरहरु निकै व्यस्त थिए। इन्टर्न गरिरहेकी एक डाक्टर काखमा च्यापिरहेको बच्चाको बारेमा बुझ्न आइपुगिन्। बच्चाको प्रारम्भिक शारीरिक जाँच गरेर कार्ड तयार गरिन्। बाबुले छाति पनि दुख्यो भने पछि एक्सरे गर्न सुझाव दिइन्। डाक्टरको सल्लाह अनुसार सबै प्रक्रिया पुरा गर्यौ।

सिटि स्क्यानको रिपोर्ट लिएर न्यूरोलोजिष्ट डाक्टरलाई लाई देखायौ। सबै रिर्पोट सामान्य रहेको डाक्टरले बताइन्। आँखा वरिपरि निलो भएकाले एकचोटि आँखा अस्पताल लगेर जाँच गर्न सुझाव दिइन्। भोलि पल्ट हिमालय आँखा अस्पताल लगेर जाँच गर्यौ। आँखामा भित्र गहिरो चोट नभएको बाहिर देखिएको निलो डामहरु विस्तारै निको हुने डा. गोविन्द नाथ योगिले बताए मन शान्त भयो।

सँगसँगै घटनाको बारेमा बुझेर फोन मार्फत पटक पटक सल्लाह सुझाव दिएर सात्वता दिने बाल रोग विशेषज्ञ डा. रामचन्द्र बाँस्तोलाई पनि हृदय देखि धन्यवाद दिदै सम्मान ब्यक्त गर्न चाहान्छु।

मन शान्त भएपछि पर्सिपल्ट सपरिवार जीपमा बागलुङ पुगेंउ। द्धादशीको दिन आमाको हातबाट टिका र आर्शिवाद ग्रहण गरेंउ। माता भवानीको कृपाले ठुलो दुर्घटनाबाट बाबु छोरा जोगिए। त्यस्तो ठूलो गम्भिर चोट लागेन। तर आत्तिएको मन लिएर डाक्टरको शरणमा पुग्दा ओम हस्पिटलका डा. अमृतले जुन ब्यवहार देखाए त्यो भने भुल्न नसकिने पल बनिरह्यो। जब साथिभाईले दशै कस्तो भयो भनेर प्रश्न गर्छन्।

अनि दशैको दिन भएको दुर्घटना र आकस्मिक कक्षका डाक्टरको व्यवहारले झसंग गराउँछ। विर्सन खोजेर पनि सक्दिन। चरक हस्पिटलको इर्मेजेन्सिकी डा. मञ्जुले देखाएको ब्यवहारले डाक्टर प्रति सम्मानभाव उर्लेर आउँछ भने सिटि स्क्यानको विकल्प नदेखेका र बच्चाको मनोविज्ञानमाथि प्रहार गर्ने ओम हस्पिटलका डा. अमृतको ब्यवहारले वितृष्णा जगाउँछ। एउटा डाक्टरले सिटि स्क्यान गर्नु पूर्व देखिने लक्षणका बारेमा सोध्नु आवश्यक हो कि होइन ?

८ वर्षको बच्चा थिलथिल भएको घाउ लिएर अस्पताल पुग्दा मल्हम लगाएर पीडा कम गराउनु र त्यसपछिको प्रक्रियाको बारेमा अभिभावकलाई भन्नु पर्ने कर्तब्य डाक्टरको होइन र ? ‘सिटि स्क्यान गरेर मलाई कमिशन आउँदैन क्यारे’ भन्ने शब्दको बारम्बार प्रयोगले उनी कस्ता डाक्टर हुन् ?

दशै सकियो। समग्रमा राम्रो भयो। तर दशैको दिन भएको दुर्घटना र ओम हस्पिटलका इर्मेजेन्सीका डाक्टर अमृतको संवेदना शुन्य र निर्दयी ब्यवहारले आज पनि मन दुखिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आखिर मानिस किन बसाइँ सर्छ ?
पत्रकारको श्रमका पक्षपाति सुशील’दा
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ !
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
मधेस आन्दोलन र सङ्घीयता

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 19 Jul 
Nepal Rastra bank
Check: 19 Jul 2024 00:50 UTC
Latest change: 18 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.85
Indian Rupee 
Indian Rupee
83.61
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
156.46
US Dollar 
US Dollar
1
Rastra · USD · 19 Jul 
Nepal Rastra bank
Check: 19 Jul 2024 00:50 UTC
Latest change: 18 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀